• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

४५ वर्षपछि किन बल्झियो भारत-चीन सीमा विवाद?

64x64
नेपाल लाइभ बिहीबार, असार ४, २०७७  १६:३५
1140x725

एजेन्सी- सन् १९६२ मा भारत र चीनबीच एक महिना लडाईं भएको थियो। यो लडाईं लद्दाख र अरुणान्चल क्षेत्रसम्म फैलिएको थियो। सन् १९६७ मा नाथुलामा चीन र भारतको सैनिक मारिए। मारिएका सैनिकबारे दुवै देशले अलग अलग दाबी गरेकाले संख्या यकीन हुन सकेन। सन् १९७५ मा भारतीय सैनिकको गस्ती टोलीमाथि अरुणाचलमा चिनिया सैनिकले आक्रमण गरेका थिए। 

२० जना भारतीय सेनाको ज्यान जानेगरी भएको म‌ंगलबारको घटनापछि अब भारत र चीनको सम्बन्धमा सन् २०२० लाई पनि अब सन् १९६२, १९६७ र १९७५ झै उल्लेख हुने भयो। यसको कारण प्रष्टै छ- भारत-चीनको सीमा विवादमा ४५ सालपछि सेनाको मृत्यु भयो।

भारत र चीनको सीमामा तनाव कुनै नयाँ विषय पनि होइन। सीमा समस्या भए पनि दुवै देशले राजनीतिक सहमतिका आधारमा सीमा समस्या समाधानको प्रयाससँगै राजनीतिक र आर्थिक सम्बन्धलाई निरन्तरता दिइरहेका छन्।

जव नरेन्द्र मोदीले भारतको सत्ता सम्हाले पछिल्लो ६ वर्षमा १८ पटक दुवै देशका अधिकारीबीच भेटघाट र छलफल भएका छन्। यी भेटघाटलाई दुवै देशको सम्बन्ध सुधारको प्रयासको रुपमा हेरिएको छ। जब एकाएक भारत र चीनको सीमामा दुवै देशका सेनाबीच झडप भएको सूचना बाहिरियो प्रश्नहरू आइरहेका छन् अचानक दुवै देशको सम्बन्ध बिग्रिएर हिंसात्मक झडपको चरणसम्म कसरी पुग्यो?

लद्दाखमा भारतको तर्फबाट बनिरहेको सडक नै चीनको चिन्ताको विषय हो या समस्या अन्य पनि छ ? बिबिसी हिन्दीले यस विषयमा दुवै देशबारे जानकारहरूसँग कुरा गर्दा पूर्वी लद्दाखमा भारतले बनाएको सडक एक कारण हुनसक्छ तर अहिले जुन अवस्था आयो त्यसको कारण सडकमात्रै पक्कै हैन।

२०१८-२०१९ को वार्षिक रिपोर्टमा भारतको रक्षा मन्त्रालयले सरकारले भारत-चीन सीमामा ३ हजार ८ सय १२ कलोमिटर क्षेत्र सडक निर्माणका लागि चयन गरिएको उल्लेख छ। यसमध्ये ३ हजार ४ सय १८ किलोमिटर सडक बनाउने जिम्मा बोर्डर रोड्स अर्गनाइजेसनलाई दिइएको छ। यसमध्ये अधिकांश काम सम्पन्न भइसकेको छ।

भारत-चीन सीमा विवादबारे जानकारको मतअनुसार यही निर्माण नै दुवै देशको विवादको मुख्य कारण हो।

हिन्दुस्तान टाइम्समा रक्षासम्बधी विषय लेख्दै आएका वरिष्ठ पत्रकार राहुल सिंह यो पक्ष स्विकार गर्दै भन्छन्‚ ‘पछिल्लो पाँच वर्ष भारतीय सीमा सुधार्न सरकारले ध्यान दिइरहेको छ।'

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार पहिला पनि भारत-चीन सीमामा सानातिना झडप भएका घटनाहरू सार्वजनिक भइरहन्थे। डोकलामभन्दा पहिला २०१३ र २०१४ मा चुमारमा यस्तै घटना भएको थियो। तर यो पटक जे भयो यसको प्रभाव भने धेरै नै देखियो।

पूर्व मेजर जनरल अशोक मेहता वास्तविक नियन्त्रण रेखामा बढ़्दो चिनियाँ गतिविधिको कारण पुल र हवाइमार्गको निर्माण हो। यही कारण भारतको गस्ती बढिरहेको छ। भारतले जम्मु-कश्मिरको विशेष दर्जा खारेज गरेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि चीन खुसी नभएको उनले बताए।

भारत सरकारले सन् २०१९ अगस्त ५ मा जम्मू-कश्मीरलाई विशेष राज्य को दर्जा दिने संविधानको अनुच्छेद ७० को प्रावधान हटाउने निर्णय गरेको थियो। यो निर्णयपछि दुवै केन्द्र शासित प्रदेश बनाइयो जम्मू-कश्मीर र लद्दाख।

भारत सरकारको यो निर्णयपछि चीन खुसी भएन र उसले यसको विरोध गरेको पनि थियो। उसको विरोधको मुल कारण लद्दाख क्षेत्रलाई जम्मू-कश्मीरबाट हटाएर केन्द्र शासित प्रदेश बनाउने निर्णयमा थियो। चीनको विदेश मन्त्रालयका प्रवक्ता हुअ चुनइङ्गले त्यही बेलामा भारतले चीनको भूभाग आफ्नो सीमामा देखाएको भन्दै विरोध गरेका थिए।

Xtrem

Xtrem

भारतको यो कदमलाई चीनले खतराको रुपमा हेरेको अब्जर्भर रिसर्च फाउन्डेशनमा स्ट्राटेजिक स्टडी प्रोग्रामका प्रमुख हर्ष पन्त बताउँछन्। हुन पनि चीनको विदेश मन्त्रालयका प्रवक्ताले त्यो बेला भारतले आफ्नो घरेलु कानुन बदलेर चीनको संप्रभुतामाथि प्रश्न उठाउने काम गरेको र भारतको यो कदम अस्वीकार्य रहेको बताएका थिए।

यो विषय संयुक्त राष्ट्रको सुरक्षा परिषद्मा समेत उठेको थियो। बैठकमा भारतले अनुच्छेद ३७० लाई हटाउनु भारतको आन्तरिक मामला भएको बताएको थियो। चीनले विरोधसँगै आफ्नो गतिविधीलाई जारी नै राख्यो र जब चिसो बढ्दै गयो उसले सो क्षेत्रमा आफ्नो सेनाको संख्या बढायो।

काराकोरममा चीनको नियन्त्रण

अक्साई चीनको ३८ हजार वर्ग किलोमिटर सँगै शक्सगाम घाटीको ५ हजार वर्ग किलोमिटरभन्दा बढी क्षेत्रमा चीनको नियन्त्रण छ। काराकोरम पर्वतबाट निस्कने शक्सगाम नदीको दुवैतिर शक्सगाम क्षेत्र फैलिएको छ। सन् १९४८ मा यसमा पाकिस्तानले कब्जा जमाएको थियो। सन् १९६३ मा एक सम्झौतापछि पाकिस्तानले सो क्षेत्र चीनलाई सुम्पियो। अहिले चीन र पाकिस्तानले यही काराकोरम हाइवेबाट एक आपसमा व्यापार गर्ने गरेका छन्।

लद्दाखमा भएको प्रशासनिक परिवर्तनमा भारत सफल भएमा सो क्षेत्रमा सैनिक दृष्टिकोणले भौतिक संरचना बलियो बनाएमा काराकोरम हुँदै पाकिस्तानतर्फको सिधा मार्गमा  आगामी दिनमा समस्या आउनसक्ने चिनियाँ पक्षको विश्लेषण देखिन्छ।

चीनको आन्तरिक राजनीति

केही जानकारहरूका अनुसार अहिले चिनियाँ राष्ट्रपति कयौं मोर्चामा समस्यामा छन्। सी चिनफिङ आफ्नो आठ वर्षीय शासनमा अहिले सबैभन्दा कठिन मोडमा छन्। विवादास्पद प्रत्यारोपण विधेयकबारे हङकङमा भएको हिंस्रक विरोध प्रदर्शन अनि ताइवानको सत्तारूढ़ कम्युनिस्ट पार्टीले दिएको चुनौती जटिल हुँदै गइरहेको छ। कोरोना महामारीले समस्या थपिएको छ। अमेरिका र चीनबीच अघोषित ट्रेड वार जारी नै छ। यसले आर्थिकसँगै राजनीतिक मोर्चामा पनि सी कमजोर देखिन थालेका छन्।

हर्ष पन्तको विश्लेषणअनुसार यस्तो कठीन अवस्थामा नागरिकमाझ राष्ट्रवादको भावना जगाउन पनि सीमाको समस्या झडपको चरणसम्म पुगेको हुनसक्छ। उनले यसलाई मिलिटरी नेशनालिजम प्रोजेक्ट समेत भने।

भारतको बदलिएको आर्थिक नीति

अप्रिल १७ मा भारतले एक आश्चर्यपूर्ण निर्णय गर्दै देशमा हुने प्रत्यक्ष विदेशी लगानी एफडीआइलाई सीमा जोडिएको देशको हकमा कडा बनायो। यो निर्णयले कुनै पनि भारतीय कम्पनीमा हिस्सा लिनुभन्दा अगाडि केन्द्र सरकारको अनुमति अनिवार्य गरियो। भारतको छिमेकीमध्ये सबैभन्दा ठूलो व्यापार चीनसँगै छ। त्यसैले यो निर्णयले सबैभन्दा धेरै असर उसैलाई हुने नै भयो।

यो निर्णयको कारणमध्ये प्रमुख कारण थियो चीनको सेन्ट्रल बैंक 'पिपल्स बैंक अफ चाइना' को भारतको सबैभन्दा ठूलो निजी बैंक 'एचडीएफसी' को १ दशमलव ७५ करोड सेयर किन्नु। यो निर्णयभन्दा पहिला चिनियाँ कम्पनीहरूले भारतीय कम्पनीमा कुनै अवरोधबिना लगानी गर्दै आएका थिए। एकाएक भारतले नीति बदल्दा चीन भारतसँग रिसाएको हुनसक्ने आँकलन समेत शुरु भएको छ।

बिबिसीहिन्दीबाट

प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  १६:३५
  • ##indiachainarelation

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु मृतकमध्ये तीन बालबालिका छन्। युक्रेनले यस्तो सम्झौताले मस्कोलाई युद्धका लागि आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने चेतावनी दिएको थियो। शनिबार, असोज २४, २०८३
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ भारतको राजधानी दिल्लीमा मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै प्रदर्शन गर्न पुगेका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र ममता बनर... शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कार आफूलाई नदिइएकोमा पुनः असन्तुष्टि जनाउँदै यस निर्णयले नर्वेको प... शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्