काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मंगलबार आफैं नियमित रुपमा कार्यसम्पादन गर्न मन्त्रालयमा छड्के निरीक्षण गरेका छन्।
मन्त्री भट्टराईले आफू मातहत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शाखाहरुमा मंगलबार छड्के निरीक्षण गरेका हुन्।
निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेकोे पाइएपछि मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमुख रुद्रसिंह तामाङलाई कर्मचारी के कारणले उपस्थित हुन नसकेको हो सो बुझी कर्मचारी नियमित रुपमा कार्यालय समयमा उपस्थिति हुने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
मन्त्री भट्टराईले कार्यालयको सरसफाई र कार्यालयको लेआउटमा ध्यान दिन समेत कर्मचारीहरुलाई आग्रह गरेका थिए।
नेपाल सरकारको मन्त्री परिषद्को निर्णयबमोजिम कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न आवश्यक तयारी गर्नका लागि पनि मन्त्री भट्टराईले विभिन्न शाखाका प्रमुखलाई निर्देशन दिएका छन्।
निरीक्षणपछि मन्त्री भट्टराईले पर्यटन मन्त्रालय मातहतमा रहेका सबै कार्यालयको क्रमैसँग निरीक्षण गर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।