• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

डिडिएका लागि पुनः नयाँ प्रक्रिया थालनी गर्न तारागाउँ रिजेन्सी होटल सहमत 

64x64
उत्तम काप्री बुधबार, असार ३१, २०७७  २०:०७
1140x725

काठमाडौं– तारागाउँ रिजेन्सी होटल लिमेटेड पुनः नयाँ प्रक्रियाबाट सम्पत्ति तथा दायित्व मूल्यांकन (डिडिए)का लागि कम्पनी छनोट गर्ने भएको छ। सरकारी निकाय तारागाउँ विकास समितिको असहमति हुँदाहुँदै होटल लिमिटेडले बोर्डबाट डिडिए गर्न कम्पनी छनोटको निर्णय बहुमतबाट पारित गराउने प्रक्रियामा विरोध भएपछि पुनः नयाँ प्रक्रियाबाट डिडिए गर्न होटल व्यवस्थापन सहमत भएको हो।

तारागाउँ रिजेन्सी होटल लिमिटेडको बुधबार बसेको बोर्ड बैठकले डिडिएका लागि होटल व्यवस्थापनले यसअघि गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ प्रक्रिया थालनी गर्न सहमत भएको छ।

बोर्डका एक सदस्यका अनुसार अब होटल व्यवस्थापनले डिडिएका लागि नयाँ सूचना प्रकाशन गर्न भएको छ। यसअघि होटल व्यवस्थापनले डिडिएका लागि भन्दै अस्पष्ट रूपमा गरेको सूचनामा विकास समितिले बारम्बार ध्यानाकर्षण गराएको थियो। तर, समितिको ध्यानाकर्षणलाई बेवास्ता गर्दै बोर्डमा होटल व्यवस्थापनले बहुमतबाट निर्णय गरी आफ्नो स्वार्थको कम्पनीबाट डिडिए गराउने तयारी गरेको थियो।

बुधबार बसको बोर्ड बैठकमा सूचनाको विषयलाई लिएर विवाद भएपछि होटल व्यवस्थापनले डिडिएका लागि नयाँ प्रक्रिया थालनी गर्ने विषयमा सहमति भएको बोर्डका ती सदस्यले नेपाल लाइभसँग बताए। होटलले चर्चेको जग्गा, सेयर संरचनालगायतका विवाद समाधानका लागि गठन भएको संसदीय छानबिन समितिले समेत पटकपटक डिडिए गर्न निर्देशन दिँदै आएपनि होटल लिमिटेडले मानिरहेको थिएन।

झन्डै २८ वर्षपछि पहिलो पटक होटल व्यवस्थापन डिडिए गर्न सहमत भएको हो। अन्ततः तारागाउँ विकास समितिको ध्यानकर्षण र विरोधपछि होटल व्यवस्थापनले डिडिएका लागि स्पष्ट रूपमा अंग्रेजी र नेपाली भाषामा प्रकाशन हुने पत्रपत्रिकामा सूचना गर्न सहमत भएको स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ। डिडिइको सूचना गर्दा सबै विवरण समेत स्पष्ट खुलाउने होटल व्यवस्थापन राजी भएको छ।

यो पनि पढ्नुहोस्

 
 

सरकारी निकायको असहमति हुँदाहुँदै बहुमतबाट डिडिए गर्न आफ्नै स्वार्थको कम्पनी छान्दै हयात रिजेन्सीमंगलबार, असार ३०, २०७७

कसरी सुरु भयो डिडिएको खेल?
तारागाउँ रिजेन्सी होटल लिमिटेडको फेब्रुअरी १९ मा बसको बोर्डबाट पहिलो पटक सम्पति तथा दायित्व मूल्यांकन गर्ने निर्णय पारित गरेको थियो। डिडिएका लागि भने तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपानेले २०१९ डिसेम्बर ९ मा बसेको रिजेन्सीको बोर्ड बैठकमा सम्पत्ति तथा दायित्यको मूल्याकंन हुनुपर्ने भन्दै ६ बुँदे नोट अफ डिसेन्ट (फरक मत) राखेका थिए। 
सोही आधारमा तारागाउँ रिजेन्सी होटल लिमिटेडले २०७६ फागुन १८ गते डिडिएका लागि काठमाडौं पोस्टको पाँचौ पृष्ठमा कुन कम्पनीको, केको डिडिए गर्ने हो, भन्ने केही नखुलाई एउटा इेमल आइडी मात्र राखेर सूचना प्रकाशन गरेको थियो। यसरी सबै विवरण लुकाएर सूचना प्रकाशित गर्नुको उदेश्य आफूअनुकुल कम्पनीको मात्र प्रस्ताव परोस् भन्ने कुत्सित नियत राखिएको भन्दै विरोध भएको थियो। 

रिजेन्सीले सूचना प्रकाशन गरेपछि तारागाउँ विकास समितिले डिडिएका लागि प्रकाशन भएको सूचनाका विषयमा फागुन २२ मा ध्यानाकर्षण पत्र पठायो। विकास समितिले ध्यानाकर्षण पत्र पठाउँदा अख्तियार दूरुपयोग अनुसन्धान आयोग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मन्त्रालय, सचिव तथा संसदीय समितिलाई समेत बोधार्थ राखिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

समितिले ध्यानाकर्षण पत्रमा केका लागि र कुन संस्थाको डिडिए गर्ने र कुन विधि अपनाइने भन्ने जस्ता सामान्य जानकारी समेत समावेश नगरी सूचना प्रकाशन भएकोमा अहसमति जनाएको थियो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट डिडिए गर्न ईच्छुक कन्सल्टेन्टहरूबाट प्रस्ताव आह्वान गर्न राष्ट्रिय दैनिक अंग्रेजी तथा नेपाली पत्रिकामा दुवै भाषामा प्रकाशन गर्नु पर्नेमा रिजेन्सीले सो समेत गरेको थिएन। डिडिए गर्न सर्वसुलभ ढंगले सर्वसाधारणको नजरमा पर्ने पृष्ठमा प्रकाशित गर्न भन्दै समितिले ध्यानाकर्षण गराएको थियो। तर, व्यवस्थापनले उक्त पत्रको कुनै जवाफ दिएन। र अर्को सूचना पनि प्रकाशन गरेको थिएन।

ध्यानाकर्षण पत्रको बेवस्ता गरेपछि पुनः विकास समितिको चैत ३ गते डिडिए गर्न काम कुन चरणमा पुगेको र के भइरहेको छ भनेर फेरि सोधेको थियो। तर, उक्त पत्रको पनि व्यवस्थापनले कुनै जवाफ नदिई एक्लौटी बुहुमतबाट पेल्ने गरी असार ३१ गते बोर्ड बैठक बोलायो। तर, बोर्ड बैठकमा विरोध भएपनि पुनः नयाँ प्रक्रियाबाट डिडिएको काम थालनी गर्न होटल व्यवस्थापन सहमत भएको हो।

कसरी दिइएको थियो जग्गा?
सरकारले गाउँ विकास समितिको स्वामित्वमा रहेको ३ सय ४ रोपनी जग्गामध्ये १ सय ५० रोपनी जग्गा प्रतिरोपनी १० लाखका दरमा हुन आउने रकम बराबरको सेयर लगानी गर्ने र बाँकी १ सय ५४ रोपनी जग्गा प्रतिवर्ष प्रतिरोपनी १० हजार रुपैयाँका दरमा भाडामा दिने गरी सम्झौता भएको थियो।

सम्झौतामा पहिलो १० वर्ष भाडा नबढ्ने र त्यसपछि भने वार्षिक १० प्रतिशतका दरले भाडा बढ्दै जाने उल्लेख छ। सोही आधारमा १ सय ५० रोपनीको भाडा लिमिटेडले तिर्न नपर्ने र भाडाबापतको रकम सेयरमा रहने गरी ४९ वर्षको लागि होटल सञ्चालन गर्न दिएको जग्गा पछि लिमिटेडकै नाममा लगिएको थियो। सोही आधारमा तारागाउँ विकास समिति र राधेश्याम सराफ समूहरआईसिटिसी ग्रुपबीच तारागाउँ रिजेन्सी होटल लिमिटेड स्थापनाका लागि संयुक्त लगानीको समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

Xtrem

Xtrem

२०७५ सालमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले समेत उक्त १५० रोपनी जग्गा मालपोत ऐन, २०३४ विपरीत कम्पनीका नाममा लगिएको ठहर गर्दै फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको थियो। समितिको निर्देशनपछि तारागाउँ विकास समितिले उक्त जग्गा समितिकै नाममा ल्याउने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा लैजाने प्रक्रिया अगाडि बढाइसकेको छ। 

सम्झौता गर्दा सरकारका नाममा रहेको ३९ दशमलव ७७ प्रतिशत सेयर अहिले घटेर ९ दशमलव ०१ प्रतिशतमा झरेको छ। उक्त विषयमा अनुसन्धान गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको थियो।

प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  २०:०७
  • #हायात-होटल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय आवश्यक रहेको... सोमबार, असोज १२, २०८३
हिमलुङ हिमपहिरोमा दुई शव भेटिए, एक दर्जन बढी अझै सम्पर्कविहीन हिमपहिरोपछि काठमाडौंबाट उद्धारका लागि पुगेको टोलीले दुई जनाको शव फेला पारेको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघ (एनए... आइतबार, असोज ११, २०८३
हिमलुङ हिमपहिरोमा सम्पर्कविहीन आरोहीको उद्धारका लागि हेलिकप्टर उड्यो नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार मिङ्मा गेल्जे शेर्पासहित चार जना गाइडलाई लिएर हेलिकोप्टर हिमलुङतर्फ उडेको ह... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
हिमलुङमा सम्पर्कवहीन १४ जनाको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइँदै सोमबार, असोज १२, २०८३
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित] सोमबार, असोज १२, २०८३
कृष्णभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा सोमबार, असोज १२, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्