• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक १५, २०८२ Sat, Nov 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

ती घनश्याम, धुरीमा आएको जनवाद र यी घनश्याम

64x64
पदम गौतम शनिबार, भदौ १३, २०७७  १२:०९
1140x725

जीवनको बाटो मोडिनका लागि धेरै ठूलो कुरा पनि चाहिँदैन, थोरै र भित्र छुने सानो विषय वा घटना नै काफी हुन्छन्। हामी केही किशोरहरु अघिल्लो पुस्ताका केहीलाई आदर्श मान्थ्यौं त्यो बेला। त्यस्तै थिए एक पात्र, जसको प्रभावमा परेर केही ‘बुर्जुआ’ साथीहरु पनि वामपन्थी भएकोमा गर्व गर्दै उनको पछि लागेका थिए।  

पञ्चायति व्यवस्थाको उत्कर्ष र प्रजातन्त्र आएलगत्तै  तत्कालीन नेकपा (माले) महासचिव मदन भण्डारी सार्वजनिक नभएसम्म पार्टीको सर्वसुलभ ‘आइकन’ घनश्याम भुसाल थिए, अखिल नेताका रुपमा। पार्टीमा अल्पमत पक्षधर भएकाले अध्यक्ष नबनाइए पनि विद्यार्थी जमातले उनलाई निकै मान्थ्यो। आफ्नो क्षमता देखाएर उनले त्यसलाई ‘मेन्टेन’ पनि गरिरहेका थिए।

एक पटक अमृत क्याम्पस र सरस्वती क्याम्पसको संयुक्त कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनलाई हेर्न मेरो साथ लागेर मेरा साथी बाबुराम कोइराला पनि हलमा छिरे। उनले नेता भुसाललाई प्रश्न गरे, ‘तपाईंहरु पनि समाजवाद भन्नुहुन्छ र नेपाली कांग्रेस पनि समाजवाद भन्छ। यी दुईवटा समाजवादमा फरकचाहिँ के छ त?’  

‘हामी दुई शक्तिबीचको समाजवादमा छ र छैनमा जति फरक छ, त्यति नै फरक छ।’ यही उत्तर सुनेपछि मेरा साथी पनि नेविसंघबाट अखिल भएका थिए। मचाहिँ गाउँबाटै अलिअलि ‘वामे’ बनेर सहर छिरेको थिएँ। उनको यो जवाफ हामी अरुलाई पनि सुनाउँथ्यौं र वामपन्थीहरु दमदार भएको प्रमाणित गर्ने चेष्टा गथ्र्यौं। मोदनाथ प्रश्रीतका रचनापछि मदन भण्डारीका भाषण, प्रदीप नेपाल र सीपी मैनालीहरुका जेलब्रेकका कहानी र भुसालको यस्तो वाककला नै नयाँ पुस्तालाई कम्युनिष्ट पार्टीमा आकर्षित गराइरहने तत्व थिए। मेरो पुस्ताका धेरैलाई यस्तै कारणले लाग्न थाल्यो, ‘जनवाद हाम्रो घरको धुरीसम्म आइसकेको छ र हामी अब थोरैमात्र उफ्रियौं भने हातैले भेट्न सक्छौं।’

त्यस समयमा देशका सबै कम्युनिष्ट समूहहरु एकअर्कालाई बिभिन्न आरोप लगाइरहन्थे। यी आरोपमा वामपन्थीले मात्रै बुझ्ने र शब्दकोशमा पनि नपाइने खालका शब्द हुन्थे। अहिले म सम्झन्छु, पार्टीभित्र वा बाहिरका नेताहरुलाई लगाइने केही आरोप, फाँसीवादी, सामाजिक फाँसीवादी, विसर्जनवादी, लिनप्याओवादी, कठमुल्लावादी, उग्रपन्थी, जड्सूत्रवादी, सारसंग्रहवादी, ट्राटस्कीवादी, स्टालिनवादी, सुधारवादी, संशोधनवादी, मध्यपन्थी, सामन्तवादी, दलाल नोकरशाहवादी, सारमा पुँजीवादी, साम्राज्यवादी, विस्तारवादी आदि। 

घनश्याम भुसालले केही अगाडि विकास गरेको आसेपासे पुँजीवाद वा समाजवाद जस्तै हरेक नेताले जार्गन शब्द प्रयोग गर्दै नयाँ शब्द निर्माण गर्थे। यीमध्ये सबैले संशोधनवादी भनेको एमाले नै ठूलो बन्दै गयो र जनयुद्धबाट माओवादीले शक्ति आर्जन गर्नुअघि अन्य समूह अहिलेजस्तै सीमित भूमिकामा खुम्चिए। त्यतिबेला पनि भुसालको अर्को पाटोचाहिँ के रह्यो भने उनीसँग आफ्नाभन्दा बढी अन्य पार्टीका मान्छे बढी आकर्षित हुन्थे।  

कुनै पनि विश्वास वा भ्रम झ्याँगिनका लागि वस्तुगत कारण पनि चाहिन्छ। त्यस समयमा हाम्रो विश्वासमा मलजल गर्ने काम कांग्रेस सरकारको व्यवहारले मज्जाले गरिरह्यो। भारतसँग गरिएको टनकपुर सन्धी वा समझदारी भन्ने विषयमा अदालतले सरकारलाई गलत ठहर्‍यायो।। घाटामा रहेका उद्योगधन्दा निजी क्षेत्रलाई सस्तोमा बेचिए। भारतीय नागरिकलाई लगाइएको वर्क परमिट खारेज गरियो। र, सरकारविरोधी धारणा बढिरहँदा युवाहरुले पत्याएका एमाले महासचिव मदन भण्डारी मारिए।

अनि त के थियो र! पञ्चायतकालमा भारतविरोधी राष्ट्रवादले मौलाएको माले (पछिको एमाले) लाई झनै झ्याँगिने मौका मिल्यो। शोकलाई शक्तिमा बदल्ने उद्घोषका साथ ‘आक्रामक प्रतिपक्षीको भूमिका निभाउँदै’ एमालेले महिनौं सडक संघर्ष गर्‍यो। सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गरियो, सँगै एमाले नबँचाए देश रहँदैन भन्ने भाष्य स्थापित गरियो। यो समयमा पनि नेपाली कांग्रेसले आफूलाई सुधारेर जनतासँग नजिक बनाउन चाहेन, एमालेसँग जनतामा जाने मुद्दाको चाङ लागिरह्यो। नेपाली कांग्रेस पार्टी र सत्ता दुवैतिर गिरिजाप्रसाद कोइराला शक्तिशाली थिए। उनको ध्यान मुलुकको दीर्घकालीन हीतभन्दा तत्काल पार्टी कब्जा गर्नु र सरकारमा आफैं बसिरहनुमै केन्द्रित थियो। 

Ncell 2
Ncell 2

कांग्रेसको आफ्नै किचलोले देश मध्यावधि निर्वाचनमा गएपछि  एमाले ठूलो पार्टी बन्यो। अलिकति आवेश, अलिकति घृणा, अलिक बढी सपना र धेरै विश्वास बोकेर एमालेले अल्पमतको सरकार बनायो। उसले सरकारमा पुगेर जनताले राम्रो मान्ने एउटै मात्र कार्यक्रम ल्याएको थियो– ‘आफ्नो गाउँ, आफैं बनाऔं।’ यो एउटा कार्यक्रम नै त्यस्तो अचुक अस्त्र बन्यो, जसले बुढाबुढीलाई कम्युनिष्टले गोली हानी मार्छ भन्ने प्रचारलाई समाप्त पा¥यो। त्यस समय एमालेले ‘सम्वैधानिक कू’का कारण नौ महिना मात्र काम गर्न पाए पनि उसको लोकप्रिय भयो। यो समय नै उसको सपना बेच्ने बजारको ‘क्लाइमेक्स’ थियो। यो समयसम्म नेताहरु भित्रभित्रै भ्रष्ट हुन थालेको कार्यकर्तालाई पत्तै थिएन। बाहिर परिणाम देखिएका थिएनन् र जनताका सपना अझ थपिँदै थिए।  

एमालेको नौ महिने सरकारको पतनसँगै एमालेको नयाँ बाटोमा दौड पनि सुरु भयो। बल्खु मुख्यालय निर्माणमा छापामार शैलीमा वामदेव गौतमलाई खटाइयो र काम सकिएपछि उनको पद खारेज गरियो। भवन निर्माणका लागि अनेकौं विवादास्पद व्यक्तिसँग रकम लिनुपरेको पार्टीका नेताहरुले दारु गफमा स्वीकार गर्न थाले।

सत्ताको नशा चढेका कारण पार्टीले यही समयमा त्रिशंकु संसदमा ‘जोसँग पनि मिलेर सरकार बनाउन सक्ने’ नीति लियो। अब त के थियो र ! विपक्षीले भनेजस्तो एमालेका नेताहरु बढी भोका भएका कारण अन्य नेताभन्दा बढी खाँदै ‘मालामाल’ हुन थाले। आर्थिक नैतिकता र अन्य चरित्र पनि त्यस्तै देखियो। सांसदलाई थुनेर ‘ब्लु फिल्म’ देखाउने र विदेश घुमाउन लगेर ह्वीप लगाएर भोट हाल्न लगाउने काम पनि हाकाहाकी स्वीकार गरिए।

हेर्दाहेर्दै एउटा प्रगतिशील नारा बोकेको आकर्षक पार्टी दक्षिणपन्थी भन्दा बढी घीनलाग्दो शक्तिमा परिणत भयो। पार्टीको पतनका बिषयमा एक पटक यो पंक्तिकारसँग तत्कालीन एमाले नेता राधाकृष्ण मैनालीले भनेका थिए, ‘पहिलो सरकारबाट हटेपछि विचलन सुरु भयो र महाकाली सन्धि पास गर्ने समयको पतन त्यसको उत्कर्ष हो।’ तर, घनश्याम भुसालहरु यो बेला  ‘कमल फुल्ने नै हिलोमा हो’ भन्ने मान्यतामा आदर्शको रटान लगाइरहेका थिए।

शेरबहादुर देउवा र राप्रपाको संयुक्त सरकारले भारतसँग गरेको महाकाली सन्धी संसदमा पास भयो। यसबारे एमालेमा विवाद अझ बढ्यो र ०५४ मा पार्टी विभाजन भयो। म त्यस समयमा प्रतिपक्ष साप्ताहिकमा काम गर्न पुगेँ। विनोद ढुंगेल, श्याम घिमिरे, सुधीर शर्मा, माधब ढुंगेल, विश्वमणि सुवेदी, गणेश खत्री, समीर नेपाल, निश्चल चापागाईं आदि साथीहरु रहेको हाम्रो टीम मजैले जमेको थियो। पत्रिकाको व्यवस्थापन समूहमा घनश्याम भुसालसँगै विमल निभा, नारायण ढकाल, प्रेमसिंह धामी (उनको बीचैमा मृत्यु भयो), हरि रोका आदि थिए।

अन्य सहयोगीहरुमा श्यामल, पुरुषोत्तम सुवेदी, कोमल भट्टराई, राजबलगायतका नेता र लेखक थिए।  समूहले जनतालाई अलिक फरक नारा सिकाइरहेको थियो, ‘अहिलेको संघर्ष पार्टीलाई राम्रो बनाउने हो।’ पत्रिका विभाजित मालेको समर्थक भए पनि पत्रकारहरु पार्टी सदस्य थिएनौं।

हामीले अन्य पार्टीनिकट पत्रिकाभन्दा फरक र व्यावसायिक पनि बनाउने प्रयास गर्दा थोरै मात्र पनि आलोचना कम्युनिष्ट नामको पार्टीले मन पराएन, पत्रिका नै बन्द गरियो। दश महिना काम गर्दा हामीले पाँच महिनाको तलब पायौं। पाउन बाँकी रकम ‘जनवादी सहयोग’ भन्दै बिर्सिने अवस्था आयो। पत्रिका बन्द भएर माले पार्टी पनि असफल बनाइएपछि तेस्रो धार खोज्न थालेका भुसाल समूहका दाइहरुलाई एमाले र युद्धमा रहेको माओवादी दुवैले चेपुवामा पारे, त्यो धारको प्रयास पनि तुहिएर गयो। 

भुसालका तत्कालीन सहकर्मीमध्ये धेरैजसो लाखापाखा लागे। पार्टीलाई सही बाटोमा ल्याउन भन्दै भुसालले भेटे जतिसँग मिलेर अनेक बहस चलाए। छैटौं महाधिवेशनपछि लगातार हालको सरकारमा जाने दिनको बिहानसम्म उनी आन्तरिक प्रतिपक्षीजस्तै बनिरहे। नीति, आदर्श, मूल्य, व्याख्या आदि न विगतमा पार्टीले सुन्यो न त पछि नै। 

यति बेला भुसाल साधारण युवा नेताबाट माक्र्सवादी पण्डित भएका छन् र कृषिमन्त्रीको भूमिकामा पनि छन्। उनले अहिले जनताका पक्षमा काम गर्न सकेका त छैनन् नै, यही समयमा केही प्रश्नको जवाफ आफैंलाई दिनेगरी निर्णय नलिए यिनको अबको राजनीतिक अस्तित्व अझ संकटमा पर्नेछ।

देश नै संकटमा परेको बेला घनश्याम भुसाल वा उनको समूह संकटमा पर्नु लेख्नैपर्ने विषय होइन तर त्यो अवस्थामा नेपाली राजनीतिमा एउटा वैचारिक ‘भ्याकुम’ उत्पन्न हुनेछ। अहिलेसम्म नेपाली जनताले दुई तिहाइको नजिक बहुमत बोकेको पार्टी लठैतहरुको कब्जामा गएकोसम्म देखेका छन् । घनश्याम समूहबाट पार्टी भित्रै केही हुने आशा गर्नेहरुले अब देख्न बाँकी भनेको त्यहाँ ‘ज्यूँदोमान्छे’ कोही नरहेको औपचारिक प्रमाण मात्र हो। भ्रमै सही, थोरै आशा बोकेको आफ्नै समूह बद्नामीसहित खाल्डो नजिक आइपुग्दा उनी अझै आगामी दिनमा बहसका लागि लेखिने लेखको शीर्षक मात्र सोचिरहेका जस्ता देखिन्छन्।

निकट विगतमा पार्टीमा वैचारिक वा व्यक्तिगत विवाद हुँदा भुसाल समूहले माधव नेपाल र झलनाथ खनाललाई साथ दियो। त्यसअघि वामदेव गौतममार्फत् नयाँ र देशभक्त पार्टी गठन गर्नका लागि यही समूह सक्रिय थियो। अझ सुदूर अतीतको कुरा गर्दा त अल्पमत पक्षीय नेता सीपी मैनालीलाई यही समूहले पार्टीमा टिकाइरह्यो। दस्तावेज र पार्टी कार्यक्रमका हिसाबमा सधैं यिनको विचार चर्चामा रह्यो, घुमिफिरी यिनकै लाइन पास भए। तर, त्यसको स्वामित्व र नेतृत्व भने सधैं पहिलो पुस्ताका नेताले मात्र पाइरहे। 

वर्तमान पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी ओलीले महाकाली सन्धीपछि बार्षिक एक खर्ब २० रुपैयाँ नेपालले पाउने कुरा गरे, त्यो हावा गफ नै थियो। तत्कालीन महासचिव माधव नेपालले त्यही समयमा भारतले बिजुली नकिनेमा सेटलाइटबाट अन्य देशलाई बिजुली बेच्ने कुरा गरे, यो शताब्दीकै उत्कृष्ट जोक बन्यो।

वामदेव गौतमले दुईवटा ताराका बीच पनि बहुदलीय जनवाद लागू भइरहेको बताए, अर्को जोक बन्यो। साढे दुई दशकमा एमाले पार्टीमा यति धेरै वैचारिक विचलन र नैतिक आचरणका विषय थिए, जसलाई जनताले मतदानको समयमा बिर्सिए। एकातिर जनतासँग भरपर्दो विकल्प थिएन भने अर्कोतिर एउटा सचेत समूहले भुसाल र उनीजस्तै समूहको मुख हेरेर थोरै केही भइहाल्छ कि भन्दै पत्याइरह्यो। भुसाल समूहले अनेक अपमान सहेर पनि आन्तरिक संघर्ष भन्दै आफैंलाई  थामथुम गरेर बसिरह्यो। 

अहिले नेकपा सरकारको कार्यशैली हेर्दा ऊ पार्टीको झण्डा बोकेर भीरतिर दौडिरहेको छ। यो अवस्थामा अहिले घनश्याम समूहसँग न त पार्टी नेतृत्व छ, न त सरकारको नै। अहिलेमात्र हैन, निकट भविष्यमा पनि यो समूहलाई कतैको नेतृत्व वा स्वामित्व प्राप्त हुने संभावना छैन। विचार, संघर्ष, त्याग सबै आफूसँग हुँदाहुँदै नेतृत्वका नाममा विगतमा एउटा न एउटालाई समाउने यो समूहले अहिले ओली समूहलाई समाएको छ।

त्यसको विकल्पमा आउने हैसियत बनाएका अन्य नेता पनि जनताको नजरमा ओलीभन्दा गतिला देखिँदैनन्। वामपन्थीहरुकै शैलीमा भन्ने हो भने ‘स्खलन’ चलचित्रको पनि खलनायक बन्नका लागि ओली र प्रचण्डबिच प्रतिस्पर्धा छ। यो अवस्थामा पनि निरीह बनेर यहीँ बसेर  विचारको लेपन र वामपन्थी शब्दका जार्गनमा अल्मलिएर जनता र कार्यकर्ताको सहानुभूति पाउने कुरा सोच्नु पीपलको बोटमा आँप टिप्न खोज्नुजस्तो हुन्छ। 

पार्टी र देश बिग्रिएको नेताहरु अनैतिक र भ्रष्ट भएर हो, नेकपा वा एमालेले राम्रो बिचार महाधिवेशनबाट पारित नगरेका कारण हैन। नेताहरुलाई कमाउन र ब्रम्हलुट मच्चाउन न त बहुदलीय जनवादले रोकेको छ, न त ‘महान जनयुद्धको भट्टी’ले खारेकाहरू नै थोरै असल भएर देखाउन सकेका छन्। अबका जनता र कार्यकर्तालाई माक्र्सवादी भाष्य हैन काम चाहिएको छ । सरकार र स्वयं घनश्याम काम गर्न नसकेर रामको खोजीमा निस्किएका छन्।

अन्य शक्तितिर आँखा लगाउँदा भुसालभन्दा झण्डै एक, डेढ दशकपछि राजनीतिमा आएका गगन थापा, गुरु घिमिरे, प्रदीप पौडेल, विश्वप्रकाश शर्माहरुले कांग्रेसको मैदान हाँकेका छन्। शेरबहादुर देउवाजस्ता बलशाली तर अदूरदर्शी नेताका लागि हरेक युवा चुनौती बनेका छन्। त्यससँगै पार्टी बाहिर तिनको अनुहार अहिले प्रतिपक्षमा हुँदामात्रै भए पनि चम्किलो छ। अन्य पार्टीमा पनि युवा र नयाँहरुको आवाज सुनिँदै छ, तिनको आकर्षण बढ्दो छ। तर, आफैंले जीवनभर धिक्कारेर पार्टीभित्र जुन व्यक्ति र प्रवृत्तिविरुद्ध संघर्ष गरे, घनश्याम अहिले उनीसँगै निरीह मन्त्री बनेका छन्। समयमा काम गरेर देखाउन नसक्नेलाई भोलि दलाल व्यवस्थाले काम गर्न दिएन भन्दा जनताले माफी दिने अवस्था रहँदैन। न त केपी ओलीको बागडोर उनको पार्टीका कुनाकानीमा लुकेका राजनीतिक कार्यक्रमप्रति इमान्दार मान्छेका हातमा नै पर्नेवाला छ। 

हरेक नेपालीलाई कुलमान घिसिङ मन पर्छ। त्यस्तै राजनीतिमा आबद्ध नभए पनि हरेक पार्टीमा धेरथोर आशा गर्ने नेताहरु हुन्छन् नै। पत्रकारिताभन्दा पुरानो समयका साथीहरुसँग पनि सन्दर्भ मिल्दा उही अलिक अगाडिका गगन थापाजस्तो त्यस समयका घनश्याम भुसालकै कुरा हुन्छ। मेरो क्याम्पस पढ्दाका एउटा साथी राजेन्द्र पुडासैनी लण्डन बस्छन् । हालै कुराकानी हुँदा उनले चिन्तामात्र व्यक्त गरे, पार्टीमै भएकाले खासै बोल्न चाहेनन्। अनि भुसाललाई तीस बर्षअघि समाजवादबारे प्रश्न गर्ने अर्का साथी बाबुरामसँग पनि भर्खरै कुराकानी भयो। उनले पार्टी छाडेका कम्युनिष्टकै शैलीमा भने, ‘अब घनश्याम दाइले ०३६ सालको आन्दोलनदेखि मन्त्री हुँदाको जटिलतासम्मको अनुभव माक्र्सवादी दृष्टिकोण मिसाएर ओली शैलीमा लेखमा लेख्न थाल्नुहुन्छ।’ 

कृषकको समस्यामा मन्त्रालयको निरीहता अनि पार्टी र सरकारको असफलतामा भुसालको निस्क्रियता जनताले देखिसकेका छन्। फेरिँदो दुनियाँ र जनताका सपनाको चाङका बीचमा अझै अर्को लामो लेख लेख्ने कि अहिले नै एउटैमात्र देखिने काम गर्ने घनश्याम दाइ?
 

प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७  १२:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पदम गौतम
लेखकबाट थप
किन यस्ता भए नेपालका वामपन्थीहरू?
'विश्रामपुर'का दुई अंश : 'नखानेलाई अण्डा, भोकालाई टमाटर' र 'माई किनारका वामे दाइ'
ओलीको अन्तर्वार्ता र अबको बाटो 
सम्बन्धित सामग्री
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व नेपालबाट भ्रष्टाचार उन्मुलन गर्दै राजनीतिक स्थायीत्वसहितको सुशासन र समानतामुलक राज्यव्यवस्थामा टेकेर विश्वव्यापी आधुनिकता र विकासको... आइतबार, भदौ २९, २०८२
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? परिचय:नेपालमा मुख स्वास्थ्य अहिले गम्भीर चुनौतीको रूपमा देखिएको छ। दाँतमा कीरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सर, टेढामेढा दाँत, दन... शुक्रबार, भदौ २०, २०८२
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान अमेरिकन साइकोलोजिकल एसोसिएशन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य-दबाब र मानसिक तनावका कारण हुने एक प्रकार... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
विश्वकप लिग २ : नेपाल लगातार तेस्रो खेलमा पनि पराजित शनिबार, कात्तिक १५, २०८२
एकताको विषयलाई लिएर पार्टी फुट्दैन : माओवादी शनिबार, कात्तिक १५, २०८२
आफ्नो कुरा राखेर सचिवालय बैठकबाट बाहिरिए जनार्दन शर्मा, प्रचण्डले भने अराजक शैली शनिबार, कात्तिक १५, २०८२
कांग्रेस फुट्छ भनेर कसैले कल्पना नगरे हुन्छ: महामन्त्री शर्मा शनिबार, कात्तिक १५, २०८२
विश्वकप लिग २ : अमेरिकालाई नेपालले दियो २७२ रनको चुनौतीपूर्ण लक्ष्य शनिबार, कात्तिक १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
फेरि बढ्यो सुनको मूल्य शुक्रबार, कात्तिक १४, २०८२
आफ्नो कुरा राखेर सचिवालय बैठकबाट बाहिरिए जनार्दन शर्मा, प्रचण्डले भने अराजक शैली शनिबार, कात्तिक १५, २०८२
‘मोन्था’ को प्रभाव कम हुँदै , पश्चिमी वायु र न्यूनचापीय प्रणालीले आज यी स्थानमा वर्षा शनिबार, कात्तिक १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्