• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

खेलकुदमा कुन प्रदेशको योजना के? 

प्रदेश २ मा तोकिएन रकम, सुदूरपश्चिमको आयोजना धेरै
64x64
ऋग्वेद शर्मा सोमबार, असार १, २०७७  २२:०२
1140x725

काठमाडौं- आर्थिक वर्ष २०७७/७८ को बजेटमा खेलकुद क्षेत्रले पाएको प्राथमिकता निकै कम छन्। त्यो केन्द्रदेखि प्रदेशसम्म नै देखिन्छ। कोरोना भाइरस (कोभिड १९) का कारण ठप्प रहेको खेल क्षेत्र उकास्ने कुनै योजना बजेटमा देखिँदैन। 

केन्द्रले खेलक्षेत्रलाई प्राथमिकता नदिइ विनियोजन गरेको बजेटको जस्तै अवस्था सातै प्रदेशमा पनि देखिन्छ। तुलनात्मक रुपमा हेर्दा खेल क्षेत्रलाई केन्द्रले भन्दा बढी ठाउँ भने प्रदेशले दिएका छन्। 

युवा तथा खेलकुद मन्त्रालय समग्रमा युवा तथा खेलकुदमा २ अर्ब ३६ करोड ६० लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो। जसमा संघतर्फ १ अर्ब ८३ करोड ९५ लाख, प्रदेशतर्फ ३७ करोड ४६ लाख र स्थानीय तहतर्फ १५ करोड १९ लाख थियो। जुन बजेट गएको आर्थिक वर्षको तुलनामा झण्डै आधाले कटौती हो। 

खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नै खेलकुदमा बजेट कम हु्ँदा सोचेजस्तो कामहरु गर्न नसकिने बताएका थिए। संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले भनेका छन्- ‘बजेट न्युन भएका कारण हामीले खेलकुदका सबै विषयमा सम्बोधन गर्न सकेका छैनौँ। १९ करोड बजेटले कहाँ के गर्ने? हामीले नयाँ कुनै योजना समावेश गरेका छैनौँ। भइरहेका योजनामा काम गरिएको हो।’

अहिले प्रदेशगत हिसाबले हेर्दा प्रदेश नम्बर २ ले खेलकुदलाई बजेटमा जोडे पनि कति रकम विनियोजन गरिने भन्ने उल्लेख नै गरेको छैन भने कार्यक्रमहरुका हिसाबले सुदूरपश्चिम र गण्डकी प्रदेशले खेलकुदलाई केही चासो दिएको देखिन्छ। 

के छन् त खेलकुदका लागि प्रदेशको योजना? 

प्रदेश नम्बर १
प्रादेशिक एवं जिल्ला र स्थानीय तहसम्म खेलकुदका आवश्यक पूर्वाधारको स्तरोन्नती र निर्माण कार्यलाई जोड दिइनेछ। धरानमा खेलकुद ग्रामको निर्माण गरिनेछ। खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिँदै खेलकुदका निर्माणाधिन पूर्वाधारको विकास र विस्तारको लागि ३० करोड रुपैयाँ विनियोजन गरेको छ। 

यसका साथै प्रदेश खेलकुद बोर्डको आवश्यक संरचना निर्माण गरिने, प्रदेशस्तरीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिने उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

विराटनगर शहिद मैदानमा फ्रड लाइट निर्माणको काम यसै वर्ष सम्पन्न गरिने जनाइएको छ। 

प्रदेश नम्बर २
खेलकुदमैत्री पूर्वाधारहरुको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गरी समग्र खेलकुद क्षेत्रको विकास गरिनेछ। मलंगवा रंगशालाको स्तरोन्नतिका लागि प्राथमिकता दिइनेछ। 

बागमती प्रदेश
बागमती प्रदेशले विकास, गतिशिलता र स्वास्थ्यका लागि खेलकुद भन्ने सोचका साथ खेलकुद पूर्वधारमा योजनाबद्ध दिगो विकासका लागि सञ्चालन भएका बहुवर्षीय तथा क्रमागत आयोजनाहरुको निरन्तरता एवं स्थानीय तहमा खेल मैदान निर्माण गर्ने काम र खेलाडीहरुको क्षमता विकास, स्थानीय खेल प्रवद्र्धन, प्रदेशस्तरीय खेलकुख प्रतियोगिता एवं राष्ट्रिय प्रतियोगितामा सहभागिताको व्यवस्था मिलाएको उल्लेख छ। जसमा खेलकुद विकासको क्षेत्रमा ७९ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको छ। 

गण्डकी प्रदेश
समग्र खेलकुदको विकासका निम्ति खेलकुद क्षेत्रको नीति, कानून, संरचना र पूर्वाधार निर्माणमा जोड दिइने उल्लेख छ। प्रदेशस्तरीय बहुउद्देश्यीय रंगशाला, क्रिकेट रंगशाला, गल्फ कोर्स, स्की, उच्च उचाइ खेलकुद तालिम केन्द्र, जिल्लास्तरीय रंगशाला र एक स्थानीय तह एक खेलकुद मैदान निर्माणका लागि ८ करोड ३५ लाख विनियोजन गरिएको छ। 

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुदका प्रतियोगिताको आयोजना र खेलाडीलाई प्रोत्साहन गर्न तथा समग्र खेदकुद क्षेत्रको विकासका लागि आवश्यक बजेट छुट्याइएको उल्लेख छ। मुख्यमन्त्री कप फुटबल प्रतियोगितालाई निरन्तरता दिइएको छ।

राष्ट्रिय खेलकुद परिषदबाट पोखरामा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने प्रदेशका खेलाडीहरुको आवश्यक ब्यवस्थापन र प्रशिक्षणका लागि १ करोड ५० लाख  विनियोजन गरिएको छ। प्रदेश सरकारको तर्फबाट विजयी खेलाडीहरुलाई पुरस्कृत गरिने समेत जनाइएको छ। 

प्रदेश नम्बर ५
खेलकुदलाई निरोधात्मक स्वास्थ्य र उद्यमको रुपमा विकास गर्न खेलकुद पूर्वाधारको निर्माण गरी मुख्यमन्त्री रनिङशिल्ड लगायतका खेलकुद कार्यक्रमहरु सञ्चालन गर्न तथा निर्माणाधिन नेत्रलाल अभागी रंगशाला र उजिरसिंह रंगशालालाई साफस्तरको रंगशालाका रुपमा निर्माण गर्न १२ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ। 

यसका साथै रुकुमपूर्वमा उच्च हिमाली खेल संरचना निर्माण गरी पर्यटन प्रवद्र्धनको सम्भाव्यता अध्ययन गर्न आवश्यक रकम विनियोजन गरिने समेत उल्लेख छ। 

कर्णाली प्रदेश
राष्ट्रिय खेदकुद प्रतियोगिता आयोजनाको तयारी एवं खेलाडीहरुको प्रशिक्षणका लागि विरेन्द्रनगरमा नेपाल सरकारसँग समन्वय र सहकार्यमा प्रादेशिक रंगशाला निर्माण गरिने जनाइएको छ। 

साथै सबै जिल्ला रंगशाला, कभर्ड हल र खेल मैदानका कार्यक्रमहरु अघि बढाउँदै खेलकुद क्षेत्रको स्तरोन्नती र खेलाडीको वृत्ति विकास लगायतका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। कर्णाली प्रदेशले युवा परिचालन र खेलकुद विकासका लागि १५ करोड ६० लाख विनियोजन गरेको देखिन्छ। 

सुदूरपश्चिम प्रदेश
खेलकुदको माध्यमबाट प्रदेशमा स्वस्थ एवं अनुशासित युवा जनशक्ति उत्पादन गर्न प्रदेश सभाका हरके निर्वाचन क्षेत्रमा एक खेलकुद मैदान निर्माण एंव स्तरोन्नति गर्न ६ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ। 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न सक्ने अत्याधुनिक एवं सुविधासम्पन्न रंगशाला निर्माणका लागि महेन्द्रनगर तथा धनगढीमा रंगशालाको स्तरोन्नति तथा संरचना सुधारको निमित्त १ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ। 

यसका साथै मुख्यमन्त्री खेलकुद तथा अन्य खेलकुदका प्रतियोगिताका साथै खेल क्षेत्रको समग्र विकास र खेलप्रतिको आकर्षण बढाउनका लागि १ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ। खेलाडीको वृत्ति विकास तथा सम्मानका लागि प्रदेशस्तरमा खेलाडी कल्याणकारी कोष सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिने पनि उल्लेख छ। 

प्रदेश खेलकुद परिषद् तथा जिल्ला खेलकुद विकास समिति सञ्चालनका साथै प्रदेश गौरवको रुपमा रहेको फाप्ला क्रिकेट मैदानको डिपिआर निर्माणको प्रारम्भिक अध्ययन समेतका लागि १ करोड २५ लाख रुपैयाँ छुट्याएको छ। 

प्रकाशित मिति: सोमबार, असार १, २०७७  २२:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
टीटूके र होरा ई स्पोट्र्स ग्लोबल ओपनमा छनोट नेपालका दुई ई स्पोट्र्सका टिम पब्जी मोबाइलको ग्लोबल ओपन च्याम्पियनसिपमा छनोट भएका छन्। सोमबार, असोज ५, २०८३
एन्फा मुख्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा अनियमितताको आशंकामा एन्फा मुख्यालयमा छापा मारिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए । उनका अनुसार शुक्रबार साँझा छापा... शुक्रबार, असोज २, २०८३
पहिलो जितको खोजिमा नेपाल नेपालले २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलको प्रारम्भिक चरणको दोस्रो खेलमा बिहीबार इन्डोनेसियाविरुद्ध खेल्दैछ। बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्