• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २०, २०८२ Fri, Apr 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

अन्तर्राष्ट्रिय सभाहल निर्माण गर्न दिएको ९६ रोपनी जग्गा हवाई एकेडेमीकै नाममा फिर्ता हुँदै

64x64
उत्तम काप्री मंगलबार, असार २३, २०७७  १४:०४
1140x725

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको एक मात्र हवाई एकेडेमीका नाममा रहेको ९६ रोपनी जग्गा पुनः नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान (हवाई एकेडेमी)कै नाममा फिर्ता गर्ने भएको छ।

२०७५ असोजमा मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई एकेडेमीका नाममा रहेको भक्तपुर सानोठिमीस्थित १ सय ८९ रोपनी जग्गा अन्तर्राष्ट्रिय सभाहल निर्माणका लागि दिने निर्णय गरेको थियो।

सोही जग्गामध्ये ९६ रोपनी जग्गा एकेडेमीकै नाममा फिर्ता हुन लागेको हो।अन्तर्राष्ट्रिय सभाहल निर्माणका लागि सहरी विकास मन्त्रालयका नाममा हस्तान्तरण भएको जग्गा फिर्ता ल्याउने तयारी थालिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्रिपरिषद्‍बाट निर्णय भएसँगै प्राधिकरणले आधा जग्गामा सभाहल बनाउन मिल्ने र आधा जग्गामा हवाई एकेडेमीका पूर्वाधार विकासका लागि नै आवश्यक पर्ने भन्दै जग्गा फिर्ता गराइदिन सरकारसँग पहल गरिरहेको थियो।

सोही आधारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ९६ रोपनी जग्गा हवाई एकेडेमीको नाममै फिर्ता ल्याउन लागेको हो। पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले एकेडेमीको जग्गा फिर्ता ल्याउने विषयमा सहरी विकास मन्त्रालयसँग सहमति भइसकेको जानकारी दिए।

प्रक्रिया पूरा गरेर ९६ रोपनी जग्गा प्राधिकरणअन्तर्गतको हवाई एकेडेमीका नाममा ल्याएर पूर्वाधार विकासका काम अघि बढाइने सचिव अधिकारीले बताए। चालु अवस्थामा रहेको हवाई क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने नेपालको एक मात्र हवाई एकेडेमी मासेर अन्तर्राष्ट्रिय सभाहल बनाउने सरकारको निर्णयमा नागरिक उड्डयन प्राधिकरणले विरोध गर्दै आएको थियो।

सहरी विकास मन्त्रालयको प्रस्तावमा २०७५ असोज २८ गते बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सभाहल निर्माणका लागि एकेडेमीको जग्गा प्रयोग गर्ने निर्णय गरेको थियो। उक्त जग्गा नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानले भोगचलन गर्दै आएको थियो।

सरकारको उक्त निर्णयसँगै हवाई क्षेत्रका जनशक्ति उत्पादनका लागि आवश्यक पूर्वाधार विकासका काम नै रोकिने निश्चित जस्तै बनेको थियो। सो स्थानमा हुँदै आएको हवाई राडार सञ्चालनका लागि दिइने तालिमसमेत प्रभावित हुने प्राधिकरणले बताउँदै आएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

सोही आधारमा पर्यटन मन्त्रालयले कूल १८९ रोपनीमध्ये ९६ रोपनी नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत हवाई एकेडेमीको नाममा ल्याउन लागेको सचिव अधिकारी बताउँछन्।

उक्त जग्गा हवाई एकेडेमीले नपाएको अवस्थामा  विमानस्थलमा अत्यावश्यक र संवदेशनशील मानिएको अग्नि नियन्त्रकको तालिम गर्ने ठाउँसमेत गुमाउनुपर्ने अवस्था थियो।

‘सरकारी संस्थानको जग्गा सरकारले विशेष प्रयोजनका लागि प्रयोग गर्ने अधिकार त हुन्छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले भन्यो, ‘हवाई क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन र  हवाई क्षेत्र सुधारका लागि तालिम केन्द्र विस्थापन गर्न खोज्ने निर्णय राम्रो होइन। निर्णयबारे प्राधिकरण अनविज्ञ थियो। अहिले फिर्ता ल्याउने प्रयास जारी छ। यो आवश्यक थियो।’

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को नियमले पनि हवाई क्षेत्र सुधारका लागि यस्तो तालिम केन्द्र चाहिन्छ।  यसका लागि प्राधिकरणले गुरुयोजनासहित एकेडेमीलाई तालिमका लागि एसियाकै 'ट्रान्जिट हब'का रूपमा विस्तार गर्ने लक्ष्य लिँदै आएको छ।

'एकेडेमी आइकाओको ट्रनिङ एयर प्लस एसोसिएट सदस्य पनि हो,’ प्राधिकरण स्रोतले भन्यो, ‘यसलाई विस्तार र सुधार गर्दै त्यसको पूर्ण सदस्य संस्था बनाउने लक्ष्यमा छौं।’ 

प्रतिष्ठानले २०७२ को भूकम्पअघि सिनामंगलमा संचालन गर्दै आएको तालिम पनि यही स्थानबाट हुँदै आएको छ। सोही ठाउँमा विमानस्थलको विमान अपरेसनका लागि जडित ८ वटा एन्टेनासमेत छन्। सोही स्थानमा अहिले प्रतिष्ठानका करिब एक अर्ब मूल्य बराबरको संरचना निर्माण भएर काम संचालन हुँदै आएको छ। 

२०७५ असोजमा मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण र सहरी विकास मन्त्रालयबीच भएको सहमतिभन्दा बाहिर गएर १८९ रोपनी जग्गा दिने निर्णय गरेको थियो। नेपाल लाइभलाई प्राप्त विवरणमा यस्तो तथ्य खुलेको छ।

सहरी विकास मन्त्रालय र प्राधिकरणबीच १ सय ८९ रोपनी जग्गामध्ये अन्तर्राष्ट्रिय सभाहलका लागि ९८ रोपनी मात्र प्रयोग गर्न दिने सहमति भएको थियो। तर सरकारले पूरै १८९ रोपनी जग्गा नै सभाहल निर्माणका लागि दिने निर्णय गर्‍यो। सो जग्गामा सरकारले ५ हजार जना अटाउने क्षमता भएको सभाहल निर्माणको स्थायी संरचना बनाउने उद्देश्य राखिएको छ। 

सहमतिअनुसार नै सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७५/७६ मा अन्तर्राष्ट्रिय सभाहलका लागि बन्ने संरचनाको विस्तृत आर्किटेक्चर/स्ट्रक्चर डिजाइन गर्ने उल्लेख थियो।

यही तयारीका साथ बोलपत्र आह्वान प्रक्रिया सम्पन्न गर्ने गरी काम अगाडि बढाउने भन्दै मन्त्रिपरिषद्‍मा प्रस्ताव पेस भएको थियो। 

तर, मन्त्रिपरिषद्‍मा पेस गरेको प्रस्तावमा नेपाल नागरिक उड्डयन प्राधिकरणको सानोठिमी भक्तपुरस्थित १८९ रोपनी ४ आना १ पैसा १ दाममध्ये ९८ रोपनी ४ आना ३ पैसा १ दाम जग्गा मात्र अन्तर्राष्ट्रिय सभाहल निर्माणका लागि सहरी विकास मन्त्रालयलाई हस्तान्तरण गर्ने उल्लेख थियो।

जसमा सहरी विकास मन्त्रालयका तत्कालीन सचिव दीपेन्द्रनाथ शर्माले हस्ताक्षर गरेका थिए।  तर, ९८ रोपनी हस्तान्तरण गर्ने प्रस्ताव झिकी मन्त्रिपरिषद् बैठकले पूरै (१८९ रोपनी ४ आना १ पैसा १ दाम) जग्गा अन्तर्राष्ट्रिय सभाहलका लागि हस्तान्तरण हुने निर्णय गरेको तथ्य फेला परेको समाचार नेपाल लाइभमा प्रकाशित भएको थियो। 

मन्त्रालयबाट गएको प्रस्तावको प्रकरण ४ निर्णय हुनुपर्ने व्यहोराअन्तर्गत खण्ड (क)मा प्रस्तावित जग्गामध्ये संलग्न नक्सा देखाइएबमोजिम ९८ रोपनी ४ आना ३ पैसा १ दाम’ भन्ने व्यहोरा हटाई अरु प्रस्तावमा लेखिएबमोजिम गर्ने भन्दै निर्णय गरिएको कागजपत्र नेपाल लाइभले फेला पारेको थियो।

अन्तर्राष्ट्रिय सभाहल निर्माण गर्नका लागि गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक लगायत अन्य पदाधिकारीको टोलीले काठमाडौं उपत्यकाभित्र जग्गाको पहिचान गरेको थियो।

टोलीले ललितपुरस्थित भैंसेपाटीको १ सय ४१ रोपनी, भक्तपुर सानोठिमीमा रहेको प्राधिकरणको १ सय ८९ रोपनी र नेपाल ट्रष्टको भक्तपुर सल्लाघारीमा रहेको १ सय ११ रोपनी जग्गालाई विकल्पका रूपमा लिइएको थियो।

तर, अध्ययनमा भक्तपुरस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको जग्गा सबैभन्दा उत्तम ठहर गरियो। सोही अध्ययनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहमतिमा सोही जग्गामा अन्तर्राष्ट्रिय सभाहल बनाउने प्रक्रिया अगाडि बढाउने निर्णय भएको थियो।

 त्यसलगतै प्रस्तावित जग्गामा ५ हजार जना अटाउने क्षमता भएको स्थायी संरचना निर्माणका लागि आवश्यक रकम विनियोजनका लागि अर्थ मन्त्रालयबाट स्वीकृति भएको थियो। उक्त संरचना निर्माणका लागि अर्थले समेत ५० करोड बजेट स्विकृत दिने गरी मन्त्रिपरिषद्‍मा प्रस्ताव पेस गर्ने सहमति भएको थियो।

अर्थ मन्त्रालयको सहमति लगत्तै सहरी विकास मन्त्रालयले १८९ रोपनी ४ आना १ पैसा १ दाम जग्गामध्ये पूर्वतर्फको ९० रोपनी १५ आना २ पैसा जग्गा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई छुट्याएर बाँकी पश्चिमतर्फको ९८ रोपनी ४ आना ३ पैसा १ दाम जग्गा सहरी विकास मन्त्रालयको नाममा हस्तान्तरण गर्ने गरी प्रस्ताव पेस गर्ने सहमति भएको थियो। 

उक्त  प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्नका लागि असोज १८ गते विभागीय मन्त्रीबाट समेत स्वीकृत भएको थियो। तर, असोज २८ को मन्त्रिपरिषद् निर्णयमा सबै जग्गा अन्तर्राष्ट्रिय सभाहल निर्माणका लागि सहरी विकास मन्त्रालयको नाममा हस्तान्तरण गर्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णय भएको थियो।

प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  १४:०४
  • #हवाई-एकेडेमी
  • #civil-aviation-academy

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो । आइतबार, फागुन १०, २०८२
बुद्ध एयरको जहाज चरासँग ठोकियो उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। शनिबार, मंसिर १३, २०८२
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, चार महिनामा १६ हजार पर्यटकले गरे भ्रमण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मना... शनिबार, मंसिर १३, २०८२
ताजा समाचारसबै
पश्चिम एसियामा रहेका नेपालीको उद्धारमा लागि आजदेखि विशेष उडान शुक्रबार, चैत २०, २०८२
नेपाल प्रहरीमा असईदेखि डिएसपीसम्मको भर्ना खुल्यो(सूचीसहित) शुक्रबार, चैत २०, २०८२
सभामुखका लागि उम्मेदवारी दर्ता आज शुक्रबार, चैत २०, २०८२
दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे पुल निर्माण गर्न धरानबाट ५० जना श्रमदाताको टोली तयार गर्न उर्दी ! शुक्रबार, चैत २०, २०८२
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण बिहीबार, चैत १९, २०८२
व्यवसायी दीपक भट्ट पक्राउ बिहीबार, चैत १९, २०८२
देउवा समूहले स्थगित गर्‍यो जिल्ला सभापतिको भेला बिहीबार, चैत १९, २०८२
प्रलोपाबाट सुदन किरातीले दिए राजीनामा बिहीबार, चैत १९, २०८२
गृहमन्त्रीद्वारा दुई अध्यादेश संशोधन प्रस्ताव पेस बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्