काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बहुमतको संवैधानिक हैसियत नेपाल कम्युनिस्ट पार्टीमा भए/नभएको प्रष्टाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्।
प्रधानमन्त्री ओलीले भारतले आफूलाई हटाउन लागेको अभिव्यक्ति दिएपछि कांग्रेस प्रवक्ता शर्माले विरोध जनाएका हुन्। उनले प्रधानमन्त्रीलाई प्रश्न गरे, 'प्रधानमन्त्री बनाउन र हटाउन नेकपासँग संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासँग छ कि छैन?’
नेकपासँग संसदमा बहुमत छ भने त्यसको विवेक प्रयोग गर्ने/नगर्ने स्वतन्त्रता नेकपामा सुरक्षित छैन? भन्दै ट्विटमा प्रश्न गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।