• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जितका हिरो : पेरिसमा हुर्किएर पेरिसलाई नै निराश पारे

64x64
ऋग्वेद शर्मा सोमबार, भदौ ८, २०७७  १५:१२
1140x725

काठमाडौं- कुरा भइरहेको थियो- नेमार, एमबाप्पे, लेवान्डोस्की र मुलरको, तर देखाइदिए कोम्यानले। जर्मन क्लब बायर्न म्युनिकलाई च्याम्पियन्स लिग जिताउन फ्रान्सका किंग्स्ले कोम्यानले गोल गरे। आफ्नै पूर्वक्लबविरुद्ध गोल हान्दा खेलमा एक मात्र हिरो रहे- कोम्यान।

पेरिसमा जन्मिएका २४ वर्षका कोम्यान फुबटलको सुरुवाती समय पिएसजीमा नै बिताएका खेलाडी हुन्। २००४ देखि २०१३ सम्म कोम्यान पिएसजीको युथ टिममा थिए। जहाँबाट बी टिम हुँदै सिनियर टिममा पुगेका उनी २०१४ मा इटालियन क्लब युभेन्टस गए। युभेन्टसबाट २०१५ मा लोनमा बायर्न म्युनिक गएका उनी २०१७ देखि स्थायी रुपमा बायर्नमा नै आबद्ध भए। 

कोम्यान सिनियर टिमका खेलेदेखि नै लिग जितिरहेका खेलाडी हुन्। पिएजसी, युभेन्टस हुँदै अहिले बायर्नमा उनी उपाधिविहीन हुनुपरेको छैन। लगातार आठ लिग जितेका उनले च्याम्पियन्स लिग उपाधि जित्न पनि आफ्नै भूमिका अब्बल पारे। 

‘यो असाध्यै खुसीको समय हो। धेरै नै रमाइलो लागिरहेको छ। तर सँगै पेरिसको हारमा दुःख पनि लागेको छ। म शतप्रतिशत बायर्न रहे पनि पेरिसको हारमा भित्र मनमा कताकता नमजा हुने रहेछ’ खेलपछि उनले भने। 

रोचक त के छ भने बायर्न म्युनिकका प्रशिक्षक हान्सी फ्लिकले नसोचेको परिवर्तन पिएसजीविरुद्धको सुरुवाती टिममा गरेका थिए। कोरोना माहामारीपछि रोकिएर सुरु भएको फुटबलमा हरेक पटक फ्लिकको सुरुवाती ११ खेलाडी एकै थिए। तर फाइनलमा उनले लेफ्ट विङमा इभान पेरेसिकको स्थानमा कोम्यानलाई ल्याएर अचम्म पारे। 

‘खेलाडीहरु अभ्यासका बेला मैदानमा कोम्यानलाई किंग भनेर बोलाइरहेका हुन्छन् नभन्दै उनी आजको खेलमा किंग नै भए’ खेलपछि बायर्न म्युनिकका पूर्वखेलाडी ओएनको प्रतिक्रिया यस्तो थियो। 

फाइनल खेलमा कोम्यानले बलमा ३८ पटक मात्र नियन्त्रण बनाएका हुन्, तर पनि पिएसजीका राइट ब्याक केहेररलाई उनले निकै समस्यामा पारिरहे। पहिलो हाफमा उनले केहेररलाई गरेको ‘नटमेग’ त अहिले गोलभन्दा पनि ‘हाइलाइट्स’को केन्द्रमा छ। 

nimb
nimb
Ncell 2
Ncell 2

‘यो सिजन उनी फ्रान्क रिबेरी र आर्जेन रोबेनको छायाबाट बाहिर निस्किएका छन्। उनी असाध्यै प्रतिभावान खेलाडी हुन्, आजको खेलपछि त उनी गोलमा पनि सक्षम छन् भनेर देखाइदिए’ प्रशिक्षक फ्लिकले कोम्यानबारे भने। 

कोम्यानभन्दा ठीक विपरीत विङमा खेलेका सर्ज गेनाब्री भन्छन्- ‘कोम्यानले हामीलाई निकै मद्धत गरे। उनी डिफेन्डरलाई छलाएर बढ्दा विपक्षीलाई सहज हुने छैन भन्ने हामीले बुझेका थियौँ। धेरै समय त चोटका कारण बाहिर रहेका उनले फाइनलमा फर्किएर त्यसरी गोल गर्नु निकै खुसीको कुरा हो।’ 

कोम्यानको खेल जीवनको सबैभन्दा ठूलो क्षण त्यस्तो समय आयो जहाँ आफैले समर्थन गर्ने आफै हुर्किएको क्लबविरुद्धको गोल गरे। पिएसजीमा कोम्यान सबैभन्दा कम उमेरमा सिनियर टिममा खेल्ने खेलाडी हुन्। १६ वर्ष ८ महिनामा पिएसजी सिनियर टिममा खेलेका उनको त्यो कीर्तिमान अझै छ। 

पिएसजीमा रहँदा कोम्यानले दुई पटक फ्रेन्च लिग वानको उपाधि जितेका थिए। तर पिएसजी सिनियर टिममा सबै गरेर उनी मैदानमा रहेको समय भने ३९ मिनेट मात्रै हो। २०१२-१३ र २०१३-१४ को सिजन पिएसजीमा बेन्चबाट मैदान जाने कम मौका पाए पनि उनले त्यहाँ निकै सिकेका छन्। 

पिएसजीबाट युभेन्टस गएपछि पनि उनले २०१५-१६ को सिरि ए उपाधि जिते। बायर्न आएपछि त उनले आफ्नो नयाँ खेल उचाइ बनाइरहेकै छन्। लिग उपाधिबाहेक पनि उनले इटाली र जर्मनमा अरु प्रतियोगिताहरु पनि जितिरहेकै छन्। आइतबारको उपाधि उनको खेल जीवनको २०औँ उपाधि थियो। २४ वर्षको उमेरमा २० उपाधि जित्नु सामान्य विषय होइन। 

यो सिजन मात्र उनले उपाधिमा ह्याट्रिक गर्न सके। यो सिजन बुन्डेस लिगा र जर्मन कपको उपाधि जितेर बढेको बायर्न म्युनिकका लागि च्याम्पियन्स लिग यो सिजनमा तेस्रो उपाधि हो। 

‘प्रशिक्षक फ्लिकले फाइनलमा कोम्यानलाई खेलाउने असाध्यै सहि निर्णय गरेका रहेछन्। महत्वपूर्ण समयमा यस्तो महत्वपूर्ण निर्णयले नै उनी गोलमा बढ्न सके’ बायर्न म्युनिकका पूर्वखेलाडी ओएनले सुनाए। 

पिएसजीका प्रशिक्षक थोमस टचेल पनि फाइनल खेलमा खेलाडी परिवर्तन गरेकोमा आफू चकित भएको बताए। 

‘बायर्नले परिवर्तन गर्न सक्ने दुई खेलाडीका बारेमा हामीले सोचेर बसिरहेका थियौँ। तर कोम्यान ल्याउलान् भनेर त कल्पनासम्म थिएन। पेरेसिकले पछिल्ला खेलहरुमा राम्रो गरिरहेका पनि थिए, तर उनको स्थानमा कोम्यान ल्याइए’ उनले भने। 

पूर्वफुटबलर तथा फुटबल पण्डित रियो फर्डिनान्ड भन्छन्- ‘कोम्यान खेलाउने निर्णय असाध्यै ठूलो हो। यस्तो महत्वपूर्ण खेलमा त्यस्तो निर्णय हुनु र उनले गरेर देखाउनु असाध्यै राम्रो हो।’

गएको नोभेम्बरमा बायर्न म्युनिक प्रशिक्षक निको कोभाक बर्खास्त भएपछि फ्लिक नयाँ प्रशिक्षक नखोज्दासम्म भनेर प्रशिक्षकको जिम्मेवारीमा थिए। तर उनले यसरी आफ्नो योजना देखाइदिए कि पहिलो प्रयासमा अब्बल साबित भए। बिबिसीमा पूर्व खेलाडी क्रिस सटन भन्छन्- ‘एक मान्छेले केबाट केसम्म परिवर्तन गर्न सक्छ भन्ने उदाहरण हो यो।’ 

तल्लो लिगमा प्रशिक्षणको अनुभव रहेका फ्लिक जर्मनीको सहायक प्रशिक्षकको अनुभव समेत भएका व्यक्ति हुन्। तर बायर्न म्युनिकको प्रशिक्षण सम्हाल्दा उनी बाहिरि फुटबल जगतसँग परिचित थिएनन्। उनले क्लब सम्हाल्दा बायर्न फ्रान्कफुटसँग ५-१ ले हारेर लिग तालिकामा चौथो स्थानमा थियो। तर उनी आएपछि बायर्नले जित्न थाल्यो र उनको समय पनि लम्बिँदै गयो। 

उनको प्रशिक्षणमा बायर्नले खेलेका ३६ खेलमा ३३ खेल जितेको छ। जहाँ पछिल्ला २१ खेलमा बायर्न अपराजित रहेको छ। जहाँ १३ अंकको भिन्नतामा बुन्डेसलिगा र जर्मन कपका साथै अहिले च्याम्पियन्स लिगको उपाधि पनि मिल्यो। 

यो पनि पढ्नुहोस्

कोउटिन्हो : च्याम्पियन्स लिग विजेता तर अनिश्चित भविष्य सोमबार, भदौ ८, २०७७

 

प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १५:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
नीशम जनकपुर बोल्ट्समा फर्किए मंगलबार, भदौ ९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य मंगलबार, भदौ ९, २०८३
कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा मंगलबार, भदौ ९, २०८३
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा मंगलबार, भदौ ९, २०८३
खैरो हेरोइनसहित तीन जना पक्राउ मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्