• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक १, २०८२ Sat, Oct 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

विद्युतीय र पेट्रोल कारमा यस्तो छ कर र नाफाको हिसाब [सूचीसहित]

64x64
शिव बोहरा बिहीबार, असार ४, २०७७  १५:३७
1140x725

काठमाडौं- सरकारले विद्युतीय सवारीलाई प्राथमिकता दिने नीति लिएको केही वर्षपश्चात् भन्सार दर वृद्धि गर्‍यो र अन्तःशुल्क लगायो। सार्वजनिक सवारीमा प्रयोग हुने विद्युतीय सवारीमा करका दर यथावत् भए पनि निजी प्रयोगका लागि ल्याइनेमा कर बढाइएको छ। आगामी आर्थिक वर्षको बजेटबाट सरकारले विद्युतीय सवारी साधनमा कर बढाउने घोषणा गरेको हो।  

१ लाख पाउण्ड स्टर्लिङसम्मका विद्युतीय विलासी कार आयात भएको र सर्वसाधारणको पहुँचभन्दा बाहिरको कार आएको भन्दै कर लगाइएको सरकारको तर्क छ। कर बढाइएको भन्दै केही आयातकर्ताहरू र सवारी प्रयोगकर्ताले विरोधसमेत जनाएका छन्। 

अधिक महँगा गाडी आयात भएको र सार्वसाधारणले नभई बिलासी प्रयोगकर्ताहरूले किन्ने सवारीले राज्यलाई ज्यादै न्यून कर तिरेको भन्दै सरकार कर लगाउने निष्कर्षमा पुगेको हो। यहाँ करिब समान अधिकतम् बिक्री मूल्य भएका एकै ब्राण्डका विद्युतीय र डिजेल/पेट्रोलबाट चल्ने सवारीले सरकारलाई कति कर तिर्छन् र ती सवारीबाट बिक्रेताले कति मुनाफा लिन्छन् भन्ने तुलना गर्ने प्रयास गरिएको छ। 

२०१९ अप्रिलदेखि २०२० मार्चसम्मको लागि आयातकर्ता कम्पनीले विभिन्न शीर्षकमा ल्यान्डिङ कस्ट तोकेको छ। त्यसैका आधारमा तयार गरिएको खर्चमा आधारित रहेर मूल्य निर्धारण गर्ने गरेका छन्। सवारी साधन आयात गरेको मूल्यमा लाग्ने भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), सडक मर्मत दस्तुर र अन्य लागतसमेत जोडेर नेपाली बजारमा अधिकतम खुद्रा बिक्री मूल्य( एमआरपी) तय गर्छन्। 

हुण्डाई कोना इभी १ सय केडब्लुको अधिकतम् खुद्रा बिक्री मूल्य ५५ लाख ९६ हजार रूपैयाँ छ। यो कार कम्पनीले ३१ लाख ६१ हजार १ सय ९५ रूपैयाँमा खरिद गरेको हो। आर्थिक ऐन २०७६ अनुसार यो कारमा १० प्रतिशतमात्र भन्सार लाग्थ्यो। १० प्रतिशत भन्सार बापत ३ लाख १६ हजार १ सय १९ रूपैयाँ हुन्छ। भन्सार लगाइएपछि कोना १ सय केडब्लूको मूल्य ३४ लाख ७७ हजार ३ सय १५ रूपैयाँ हुन्छ। 

सोही ऐनअनुसार विद्युतीय कारमा अन्तःशुल्क लाग्ने व्यवस्था थिएन। त्यसैले भन्सार लागेपछिको मूल्य ३४ लाख ७७ हजार ३ सय १५ रूपैयाँमा १३ प्रतिशत भ्याट लगाउँदा ४ लाख ५२ हजार ५० रूपैयाँ आउँछ। भ्याटपछिको मूल्य ३९ लाख २९ हजार ३ सय ६६ रूपैयाँमा ४ प्रतिशत सडक मर्मत दस्तुर वापत १ लाख ५७ हजार १ सय ७४ रूपैयाँ हुन्छ। 

कोना इभी १ सय केडब्लुको ल्यान्डेड कस्ट ४२ लाख ७८ हजार २ सय ७७ रूपैयाँ छ। अन्य विभिन्न खर्चपछिको करको मूल्य ४२ लाख ९१ हजार ७७ रूपैयाँ छ। यो कारको बिक्री मूल्य ५५ लाख ९६ हजार रूपैयाँ तोकिएको छ। कम्पनीले नै बनाएको लागतपछिको मूल्य निर्धारण सूचीमा कोना इभी १ सय केडब्लूमा ग्रस प्रोफिट (जिपी) १३ लाख ४ हजार ९ सय २३ रूपैयाँ रहेको छ। 

हुन्डाईकै क्रेटा एसएक्स २ डब्लुडी पेट्रोल १५ सय ९१ सिसी इन्जिन क्षमताको यो कारको एमआरपी ५३ लाख ९६ हजार रूपैयाँ रहेको छ। यो कार कम्पनीले भारतबाट उत्पादकसँग ६ लाख ७० हजार ७ सय ५९ भारुमा खरिद गरेको छ। यसमा फ्रेटमा २५ हजार ७ सय ११ र अर्को खर्च १३ सय २३ भारु छ। 

Ncell 2
Ncell 2

यो कारको कर योग्य मूल्य ११ लाख १७ हजार ५ सय १५ रूपैयाँ (६ लाख ९७ हजार ७ सय ९३ भारु) हुन्छ। यसमा ८० प्रतिशत भन्सार लगाउँदा ८ लाख ६७ हजार १ सय ९२ रूपैयाँ हुन्छ। भन्सारपछिको मूल्य १९ लाख ८४ हजार ७ सय ८ रूपैयाँमा ७० प्रतिशत अन्तःशुल्क लगाउँदा १३ लाख ८९ हजार २ सय ९५ रूपैयाँ हुन्छ। 

अन्तःशुल्कपछिको ३३ लाख ७४ हजार ३ रूपैयाँमा १३ प्रतिशत भ्याट लगाउँदा ४ लाख ३८ हजार ६ सय २० रूपैयाँ हुन्छ। भ्याटपछिको मूल्य ३८ लाख १२ हजार ६ सय २३ रूपैयाँमा ८ प्रतिशत सडक मर्मत दस्तुर लगाउँदा ३ लाख ५ हजार ९ रूपैयाँ हुन्छ। यो कारको कुल ल्यान्डेड कस्ट ४२ लाख ९९ हजार ७ सय ९१ रूपैयाँ छ। 

अन्य केही लागतसमेत जोड्दा हुन्डाई क्रेटाको कुल लागत ४३ लाख ३७ हजार ८ सय ९१ रूपैयाँ छ भने यसको एमआरपी ५३ लाख ९६ हजार रूपैयाँ छ। यो कारमा कम्पनीले खुद नाफा १० लाख ५८ हजार १ सय ८ रूपैयाँ राखेको छ। 

मारुती सुजुकीको भिटारा ब्रेजा जेडएक्सआइ प्लस १२ सय ४८ सिसीको डिजेल कार नेट एफओबी मूल्य ६ लाख २१ हजार ५ सय भारुमा खरिद गरेको छ। अन्य लागतसमेत जोडेर कर योग्य मूल्य १० लाख २१ हजार ३ सय ३ रुपैयाँ छ। यो मूल्यमा ८० प्रतिशत भन्सार लगाउँदा ७ लाख ९२ हजार ५ सय ३१ रुपैयाँ हुन्छ।

भन्सारपछिको मूल्य १८ लाख १३ हजार ८ सय ३४ रुपैयाँमा अन्तःशुल्क बापत १० लाख ८८ हजार ३ सय रुपैयाँ हुन्छ। अन्तःशुल्क पछिको मूल्य २९ लाख २ हजार १ सय ३५ रुपैयाँमा १३ प्रतिशत भ्याट लगाउँदा ३ लाख ७७ हजार २ सय ७७ हुन्छ भने भ्याटसहितको मूल्य ३२ लाख ७९ हजार ४ सय १२ रुपैयाँमा सडक मर्मत दस्तुर लाग्छ। उक्त मूल्यमा ८ प्रतिशत सडम मर्मत दस्तुर लगाउँदा २ लाख ६३ हजार ३ ५२ रुपैयाँ हुन्छ। 

यो कारले सरकारलाई २५ लाख २० हजार ४ सय ६२ रुपैयाँ कर तिरेको छ। मारुती सुजुकी भिटारा ब्रेजाको ल्यान्डेड कस्ट ३६ लाख ८२ हजार ७२ रुपैयाँ छ। अन्य खर्च जोड्दा यो कारको कुल लागत ३७ लाख १७ हजार ९ सय ७२ रुपैयाँ छ भने यसको एमआरपी ४४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। कम्पनीले यो कारमा ७ लाख ८१ हजार २८ रुपैयाँ खुद नाफा राखेको छ। 

साफ्टा सम्झौताअनुसार आयातकर्ताहरूले भन्सार दरमा ४ प्रतिशत छुट पाउँदै आएका छन्। सवारीको मूल्य निर्धारण गर्दा वा फोरमहरूमा व्यवसायीहरूले यसबारे कुनै चर्चा गदै गरेको पाइँदैन। तर उक्त छुट पाएबापत हुने बचत समेत व्यवसायीको नाफामै गणना हुन्छ जुन गोप्य जस्तै राखिन्छ। 

यी कारमा लगाइएको कर आर्थिक ऐन २०७६ अनुसार हो। नयाँ आर्थिक ऐन २०७७ अनुसार विद्युतीय सवारीमा भन्सार तथा अन्तःशुल्क बढाइएको छ भने डिजेल/पेट्रोल कारमा करका दर गत वर्षको सरह नै छ।

यहाँ उल्लेखित सवारीको खरिद मूल्य, सरकारलाई तिर्ने कर, एमआरपी र नाफा प्रतिनिधि अंकको रूपमा लिइएको हो। नेपालमा बिक्री हुने सबैजसो कारको मूल्य निर्धारण, सरकारलाई तिर्ने कर र नाफा यस्तै हुने गरेको छ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  १५:३७
  • #electrical
  • #vehicle

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
चीनमा जेनेरेटिभ एआई प्रयोगकर्ताको सङ्ख्या दोब्बर शनिबार, कात्तिक १, २०८२
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने शनिबार, कात्तिक १, २०८२
पेट्रोलियम पाइपलाइनबाट आयो साढे ६ अर्ब लिटर इन्धन शनिबार, कात्तिक १, २०८२
अफगानिस्तानको आरोप : पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गर्‍यो शनिबार, कात्तिक १, २०८२
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट शनिबार, कात्तिक १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
आम नागरिकलाई हत्या गरेर क्रम नरोकिए गाजामा घुसेर हमासलाई सिध्याउने ट्रम्पको चेतावनी शुक्रबार, असोज ३१, २०८२
एसिया प्यासिफिक क्वालिफायरमा अपराजित रहँदै उपाधि नेपाललाई शुक्रबार, असोज ३१, २०८२
बेपत्ता छानबिन आयोगका सचिवको सरुवा शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्