• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाले भारी खोस्यो, सरकारले गाँस

64x64
निर्मला घिमिरे शुक्रबार, भदौ २६, २०७७  १०:३३
1140x725

काठमाडौं- दिन ढल्दै गएको छ। बिहानै उठेर भेडासिङ चोक आएका गणेश श्रेष्ठ दिउँसो ४ बजिसक्दा पनि उही ठाउँमा उसैगरी टोलाइरहेका छन्। छेउमा थोत्रिएको एउटा नाम्लो छ। साथमा बेलुका कसरी चुल्हो बाल्ने भन्ने चिन्ताले पिरोलिएको मन। 

दिन ढल्दै गए पनि भारी बोक्न कोही बोलाउन आउँछन् कि भन्ने गणेशको आशा अझै ढलेको छैन।

‘दिनभरी भारी बोक्न पाइएन। साँझसम्म कसैले बोलाउँछन् कि भन्ने छ। आज भारी बोक्न पाइएन भने त के खाने होला? हिजो अस्ती त बिहान बेलुका रत्नपार्कमा खाना बाँड्थे। आज त त्यो पनि सरकारले बाँड्न दिँदैन भन्छन्,’ सुनाउँदै गर्दा गणेशका आँखा टिलपिलाए। अनुहार रातो भयो। बोल्दाबोल्दै उनले आँखा चिम्म गरे। केही समय उनी निःशब्द भए। 

केही दिन त रत्नपार्कमा सहयोेगी मनहरुले बाँडेको खानाले नै उनको छाक टरेको थियो। 

आफ्ना पाखुरी बजारेर जहान पाल्दै आएका गणेशलाई आजभोलि आफ्नै पेट भर्न समेत अरुको आश गर्नुपर्दा निकै दुःख लागेको छ। 

त्यसमाथि लकडाउन र निषेधाज्ञा जारी गरेर ५ किलो चामल थमाएको सरकारसँग निकै रिस उठेको छ। 

‘एकदुई दिन होर ? ६/६ महिना बन्द भयो। हामीजस्तो दिनभरी मजदूरी गरेर बिहान बेलुका चुलो बाल्नेहरुको अवस्था के भयो होला? हामी कसरी बाँचेका छौं सरकारले यसमा केही सोचेन,’ आफ्नो हात आफैं सुम्सुम्याउँदै गणेशले सुनाए।  

६ महिना भयो घरी लकडाउन त घरी निषेधाज्ञा हुँदा गणेशको घरमा ढुक्कसँग चुलो बल्न नसकेको।

Ncell 2
Ncell 2
nimb
nimb

भारी बोक्न बन्द हुँदा भोक लाग्न पनि बन्द भएको भए पो! भोक मेट्न केही सहयोगी मनहरुसम्म पनि उनले हात पसारे। ‘आफूमात्रै भए त एकदिन खाइन्थ्यो एकदिन भोकै बस्दा पनि सहिन्थ्यो। दुई छोराहरु छन्। उनीहरुको काम पनि ६ महिनादेखि छैन’ गणेश सुनाउँछन्। 

कति रातहरु त गणेशले भोकभोकै पनि कटाइदिएका छन्। खाने कुरा नै नभएपछि के गरुन्? बेलुका त केही समय निदाउँछन् र रात कट्छ। भोको पेटमा दिन कटाउन पो मुस्किल पर्छ उनलाई। 

छोराहरुसँगै बस्दै आएका गणेशले सामान्य अवस्था हुँदा त राम्रो कमाइ गर्थे। जे होस् खान बस्नलाई समस्या भएको थिएन। बिहान बेलुका होटलमा काम गर्थे। दिनभरी भारी बोक्न असन इन्द्रचोक निस्कन्थे। सामान पुर्‍याउँदा बाटोको दूरीअनुसार भारीको पैसा लिन्थे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भेडासिङबाट एउटा भारी बाङ्गेमुढा पुर्‍याएको १ सय रुपैयाँ लिन्थें। डल्लु पुर्‍याएको २ सयसम्म लिन्थे। अझै लामो बाटो सामान बोकेर पुर्‍याउँदा अलि बढि लिन्थे। छोटो दूरीमा भारी पुर्‍याउँदा ५० रुपैयाँसम्ममा पनि बोकिदिन्थें। यसरी उनी दिनको १५ सय कमाइ गर्थे। 

उनको कमाइले केही खर्च टर्थ्यो केही खर्च छोराहरुले पनि गर्थे।  

‘कोठाभाडा म आफैं तिर्थें, ग्याँस ल्याउँथे। खानका लागि छोराहरुको कमाइ पनि थपथाप हुन्थ्यो। थोरै पैसा पनि बचाएको पो थिएँ’ उनको ओेठमा सानो हाँसोको धर्सो देखापर्यो र ओठबाटै बिलायो। 

क्रमशः उनका निधारमा चाउरीएका धर्साहरु बढ्दै गएका छन्। बल घट्दै गएको छ। बुढ्यौली बढ्न थालेसँगै उनले आफ्नै पुर्ख्यौली थलो दोलखा चरिकोट फर्कने सोच बनाएका थिए। तर गाउँ फर्किएर ओत लाग्ने छानो नहुँदा केही समय भारी बोक्ने कामलाई नै निरन्तरता दिएर पैसा जम्मा गर्ने उनको सोच थियो।

थोरै बचाएर भए पनि दोलखामा चिटिक्क परेको घर बनाउने सपना थियो। लकडाउनभन्दा अगाडि भारी बोकेको पैसाबाट उनले २० हजार बचत गरेका थिए। 

त्यो घर बनाउन भनेर बचाउन सुरु गरेको २० हजार पनि मासिक ५ हजारका दरले ४ महिनाको कोठा भाडामा सकियो। अझै २ महिनाको त तिर्नै बाँकी छ। अहिले काम नभएकाले उनले त्यो बाँकी भाडा दशैँपछाडि दिन्छु भनेका छन् रे। 

‘अब त भारी बोकेर खान नसक्ने भइसकें। त्यसमाथि अहिले त काम छैन। बल्ल अब एकदुई दिन पसल खुल्न दिन सुरु गर्ने भनेको छ।

यतिबेलाको कमाइले त सास अल्झाउन मुस्किल छ घरबेटीलाई दशैंपछि दिन्छु भनेको छु’ कसैले भारी बोक्न बोलाउँछ की भनेर घरिघरि उनका नजर यताउता डुलिरहेका थिए।

आमाको निधनपछि १० वर्षको कलिलै उमेरमा घर छाडेर गणेश काठमाडौं आएका थिए। काठमाडौंमा आएर सुरुमा उनले होटलमा भाँडा माझ्ने काम थालेका थिए। केही वर्ष होटलमा भाडा माझ्ने काममात्रै गरे। पछि विवाह गरे। दुई छोराहरु पनि जन्मिए। त्यसपछि उनको काँधमा अझ जिम्मेवारी थपियो।

होटलको कामले मात्रै नपुग्ने भयो। अनि होटलको कामसँगै गणेशले भारीसँग पनि खुसी साट्न थाले। भारी बोकेरै श्रीमती र छोराहरुलाई खुसी राख्ने सपना थियो उनको। आफूले पढ्न नसके पनि छोराहरुलाई पढाउने इच्छा थियो। छोराहरु हुर्किँदै थिए। श्रीमतीले उनलाई छाडेर दोस्रो विवाह गरिन्। 

‘आफू त पढिएन। छोराहरु राम्रोसँग पढून् भनेर दुःख गरें। न त छोराहरुले पढे। श्रीमती पनि अन्तै गइन्’ गणेशको अनुहारमा अँध्यारो मिसिएको थियो। 

कहिले जुठा भाडासँग त कहिले भारीसँग संघर्ष गर्दागर्दै उनको उमेरले ४ दशक नाघिसकेको छ। अझै पनि असन इन्द्रचोकका गल्लीहरुमा भारीकै पर्खाइमा छन् उनी। 

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  १०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्