• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

विद्युतीय र पेट्रोल कारमा यस्तो छ कर र नाफाको हिसाब [सूचीसहित]

64x64
शिव बोहरा बिहीबार, असार ४, २०७७  १५:३७
1140x725

काठमाडौं- सरकारले विद्युतीय सवारीलाई प्राथमिकता दिने नीति लिएको केही वर्षपश्चात् भन्सार दर वृद्धि गर्‍यो र अन्तःशुल्क लगायो। सार्वजनिक सवारीमा प्रयोग हुने विद्युतीय सवारीमा करका दर यथावत् भए पनि निजी प्रयोगका लागि ल्याइनेमा कर बढाइएको छ। आगामी आर्थिक वर्षको बजेटबाट सरकारले विद्युतीय सवारी साधनमा कर बढाउने घोषणा गरेको हो।  

१ लाख पाउण्ड स्टर्लिङसम्मका विद्युतीय विलासी कार आयात भएको र सर्वसाधारणको पहुँचभन्दा बाहिरको कार आएको भन्दै कर लगाइएको सरकारको तर्क छ। कर बढाइएको भन्दै केही आयातकर्ताहरू र सवारी प्रयोगकर्ताले विरोधसमेत जनाएका छन्। 

अधिक महँगा गाडी आयात भएको र सार्वसाधारणले नभई बिलासी प्रयोगकर्ताहरूले किन्ने सवारीले राज्यलाई ज्यादै न्यून कर तिरेको भन्दै सरकार कर लगाउने निष्कर्षमा पुगेको हो। यहाँ करिब समान अधिकतम् बिक्री मूल्य भएका एकै ब्राण्डका विद्युतीय र डिजेल/पेट्रोलबाट चल्ने सवारीले सरकारलाई कति कर तिर्छन् र ती सवारीबाट बिक्रेताले कति मुनाफा लिन्छन् भन्ने तुलना गर्ने प्रयास गरिएको छ। 

२०१९ अप्रिलदेखि २०२० मार्चसम्मको लागि आयातकर्ता कम्पनीले विभिन्न शीर्षकमा ल्यान्डिङ कस्ट तोकेको छ। त्यसैका आधारमा तयार गरिएको खर्चमा आधारित रहेर मूल्य निर्धारण गर्ने गरेका छन्। सवारी साधन आयात गरेको मूल्यमा लाग्ने भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), सडक मर्मत दस्तुर र अन्य लागतसमेत जोडेर नेपाली बजारमा अधिकतम खुद्रा बिक्री मूल्य( एमआरपी) तय गर्छन्। 

हुण्डाई कोना इभी १ सय केडब्लुको अधिकतम् खुद्रा बिक्री मूल्य ५५ लाख ९६ हजार रूपैयाँ छ। यो कार कम्पनीले ३१ लाख ६१ हजार १ सय ९५ रूपैयाँमा खरिद गरेको हो। आर्थिक ऐन २०७६ अनुसार यो कारमा १० प्रतिशतमात्र भन्सार लाग्थ्यो। १० प्रतिशत भन्सार बापत ३ लाख १६ हजार १ सय १९ रूपैयाँ हुन्छ। भन्सार लगाइएपछि कोना १ सय केडब्लूको मूल्य ३४ लाख ७७ हजार ३ सय १५ रूपैयाँ हुन्छ। 

सोही ऐनअनुसार विद्युतीय कारमा अन्तःशुल्क लाग्ने व्यवस्था थिएन। त्यसैले भन्सार लागेपछिको मूल्य ३४ लाख ७७ हजार ३ सय १५ रूपैयाँमा १३ प्रतिशत भ्याट लगाउँदा ४ लाख ५२ हजार ५० रूपैयाँ आउँछ। भ्याटपछिको मूल्य ३९ लाख २९ हजार ३ सय ६६ रूपैयाँमा ४ प्रतिशत सडक मर्मत दस्तुर वापत १ लाख ५७ हजार १ सय ७४ रूपैयाँ हुन्छ। 

कोना इभी १ सय केडब्लुको ल्यान्डेड कस्ट ४२ लाख ७८ हजार २ सय ७७ रूपैयाँ छ। अन्य विभिन्न खर्चपछिको करको मूल्य ४२ लाख ९१ हजार ७७ रूपैयाँ छ। यो कारको बिक्री मूल्य ५५ लाख ९६ हजार रूपैयाँ तोकिएको छ। कम्पनीले नै बनाएको लागतपछिको मूल्य निर्धारण सूचीमा कोना इभी १ सय केडब्लूमा ग्रस प्रोफिट (जिपी) १३ लाख ४ हजार ९ सय २३ रूपैयाँ रहेको छ। 

हुन्डाईकै क्रेटा एसएक्स २ डब्लुडी पेट्रोल १५ सय ९१ सिसी इन्जिन क्षमताको यो कारको एमआरपी ५३ लाख ९६ हजार रूपैयाँ रहेको छ। यो कार कम्पनीले भारतबाट उत्पादकसँग ६ लाख ७० हजार ७ सय ५९ भारुमा खरिद गरेको छ। यसमा फ्रेटमा २५ हजार ७ सय ११ र अर्को खर्च १३ सय २३ भारु छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यो कारको कर योग्य मूल्य ११ लाख १७ हजार ५ सय १५ रूपैयाँ (६ लाख ९७ हजार ७ सय ९३ भारु) हुन्छ। यसमा ८० प्रतिशत भन्सार लगाउँदा ८ लाख ६७ हजार १ सय ९२ रूपैयाँ हुन्छ। भन्सारपछिको मूल्य १९ लाख ८४ हजार ७ सय ८ रूपैयाँमा ७० प्रतिशत अन्तःशुल्क लगाउँदा १३ लाख ८९ हजार २ सय ९५ रूपैयाँ हुन्छ। 

अन्तःशुल्कपछिको ३३ लाख ७४ हजार ३ रूपैयाँमा १३ प्रतिशत भ्याट लगाउँदा ४ लाख ३८ हजार ६ सय २० रूपैयाँ हुन्छ। भ्याटपछिको मूल्य ३८ लाख १२ हजार ६ सय २३ रूपैयाँमा ८ प्रतिशत सडक मर्मत दस्तुर लगाउँदा ३ लाख ५ हजार ९ रूपैयाँ हुन्छ। यो कारको कुल ल्यान्डेड कस्ट ४२ लाख ९९ हजार ७ सय ९१ रूपैयाँ छ। 

अन्य केही लागतसमेत जोड्दा हुन्डाई क्रेटाको कुल लागत ४३ लाख ३७ हजार ८ सय ९१ रूपैयाँ छ भने यसको एमआरपी ५३ लाख ९६ हजार रूपैयाँ छ। यो कारमा कम्पनीले खुद नाफा १० लाख ५८ हजार १ सय ८ रूपैयाँ राखेको छ। 

मारुती सुजुकीको भिटारा ब्रेजा जेडएक्सआइ प्लस १२ सय ४८ सिसीको डिजेल कार नेट एफओबी मूल्य ६ लाख २१ हजार ५ सय भारुमा खरिद गरेको छ। अन्य लागतसमेत जोडेर कर योग्य मूल्य १० लाख २१ हजार ३ सय ३ रुपैयाँ छ। यो मूल्यमा ८० प्रतिशत भन्सार लगाउँदा ७ लाख ९२ हजार ५ सय ३१ रुपैयाँ हुन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भन्सारपछिको मूल्य १८ लाख १३ हजार ८ सय ३४ रुपैयाँमा अन्तःशुल्क बापत १० लाख ८८ हजार ३ सय रुपैयाँ हुन्छ। अन्तःशुल्क पछिको मूल्य २९ लाख २ हजार १ सय ३५ रुपैयाँमा १३ प्रतिशत भ्याट लगाउँदा ३ लाख ७७ हजार २ सय ७७ हुन्छ भने भ्याटसहितको मूल्य ३२ लाख ७९ हजार ४ सय १२ रुपैयाँमा सडक मर्मत दस्तुर लाग्छ। उक्त मूल्यमा ८ प्रतिशत सडम मर्मत दस्तुर लगाउँदा २ लाख ६३ हजार ३ ५२ रुपैयाँ हुन्छ। 

यो कारले सरकारलाई २५ लाख २० हजार ४ सय ६२ रुपैयाँ कर तिरेको छ। मारुती सुजुकी भिटारा ब्रेजाको ल्यान्डेड कस्ट ३६ लाख ८२ हजार ७२ रुपैयाँ छ। अन्य खर्च जोड्दा यो कारको कुल लागत ३७ लाख १७ हजार ९ सय ७२ रुपैयाँ छ भने यसको एमआरपी ४४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। कम्पनीले यो कारमा ७ लाख ८१ हजार २८ रुपैयाँ खुद नाफा राखेको छ। 

साफ्टा सम्झौताअनुसार आयातकर्ताहरूले भन्सार दरमा ४ प्रतिशत छुट पाउँदै आएका छन्। सवारीको मूल्य निर्धारण गर्दा वा फोरमहरूमा व्यवसायीहरूले यसबारे कुनै चर्चा गदै गरेको पाइँदैन। तर उक्त छुट पाएबापत हुने बचत समेत व्यवसायीको नाफामै गणना हुन्छ जुन गोप्य जस्तै राखिन्छ। 

यी कारमा लगाइएको कर आर्थिक ऐन २०७६ अनुसार हो। नयाँ आर्थिक ऐन २०७७ अनुसार विद्युतीय सवारीमा भन्सार तथा अन्तःशुल्क बढाइएको छ भने डिजेल/पेट्रोल कारमा करका दर गत वर्षको सरह नै छ।

यहाँ उल्लेखित सवारीको खरिद मूल्य, सरकारलाई तिर्ने कर, एमआरपी र नाफा प्रतिनिधि अंकको रूपमा लिइएको हो। नेपालमा बिक्री हुने सबैजसो कारको मूल्य निर्धारण, सरकारलाई तिर्ने कर र नाफा यस्तै हुने गरेको छ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  १५:३७
  • #electrical
  • #vehicle

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन शुक्रबार, असोज ३०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्