एजेन्सी- ट्विटरले आफ्नो सुविधा विस्तार गर्दै भ्वाइस ट्विटरको सुविधा थप गरेको छ। प्रयोगकर्ताले अब नलेखी भ्वाइस मार्फत समेत आफ्नो धारणा राख्न सक्नेछन्। थपिएको सुविधामा प्रयोगकर्ताले एक सय ४० सेकेन्डको अडियो रेकर्ड गराएर आफ्ना धारणा व्यक्त गर्न सक्नेछन्।
एक सय ४० सेकेन्डमा आफ्ना धारणा नसिकए थ्रेडको रुपमा समेत अडियो सन्देश सम्प्रेषण गर्न सकिनेछ। रेकर्डको काम सकिएपछि बटन थिचेर कम्पोजमा गएर अडियो ट्विट गर्न सकिन्छ।
ट्विटरका अनुसार अहिले यो परीक्षणको चरणमा रहेको छ। यो अहिले आइओएसमा मात्र उपलब्ध छ। सबै प्रयोगकर्तालाई अहिले यो सुविधा दिइएको पनि छैन। केही हप्तामा आइओएमका सबै प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्न सकिने उसले जनाएको छ। एन्ड्रोएड फोनमा यो सुविधा कहिले आउँछ भन्ने खुलाइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।