काठमाडौं- कामका लागि आवश्यक परेर किनिएको कार काम सकिएपछि बिक्री गरिहाल्ने भन्ने हुँदैन। आफूलाई पछि पनि काम उक्त कार प्रयोगमा ल्याउन सकिन्छ, ल्याइन्छ। चलाउन पाउन्जेल कार चलाइन्छ। त्यसपछि राज्यको नियमअनुसार स्क्राप गरिन्छ। तर यहाँ अलिक फरक कथा छ।
रागभ र उनको टिमले हरियाणको ग्रामिण क्षेत्रमा एउटा परियोजनामा काम गर्ने भयो। काम सहज रुपमा गर्नका लागि उनीहरुले १९९८ मोडलको मारुती जेन कार खरिद गरे। उक्त कारमा उनीहरुले ५७ हजार किलोमिटर यात्रा गरे त्यो पनि मुख्य समस्याबिनै।
२०१९ को मध्यतिर उनीहरुको त्यो परियोजना सकियो र त्यो कार लिएर उनीहरु नयाँ दिल्ली अफिस आए। उक्त कार त्यतिबेला पनि राम्रो कन्डिसनमा रहेको र एक लिटर पेट्रोलले १३/१४ किलोमिटर माइलेज दिन्थ्यो। रागभले उक्त कार घरवरिपरि चलाइरहेका हुन्थे। कारको ब्रेक र स्टेरिङमा मर्मत गर्नुपर्ने बेला भएको उनलाई महसुस भयो।
तर पछिल्लो केही महिनायता उनको कार पार्किङको कुनामा थन्क्याइएको छ। रागभका भाइ रोहनले उक्त कारको इन्जिन झिकेर जेनेरेटर बनाउने योजना बनाए। त्यहीअनुरुप कारको इन्जिन, गेयर बक्स निकालेर प्रयोग गर्ने योजना थियो तर कोरोनाका कारण सृजित लकडाउनले योजना सफल हुन सकेन। सो योजना पुरा नहुनेगरी धकेलियो।
अनि आयो सुत्ने खाट बनाउने योजना
रागभले कारलाई खाटको रुपमा विकास गर्ने योजना बनाए। कारको च्यासिस, विन्डसिल्ड, छत, अगाडि तथा पछाडिको सिट निकालिएको छ। कारको बुट स्पेसलाई खाटमुनी सामान राख्नेजस्तै गरी प्रयोग गरिएको छ। कारका ढोकाहरुलाई पनि आवश्यकता अनुसार प्रयोग गरिएको छ।

ओच्छ्यान राख्नका लागि प्लाइउडको प्रयोग गरिएको छ। भारतको दिल्ली–एनसिआरमा पुराना सवारी चलाउन नपाइने कानुनी व्यवस्था छ। त्यसैले उनीहरुले पुराना कारलाई अनौठो तरिकाले प्रयोगमा ल्याएका हुन्। यसरी उनीहरुले लकडाउनका कारण राकिएको जेनेरेटर बनाउने योजना भने केही सयमपछि कार्यान्वयन हुने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।