• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख ६, २०८३ Sun, Apr 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

४५ वर्षपछि किन बल्झियो भारत-चीन सीमा विवाद?

64x64
नेपाल लाइभ बिहीबार, असार ४, २०७७  १६:३५
1140x725

एजेन्सी- सन् १९६२ मा भारत र चीनबीच एक महिना लडाईं भएको थियो। यो लडाईं लद्दाख र अरुणान्चल क्षेत्रसम्म फैलिएको थियो। सन् १९६७ मा नाथुलामा चीन र भारतको सैनिक मारिए। मारिएका सैनिकबारे दुवै देशले अलग अलग दाबी गरेकाले संख्या यकीन हुन सकेन। सन् १९७५ मा भारतीय सैनिकको गस्ती टोलीमाथि अरुणाचलमा चिनिया सैनिकले आक्रमण गरेका थिए। 

२० जना भारतीय सेनाको ज्यान जानेगरी भएको म‌ंगलबारको घटनापछि अब भारत र चीनको सम्बन्धमा सन् २०२० लाई पनि अब सन् १९६२, १९६७ र १९७५ झै उल्लेख हुने भयो। यसको कारण प्रष्टै छ- भारत-चीनको सीमा विवादमा ४५ सालपछि सेनाको मृत्यु भयो।

भारत र चीनको सीमामा तनाव कुनै नयाँ विषय पनि होइन। सीमा समस्या भए पनि दुवै देशले राजनीतिक सहमतिका आधारमा सीमा समस्या समाधानको प्रयाससँगै राजनीतिक र आर्थिक सम्बन्धलाई निरन्तरता दिइरहेका छन्।

जव नरेन्द्र मोदीले भारतको सत्ता सम्हाले पछिल्लो ६ वर्षमा १८ पटक दुवै देशका अधिकारीबीच भेटघाट र छलफल भएका छन्। यी भेटघाटलाई दुवै देशको सम्बन्ध सुधारको प्रयासको रुपमा हेरिएको छ। जब एकाएक भारत र चीनको सीमामा दुवै देशका सेनाबीच झडप भएको सूचना बाहिरियो प्रश्नहरू आइरहेका छन् अचानक दुवै देशको सम्बन्ध बिग्रिएर हिंसात्मक झडपको चरणसम्म कसरी पुग्यो?

लद्दाखमा भारतको तर्फबाट बनिरहेको सडक नै चीनको चिन्ताको विषय हो या समस्या अन्य पनि छ ? बिबिसी हिन्दीले यस विषयमा दुवै देशबारे जानकारहरूसँग कुरा गर्दा पूर्वी लद्दाखमा भारतले बनाएको सडक एक कारण हुनसक्छ तर अहिले जुन अवस्था आयो त्यसको कारण सडकमात्रै पक्कै हैन।

२०१८-२०१९ को वार्षिक रिपोर्टमा भारतको रक्षा मन्त्रालयले सरकारले भारत-चीन सीमामा ३ हजार ८ सय १२ कलोमिटर क्षेत्र सडक निर्माणका लागि चयन गरिएको उल्लेख छ। यसमध्ये ३ हजार ४ सय १८ किलोमिटर सडक बनाउने जिम्मा बोर्डर रोड्स अर्गनाइजेसनलाई दिइएको छ। यसमध्ये अधिकांश काम सम्पन्न भइसकेको छ।

भारत-चीन सीमा विवादबारे जानकारको मतअनुसार यही निर्माण नै दुवै देशको विवादको मुख्य कारण हो।

हिन्दुस्तान टाइम्समा रक्षासम्बधी विषय लेख्दै आएका वरिष्ठ पत्रकार राहुल सिंह यो पक्ष स्विकार गर्दै भन्छन्‚ ‘पछिल्लो पाँच वर्ष भारतीय सीमा सुधार्न सरकारले ध्यान दिइरहेको छ।'

nimb
nimb
Ncell 2
Ncell 2

उनका अनुसार पहिला पनि भारत-चीन सीमामा सानातिना झडप भएका घटनाहरू सार्वजनिक भइरहन्थे। डोकलामभन्दा पहिला २०१३ र २०१४ मा चुमारमा यस्तै घटना भएको थियो। तर यो पटक जे भयो यसको प्रभाव भने धेरै नै देखियो।

पूर्व मेजर जनरल अशोक मेहता वास्तविक नियन्त्रण रेखामा बढ़्दो चिनियाँ गतिविधिको कारण पुल र हवाइमार्गको निर्माण हो। यही कारण भारतको गस्ती बढिरहेको छ। भारतले जम्मु-कश्मिरको विशेष दर्जा खारेज गरेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि चीन खुसी नभएको उनले बताए।

भारत सरकारले सन् २०१९ अगस्त ५ मा जम्मू-कश्मीरलाई विशेष राज्य को दर्जा दिने संविधानको अनुच्छेद ७० को प्रावधान हटाउने निर्णय गरेको थियो। यो निर्णयपछि दुवै केन्द्र शासित प्रदेश बनाइयो जम्मू-कश्मीर र लद्दाख।

भारत सरकारको यो निर्णयपछि चीन खुसी भएन र उसले यसको विरोध गरेको पनि थियो। उसको विरोधको मुल कारण लद्दाख क्षेत्रलाई जम्मू-कश्मीरबाट हटाएर केन्द्र शासित प्रदेश बनाउने निर्णयमा थियो। चीनको विदेश मन्त्रालयका प्रवक्ता हुअ चुनइङ्गले त्यही बेलामा भारतले चीनको भूभाग आफ्नो सीमामा देखाएको भन्दै विरोध गरेका थिए।

भारतको यो कदमलाई चीनले खतराको रुपमा हेरेको अब्जर्भर रिसर्च फाउन्डेशनमा स्ट्राटेजिक स्टडी प्रोग्रामका प्रमुख हर्ष पन्त बताउँछन्। हुन पनि चीनको विदेश मन्त्रालयका प्रवक्ताले त्यो बेला भारतले आफ्नो घरेलु कानुन बदलेर चीनको संप्रभुतामाथि प्रश्न उठाउने काम गरेको र भारतको यो कदम अस्वीकार्य रहेको बताएका थिए।

यो विषय संयुक्त राष्ट्रको सुरक्षा परिषद्मा समेत उठेको थियो। बैठकमा भारतले अनुच्छेद ३७० लाई हटाउनु भारतको आन्तरिक मामला भएको बताएको थियो। चीनले विरोधसँगै आफ्नो गतिविधीलाई जारी नै राख्यो र जब चिसो बढ्दै गयो उसले सो क्षेत्रमा आफ्नो सेनाको संख्या बढायो।

काराकोरममा चीनको नियन्त्रण

अक्साई चीनको ३८ हजार वर्ग किलोमिटर सँगै शक्सगाम घाटीको ५ हजार वर्ग किलोमिटरभन्दा बढी क्षेत्रमा चीनको नियन्त्रण छ। काराकोरम पर्वतबाट निस्कने शक्सगाम नदीको दुवैतिर शक्सगाम क्षेत्र फैलिएको छ। सन् १९४८ मा यसमा पाकिस्तानले कब्जा जमाएको थियो। सन् १९६३ मा एक सम्झौतापछि पाकिस्तानले सो क्षेत्र चीनलाई सुम्पियो। अहिले चीन र पाकिस्तानले यही काराकोरम हाइवेबाट एक आपसमा व्यापार गर्ने गरेका छन्।

लद्दाखमा भएको प्रशासनिक परिवर्तनमा भारत सफल भएमा सो क्षेत्रमा सैनिक दृष्टिकोणले भौतिक संरचना बलियो बनाएमा काराकोरम हुँदै पाकिस्तानतर्फको सिधा मार्गमा  आगामी दिनमा समस्या आउनसक्ने चिनियाँ पक्षको विश्लेषण देखिन्छ।

चीनको आन्तरिक राजनीति

केही जानकारहरूका अनुसार अहिले चिनियाँ राष्ट्रपति कयौं मोर्चामा समस्यामा छन्। सी चिनफिङ आफ्नो आठ वर्षीय शासनमा अहिले सबैभन्दा कठिन मोडमा छन्। विवादास्पद प्रत्यारोपण विधेयकबारे हङकङमा भएको हिंस्रक विरोध प्रदर्शन अनि ताइवानको सत्तारूढ़ कम्युनिस्ट पार्टीले दिएको चुनौती जटिल हुँदै गइरहेको छ। कोरोना महामारीले समस्या थपिएको छ। अमेरिका र चीनबीच अघोषित ट्रेड वार जारी नै छ। यसले आर्थिकसँगै राजनीतिक मोर्चामा पनि सी कमजोर देखिन थालेका छन्।

हर्ष पन्तको विश्लेषणअनुसार यस्तो कठीन अवस्थामा नागरिकमाझ राष्ट्रवादको भावना जगाउन पनि सीमाको समस्या झडपको चरणसम्म पुगेको हुनसक्छ। उनले यसलाई मिलिटरी नेशनालिजम प्रोजेक्ट समेत भने।

भारतको बदलिएको आर्थिक नीति

अप्रिल १७ मा भारतले एक आश्चर्यपूर्ण निर्णय गर्दै देशमा हुने प्रत्यक्ष विदेशी लगानी एफडीआइलाई सीमा जोडिएको देशको हकमा कडा बनायो। यो निर्णयले कुनै पनि भारतीय कम्पनीमा हिस्सा लिनुभन्दा अगाडि केन्द्र सरकारको अनुमति अनिवार्य गरियो। भारतको छिमेकीमध्ये सबैभन्दा ठूलो व्यापार चीनसँगै छ। त्यसैले यो निर्णयले सबैभन्दा धेरै असर उसैलाई हुने नै भयो।

यो निर्णयको कारणमध्ये प्रमुख कारण थियो चीनको सेन्ट्रल बैंक 'पिपल्स बैंक अफ चाइना' को भारतको सबैभन्दा ठूलो निजी बैंक 'एचडीएफसी' को १ दशमलव ७५ करोड सेयर किन्नु। यो निर्णयभन्दा पहिला चिनियाँ कम्पनीहरूले भारतीय कम्पनीमा कुनै अवरोधबिना लगानी गर्दै आएका थिए। एकाएक भारतले नीति बदल्दा चीन भारतसँग रिसाएको हुनसक्ने आँकलन समेत शुरु भएको छ।

बिबिसीहिन्दीबाट

प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  १६:३५
  • ##indiachainarelation

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
दक्षिणी लेबनानमा दुई इजरायली सैनिकको मृत्यु इजरायली रक्षा बल (आईडीएफ)का अनुसार, योसँगै पछिल्लो द्वन्द्व सुरु भएयता मृत्यु हुने सैनिकको सङ्ख्या कम्तीमा १५ पुगेको छ । आईडीएफले दि... आइतबार, वैशाख ६, २०८३
बुधबारसम्म ठूलो सम्झौता नभए इरानमा फेरि बमबारी हुने ट्रम्पको धम्की शनिबार पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै ट्रम्पले बुधबारसम्म ठूलो सम्झौता नभए युद्धविराम अवधि नबढाउने चेतावनी दिएका छन् । शनिबार, वैशाख ५, २०८३
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प इजरायल र लेबनानबिचको युद्ध विराम सम्झौता पछि इरानले शुक्रबार स्ट्रेट अफ होर्मुज पुनः खोलेको छ, यद्यपि तेहरानले अमेरिकी नाकाबन्दी जार... शनिबार, वैशाख ५, २०८३
ताजा समाचारसबै
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक आइतबार, वैशाख ६, २०८३
संविधान संशोधनसम्बन्धी अध्ययन समितिलाई काँग्रेसद्वारा पूर्णता आइतबार, वैशाख ६, २०८३
दक्षिणी लेबनानमा दुई इजरायली सैनिकको मृत्यु आइतबार, वैशाख ६, २०८३
सुनको मूल्य वृद्धि आइतबार, वैशाख ६, २०८३
राष्ट्रियसभाका अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबिच शिष्टाचार भेट आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ शनिबार, वैशाख ५, २०८३
देउवा पक्षद्वारा सर्वोच्चको फैसला स्वीकार, पार्टी एकताबद्ध बनाउने जिम्मेवारी गगनलाई शनिबार, वैशाख ५, २०८३
सर्वोच्चको फैसलापछि महामन्त्रीद्वयको प्रतिक्रिया–न्यायपूर्ण फैसला, हारजितको विषय होइन शनिबार, वैशाख ५, २०८३
बुधबारसम्म ठूलो सम्झौता नभए इरानमा फेरि बमबारी हुने ट्रम्पको धम्की शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्