• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ १, २०८२ Thu, May 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार
‘दिनको दुई सयले ट्याक्सीको किस्ता तिर्नु कि भोक टार्नु?’
निर्मला घिमिरे/प्रजु पन्त बिहीबार, साउन १, २०७७  २१:२३
1140x725

काठमाडौं- ३ घण्टादेखि बानेश्वर चोकैमा यात्रु कुरिरहेका थिए ट्याक्सी चालक रमेश गौतम। बिहान ५ बजेदेखि एक कप चिया र एक बोतल पानीको भरमा। मध्यान्न १२ बजिसक्दा उनले बिहानको खाना खाएका थिएनन्। यतिन्जेल उनले एक ट्रिपको जम्मा २ सय रुपैयाँ त कमाए तर त्यो पैसा पनि ट्याक्सीमा पेट्रोल हाल्दा सकिसकेको थियो ‘बिहान ५ बजेदेखि जम्मा एक ट्रिप पाएँ यतिले खानु कि ट्याक्सीको तेल हाल्नु,’ छेउमा राखिएको पानीको बोतल देखाउँदै रमेशले भने‚ ‘भोक लाग्यो भने यही पानी घुट्क्याउँदै बसेको छु।’

असार १ गतेदेखि लकडाउन खुकुलो गरेको सरकारले ट्याक्सी चलाउन नदिएको, रातो नम्बर प्लेटले यात्रु ओसारेको भन्दै असार १६ गतेदेखि ट्याक्सी व्यवसायीहरू आन्दोलित भएका थिए। उनीहरुले  यातायात व्यवस्था विभागको कार्यलय अगाडि नै ट्याक्सीसहित धर्ना दिए। ट्याक्सी व्यवसायीले तीन महिनाको ब्याज छुट हुनुपर्ने, घरभाडा छुट हुनुपर्नेलगायतका माग राख्दै आन्दोलन त गरे तर कुनै माग पुरा नहुँदै २१ गते नै बीचमा घुसपैठ भएको भन्दै आन्दोलन स्थगित गरे।

सरकारले ट्याक्सी चलाउन त दिएको छ तर तीन महिनाको ब्याज छुट, घर भाडा छुटलगायतको कुनै प्याकेज नल्याएकोले ट्याक्सी व्यवसायीको बिचल्ली भएको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज अध्यक्ष सानु पुर्वाेछेले बताए। ‘सरकारले ट्याक्सी चलाउन त दियो तर लकडाउन अवधिभरको किस्ता ब्याजबारे कुनै निर्णय गरेको छैन,’ पुर्वोछेले भने ‘ट्याक्सी चलाएपनि कुनै यात्रु नै छैनन् यो पाराले त आम्दानी नहुने तेल सकिनेमात्रै भयो।’

रमेशले जस्तै अर्का ट्याक्सी चालक श्रीकुमारको पनि हालत उस्तै छ। यात्रु नपाएपछि टन्टलापुर घामको छेल पारेर बबरमहलको रुखमुनी सुस्ताइरहेका थिए उनी। बिहान ६ बजेदेखि ट्याक्सी चलाएको श्राीकुमार २ बजेसम्म २ सयमात्रै आम्दानी भएको बताए। ‘लकडाउनपछि मैले ट्याक्सी चलाउन थालेको ३ दिन भयो। ट्याक्सी चलाएर गुजारा टार्न मुस्किल परेको छ,’ लामो श्वास लिँदै श्रीकुमारले भने‚ ‘यात्रु पाउनै गाह्रो छ। तेलको पैसा पनि उठ्दैन।’ 

श्रीकुमारले एक वर्ष अगाडि मात्रै फाइनान्सबाट ऋण लिएर साढे २२ लाखमा ट्याक्सी लिएका थिए। ट्याक्सीबाट आम्दानी ठीकै भएको थियो। जे होस् फाइनान्सको किस्ता बुझाउन र घर खर्च चलाउन पुगिरहेको थियो।

‘अरु सामान्य अवस्थामा त दिनभरी ट्याक्सी चलाएर घर खर्च र किस्ता तिरेका श्रीकुमारले फाइनान्सबाट ब्याजमात्रै भए पनि तिर्न पुगे पनि हल्का हुन्थ्यो तर दिनभरि ट्याक्सी चलाउँदा सुको आम्दानी नहुने फाइनान्सले  ताकेता गरेर हैरान बनाउँदा निकै वैराग लागेर आउने उनले बताए। 

बौद्धस्थित कोठामा बस्दै आएका श्रीकुमारले घरबेटीले घरको किस्ता बुझाउन कोठा भाडा मागेपछि साथीहरुसँग सापटी मागेर ४ महिनाको कोठाभाडा त तिरें ४ महिनादेखि ट्याक्सी व्यवसाय ठप्प भएपछि उनले फाइनान्सको किस्ता भने बुझाउन सकेका छैनन्। 

Ncell 2
Ncell 2

ट्याक्सी चालक दिपक शेरचन भाडाको ट्याक्सी चलाउँछन्। साहुलाई दिनको १५ सय बुझाउनुपर्छ। लकडाउनअघिसम्म शेरचनले दिनकै तेल खर्च साहुलाई दिने भाडा बाहेक १५ सय जोगाउँथें तर लकडाउनपछि १५ सय पनि कमाइ नभएको बताए। ‘लकडाउन हल्का भएपछि एक हप्ता भयो ट्याक्सी चलाउन थालेको,’ शेरचनले भने‚ ‘१५ सयको मुख नदेखेको धेरै भयो।’ शेरचनलाई किस्ता बुझाउने तनाव नभएपनि लकडाउन अवधीभर खर्च चलाउन भने धेरै गाह्रो भयो। दिनहुँ काम गरेर सोही पैसाले घरखर्च चलाउने उनले यो अवधीभर आफन्तीसँग ऋण सापट गरेर खर्च चलाएको बताउँछन्। 

ट्याक्सी व्यवसायी तथा चालक रमेश गौतमले नयाँ ट्याक्सी किनेको धेरै भएको छैन। व्यक्तिसँग ९ लाख र बैंकसँग १२ लाख ऋण गरेर ट्याक्सी किनेका उनले अहिलेसम्म ४ किस्तामात्रै बुझाएका छन्। महिनाको ३० हजारका दरले किस्ता बुझाउनुपर्नेमा रमेशले लकडाउन अवधीको ५० हजार बुझाउनुपरेछ। ‘बैंकले ताकेता गरेर हैरान पार्‍यो नतिरे गाडी नै लगिदिन्छ कि भन्ने डर लाग्यो,’ रमेशले भने‚ ‘एक हजारको महिनाको ३० रुपैयाँको दरले ब्याज बुझाउने गरी बाहिर ऋण खोजेर ५० हजार बुझाइदिएँ।’

रामेछाप घर भएका रमेश खेती गरेर खाने जग्गा पनि नभएपछि दुई सन्तान र श्रीमती लिएर कामको खोजीमा काठमाडौं आए। सुरुवाती केही वर्षमा गाडीमा काम गरेका उनले पोहोरमात्रै आफ्नै गाडी किनेका हुन् तर लकडाउनले कुनै आम्दानी गर्न नपाएपछि उनी विरक्तिएका छन्। ‘मान्छेले किन आत्महत्या गर्छ बल्ल बुझ्दैछु,’आँखाभरि आँसु पार्दै रमेशले भने‚ ‘भाडा नबुझाए घरबेटीले कोठा छोड भन्छन् किस्ता नबुझाए बैंकले एक रुपैयाँ आम्दानी हुँदैन छोराछोरी सानै छन्‚ भोकै पर्छन् अनि के बाच्न मन लाग्नु र?’

shivam cement

shivam cement

डेढ वर्ष कतारमा काम गरेर बिदामा फर्किएका बसन्त मगरलाई आफूले विमान स्थलबाट बसपार्कसम्म पुग्दा तिरेको महंगो ट्याक्सी भाडाले आकर्षित गरेको थियो। 

‘एउटा यात्रु बोक्यो भने हजार कमाइ हुने रहेछ। दिनभरीमा त टन्नै कमाइन्छ होला जस्तो सोचेर खाडीमा कमाएको थोरै पैसा ट्याक्सीमै हालें,’ बसन्तले भने‚ ‘अहिले आफ्नो खुट्टामा आफैंले बञ्चरो हानेको जस्तै भयो केही समय अगाडि त मलाई ट्याक्सी बेचिदिउँ झैं पनि लागेको थियो।’ श्रीमती र छोरासँगै गोगंबुमा कोठा भाडामा बसेका उनलाई फाइनान्सको ऋण त छँदैछ किराना पसलमा ऋणले पनि चुर्लुम्म डुबाएको छ। ‘ट्याक्सी फाइनान्सको नाममा छ। यतिकै बेच्न पनि नमिल्ने,’ बसन्तले भने‚ ‘लकडाउनपछि ट्याक्सी चलाउन त थालियो तर तेलको पैसा पनि उठ्दैन। साह्रै गाह्रो पर्‍यो।’

अधिकांश ट्याक्सी व्यवसायी तथा चालकहरुले किस्ता बुझाउने समयावधि सरकारले थपिदिए धेरै राहत हुने बताएका छन्। ‘हामीले पुरै छुट दिन भनेका छैनौं,’ रमेशले भने‚ ‘लकडाउन अवधीपछि बुझाउने व्यवस्था गरिदिए धेरै राहत हुने थियो।’

प्रकाशित मिति: बिहीबार, साउन १, २०७७  २१:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारी नियुक्त
बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्न सुझाव
विद्यालयमा हाजिरीविनै दिवा खाजामा २७ करोड खर्च
सम्बन्धित सामग्री
गण्डकीमा‘राइड सेयरिङ’ले पायो कानुनी मान्यता,दर्ता र नविकरण नगरे जरिवाना मङ्गलबारको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० पारित गरेको थियो। ‘सम्मानित सर्वोच्च अदालत... बुधबार, वैशाख ३१, २०८२
सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ), लघुवित्त तथा वित्तिय शोषणविरुद्धको सङ्घर्ष समिति, सत्य र न्यायको खोजी अभियानलगाय... बिहीबार, फागुन २२, २०८१
केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो एक वर्षअघि स्थापना भएको उद्योगले केराको रेशा उत्पादन गरेर त्यसबाट टोपी, झोला, पेन होल्डर, कपडा, बस्नका लागि प्रयोग हुने चटाईलगायतका... मंगलबार, फागुन १३, २०८१
ताजा समाचारसबै
सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारी नियुक्त बुधबार, वैशाख ३१, २०८२
बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्न सुझाव बुधबार, वैशाख ३१, २०८२
विद्यालयमा हाजिरीविनै दिवा खाजामा २७ करोड खर्च बुधबार, वैशाख ३१, २०८२
पोखरामा माइक्रो दुर्घटना, ३ जनाको मृत्यु बुधबार, वैशाख ३१, २०८२
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
महिला टी–२० एसिया क्वालिफायरमा हङकङसँग नेपाल पराजित मंगलबार, वैशाख ३०, २०८२
महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी , छलफलमा झिकायो मंगलबार, वैशाख ३०, २०८२
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ? मंगलबार, वैशाख ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्