• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जसलाई आफैंले जितेको १५ स्वर्णले गिज्याइरहन्छ

‘प्रशिक्षक राजनीतिमा लाग्दा गुम्यो अन्तर्राष्ट्रिय प्रतियोगिता’ 
64x64
सराेज तामाङ बिहीबार, असार १८, २०७७  १४:३३
1140x725

काठमाडौं- खेलाडीको सफलता र असफलता मापन हुने जति पनि आधारहरु छन् ती सबैमा राजु राई उत्कृष्ट खेलाडी हुन्। राजुको खेल र उनले पाएका उपलब्धीहरु लोभलाग्दो छ। खेलाडी र दर्शकका लागि उनी आदर्श पात्र हुनुपर्ने हो। तर, अहिले आफ्नै उपलब्धीहरुले आफै थिचिएको महसुस गरिरहेका छन्। 

जिम्न्यास्टिक खेलाडी राजु हिजोआज टोलाइरहन्छन्। बाहिरी हाँसोले भित्री मन दुःखेको छोप्न सकेका छैनन्। हाँस्दा हाँस्दै पनि रोइरहन्छ मन, सम्झनाले पिरोलिएर। सफलतामा उचो बन्नुपर्ने एक खेलाडीलाई खेलकै कारण यस्तो भइरहँदा मनमा के बित्दो हो?

के छ भनेर सोध्दा राजु पनि भनिदिन्छन्- ‘म सन्चै छु अनि तपाइँलाई?’ तर राजु ठीक छु भनेर आफैलाई ढाँटिरहे पनि सबै ठीक बनाउन सक्ने अवस्थामा छैनन्। 

जिम्न्यास्टिक खेलले राजुलाई यस्तै बनाएको छ। हाँसिरहेका मन अचानक दुख्छ। राष्ट्रिय प्रतियोगितामा सर्वाधिक सफल खेलाडी किन विरहमा परिरहेका छन् त?

यो उनको व्यथा पछाडिको दोष कसको हो? सक्दो मेहनत गरेर उपलब्धी पाउँदा पनि उनी किन गर्व गर्न सक्ने अवस्थामा छैनन्? 

राजु मात्रै होइन नेपालमा जिम्न्यास्टिकमा लागेका सबै खेलाडीको अवस्था यस्तै हो। कोही चिन्ता बोकेरै बसिरहेका छन्, कोही खेल छाडेर पलायन भइसके। 

२२ वर्षका राजुलाई खेलाडी हुँ भन्दा त गर्व लाग्छ नै। तर संघ, प्रशिक्षक तथा सरकारबाट अपहेलित हुनु पर्दा पीडाले छाती चिरिन्छ। कटक्क मन खान्छ। सातौँ, आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रथम लुम्बिनी जिम्न्यास्टिक जस्ता हरेक प्रतियोगिताका विभिन्न विधामा पाँच स्वर्ण गरेर राजुले १५ स्वर्ण जितिसके। तर अहिले उनलाई तीनै स्वर्णले गिज्याइरहे जस्तो लाग्छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रशिक्षकको राजनीतिक धन्दाले चुडिएको सपना
हरेक खेलाडीको जस्तै राजुको सपना पनि जिम्न्यास्टिकबाट अन्तर्राष्ट्रिय पदक जित्नु नै हो। राष्ट्रिय स्तरमा पाएको सफलता अन्तर्राष्ट्रिय स्तरमा देखाउने सोच राख्नु खेलाडीका लागि आवश्यक पनि छ।

तर सफल खेलाडी हुँदा हुँदै पनि राजुले त्यो अवसर पनि पाएनन्। २०७४ मा राजुले थाइल्यान्डमा हुने एसियन जिम्न्यास्टिक च्याम्पियनसिप खेल्ने अवसर पाउँदै थिए। यो अवसर उनको लागि खेलकुदमा लागेपछि पहिलो थियो। उनले जिम्न्यास्टिक खेल्न थालेको दशक पार गर्दासम्म पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नै पाएका थिएनन्।

तर यही बेला नेपालमा स्थानीय तहको चुनाव आयो। नेपाल जिम्न्यास्टिक संघमा मुख्य प्रशिक्षक थिए राजेश्वरमान स्थापित। काठमाडौं महानगरपालिकाको मेयरमा एमालेबाट विद्यासुन्दर शाक्य उठ्दै गर्दा उनको विशेष सहयोगी थिए स्थापित। 

उनै स्थापित हुन्, जो मुख्य प्रशिक्षकको जिम्मेवारी भूलेर राजनीतिक झण्डा बोकेर आलोचित भइरहन्छन्। उनी विद्यासुन्दरलाई चुनावमा सघाउन हिँड्न थालेपछि नजिकै आइरहेको प्रतियोगिता खेल्न नपाउने पो हो कि भन्ने चिन्ता राजुलाई पर्न थालेको थियो।

गुनासो गर्दै राजु भन्छन्, ‘मुख्य प्रशिक्षकलाई नै मतलब छैन। अरुले झन के वास्ता गर्थे र! जिन्दगीमा बल्ल पाएको खेल्ने अवसर पनि गुम्यो। धेरै पटक प्रयास गरेँ। धेरै पटक भनेँ यो मेरो पहिलो अवसर हो, गुमाउनु हुँदैन। तर कसैले सुनेन मेरो कुरा।’

‘धेरै दुःख लाग्यो। यतिका वर्ष मेहेनत गरेँ। तर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाइनँ। यो भन्दा अभागी अरु के हुन्छ र?’, राजु भन्छन्, ‘जिम्न्यास्टिकलाई राम्रो गर्न कि त मुख्य प्रशिक्षकले राजीनामा दिनु पर्यो कि राजनीतिमा लागेर खेलको वेवास्ता गरिरहनु भएन।’

च्याम्पियनका पाँच प्रतियोगिता
राजु त्यस्ता खेलाडी हुन् जसले आफ्नो अथाह प्रतिभा प्रमाणित गरिसकेका छन्। उनले आफ्नो १४ वर्षे जिम्न्यास्टिक खेल जीवनमा जम्मा पाँच वटा प्रतियोगिता मात्रै खेल्न पाए। अचम्म लाग्दो सत्य यही हो। 

प्रतियोगिता धेरै भएर राजुले मात्र पाँच प्रतियोगिता खेलेका होइनन्। उनले जिम्न्यास्टिक खेल्न थालेदेखि नै देशमा भएका जम्मा प्रतियोगिता पाँच नै हुन्।  

भलिबलमा वर्षमा १२-१३ भन्दा बढी राष्ट्रिय प्रतियोगिता हुन्छ। क्रिकेट र फुटबलको कुरै नगरौं। पौडीदेखि अन्य मार्सल आर्ट खेलका प्रतियोगिताहरु पनि भइरहेका हुन्छन्। तर जिम्न्यास्टिक यस्तो खेल हो, जहाँ खेलाडीले एउटा राष्ट्रिय प्रतियोगिता खेल्न पनि ४-५ वर्ष कुर्नु पर्छ।

‘जिम्न्यास्टिकमा नै लागेर यतिका वर्षहरु बित्यो। तर अहिलेसम्म मैले पाँच वटा मात्रै राष्ट्रिय प्रतियोगिता खेलेको छु। भएकै प्रतियोगिता त्यति नै हो।’

२०६८ सालमा भएको छैठौँ राष्ट्रिय खेलकुद, पूर्वाञ्चलमा भएको सातौँ राष्ट्रिय खेलकुद, आठौं राष्ट्रिय खेलकुद, प्रथम लुम्बिनी जिम्न्यास्टिक च्याम्पियनसिप र एनआइसी फाउन्डेसन राष्ट्रिय खेलकुदमा उनले खेले।

प्रतिस्पर्धामा उनी सधैँ अब्बल। उनलाई उछिन्ने राष्ट्रिय स्तरमा कोही भएनन्। जसले उनी लगातार च्याम्पियन भइरहे। ‘म तीन पटक राष्ट्रिय च्याम्पियन भएको छु। सातौं, आठौं राष्ट्रिय खेलकुद र पहिलो लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपमा च्याम्पियन बने’, उनी भन्छन्।

‘टुलुटुल हेरेर बसिरहेँ’
१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता नेपालमा नै भयो। जहाँ नेपालले ५१ स्वर्णसहित कुल २०६ पदक जित्यो। तर जिम्न्यास्टिकका खेलाडी भने अरु खेलाडीले स्वर्ण जितेको र नेपाली झण्डा फहराएको हेर्नबाहेक केही गर्न सकेनन्।

माहोल यस्तो थियो कि, आफू पनि खेल्न पाए, देशको झण्डा बोक्न पाए कस्तो हुन्थ्यो? अरुले स्वर्ण पदक जित्दा पक्कै म पनि जित्थेँ होला भन्ने भान राजुलाई भइरह्यो। तर सरकारले जिम्न्यास्टिक खेललाई खेल उत्सवमा पनि अपहेलना गर्‍यो।

‘दुःख त धेरै लाग्दोरहेछ। दक्षिण एसियाको कुम्भ मेलाको रुपमा रहेको साग खेलकुद प्रतियोगिता आफ्नै आँगनमा हुँदा म भने दर्शकदिर्घामै थिएँ। मैदानमा हुनुपर्ने खेलाडी दर्शक बनिरहँदा को खुसी हुन्छ?’, प्रश्न गर्दै राजु भन्छन्।

ओलम्पिकदेखि एसियन गेम्समा पनि जिम्न्यास्टिक नियमित रुपमा खेलाइने खेल हो। तर दक्षिण एसियामा अहिलेसम्म प्रवेश गराइएको छैन। आफ्नै देशमा हुँदा त जिम्न्यास्टिकलाई पनि समावेश गर्लान् भन्ने राजुलाई लागेको थियो। तर विडम्बना यतिसम्म भयो कि जिम्न्यास्टिक खेल संघ आफैले पनि १३औं सागमा समावेशका लागि पहल गरेन। यहि कुराले पनि राजुको मन बढी पिरोलिएको छ।

चार वर्षको उमेरदेखि नै जिम्न्यास्टिक सिक्न थालेका राजुलाई आफ्नो खेल जीवनमा कहिल्यै यस्तो समय आउँछ भनेर लागेको थिएन। तर भयो। २०७४ देखि जिम्न्यास्टिकका खेलाडीले अभ्यास समेत गर्न पाएका छैनन्।

बेवारिसे भएको मात्र हो, अवसर छ
जिम्न्यास्टिक खेलमा अहिले राष्ट्रिय खेलाडीहरु कति होलान्? यो तथ्याङ्क न प्रशिक्षकसँग छ, न खेल संघसँग। राजुका अनुसार अहिले करिब १२ जना मात्रै राष्ट्रिय खेलाडी जिम्न्यास्टिकमै रहिरहेका छन्। अरु खेलाडी कता गए त?

भोको पेटले खेल र खेलाडीलाई बचाइ राख्दैन। लामो समयसम्म अभ्यासदेखि प्रतियोगितासमेत नहुँदा पेट पाल्नकै लागि भए पनि जिम्न्यास्टिक छाड्ने खेलाडीको लर्को उत्तिकै छ।

जिम्न्यास्टिक खेलमा अवसर नभएको पनि होइन। छ। तर यो खेललाई अगाडि बढाउने संघ र राज्यबाट बेवारिसे बन्दा यसले दुर्गती भोग्नु परेको स्थापित सत्य हो।

जिम्न्यास्टिक खेलको विकास गर्न न सरकारको आँखा पुगेको छ न संघ नै लागिपरेको छ। संघका पदाधिकारी आफ्नै भागबन्डामा लाग्दा खेलाडीका लागि आफ्नै खेल पनि विरानो लाग्दै छ।

राजु भन्छन्, ‘जिम्न्यास्टिकमा स्कोप धेरै राम्रो छ। यो खेललाई कसैले बुझेका छैनन्। भएका खेलाडीहरु पनि पलायन हुने तरखरमा छन्। धेरै खेलाडी पलायन भइसके पनि। जिम्न्यास्टिक खेल भनेको जुनसुकै खेलमा पनि मिल्न जान्छ। यो अर्थमा कि जिम्न्यास्टिक अन्य खेलका खेलाडीलाई पनि आवश्यक पर्छ।’

‘पहिलो कुरा त अभ्यास गर्न राम्रो हल हुनु पर्‍यो। अहिले हामीसँग एउटा पनि हल छैन। प्रशिक्षकहरुलाई पनि तालिम दिँदै लानु पर्छ। हरेक चार वर्षमा जिम्न्यास्टिकको नियम परिवर्तन भइरहेको हुन्छ। संघले खेल र खेलाडीको लागि काम गर्नु पर्‍यो।’

अभ्यास नभएको तीन वर्ष भयो
चार वर्षको उमेरदेखि नै जिम्न्यास्टिक सिक्न थालेका राजुलाई आफ्नो खेल जीवनमा कहिल्यै यस्तो समय आउँछ भनेर लागेको थिएन। तर भयो। २०७४ देखि जिम्न्यास्टिकका खेलाडीले अभ्यास समेत गर्न पाएका छैनन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको भवनमै थियो, जिम्न्यास्टिकको प्रशिक्षण केन्द्र। सबै खेलाडीले त्यहीँ अभ्यास गर्थे। दिनमा दुई पटक अभ्यास हुन्थ्यो। बिहान बेलुका। खेलाडीहरु उर्जाका साथ अभ्यास गरिहेका हुन्थे। तर अहिले त्यही त्रिपुरेश्वर जिम्न्यास्टिकका लागि विरानो बनेको छ।

२०७२ सालमा आएको विनाशकारी भूकम्पको कारण राखेप भवनमा क्षती पुग्यो। जिम्न्यास्टिक हल पूरै बन्द भयो। त्यसको दुई वर्षपछि अर्थात २०७४ मा भवन निर्माण कार्य सुरु भयो। यही बेलादेखि जिम्न्यास्टिकका खेलाडीले अभ्यास समय पाउन छाडे।

संघ आफ्नै विवादमा। प्रशिक्षक नेताको चम्चा बने, खेलाडी बेवारिसे। जसोतसो खेलाडीले आफ्नै बलबुतामा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता त खेले। तर त्यसपछिका दिनहरु भने झनै विरक्त लाग्दो बन्यो।

‘आफ्नै हल हुँदा धेरै खेलाडी थिए। तर अहिले त्यस्तो छैन। जिम्न्यास्टिक खेल नहुँदा कोही नाच त कोही चलचित्र क्षेत्रतिर लागेका छन्। कोही भने पेशा नै बदल्दै अन्त्यै भविष्य खोजिरहेका छन्’ राजु सुनाउँछन्।

पुर्ख्यौली घर काभ्रे पाँचखाल भएका राजु काठमाडौंमै जन्मिए। त्यहीँ हुर्किए। दाजु महेश राई जिम्न्यास्टिक खेलाडी भएको हुँदा भाइ राजुले पनि त्यही बाटो समाते। त्यसरी नै जिम्न्यास्टिकतर्फ उनको मोह बढेको थियो। तर अहिले उनलाई नाम मात्रको जिम्न्यास्टिक खेल लाग्छ।

च्याम्पियन खेलाडी राजुकै दृष्टिकोणमा जिम्न्यास्टिक खेललाई विकास गर्न के गर्नु पर्छ? उनी भन्छन्, ‘पहिलो कुरा त अभ्यास गर्न राम्रो हल हुनु पर्‍यो। अहिले हामीसँग एउटा पनि हल छैन। प्रशिक्षकहरुलाई पनि तालिम दिँदै लानु पर्छ। हरेक चार वर्षमा जिम्न्यास्टिकको नियम परिवर्तन भइरहेको हुन्छ। संघले खेल र खेलाडीको लागि काम गर्नु पर्‍यो।’

‘भर्सटाइल’ राजु
अब राजु राईलाई जिम्न्यास्टिक खेलाडी मात्रै भन्दा अन्याय हुन्छ। अब उनको नाममा शारीरिक सुगठन खेल पनि जोडिएर आउँछ।

शारीरिक सुगठनलाई उनले अघि बढाएको धेरै वर्ष भएको छैन। जिम्न्यास्टिक खेलकुद गतिविधि नहुँदा उनले अर्को पाटोको रुपमा यो खेललाई अंगालेका हुन्। राजु शारीरिक सुगठनमा लागे भने अन्य धेरै खेलाडी छन्, जो जिम्न्यास्टिक नै त्यागेर अन्य पेशामा जोडिए।

राजु भने आफू जिम्न्यास्टिक खेल नछाड्ने बताउँछन्। भन्छन्, ‘जिम्न्यास्टिकलाई आधार बनाएर शारीरिक सुगठनलाई अगाडि बढाउँछु।’

कोरोना भाइरसले निम्त्याएको लकडाउनसँगै विभिन्न संकटसँग जुधिरहेका राजुले शारीरिक सुगठन खेलमा दुई वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् भने एक राष्ट्रिय प्रतियोगिता खेल्न भ्याए।

काठमाडौंमै भएको शारीरिक सुगठनको दक्षिण एसियाली प्रतियोगिताको फिटनेश फिजिक्समा उनी दोस्रो भएका थिए। त्यस्तै, गत डिसेम्बरमा थाइल्यान्डमा भएको एसिया प्यासिफिकमा उनी पाँचौ स्थानमा थिए। जहाँ ६० राष्ट्रको सहभागिता थियो। त्यस्तै, राष्ट्रिय प्रतियोगितामा उनले मिस्टर हिमालयन शारीरिक सुगठन च्याम्पियनसिप खेलेका छन्। यो प्रतियोगितामा पनि उनी दोस्रो भए।

जिम्न्यास्टिक खेलमा लागेर आफूलाई पछुतो नै भने नभएको राजु बताउँछन्। ‘मलाई पश्चाताप नै त छैन। जिम्न्यास्टिकले गर्दा बडिविल्डिङमा राम्रो गर्न सकेँ। यो मेरो विषयमा भयो तर अन्य धेरै खेलाडी छन् जो जिम्न्यास्टिकमै लागेर पछुताएका छन्।’ 

प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  १४:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्