काठमाडौं- नेकपा स्थायी कमिटी बैठक पटक पटक सरेपछि स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले असन्तुष्टि व्यक्त गरेका छन्। उनले बैठक सरेकाे सर्यै गर्दा लाजैमर्दो भएको बताए।
कति बैठक सारेको? भन्दै प्रश्न गर्दै उनले शुक्रबार ट्विटमा लखेका छन्, ‘नेकपा स्थायी कमिटी बैठक ११ बजेबाट ३ बजेलाई सरेछ। अब कति सर्ने हो? लाजैमर्दो भो अब त।’
नेकपा स्थायी कमिटी बैठक अहिलेसम्म ६ पटक सरिसकेको छ। गत असार १८ गते एक दिनका लागि भन्दै २० गते बोलाइएको थियो। असार २० गते बैठक बस्न नसेपछि असार २२ गतेका लागि सारियाे। असार २२ गते पनि बैठक बस्न नसकेपछि २४ गतेका लागि र फेरि असार २४ गते पनि बैठक बस्न नसकेपछि असार २६ गतेका लागि बोलाइएकाे थियाे।
असार २६ गते बाढी पहिरो आएको भन्दै साउन २ गते बिहान ११ बजेसम्मका लागि बैठक सरेकाे थियाे। शुक्रबार बिहान ११ बजे बैठक बस्न नसकेपछि दिउँसो ३ बजेका लागि सारिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।