• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बाढीपीडितको पीडा : बर्सेनि सडकको बास [फोटो फिचर]

64x64
शेरबहादुर ऐर शुक्रबार, साउन २३, २०७७  ०९:५४
1140x725

भजनी (कैलाली)-भजनी नगरपालिका ८ सोनाफाँटाकी देवी चौधरी हुलाकी सडकमा पाल लगाएर बसेकी छिन्। यो वर्षमात्रै नभएर हरेक वर्षायाममा उनको सोही सडकमा बास हुन्छ।

सडकको किनारामा बनाइएका पालभित्रै बसेको अवस्थामा भेटिएकी देवीले भनिन्–‘हरेक वर्ष घरभित्र पानी पस्छ। अनि यहीँ (सडकमा) बास हुन्छ।

यस वर्षको बाढीले पनि उनको घर पुरै भत्काएको छ। 

पानीको सतह घटेर अधिकांस मानिस आ–आफ्नो घर गइसके। तर, साउन १५ देखि हुलाकी सडकमा बसेकी देवीलाई कहाँ गएर बस्ने भन्ने चिन्ता छ। ‘अहिलेसम्म चाउचाउ, चिउरा मात्र खाएर बसेकी छु’ उनले भनिन्। 

उनले घरभित्र रहेको अन्नपात र धान खेतीमा सबै बाढीले क्षति पुर्‍याएको बताइन्। उनले भनिन्, ‘अचानक आएको बाढीले गहुँ, धान, सबै सम्पति सत्यनास भइहाल्यो। वर्षभरि कसरी गुजारा गर्ने होला ?’ 

भजनी नगरपालिका ८, गड्चौराका पुनाराम चौधरीको घर पनि बाढीले क्षतविक्षत बनाएको छ। काठका खाट, लत्ताकपडा, भाडाकुडासम्म बचेका छन्। सुत्ने कोठामा राखिएको धान सबै गलेका छन्। छरिएका केही धान उम्रन थालेका छन्। घरभित्रै काठको मुडा पनि छ। हेर्दा लाग्छ, यो खेतबारी हो। साउन १५ गतेको बाढीले अहिले उनलाई विस्थापित गराएर सडकमै बसाएको छ। 

‘खानपिनको निकै समस्या छ,’ घरको अवस्था देखाउँदै पुनारामले भने, ‘अहिले हामी चामलका कनिका खाएर भोक मेटिरहेका छौं।’ 

छ जनाको परिवार रहेका उनका अहिले चार जना सडकको पालमै बसिरहेका छन्। उनले भने, ‘बाढीले घरभित्रको थन्काएको गहुँ र धान बगायो। खेतबारीमा पनि क्षति पु¥यायो, तत्काल कहाँबाट पैसाको जोहो गर्ने भन्ने चिन्ता छ।’

Ncell 2
Ncell 2
nimb
nimb

सोही गाउँकी सविता चौधरी बुधबार सडकको बासबाट घर फर्केकी थिइन। पानीको सतह घटेपछि घर पुगेकी उनी घरमा पुगेको क्षतिले चिन्तित थिइन्। ‘दुई भकारी (डेहरी) धान, गहुँ, तोरी, सबै बाढीले बगायो’ उनले भनिन्, ‘अब खानलाई केही छैन।’ 

अहिले भजनी नगरपालिकामा पानीको सतह घट्दै गएपछि विस्थापितहरू धमाधम घर फर्कने क्रम जारी छ। तर, घरभित्र राखिएको अन्नपात बगाएपछि कसरी गुजारा गर्ने भन्ने चिन्ता उनीहरूको छ। यस वर्ष भजनी नगरपालिकाको वडा नम्बर ८, ५, ३, २, ६ र ७ बाढीबाट बढी प्रभावित भएका थिए।

भजनी नगरपालिकामा दुई हजार चार सय १४ घरपरिवार वाढीबाट प्रभावित भएका छन्। त्यसमध्ये एक हजार छ सय ७१ परिवार पूर्णरुपमा प्रभावित भएको नगरपालिकाले जनाएको छ। 

भजनी नगरपालिका जस्तै कैलालीको जोशीपुर र जानकी गाउँपालिका तथा टीकापुर नगरपालिकामा पनि यस वर्षको बाढीले निकै क्षति पुर्‍याएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दिगो समाधान खोजियोस् : बाढीपीडित 

भजनी नगरपालिका ८ छछरवाका भलमन्सा सुमेन्द्रबहादुर चौधरीले सरकारले दिगो समाधानको योजना सरकारले ल्याउनुपर्ने माग गरे। 

‘हामीले १० वर्षअघि यहाँ जैविक तटबन्धन बनाएका थियौं। त्यो तटबन्धनले बस्तीलाई जोगाएको थियो,’सुमेन्द्रले भने, ‘यस वर्ष पानीको सतह बढी हुँदा बनाएको बाँध पनि बगायो। जसले गर्दा यहाँका सबै घर डुबानमा परे।’ 

उनले यथाशीघ्र बस्ती बचाउने योजना ल्याउन सरकारसँग माग गरे। तत्कालका लागि जैविक तटबन्धन योजना ल्याएर र दिगो रुपमा बस्ती संरक्षण गर्न ‘र्‍याम्प ड्याम’को कार्यक्रम अघि बढाउन सुझाव दिए।

भजनी नगरपालिका ८ कान्द्रा र पथरैया नदीका कारण जोखिममा रहेको छ। योसँगै काँडा नदीले पनि सो बस्तीमा असर गर्ने गरेको स्थानीय वीरबहादुर चौधरीले बताए।

पथरैया नदीकै कारण भजनी नगरपालिका ८ को जनकपुर, दैलेखी टोल, भर्तान टोल पनि जोखिममा छ। जनकपुरका स्थानीय ज्ञानबहादुर रावलले भने, ‘पथरैया नदीले १६ वर्षदेखि कटान गरिरहेको छ। एक सय मिटर उत्तरपिट्ट रहेको यो नदी अहिले कटान गर्दै खेतीयोग्य जमिनसम्म पुग्न लागिसकेको छ।’ 

ज्ञानबहादुरले कटान रोक्न राज्यबाट कुनै पनि पहल नभएको गुनासो गरे। उनले १० फिटभन्दा अग्लो १२ मिटरसम्म र्याम्प ड्यामको तटबन्धन कार्यक्रम सरकारले ल्याउनुपर्ने माग गरे। तटबन्धन भएमा वडा नम्बर ८ को जनकपुरदेखि सुनाफाटासम्मका वस्ती विस्थापित हुनबाट जोगिने उनको भनाइ छ। उनले कटान रोक्न बलौटे माटोमा बाँस राखेर तटबन्धन गरेको उल्लेख गर्दै भने, ‘तर नदीको बहावलाई यो तटबन्धनले थेग्न सकेन।’

अरुले छोरा नगुमाउन् : रमेश चौधरी

रमेशकुमार चौधरी ३३ वर्षदेखि भजनी नगरपालिकाको जनकपुरमा बस्दै आएका छन्। हरेक वर्ष बाढीको त्रास त उनले झेल्दै आएका थिए। तर, यस वर्ष भने उनले आफनो १० वर्षीय छोरा गुमाउनुपर्‍यो। 

उनले भने, ‘बाढीको समस्या यहाँको पुरानै हो, तर कुनै पनि सरकारले समाधान दिएन।’ 

रमेशलाई बाढीमा छोरो गुमाउँदा पीडामा छन्। भने, ‘मैले जेका कारण छोरा गुमाएको छु। त्यसको समाधान सरकारले ल्याउनुप¥यो, यो समस्याका कारण अन्यका छोराछोरीले ज्यान नगुमाउन्।’ 

पथरैया नदीको बहावले ल्याएको बाढीबाट रमेशका १० वर्षीय छोरा इजकेल चौधरीले ज्यान गुमाउनुपरेको थियो।

रमेशले दिगो तटबन्धनका कार्यक्रम र बस्ती विकासका कार्यक्रम ल्याउन सरकारसँग माग गरे। उनले स्थानीय बासिन्दाले हरेक वर्ष रोकथामका प्रयास गर्दै आएको बताए। उनले भने, ‘यहाँ स्थानीयले बाँस, जैविक तटबन्धन लगायतका काम गरेर बाढीबाट हुने क्षति रोक्ने प्रयास गरेका छन्। तर, त्यसले ढुक्क हुने अवस्था छैन।’ 

श्रमदानबाट बनाएको बाँध बग्यो

जोशीपुर गाउँपालिका ३ स्थित काँडा नदीमा स्थानीयहरूले श्रमदान गरेर उच्च बाँध बनाएका थिए। काँडा नदीले बस्तीमा असर नपुर्योस भनेर उनीहरूले सो बाँध बनाएका थिए।

स्थानीय नैनबहादुर चौधरीले भने, ‘हामीले श्रमदानबाटै यो बाँध बनाएका थियौ। यस वर्ष नदीले अढाइ किलोमिटर काटेर बस्ती नै डुवानमा पर्‍योे।’ उनका अनुसार जोशीपुर गाउँपाालिकाको यो बाँध फुट्दा भजनी नगरपालिकाका अधिकांश वडामा क्षति पुगेको छ।
उनले स्थानीय तथा प्रदेश सरकारले दिगो रहने र बस्ती सुरक्षित रहने गरी बाँध निर्माणको कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  ०९:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्