Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

लाङटाङ : घाउ बिर्सेर पुरानो स्वरुपमा फर्कँदै

64x64
नेपाल लाइभ बुधबार, वैशाख १२, २०७५  ०१:१८
1140x725

रसुवा– समय: २०७२ बैशाख १२ गते। बिहानैदेखि आकाशमा धुम्म बादल लागेको थियो। पदयात्राको आकर्षक गन्तव्य लाङटाङमा रहेका स्वदेशी तथा विदेशी पर्यटक कोही खानेकुरा खाइरहेका थिए त कोही मनोरम दृश्य अवलोकनमा रमाइरहेका थिए। त्यही भीडमा लाङटाङका होटल व्यवसायी ४८ वर्षीय पासाङ दिन्डुप स्याङ्बा (तामाङ) होटलमा चार जना विदेशी पर्यटकको सत्कारमा व्यस्त थिए। उनकी श्रीमती भने खेतमा काम गर्न गएकी थिइन्।

मध्याह्नको १२ बज्नै लागेको थियो, आकाशमा कालो बादल मडारिएर अँध्यारो छायो। एक्कासी ठूलो आवाजमा हिउँपहिरो खसेर घरहरु पुरिए। घरले होटल व्यवसायी स्याङ्बालाई पनि थिच्यो। गुहार माग्दै चिच्याइरहेका उनलाई केही समयपछि आफन्तले घाइते अवस्थामा उद्धार गरे। 

केही समयपछि होश खुलेर यता–उता हेर्दा कतै शवहरु देखे त कतै घाइतेहरुको छटपटी। त्यसपछि उनी अचेत भए। 

‘फिल्ममा जस्तो क्षणभरमै गाउँ ध्वस्त भएको देखेको थिएँ, त्यसपछि के भयो केही थाहा भएन’, स्याङ्बा भन्छन्।

हेलिकोप्टरबाट नुवाकोटको त्रिशूली लगिएका उनलाई त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं लगियो। २ महिना अस्पताल बसेर आफू बाँचेँ भन्ने थाहा भएपछि बल्ल उनले श्रीमतीको बारेमा सोधखोज गरे।  

प्रकृतिको त्यो विपद्‌मा उनकी श्रीमती हिमपहिरोमा पुरिएर बिलाइसकेकी थिइन्। आजसम्म श्रीमतीको शवको पत्तो लाग्न नसक्दा भूकम्पले दिएको पीडा उनीभित्र खिल जसरी गाडिएको छ।

उनी भक्कानिन्छन्, ‘उनको लाश मात्र भेट्न पाए’नि छातीमा टाँस्थेँ जस्तो लाग्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

भूकम्प गएको डेढ वर्षपछि मात्र आफ्नो गाउँ फर्केका स्याङ्बाको सहारा भन्नु अब दुई छोराछोरी छन्। छोरा १६ वर्षका छन् भने छोरी १४ वर्षकी। राहतमा आएको भन्दै आफन्तले लगिदिएका जस्तापाताबाट उनले लाङटाङमा एक कोठाको घर बनाएका छन्। 

लाङटाङका अन्य बासिन्दाको व्यथा पनि स्याङ्बाको भन्दा कम छैन। घर त कसैको बाँकी रहेन नै, परिवारको सदस्य गुमाउँदा भूकम्पले धेरैलाई जीवनभरिको घाउ थपिदियो। तर, उनीहरु त्यो घाउलाई समयसँगै बिर्सँदै जीवनमा अगाडि बढिरहेका छन्।

पुरानो अवस्थामा फर्कँदै

तीन वर्षअघि बैसाख १२ गते र त्यसपछि पनि लगातार आएको भूकम्पका कारण लाङटाङ गाउँ मानव बस्तीविहीन हुन पुगेको थियो। दुई सयभन्दा बढीले भूकम्पमा ज्यान गुमाए भने कैयौं व्यक्ति अझै पनि बेपत्ता छन्। 

Xtrem

Xtrem

भूकम्पले लाङटाङ जाने पर्यटकीय पदमार्ग समेत थिलथिलो पारेको थियो। बिभिन्न संघसंस्था तथा स्थानीयको सहयोगमा थिलथिलो पारेको लाङटाङ जाने घोडेटो तथा गोरेटो बाटो निर्माण गरिएसँगै सहज भएको छ।  

भूकम्पपछि बगरमा परिणत भएको लाङटाङ बिस्तारै तंग्रिँदै गएको छ। भूकम्पको घाउ बिर्सने प्रयास गर्दै आफूहरु पुनर्निर्माणमा लागेको लाङटाङका डेरुप तामाङले बताए। 

‘घरबास नै उठिबास बनाएको भूकम्पको गहिरो घाउ अझै पनि बिर्सन त सकेका छैनौं, तैपनि लाङटाङको सौन्दर्य अहिले पहिले जस्तै देखिन थालेको छ, त्यसैले भूकम्पलाई बिर्सने प्रयास गर्दै अगाडि बढेका छौं’, उनले भने।

शहरी तथा भवन निर्माण डिभिजन कार्यालय रसुवाका अनुसार लाङटाङमा ९१ जनाले पहिलो किस्ता बापतको रकम लिइसकेका छन्। त्यस्तै, ८७ जनाले दोस्रो किस्ता बापतको रकम लिएका छन् भने १५ जनाले तेस्रो किस्ता लिएको जनाइएको छ। 

लाङटाङमा भूकम्पपछि संघसस्थाको सहयोगमा १ सय १६ घरधुरीमध्ये ४० घरधुरीले निजी आवास निर्माण गरिसकेको गोसाइँकुण्ड गाउँपालिका ४ का वडाध्यक्ष सुब्बा लामाले बताए। 

‘निर्माण भएका ४० घरधुरीमा पर्यटकका लागि सहजरुपमा बस्न होटल व्यवसाय सञ्चालन भइरहेको छ’, उनले भने, ‘बिस्तारै हाम्रो गाउँ पहिलेको अवस्थामा फर्कँदै गएको छ।’

लाङटाङमा पूर्ववत् बस्ती बढेसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन पनि बढेको छ। लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार, लाङटाङमा मानव बस्ती बस्न थालेर होटल तथा लजको व्यवस्थापन हुन थालेसँगै पर्यटकको आगमन बढेको हो।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०७५  ०१:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नाना पाटेकरको हृदयघातबाट निधन
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ?
जुम्ला आज सार्वजनिक बिदा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
जुम्ला आज सार्वजनिक बिदा बिहीबार, असोज २२, २०८३
बाढी र पहिरोले रसुवा, मनाङ र म्याग्दीका तीन सडकखण्ड पूर्ण अवरुद्ध बिहीबार, असोज २२, २०८३
मतदाता सूची विवादविरुद्ध प्रदर्शन गर्दा राहुल गान्धी पक्राउ बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्