• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

सरकारी निकायको असहमति हुँदाहुँदै बहुमतबाट डिडिए गर्न आफ्नै स्वार्थको कम्पनी छान्दै हयात रिजेन्सी

64x64
उत्तम काप्री मंगलबार, असार ३०, २०७७  १५:५७
1140x725

काठमाडौं- सरकारी निकाय तारागाउँ विकास समितिको असहमति हुँदाहुँदै तारागाउँ रिजेन्सी होटल लिमेटेडले बोर्डबाट सम्पति तथा दायित्व मूल्यांकन (डिडिए) गर्न कम्पनी छनोटको निर्णय बहुमतबाट पारित गराउने खेल सुरु गरेको छ। बोर्डमा सरकारी पक्षका प्रतिनिधि एक जना मात्रै रहेको र बहुमत होटल व्यवस्थापनकै रहने भएकाले बहुमतबाट आफूअनुकुल निर्णय गराउने खेल सुरु भएको हो।

होटलले चर्चेको जग्गा, सेयर संरचनालगायतका विवाद समाधानका लागि गठन भएको संसदीय छानबिन समितिले पटकपटक डिडिए गर्न निर्देशन दिँदै आएपनि लिमिटेडले मानिरहेको थिएन। संसदीय समितिको पछिल्लो निर्णयपछि भने उसले डिडिए गर्न सहमत भएको छ। तर कम्पनी छनौटका लागि चोरबाटो अपनाएको भन्दै संसदीय समिति नयाँ प्रक्रियाको पक्षमा छ। तर रिजेन्सीले भने पुरानै प्रक्रियाअनुसार आफूअनुकुल कम्पनी छनौटको अन्तिम तयारीमा पुगेको छ। यसलाई समितिका पदाधिकारीले आफ्नो होटलले ओगटेको ३ सय ४ रोपनी जग्गा हत्याउने खेलको रुपमा व्याख्या गरेको छ।

२०४९ मंसिर ८ मा बसेको मन्त्रिपरिषद्‍ बैठकले तारागाउँ विकास समितिका नाममा रहेको जग्गामध्ये १५४ रोपनी रिजेन्सी होटल लिमिटेडलाई लिजभाडामा र थप १५० रोपनी जग्गा सेयर लगानीमा रहने गरी दिने निर्णय गरेको थियो। सोही आधारमा उक्त ठाउँमा अहिले तारागाउँ रिजेन्सी होटल लिमिटेडले अहिले होटल सञ्चालन गरिरहेको छ।

झन्डै २८ वर्षपछि पहिलो पटक होटल व्यवस्थापनले डिडिए गर्न लागेको हो। तर, डिडिए गर्नका लागि व्यवस्थापनले गरेको सूचनामा विकास समितिले बारम्बार ध्यानकर्षण गराएपनि कुनै राय नदिईकन एक्लौटी रूपमा नै आफ्नो मातहतकै कम्पनीबाट डिडिए गर्ने प्रस्ताव बोर्डबाट बहुमतले निर्णय गराउने गरी काम अगाडि बढाएको स्रोतको दाबी छ। स्रोतका अनुसार व्यवस्थापनले असार ३१ गते बोर्ड बैठक बोलाएर बहुमतबाट निर्णय गराउने तयारी गरेको छ।

कसरी सुरु भयो डिडिएको खेल?
तारागाउँ रिजेन्सी होटल लिमिटेडको फेब्रुअरी १९ मा बसको बोर्डबाट पहिलो पटक सम्पति तथा दायित्व मूल्यांकन गर्ने निर्णय पारित गरेको थियो। डिडिएका लागि भने तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपानेले २०१९ डिसेम्बर ९ मा बसेको रिजेन्सीको बोर्ड बैठकमा सम्पत्ति तथा दायित्यको मूल्याकंन हुनुपर्ने भन्दै ६ बुँदे नोट अफ डिसेन्ट (फरक मत) राखेका थिए। 

सोही आधारमा तारागाउँ रिजेन्सी होटल लिमिटेडले २०७६ फागुन १८ गते डिडिएका लागि काठमाडौं पोस्टको पाँचौ पृष्ठमा कुन कम्पनीको, केको डिडिए गर्ने हो, भन्ने केही नखुलाई एउटा इेमल आइडी मात्र राखेर सूचना प्रकाशन गरेको थियो। यसरी सबै विवरण लुकाएर सूचना प्रकाशित गर्नुको उदेश्य आफूअनुकुल कम्पनीको मात्र प्रस्ताव परोस् भन्ने कुत्सित नियत राखिएको समितिका एक पदाधिकारीको दाबी छ। 

रिजेन्सीले सूचना प्रकाशन गरेपछि तारागाउँ विकास समितिले डिडिएका लागि प्रकाशन भएको सूचनाका विषयमा फागुन २२ मा ध्यानाकर्षण पत्र पठायो। विकास समितिले ध्यानाकर्षण पत्र पठाउँदा अख्तियार दूरुपयोग अनुसन्धान आयोग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मन्त्रालय, सचिव तथा संसदीय समितिलाई समेत बोधार्थ राखिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

समितिले ध्यानाकर्षण पत्रमा केका लागि र कुन संस्थाको डिडिए गर्ने र कुन विधि अपनाइने भन्ने जस्ता सामान्य जानकारी समेत समावेश नगरी सूचना प्रकाशन भएकोमा अहसमति जनाएको थियो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट डिडिए गर्न ईच्छुक कन्सल्टेन्टहरूबाट प्रस्ताव आह्वान गर्न राष्ट्रिय दैनिक अंग्रेजी तथा नेपाली पत्रिकामा दुवै भाषामा प्रकाशन गर्नु पर्नेमा रिजेन्सीले सो समेत गरेको थिएन। डिडिए गर्न सर्वसुलभ ढंगले सर्वसाधारणको नजरमा पर्ने पृष्ठमा प्रकाशित गर्न भन्दै समितिले ध्यानाकर्षण गराएको थियो। तर, व्यवस्थापनले उक्त पत्रको कुनै जवाफ दिएन। र अर्को सूचना पनि प्रकाशन गरेन।

ध्यानाकर्षण पत्रको बेवस्ता गरेपछि पुनः विकास समितिको चैत ३ गते डिडिए गर्न काम कुन चरणमा पुगेको र के भइरहेको छ भनेर फेरि सोधेको थियो। तर, उक्त पत्रको पनि व्यवस्थापनले कुनै जवाफ नदिई एक्लौटी बुहुमतबाट पेल्ने गरी असार ३१ गते बोर्ड बैठक बोलायो। 

कसरी दिइएको थियो जग्गा?
सरकारले गाउँ विकास समितिको स्वामित्वमा रहेको ३ सय ४ रोपनी जग्गामध्ये १ सय ५० रोपनी जग्गा प्रतिरोपनी १० लाखका दरमा हुन आउने रकम बराबरको सेयर लगानी गर्ने र बाँकी १ सय ५४ रोपनी जग्गा प्रतिवर्ष प्रतिरोपनी १० हजार रुपैयाँका दरमा भाडामा दिने गरी सम्झौता भएको थियो। सम्झौतामा पहिलो १० वर्ष भाडा नबढ्ने र त्यसपछि भने वार्षिक १० प्रतिशतका दरले भाडा बढ्दै जाने उल्लेख छ। सोही आधारमा १ सय ५० रोपनीको भाडा लिमिटेडले तिर्न नपर्ने र भाडाबापतको रकम सेयरमा रहने गरी ४९ वर्षको लागि होटल सञ्चालन गर्न दिएको जग्गा पछि लिमिटेडकै नाममा लगिएको थियो। सोही आधारमा तारागाउँ विकास समिति र राधेश्याम सराफ समूह/आईसिटिसी ग्रुपबीच तारागाउँ रिजेन्सी होटल लिमिटेड स्थापनाका लागि संयुक्त लगानीको समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

Xtrem

Xtrem

२०७५ सालमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले समेत उक्त १५० रोपनी जग्गा मालपोत ऐन, २०३४ विपरीत कम्पनीका नाममा लगिएको ठहर गर्दै फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको थियो। समितिको निर्देशनपछि तारागाउँ विकास समितिले उक्त जग्गा समितिकै नाममा ल्याउने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्‍मा लैजाने प्रक्रिया अगाडि बढाइसकेको छ। 

सम्झौता गर्दा सरकारका नाममा रहेको ३९ दशमलव ७७ प्रतिशत सेयर अहिले घटेर ९ दशमलव ०१ प्रतिशतमा झरेको छ। उक्त विषयमा अनुसन्धान गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको थियो। यस विषयमा तारागाँउ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपानेले पनि जग्गा फिर्ता गर्ने कानुनी प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १५:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
आन्तरिक वायुसेवाको दायित्व विधेयकमा १३ संशोधन समेटिए, भाडा नबढ्ने मन्त्रीको दाबी उनले विधेयकले हवाई भाडा वृद्धि नगर्ने र यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको सुरक्षालाई प्राथमिकतामा राख्ने दाबी गरेका छन्। शुक्रबार, असोज १६, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीलाई अनुमति प्रदान गरिएको ह... बिहीबार, असोज १५, २०८३
हिमलुङमा मृतकको संख्या बढ्दै, थप ३ शव फेला जिल्ला प्रशासन कार्यालयका अनुसार गोरखाका ५८ वर्षीय आश गुरुङ, खोटाङका २१ वर्षीय सुरज राई र रुकुमका ५७ वर्षीय कलम बुढाको शव फेला परेको... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष सोमबार, असोज १९, २०८३
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु, तीन छुट्टाछुट्टै हलमा छलफल सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्