• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जितका हिरो : पेरिसमा हुर्किएर पेरिसलाई नै निराश पारे

64x64
ऋग्वेद शर्मा सोमबार, भदौ ८, २०७७  १५:१२
1140x725

काठमाडौं- कुरा भइरहेको थियो- नेमार, एमबाप्पे, लेवान्डोस्की र मुलरको, तर देखाइदिए कोम्यानले। जर्मन क्लब बायर्न म्युनिकलाई च्याम्पियन्स लिग जिताउन फ्रान्सका किंग्स्ले कोम्यानले गोल गरे। आफ्नै पूर्वक्लबविरुद्ध गोल हान्दा खेलमा एक मात्र हिरो रहे- कोम्यान।

पेरिसमा जन्मिएका २४ वर्षका कोम्यान फुबटलको सुरुवाती समय पिएसजीमा नै बिताएका खेलाडी हुन्। २००४ देखि २०१३ सम्म कोम्यान पिएसजीको युथ टिममा थिए। जहाँबाट बी टिम हुँदै सिनियर टिममा पुगेका उनी २०१४ मा इटालियन क्लब युभेन्टस गए। युभेन्टसबाट २०१५ मा लोनमा बायर्न म्युनिक गएका उनी २०१७ देखि स्थायी रुपमा बायर्नमा नै आबद्ध भए। 

कोम्यान सिनियर टिमका खेलेदेखि नै लिग जितिरहेका खेलाडी हुन्। पिएजसी, युभेन्टस हुँदै अहिले बायर्नमा उनी उपाधिविहीन हुनुपरेको छैन। लगातार आठ लिग जितेका उनले च्याम्पियन्स लिग उपाधि जित्न पनि आफ्नै भूमिका अब्बल पारे। 

‘यो असाध्यै खुसीको समय हो। धेरै नै रमाइलो लागिरहेको छ। तर सँगै पेरिसको हारमा दुःख पनि लागेको छ। म शतप्रतिशत बायर्न रहे पनि पेरिसको हारमा भित्र मनमा कताकता नमजा हुने रहेछ’ खेलपछि उनले भने। 

रोचक त के छ भने बायर्न म्युनिकका प्रशिक्षक हान्सी फ्लिकले नसोचेको परिवर्तन पिएसजीविरुद्धको सुरुवाती टिममा गरेका थिए। कोरोना माहामारीपछि रोकिएर सुरु भएको फुटबलमा हरेक पटक फ्लिकको सुरुवाती ११ खेलाडी एकै थिए। तर फाइनलमा उनले लेफ्ट विङमा इभान पेरेसिकको स्थानमा कोम्यानलाई ल्याएर अचम्म पारे। 

‘खेलाडीहरु अभ्यासका बेला मैदानमा कोम्यानलाई किंग भनेर बोलाइरहेका हुन्छन् नभन्दै उनी आजको खेलमा किंग नै भए’ खेलपछि बायर्न म्युनिकका पूर्वखेलाडी ओएनको प्रतिक्रिया यस्तो थियो। 

फाइनल खेलमा कोम्यानले बलमा ३८ पटक मात्र नियन्त्रण बनाएका हुन्, तर पनि पिएसजीका राइट ब्याक केहेररलाई उनले निकै समस्यामा पारिरहे। पहिलो हाफमा उनले केहेररलाई गरेको ‘नटमेग’ त अहिले गोलभन्दा पनि ‘हाइलाइट्स’को केन्द्रमा छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘यो सिजन उनी फ्रान्क रिबेरी र आर्जेन रोबेनको छायाबाट बाहिर निस्किएका छन्। उनी असाध्यै प्रतिभावान खेलाडी हुन्, आजको खेलपछि त उनी गोलमा पनि सक्षम छन् भनेर देखाइदिए’ प्रशिक्षक फ्लिकले कोम्यानबारे भने। 

कोम्यानभन्दा ठीक विपरीत विङमा खेलेका सर्ज गेनाब्री भन्छन्- ‘कोम्यानले हामीलाई निकै मद्धत गरे। उनी डिफेन्डरलाई छलाएर बढ्दा विपक्षीलाई सहज हुने छैन भन्ने हामीले बुझेका थियौँ। धेरै समय त चोटका कारण बाहिर रहेका उनले फाइनलमा फर्किएर त्यसरी गोल गर्नु निकै खुसीको कुरा हो।’ 

कोम्यानको खेल जीवनको सबैभन्दा ठूलो क्षण त्यस्तो समय आयो जहाँ आफैले समर्थन गर्ने आफै हुर्किएको क्लबविरुद्धको गोल गरे। पिएसजीमा कोम्यान सबैभन्दा कम उमेरमा सिनियर टिममा खेल्ने खेलाडी हुन्। १६ वर्ष ८ महिनामा पिएसजी सिनियर टिममा खेलेका उनको त्यो कीर्तिमान अझै छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पिएसजीमा रहँदा कोम्यानले दुई पटक फ्रेन्च लिग वानको उपाधि जितेका थिए। तर पिएसजी सिनियर टिममा सबै गरेर उनी मैदानमा रहेको समय भने ३९ मिनेट मात्रै हो। २०१२-१३ र २०१३-१४ को सिजन पिएसजीमा बेन्चबाट मैदान जाने कम मौका पाए पनि उनले त्यहाँ निकै सिकेका छन्। 

पिएसजीबाट युभेन्टस गएपछि पनि उनले २०१५-१६ को सिरि ए उपाधि जिते। बायर्न आएपछि त उनले आफ्नो नयाँ खेल उचाइ बनाइरहेकै छन्। लिग उपाधिबाहेक पनि उनले इटाली र जर्मनमा अरु प्रतियोगिताहरु पनि जितिरहेकै छन्। आइतबारको उपाधि उनको खेल जीवनको २०औँ उपाधि थियो। २४ वर्षको उमेरमा २० उपाधि जित्नु सामान्य विषय होइन। 

यो सिजन मात्र उनले उपाधिमा ह्याट्रिक गर्न सके। यो सिजन बुन्डेस लिगा र जर्मन कपको उपाधि जितेर बढेको बायर्न म्युनिकका लागि च्याम्पियन्स लिग यो सिजनमा तेस्रो उपाधि हो। 

‘प्रशिक्षक फ्लिकले फाइनलमा कोम्यानलाई खेलाउने असाध्यै सहि निर्णय गरेका रहेछन्। महत्वपूर्ण समयमा यस्तो महत्वपूर्ण निर्णयले नै उनी गोलमा बढ्न सके’ बायर्न म्युनिकका पूर्वखेलाडी ओएनले सुनाए। 

पिएसजीका प्रशिक्षक थोमस टचेल पनि फाइनल खेलमा खेलाडी परिवर्तन गरेकोमा आफू चकित भएको बताए। 

‘बायर्नले परिवर्तन गर्न सक्ने दुई खेलाडीका बारेमा हामीले सोचेर बसिरहेका थियौँ। तर कोम्यान ल्याउलान् भनेर त कल्पनासम्म थिएन। पेरेसिकले पछिल्ला खेलहरुमा राम्रो गरिरहेका पनि थिए, तर उनको स्थानमा कोम्यान ल्याइए’ उनले भने। 

पूर्वफुटबलर तथा फुटबल पण्डित रियो फर्डिनान्ड भन्छन्- ‘कोम्यान खेलाउने निर्णय असाध्यै ठूलो हो। यस्तो महत्वपूर्ण खेलमा त्यस्तो निर्णय हुनु र उनले गरेर देखाउनु असाध्यै राम्रो हो।’

गएको नोभेम्बरमा बायर्न म्युनिक प्रशिक्षक निको कोभाक बर्खास्त भएपछि फ्लिक नयाँ प्रशिक्षक नखोज्दासम्म भनेर प्रशिक्षकको जिम्मेवारीमा थिए। तर उनले यसरी आफ्नो योजना देखाइदिए कि पहिलो प्रयासमा अब्बल साबित भए। बिबिसीमा पूर्व खेलाडी क्रिस सटन भन्छन्- ‘एक मान्छेले केबाट केसम्म परिवर्तन गर्न सक्छ भन्ने उदाहरण हो यो।’ 

तल्लो लिगमा प्रशिक्षणको अनुभव रहेका फ्लिक जर्मनीको सहायक प्रशिक्षकको अनुभव समेत भएका व्यक्ति हुन्। तर बायर्न म्युनिकको प्रशिक्षण सम्हाल्दा उनी बाहिरि फुटबल जगतसँग परिचित थिएनन्। उनले क्लब सम्हाल्दा बायर्न फ्रान्कफुटसँग ५-१ ले हारेर लिग तालिकामा चौथो स्थानमा थियो। तर उनी आएपछि बायर्नले जित्न थाल्यो र उनको समय पनि लम्बिँदै गयो। 

उनको प्रशिक्षणमा बायर्नले खेलेका ३६ खेलमा ३३ खेल जितेको छ। जहाँ पछिल्ला २१ खेलमा बायर्न अपराजित रहेको छ। जहाँ १३ अंकको भिन्नतामा बुन्डेसलिगा र जर्मन कपका साथै अहिले च्याम्पियन्स लिगको उपाधि पनि मिल्यो। 

यो पनि पढ्नुहोस्

कोउटिन्हो : च्याम्पियन्स लिग विजेता तर अनिश्चित भविष्य सोमबार, भदौ ८, २०७७

 

प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १५:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो अग्रज पत्रकारहरुले एनपीएल नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र पर्यटकहरुलाई नेपाल भित्राउने शसक्त माध्यमका रुपमा विकसित भइरहेको... आइतबार, कात्तिक ८, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल एनपीएलले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउने सम्भावना रहेको उनीहरुको भनाइ छ । शनिबार, कात्तिक ७, २०८३
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
ताजा समाचारसबै
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
पहिलो १० ओभरमा कर्णाली याक्सको ७२ रन, तीन विकेट गुम्यो मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्