• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

‘दिनको दुई सयले ट्याक्सीको किस्ता तिर्नु कि भोक टार्नु?’

निर्मला घिमिरे/प्रजु पन्त बिहीबार, साउन १, २०७७  २१:२३
1140x725

काठमाडौं- ३ घण्टादेखि बानेश्वर चोकैमा यात्रु कुरिरहेका थिए ट्याक्सी चालक रमेश गौतम। बिहान ५ बजेदेखि एक कप चिया र एक बोतल पानीको भरमा। मध्यान्न १२ बजिसक्दा उनले बिहानको खाना खाएका थिएनन्। यतिन्जेल उनले एक ट्रिपको जम्मा २ सय रुपैयाँ त कमाए तर त्यो पैसा पनि ट्याक्सीमा पेट्रोल हाल्दा सकिसकेको थियो ‘बिहान ५ बजेदेखि जम्मा एक ट्रिप पाएँ यतिले खानु कि ट्याक्सीको तेल हाल्नु,’ छेउमा राखिएको पानीको बोतल देखाउँदै रमेशले भने‚ ‘भोक लाग्यो भने यही पानी घुट्क्याउँदै बसेको छु।’

असार १ गतेदेखि लकडाउन खुकुलो गरेको सरकारले ट्याक्सी चलाउन नदिएको, रातो नम्बर प्लेटले यात्रु ओसारेको भन्दै असार १६ गतेदेखि ट्याक्सी व्यवसायीहरू आन्दोलित भएका थिए। उनीहरुले  यातायात व्यवस्था विभागको कार्यलय अगाडि नै ट्याक्सीसहित धर्ना दिए। ट्याक्सी व्यवसायीले तीन महिनाको ब्याज छुट हुनुपर्ने, घरभाडा छुट हुनुपर्नेलगायतका माग राख्दै आन्दोलन त गरे तर कुनै माग पुरा नहुँदै २१ गते नै बीचमा घुसपैठ भएको भन्दै आन्दोलन स्थगित गरे।

सरकारले ट्याक्सी चलाउन त दिएको छ तर तीन महिनाको ब्याज छुट, घर भाडा छुटलगायतको कुनै प्याकेज नल्याएकोले ट्याक्सी व्यवसायीको बिचल्ली भएको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज अध्यक्ष सानु पुर्वाेछेले बताए। ‘सरकारले ट्याक्सी चलाउन त दियो तर लकडाउन अवधिभरको किस्ता ब्याजबारे कुनै निर्णय गरेको छैन,’ पुर्वोछेले भने ‘ट्याक्सी चलाएपनि कुनै यात्रु नै छैनन् यो पाराले त आम्दानी नहुने तेल सकिनेमात्रै भयो।’

रमेशले जस्तै अर्का ट्याक्सी चालक श्रीकुमारको पनि हालत उस्तै छ। यात्रु नपाएपछि टन्टलापुर घामको छेल पारेर बबरमहलको रुखमुनी सुस्ताइरहेका थिए उनी। बिहान ६ बजेदेखि ट्याक्सी चलाएको श्राीकुमार २ बजेसम्म २ सयमात्रै आम्दानी भएको बताए। ‘लकडाउनपछि मैले ट्याक्सी चलाउन थालेको ३ दिन भयो। ट्याक्सी चलाएर गुजारा टार्न मुस्किल परेको छ,’ लामो श्वास लिँदै श्रीकुमारले भने‚ ‘यात्रु पाउनै गाह्रो छ। तेलको पैसा पनि उठ्दैन।’ 

श्रीकुमारले एक वर्ष अगाडि मात्रै फाइनान्सबाट ऋण लिएर साढे २२ लाखमा ट्याक्सी लिएका थिए। ट्याक्सीबाट आम्दानी ठीकै भएको थियो। जे होस् फाइनान्सको किस्ता बुझाउन र घर खर्च चलाउन पुगिरहेको थियो।

‘अरु सामान्य अवस्थामा त दिनभरी ट्याक्सी चलाएर घर खर्च र किस्ता तिरेका श्रीकुमारले फाइनान्सबाट ब्याजमात्रै भए पनि तिर्न पुगे पनि हल्का हुन्थ्यो तर दिनभरि ट्याक्सी चलाउँदा सुको आम्दानी नहुने फाइनान्सले  ताकेता गरेर हैरान बनाउँदा निकै वैराग लागेर आउने उनले बताए। 

बौद्धस्थित कोठामा बस्दै आएका श्रीकुमारले घरबेटीले घरको किस्ता बुझाउन कोठा भाडा मागेपछि साथीहरुसँग सापटी मागेर ४ महिनाको कोठाभाडा त तिरें ४ महिनादेखि ट्याक्सी व्यवसाय ठप्प भएपछि उनले फाइनान्सको किस्ता भने बुझाउन सकेका छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

ट्याक्सी चालक दिपक शेरचन भाडाको ट्याक्सी चलाउँछन्। साहुलाई दिनको १५ सय बुझाउनुपर्छ। लकडाउनअघिसम्म शेरचनले दिनकै तेल खर्च साहुलाई दिने भाडा बाहेक १५ सय जोगाउँथें तर लकडाउनपछि १५ सय पनि कमाइ नभएको बताए। ‘लकडाउन हल्का भएपछि एक हप्ता भयो ट्याक्सी चलाउन थालेको,’ शेरचनले भने‚ ‘१५ सयको मुख नदेखेको धेरै भयो।’ शेरचनलाई किस्ता बुझाउने तनाव नभएपनि लकडाउन अवधीभर खर्च चलाउन भने धेरै गाह्रो भयो। दिनहुँ काम गरेर सोही पैसाले घरखर्च चलाउने उनले यो अवधीभर आफन्तीसँग ऋण सापट गरेर खर्च चलाएको बताउँछन्। 

ट्याक्सी व्यवसायी तथा चालक रमेश गौतमले नयाँ ट्याक्सी किनेको धेरै भएको छैन। व्यक्तिसँग ९ लाख र बैंकसँग १२ लाख ऋण गरेर ट्याक्सी किनेका उनले अहिलेसम्म ४ किस्तामात्रै बुझाएका छन्। महिनाको ३० हजारका दरले किस्ता बुझाउनुपर्नेमा रमेशले लकडाउन अवधीको ५० हजार बुझाउनुपरेछ। ‘बैंकले ताकेता गरेर हैरान पार्‍यो नतिरे गाडी नै लगिदिन्छ कि भन्ने डर लाग्यो,’ रमेशले भने‚ ‘एक हजारको महिनाको ३० रुपैयाँको दरले ब्याज बुझाउने गरी बाहिर ऋण खोजेर ५० हजार बुझाइदिएँ।’

रामेछाप घर भएका रमेश खेती गरेर खाने जग्गा पनि नभएपछि दुई सन्तान र श्रीमती लिएर कामको खोजीमा काठमाडौं आए। सुरुवाती केही वर्षमा गाडीमा काम गरेका उनले पोहोरमात्रै आफ्नै गाडी किनेका हुन् तर लकडाउनले कुनै आम्दानी गर्न नपाएपछि उनी विरक्तिएका छन्। ‘मान्छेले किन आत्महत्या गर्छ बल्ल बुझ्दैछु,’आँखाभरि आँसु पार्दै रमेशले भने‚ ‘भाडा नबुझाए घरबेटीले कोठा छोड भन्छन् किस्ता नबुझाए बैंकले एक रुपैयाँ आम्दानी हुँदैन छोराछोरी सानै छन्‚ भोकै पर्छन् अनि के बाच्न मन लाग्नु र?’

डेढ वर्ष कतारमा काम गरेर बिदामा फर्किएका बसन्त मगरलाई आफूले विमान स्थलबाट बसपार्कसम्म पुग्दा तिरेको महंगो ट्याक्सी भाडाले आकर्षित गरेको थियो। 

‘एउटा यात्रु बोक्यो भने हजार कमाइ हुने रहेछ। दिनभरीमा त टन्नै कमाइन्छ होला जस्तो सोचेर खाडीमा कमाएको थोरै पैसा ट्याक्सीमै हालें,’ बसन्तले भने‚ ‘अहिले आफ्नो खुट्टामा आफैंले बञ्चरो हानेको जस्तै भयो केही समय अगाडि त मलाई ट्याक्सी बेचिदिउँ झैं पनि लागेको थियो।’ श्रीमती र छोरासँगै गोगंबुमा कोठा भाडामा बसेका उनलाई फाइनान्सको ऋण त छँदैछ किराना पसलमा ऋणले पनि चुर्लुम्म डुबाएको छ। ‘ट्याक्सी फाइनान्सको नाममा छ। यतिकै बेच्न पनि नमिल्ने,’ बसन्तले भने‚ ‘लकडाउनपछि ट्याक्सी चलाउन त थालियो तर तेलको पैसा पनि उठ्दैन। साह्रै गाह्रो पर्‍यो।’

अधिकांश ट्याक्सी व्यवसायी तथा चालकहरुले किस्ता बुझाउने समयावधि सरकारले थपिदिए धेरै राहत हुने बताएका छन्। ‘हामीले पुरै छुट दिन भनेका छैनौं,’ रमेशले भने‚ ‘लकडाउन अवधीपछि बुझाउने व्यवस्था गरिदिए धेरै राहत हुने थियो।’

प्रकाशित मिति: बिहीबार, साउन १, २०७७  २१:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
१३ देशका लागि राजदूत सिफारिस: भारतमा निश्चलनाथ, अमेरिकामा चिरनजंग
मन्त्रिपरिषद् बैठक सुरु, राजदूत सिफारिसको सम्भावना
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू
सम्बन्धित सामग्री
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
ताजा समाचारसबै
१३ देशका लागि राजदूत सिफारिस: भारतमा निश्चलनाथ, अमेरिकामा चिरनजंग शुक्रबार, असोज २, २०८३
मन्त्रिपरिषद् बैठक सुरु, राजदूत सिफारिसको सम्भावना शुक्रबार, असोज २, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू शुक्रबार, असोज २, २०८३
विभिन्न दल र नागरिक समाजसँग छलफलमा छौं, सरकारविरुद्ध आन्दोलनको तयारी हुँदैछ : प्रचण्ड शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्