काठमाडौं–राष्ट्रिय सभाका सांसदहरुले पत्रपत्रिकामा आएका कुराकै आधारमा मात्र संसदमा प्रश्न उठाइने गरिएको टिप्पणी गरेका छन्।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष समय लिएर बोलेपछि प्रश्न सोध्दै सांसदहरुले उक्त टिप्पणी गरेका हुन्। नेकपाका सांसद रामनारायण बिडारीले पत्रपत्रिकामा आएका कुराहरुमा अध्ययन नै नगरी प्रश्न उठाउने गरिएको आरोप लगाए ।
‘पत्रिका पढ्ने र त्यसैका आधारमा संसदमा बोलेर देशभर भ्रम फैलाउने काम भयो,’ सांसद बिडारीले भने, ‘राष्ट्रियता खल्बल्याउनेलाई नेपालकाे कानुन छ कि छैन, यसमा के कारबाही भइरहेको छ जानकारी चाहियो?’
सांसद प्रमिलादेवीले चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा परराष्ट्रमन्त्रीले खण्डन गरे पनि गोरखाको रुई गाउँ नेपालको भएको ताम्रपत्र रहेको विषय के हो भन्ने प्रश्न गरिन्। सांसद प्रकाश पन्तले ३७ र ३५ नम्बर पिल्लर बनाउने कि नबाउने रु भन्दै प्रश्न सोधे । त्यस्तै नेपाल भारतको कुटनीतिक वार्ताको बारेमा भइरहेको पहलबारे पनि जानकारी गराउन माग गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।