• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २३, २०८२ Sat, Mar 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संकटमा प्रचण्ड

64x64
वीरेन्द्र ओली मंगलबार, साउन ६, २०७७  १५:२३
1140x725

काठमाडौं- सोमबार बिहान आफ्नो निवास खुमलटारमा भएको जमघटमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूमा बढ्दो दुविधाको उदाहरण दिँदै भने- 'म त्यत्रो जनयुद्ध गरेर आएको नेता। त्यतिबेला कति ठूलाठूला निर्णय गर्थें। अहिले त म केही निर्णय नै गर्न नसक्ने निरीह नेताजस्तो भइसकेको छु। अब तपाईंहरुले मलाई साथ दिनुपर्‍यो।'

यतिबेला प्रचण्डलाई प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले मंसिरमा विशेष महाधिवेशन गरेर एकीकृत पार्टीको नेतृत्व प्रस्ताव गरेका छन्। उता वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायतले ओलीलाई दुवै पदबाट राजीनामा गएर जानुपर्ने भन्दै प्रचण्डलाई आफ्नो वशमा पार्न खोजेका छन्। दुई तिरको तानातानमा प्रचण्ड भने संकटमा परेका छन्। कुन कित्ता समाउने भनेर स्पष्ट निर्णय गर्न नसक्दा उनीमाथि संकट बढ्दै गएको छ।

नेकपाभित्रको विवाद तीव्र भइरहेका बेला प्रचण्डले भने स्पष्ट निर्णय लिन सकेका छैनन्। त्यसैले पूर्व माओवादी केन्द्रका स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेर उनले आत्मबल बढाउने प्रयत्न गरेका छन्। त्यसका लागि पूर्व माओवादी नेताहरुलाई एक ढिक्क पारेर आफ्नो पक्षलाई एकत्रित र बलियो बनाउने उनको प्रयास छ।

खुमलटारमा प्रचण्डको प्रस्तुति दुविधाग्रस्त भएको सहभागी नेताहरुको अनुभव छ। 

प्रचण्ड नामको व्यक्तित्वको विशेषता नै अत्यन्तै भिन्नै भएकाले बुझ्नै नसकिने एक पूर्व माओवादी स्थायी कमिटी सदस्यले बताए। सहमति र सम्झौता गर्नेबेला लचकता देखाउन सक्ने र कठोरताको नाममा सतिसाल झैं एक्लै उभिएर भिड्न सक्ने व्यक्तित्व भएकाले प्रचण्डलाई बुझ्नै गाह्रो हुने ती नेताले सुनाए। यद्यपि, प्रचण्ड लामो समय दुविधा र दोधारमा नबस्ने नेता भएकाले केही दिनभित्रै आफ्नो कित्ता स्पष्ट गरेर अघि बढ्न सक्ने ती नेताको भनाई छ।

बोल्ड निर्णय गर्न प्रचण्डलाई पूर्वमाओवादी नेताहरुले नै ढुक्कसँग साथ दिएका छैनन्। पूर्व माओवादी नेताहरु नै विभाजित भई एक समूहले ओली र अर्का समूहले नेपालतिर तानातानमा पारेकैले उनी निर्णयमा पुग्न नसकेका हुन्।

सचिवालय सदस्य रामबहादुर थापा, स्थायी कमिटी सदस्य जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, शक्ति बस्नेत, मणि थापा लगायत नेताहरु अध्यक्ष ओलीसँगै सम्झौता गरेर अघि बढ्नुपर्ने भन्दै लबिङमा छन्। उता सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य देव गुरुङ, हरिबोल गजुरेल, मातृका यादव, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, गणेश साह लगायत नेताहरुले भने यही अवस्थामा ओलीसँग अघि बढ्न नसक्ने मत राखेका छन्।

पार्टीभित्र विवाद समाधान गर्न पक्ष र विपक्षमा उत्तिकै छलफल र भेटघाट भई रहेकाले केही दिनभित्रै निकास निस्कने नेताहरुको आकलन छ।

Ncell 2
Ncell 2

आशंकामा प्रचण्ड
अध्यक्ष प्रचण्ड आफूले लिने कदममा आफ्नै पूर्वसहयोद्धाले नै साथ नदिने हुन् कि भन्ने आशंकामा छन्। पूर्वमाओवादीका कतिपय नेताहरुले ओलीसँग उठबस बाक्लो बनाउँदै लगेकाले उनमा आशंका बढेको हो। प्रचण्ड आफैं विश्वस्त हुन नसकेकै कारण सोमबारको जमघटमा उनले पूर्वमाओवादी नेताहरुको समान धारणाको अपेक्षा गरे। प्रचण्डले पार्टीमा निर्णय लिने बेला आएको भन्दै माओवादी समूह एक हुनुपर्ने बताएका एक स्थायी कमिटी सदस्यले बताए।

तर महत्त्वपूर्ण मानिएको खुमलटार भेलामा सचिवालयबाट रामबहादुर थापा र स्थायी कमिटीबाट जनार्दन शर्मा र लेखराज भट्ट भने अनुपस्थित भए। थापा र शर्मा दुई अध्यक्षको समदूरीमा भए पनि भट्ट भने ओली क्याम्पमै पुगिसकेको स्वयं माओवादी समूहका नेताहरु बताउँछन्। अरु स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, मणि थापा, देवेन्द्र पौडेल, शक्ति बस्नेत लगायत नेताहरु दुवै अध्यक्षको समदूरीमा छन्।

ओली-प्रचण्डप्रति संशकित नेपाल
सुरुदेखि नै वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल लगायत नेताहरु प्रचण्डसँग ढुक्कै भने थिएनन्। गत शनिबार ओली प्रचण्डको शीतल निवासको भेटपछि नेपाल समूहमा थप आशंका बढेको छ।

ओली र प्रचण्डबीच गत शनिबार समझदारी भएको विषयमा मिडियामा सार्वजनिक भए लगतै नेपाल समूहका नेताहरुले असन्तुष्टि व्यक्त गरेका थिए। त्यसलाई चिर्न प्रचण्डले आइतबार बिहान खुमलटारमै बोलाएर दुई घण्टा प्रष्टोक्ति दिएका थिए। भेटघाटमा प्रचण्डले ढुक्क बनाउने प्रयास गरेको भए पनि उनीहरुमा शंका बाँकी नै देखिन्छ।

आशंका र विश्वास दुवै पालेर नेपाल समूहका नेताहरुले प्रचण्डलाई नियालिरहेका छन्। सो समूहका नेताहरुलाई प्रचण्डले फेरि पनि ओलीसँगै नयाँ समझदारी गरेर आफूलाई पाखा लगाउने पो हुन् किन भन्ने डर बढेको छ। यसलाई बुझेका प्रचण्डले उनीहरुलाई विश्वासमा लिन भेटघाट र छलफललाई जारी राखेका छन्। जसले गर्दा दूरी बढ्न भने पाएको छैन।

फकाउँदै बालुवाटार, झस्किँदै खुमलटार
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजीनामा दिन दबाब बढाएपछि विशेष महाधिवेशनबाट एकीकृत पार्टी अध्यक्ष बन्न प्रचण्डलाई प्रस्ताव गरिएको थियो। ओली समूह मात्रै नभई पूर्वमाओवादी समूहका नेताहरुले समेत भूमिका खेलेर प्रचण्डलाई मंसिरमा विशेष महाधिवेशन गराई नेतृत्व हस्तान्तरण गर्नेगरी गृहकार्य थालेका थिए। ओलीबाट पटकपटक उधारो आश्वासनमा सहमति गरेका प्रचण्डले आफूलाई बामदेव गौतम पो बनाइने हो कि भन्ने शंका गरेपछि त्यसबाट पछि हटेका छन्।

ओलीको व्यवहारलाई नजिकबाट नियालेका प्रचण्डले गत शनिबार शीतल निवासबाट खुमलटार आई नपुग्दै मुड परिवर्तन गरिसकेका थिए। आफ्नो स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहाल मार्फत चर्चामा रहेका विषयलाई खण्डन गर्न लगाए।

आइतबार बिहानै वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ लगायत १५ भन्दा धेरै स्थायी कमिटी नेताहरुलाई आश्वस्त पार्दै आफूले कुनै सम्झौता नभएको प्रष्टोक्ति दिए। आफूलाई परिबन्दमा पारेर राष्ट्रपति कहाँ पुर्‍याएर अपमानित गरेको गुनासो गरे।

प्रचण्ड यूटर्न भए पनि ओली समूहका नेताहरु उनलाई फकाउन निरन्तर धाइरहेका छन्। ‘पार्टी एकता अध्यक्ष ओली र प्रचण्डले गर्नुभयो। तितामिठा घटनाक्रम पनि दुई अध्यक्षलाई जति अरु नेतालाई थाहा छैन’, नेपाल लाइभसँग कुरा गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘दुई अध्यक्ष सहमति गरेर अघि बढ्नुको विकल्प छैन। सहमतिका लागि विभिन्न मोडलमा छलफल भएका छन्। ओली कमरेडले दुई पदबाट राजीनामा नदिई सहमति खोजिनेमा विश्वस्त छु।’

पार्टीमा सहमति कायम गर्न ओली समूहका नेताहरु तत्काल विशेष महाधिवेशन गरी नेतृत्व प्रचण्डलाई हस्तान्तरण गर्ने गरी फकाइरहेका छन्। त्यसकै लागि विश्वासको वातावरण बनाउन पूर्वमाओवादी समूहबाट नेता रामबहादुर थापा, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल लगायत नेताहरु सक्रिय छन्। ओली समूहबाट महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायत नेताहरु लागिरहेका छन्। तर, प्रचण्ड महाधिवेशनबाट आफू एकीकृत पार्टीको अध्यक्ष हुनेमा अझै ढुक्क नभएकाले सहमति जनाएका छैनन्।

पूर्वमाओवादी समूहलाई त्रसित बनाउँदै जबज
तत्कालीन एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीले मान्दै आएको २१ औं शताब्दीको जनवादलाई महाधिवेशनबाट टुंगो लगाउने सहमति भएको छ। पार्टीमा विवाद चर्कै जाँदा एमाले समूहका नेताहरुले पार्टीको विचार जबज हुने अभिव्यक्ति दिन थालेपछि पूर्वमाओवादी समूहका नेताहरु झस्किने गरेका छन्। पार्टी विवादमा जबज प्रवेश गर्दा कतै एमाले समूह एक ढिक्क हुने र आफू पाखा परिने हो कि भन्ने त्रास उनीहरुमा छ।

पूर्वमाओवादीले जबजलाई स्वीकार गरेको नभने पनि व्यवहारमा भने स्वीकार गरिसकेको पूर्वएमालेको बुझाई छ।

एमाले समूहको टेक्ने हाँगा नभएकाले पार्टीभित्रको विवादमा जबज स्थापित गरेर बारम्बार उभिने प्रयास गरेको देखिन्छ। गत शनिबार शीतल निवासको भेटमा ओली समूहले प्रचण्डलाई जबज स्वीकार गरेर जानुपर्ने शर्त समेत राखेको एक स्थायी कमिटी सदस्यले बताए। प्रचण्डलाई विशेष महाधिवेशनबाट पार्टी अध्यक्ष बनाएर जबज स्वीकार गर्न भनिएको थियो। तर प्रचण्डले दुवै विषयमा कुनै सहमति नजनाई शीतल निवासबाट बाहिरिएका थिए।

एकतामुखी मात्रै ११ नेता
पार्टी फुट्न नहुने भन्दै स्थायी कमिटीका ११ जना स्थायी कमिटी सदस्यहरु निक्कै दौडधुपमा लागेका छन्। एकताको पक्षमा लागेका ११ जनामा अध्यक्ष ओली, प्रचण्ड र वरिष्ठ नेता नेपाल पक्षका नेता समेत छन्।

ओली समुहबाट प्रदीप ज्ञवाली र विष्णु रिमाल मात्रै छन्। प्रचण्ड समूहबाट टोपबहादुर रायमाझी, जनार्दन शर्मा, मणि थापा छन्। नेपाल समूहबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र योगेशकुमार भट्टराई छन्। पार्टी विभाजन हुनुहुँदैन भनेर पहल गर्ने नेताहरुको समूह ११ बाट १८ सदस्यीय भइसकेको छ। यद्यपि, उनीहरुले पार्टी फुट्न नहुने भन्दै सकारात्मक रुपमा दबाब दिए पनि विवादको समाधानमा भूमिका नै खेल्न भने सकेका छैनन्।

पार्टीको विवाद समाधानमा मिलन बिन्दु पहिल्याउन ती नेताले दबाब दिनसकेका छैनन्। बरु, पार्टी फुट्न नहुने भन्दै एक सूत्रीय धारणा अभिव्यक्त गरिरहेका छन्। पार्टीभित्रको विवाद समाधानमा दोस्रो तहका नेताहरुले प्रभावकारी भूमिका खेल्न नसकेको स्वयं नेकपाकै नेताहरु बताउँछन्।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  १५:२३
  • #प्रचण्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी २२ हजार ८५० मतका साथ उनी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्... शनिबार, फागुन २३, २०८२
फराकिलो मतान्तरले विजयी भए रवि लामिछाने लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् । शनिबार, फागुन २३, २०८२
बाँके-३ मा खगेन्द्र सुनार विजयी उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले १९ हजार ६१५ मत पाए । नेपाली कांग्रेसका अमरसिंह पुन १३ हजार २१५ मतसहित तेस्रो स्... शनिबार, फागुन २३, २०८२
ताजा समाचारसबै
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी शनिबार, फागुन २३, २०८२
फराकिलो मतान्तरले विजयी भए रवि लामिछाने शनिबार, फागुन २३, २०८२
बाँके-३ मा खगेन्द्र सुनार विजयी शनिबार, फागुन २३, २०८२
दैलेख १ मा कांग्रेसकी बासना थापा निर्वाचित शनिबार, फागुन २३, २०८२
मोरङ–६ : शेखरलाई हराउँदै रास्वपाकी रुबिना निर्वाचित शनिबार, फागुन २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सर्लाही-४ मा अमरेशको अग्रता शुक्रबार, फागुन २२, २०८२
इलाम-२ : माटोका उम्मेदवारले सुहाङलाई उछिने शुक्रबार, फागुन २२, २०८२
खगेन्द्र सुनार दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्