• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

खेलकुदमा कुन प्रदेशको योजना के? 

प्रदेश २ मा तोकिएन रकम, सुदूरपश्चिमको आयोजना धेरै
64x64
ऋग्वेद शर्मा सोमबार, असार १, २०७७  २२:०२
1140x725

काठमाडौं- आर्थिक वर्ष २०७७/७८ को बजेटमा खेलकुद क्षेत्रले पाएको प्राथमिकता निकै कम छन्। त्यो केन्द्रदेखि प्रदेशसम्म नै देखिन्छ। कोरोना भाइरस (कोभिड १९) का कारण ठप्प रहेको खेल क्षेत्र उकास्ने कुनै योजना बजेटमा देखिँदैन। 

केन्द्रले खेलक्षेत्रलाई प्राथमिकता नदिइ विनियोजन गरेको बजेटको जस्तै अवस्था सातै प्रदेशमा पनि देखिन्छ। तुलनात्मक रुपमा हेर्दा खेल क्षेत्रलाई केन्द्रले भन्दा बढी ठाउँ भने प्रदेशले दिएका छन्। 

युवा तथा खेलकुद मन्त्रालय समग्रमा युवा तथा खेलकुदमा २ अर्ब ३६ करोड ६० लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो। जसमा संघतर्फ १ अर्ब ८३ करोड ९५ लाख, प्रदेशतर्फ ३७ करोड ४६ लाख र स्थानीय तहतर्फ १५ करोड १९ लाख थियो। जुन बजेट गएको आर्थिक वर्षको तुलनामा झण्डै आधाले कटौती हो। 

खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नै खेलकुदमा बजेट कम हु्ँदा सोचेजस्तो कामहरु गर्न नसकिने बताएका थिए। संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले भनेका छन्- ‘बजेट न्युन भएका कारण हामीले खेलकुदका सबै विषयमा सम्बोधन गर्न सकेका छैनौँ। १९ करोड बजेटले कहाँ के गर्ने? हामीले नयाँ कुनै योजना समावेश गरेका छैनौँ। भइरहेका योजनामा काम गरिएको हो।’

अहिले प्रदेशगत हिसाबले हेर्दा प्रदेश नम्बर २ ले खेलकुदलाई बजेटमा जोडे पनि कति रकम विनियोजन गरिने भन्ने उल्लेख नै गरेको छैन भने कार्यक्रमहरुका हिसाबले सुदूरपश्चिम र गण्डकी प्रदेशले खेलकुदलाई केही चासो दिएको देखिन्छ। 

के छन् त खेलकुदका लागि प्रदेशको योजना? 

प्रदेश नम्बर १
प्रादेशिक एवं जिल्ला र स्थानीय तहसम्म खेलकुदका आवश्यक पूर्वाधारको स्तरोन्नती र निर्माण कार्यलाई जोड दिइनेछ। धरानमा खेलकुद ग्रामको निर्माण गरिनेछ। खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिँदै खेलकुदका निर्माणाधिन पूर्वाधारको विकास र विस्तारको लागि ३० करोड रुपैयाँ विनियोजन गरेको छ। 

यसका साथै प्रदेश खेलकुद बोर्डको आवश्यक संरचना निर्माण गरिने, प्रदेशस्तरीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिने उल्लेख छ।

Ncell 2
Ncell 2

विराटनगर शहिद मैदानमा फ्रड लाइट निर्माणको काम यसै वर्ष सम्पन्न गरिने जनाइएको छ। 

प्रदेश नम्बर २
खेलकुदमैत्री पूर्वाधारहरुको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गरी समग्र खेलकुद क्षेत्रको विकास गरिनेछ। मलंगवा रंगशालाको स्तरोन्नतिका लागि प्राथमिकता दिइनेछ। 

बागमती प्रदेश
बागमती प्रदेशले विकास, गतिशिलता र स्वास्थ्यका लागि खेलकुद भन्ने सोचका साथ खेलकुद पूर्वधारमा योजनाबद्ध दिगो विकासका लागि सञ्चालन भएका बहुवर्षीय तथा क्रमागत आयोजनाहरुको निरन्तरता एवं स्थानीय तहमा खेल मैदान निर्माण गर्ने काम र खेलाडीहरुको क्षमता विकास, स्थानीय खेल प्रवद्र्धन, प्रदेशस्तरीय खेलकुख प्रतियोगिता एवं राष्ट्रिय प्रतियोगितामा सहभागिताको व्यवस्था मिलाएको उल्लेख छ। जसमा खेलकुद विकासको क्षेत्रमा ७९ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको छ। 

गण्डकी प्रदेश
समग्र खेलकुदको विकासका निम्ति खेलकुद क्षेत्रको नीति, कानून, संरचना र पूर्वाधार निर्माणमा जोड दिइने उल्लेख छ। प्रदेशस्तरीय बहुउद्देश्यीय रंगशाला, क्रिकेट रंगशाला, गल्फ कोर्स, स्की, उच्च उचाइ खेलकुद तालिम केन्द्र, जिल्लास्तरीय रंगशाला र एक स्थानीय तह एक खेलकुद मैदान निर्माणका लागि ८ करोड ३५ लाख विनियोजन गरिएको छ। 

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुदका प्रतियोगिताको आयोजना र खेलाडीलाई प्रोत्साहन गर्न तथा समग्र खेदकुद क्षेत्रको विकासका लागि आवश्यक बजेट छुट्याइएको उल्लेख छ। मुख्यमन्त्री कप फुटबल प्रतियोगितालाई निरन्तरता दिइएको छ।

राष्ट्रिय खेलकुद परिषदबाट पोखरामा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने प्रदेशका खेलाडीहरुको आवश्यक ब्यवस्थापन र प्रशिक्षणका लागि १ करोड ५० लाख  विनियोजन गरिएको छ। प्रदेश सरकारको तर्फबाट विजयी खेलाडीहरुलाई पुरस्कृत गरिने समेत जनाइएको छ। 

प्रदेश नम्बर ५
खेलकुदलाई निरोधात्मक स्वास्थ्य र उद्यमको रुपमा विकास गर्न खेलकुद पूर्वाधारको निर्माण गरी मुख्यमन्त्री रनिङशिल्ड लगायतका खेलकुद कार्यक्रमहरु सञ्चालन गर्न तथा निर्माणाधिन नेत्रलाल अभागी रंगशाला र उजिरसिंह रंगशालालाई साफस्तरको रंगशालाका रुपमा निर्माण गर्न १२ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ। 

यसका साथै रुकुमपूर्वमा उच्च हिमाली खेल संरचना निर्माण गरी पर्यटन प्रवद्र्धनको सम्भाव्यता अध्ययन गर्न आवश्यक रकम विनियोजन गरिने समेत उल्लेख छ। 

कर्णाली प्रदेश
राष्ट्रिय खेदकुद प्रतियोगिता आयोजनाको तयारी एवं खेलाडीहरुको प्रशिक्षणका लागि विरेन्द्रनगरमा नेपाल सरकारसँग समन्वय र सहकार्यमा प्रादेशिक रंगशाला निर्माण गरिने जनाइएको छ। 

साथै सबै जिल्ला रंगशाला, कभर्ड हल र खेल मैदानका कार्यक्रमहरु अघि बढाउँदै खेलकुद क्षेत्रको स्तरोन्नती र खेलाडीको वृत्ति विकास लगायतका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। कर्णाली प्रदेशले युवा परिचालन र खेलकुद विकासका लागि १५ करोड ६० लाख विनियोजन गरेको देखिन्छ। 

सुदूरपश्चिम प्रदेश
खेलकुदको माध्यमबाट प्रदेशमा स्वस्थ एवं अनुशासित युवा जनशक्ति उत्पादन गर्न प्रदेश सभाका हरके निर्वाचन क्षेत्रमा एक खेलकुद मैदान निर्माण एंव स्तरोन्नति गर्न ६ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ। 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न सक्ने अत्याधुनिक एवं सुविधासम्पन्न रंगशाला निर्माणका लागि महेन्द्रनगर तथा धनगढीमा रंगशालाको स्तरोन्नति तथा संरचना सुधारको निमित्त १ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ। 

यसका साथै मुख्यमन्त्री खेलकुद तथा अन्य खेलकुदका प्रतियोगिताका साथै खेल क्षेत्रको समग्र विकास र खेलप्रतिको आकर्षण बढाउनका लागि १ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ। खेलाडीको वृत्ति विकास तथा सम्मानका लागि प्रदेशस्तरमा खेलाडी कल्याणकारी कोष सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिने पनि उल्लेख छ। 

प्रदेश खेलकुद परिषद् तथा जिल्ला खेलकुद विकास समिति सञ्चालनका साथै प्रदेश गौरवको रुपमा रहेको फाप्ला क्रिकेट मैदानको डिपिआर निर्माणको प्रारम्भिक अध्ययन समेतका लागि १ करोड २५ लाख रुपैयाँ छुट्याएको छ। 

प्रकाशित मिति: सोमबार, असार १, २०७७  २२:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
थाइल्याण्डमा लुम्बिनी-नेपाल म्याराथन हुने कार्यक्रमका लागि थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीको संरक्षणमा, उपनियोग प्रमुख मोतिबहादुर श्रीशको संयोजकत्वमा थाइल्याण्डम... सोमबार, मंसिर २२, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्वधावक जीतबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषद्मा सिफारिस गर्ने... बुधबार, कात्तिक १९, २०८२
काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गदै श्रीलंकामा आज सुरु हुने च्याम्पिनसिपको पहिलो खेलमा नेपालले साँझ सवा ५ बजे प्रतिस्पर्धा गर्न लागेको हो। त्यसअघि आजै आयोजक श्रीलंका र... मंगलबार, कात्तिक १८, २०८२
ताजा समाचारसबै
कुरुवालाई खाना पकाउने व्यवस्थासहित वीरमा थपियो आकस्मिक कक्ष सोमबार, माघ ५, २०८२
कैलाली–५ बाट त्रिविका पूर्व उपप्राध्यापक आनन्द चन्द रास्वपाका उम्मेदवार सोमबार, माघ ५, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
धादिङ-१ बाट आशिका तामाङ बनिन् रास्वपा उम्मेदवार सोमबार, माघ ५, २०८२
मधेशका पूर्वमुख्यमन्त्री सिंहले दिए सांसद पदबाट राजीनामा सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्