काठमाडौं- आइतबार थप १२१ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
पछिल्लो पटक १३ महिला र १०८ जना गरी १२१ जना निको भएका हुन्।
पछिल्लो पटक संक्रमणमुक्त हुनेमा झापाका १ जना, पर्साका २३ जना, सर्लाहीका १३, धनुषाका ३, सिरहाका १४, कास्कीका २, म्याग्दीका ३, पर्वतका ८, स्याङ्जाका ३३, तनहुँका ५, नुवाकोटका ८, र बाँकेका ८ जना छन्।
योसहित नेपालमा हालसम्म ३ हजार १३४ जना उपचारपछि निको भएका छन्।
प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बिहीबारसम्म देशका ७७ वटै जिल्लामा संक्रमण देखिएको छ। आइतबारसम्म नेपालमा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।