काठमाडाैं- संविधानले खाद्य अधिकारलाई मौलिक हकको रुपमा व्यवस्था गरेपनि कोरोना भाइरसको महामारीमा मानिसहरुले खान नपाएर मर्ने अवस्था सिर्जना भएको भन्दै परेकाे रिटमा सर्वाेच्च अदालतले कारण देखाउ आदेश जारी गरेकाे छ।
रिटमा सुनुवाई गर्दै सोमबार सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हाे। जुरी नेपालसहितका संस्थाले आम नागरिक भोकमरीले मर्न लागेकाले खाद्य अधिकार सुरक्षाका निम्ति सरकारका नाममा आदेश जारी गर्न माग गर्दै सार्वजनिक सरोकारको रिट दायर गरेका थिए।
सर्वोच्चले भोकमरीबाट जनतालाई जोगाउन सरकारले गरिरहेको कामको विवरण पेश गर्न पनि भनेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको इजलाशले यस्तो आदेश गरेको हो।
रिटमा क्वारेन्टाइनमा बसेका मानिसहरुको ज्यान गएको, कोरोनाको नाममा भएका खर्चहरुको यर्थात विवरण सार्वजनिक हुन नसकेको र संविधानको मौलिक हक नै कार्यान्वयन नहुदाँ खान नपाएर नागरिकहरु बिचल्लिमा परेकाले यसमा सरकारले उचित कदम चाल्न परमादेशको आदेश जारी गर्न माग गरिएको थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।