काठमाडौं- लोकगायक पशुपति शर्माले नयाँ तीज गीत 'कोरोनाले रोक्यो झ्याप्पै' बोलको गीत बजारमा ल्याएका छन्। ‘लोभी दाइ’नाम दिइएको सो गीतमा गायिका सम्झना भण्डारीले स्वरमा पशुपतिलाई साथ दिएकी छन्।
शर्माकै शब्द र संगीतमा रहेको गीतमा कोरोना महामारीका कारण ‘लोभी दाइ' लाई फाइदा पुगेको देखाइएको छ।
लकडाउनका कारणमा घरम बस्दाबस्दै दाइको पेट बढेको दृश्य गीतमा देखाइएको छ। कोरोना संक्रमण बढ्न नदिनका लागि अपनाइएका सामाजिक दूरीका नियमलाई गीतमा प्रस्तुत गर्न खोजिएको छ। सावधानी अपनाएर तयार पारिएको भिडिओमा गायक शर्मा र गायिका भण्डारीको अभियन छ।
दुर्गा पौडेलले निर्देशन तथा छायांकन गरेको भिडिओलाई नविन घर्ती मगरले सम्पादन गरेका छन्। गीत पशुपति शर्मा नामकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
यो समाचार तयार पार्दासम्म गीत सार्वजनिक भएको २० घण्टा पुगेको छ भने २ लाख ५५ हजारभन्दा भ्युज गएको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।