• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

एक बाहुनको आत्मालोचना

हरि न्यौपाने (निराकार) मंगलबार, असार २, २०७७  ०८:५३
1140x725

म जातले एक बाहुन हुँ। र, सानैदेखि यसको अगाडि उपाध्याय पनि थप्नु पर्छ भनेर मलाई सिकाइएको थियो। अघिल्लो जन्ममा धेरै पुण्य कमाएकाले यस जुनीमा बाहुन भएर जन्मेको कुरामा मलाई गर्व गर्न सिकाएसँगै मैले आफूभन्दा कथित तल्लो जातलाई पापी मान्न सुरु गरेको थिएँ।

समाजले मेरो सोचलाई मलजल गर्‍यो र झन जब्बर बनायो। जुन कुरा बाल्यकालमा सिकिन्छ, त्यो कुराले सोचाइमा यति बिघ्न कब्जा जमाउँछ कि छुपाउने लाख कोसिसका बाबजुद त्यो हरबखत देखा पर्छ। र, यही सोचाइ छताछुल्ल पार्न यो आत्मालोचना लेखिएको हो। यो आत्मालोचना कथित माथिल्लो जात बाहुनमा हुन अत्यावश्यक छ।

मलाई केही समय पहिलेसम्म लाग्ने गर्थ्यो, म जातीय विभेदको विरुद्ध छु। मलाई लाग्थ्यो कि बाल्यकालमा अन्जानमै सिकिएका तमाम जातीय विभेदका लवजहरुलाई मेरो मस्तिष्कका अध्यारा कुनामा मुर्दा बनाई गाडिसकेको छु। चरित्रको ऐनामा आफ्नो स्वघोषित विद्रोही स्वोरुपको प्रतिबिम्व देखेर म आफैं दङ्ग पर्थें।आफू जातीय विभेदको खिलाफमा छु भनेर प्रमाणित गर्न मसँग सामाजिक सञ्जालमा लेखिएका तमाम स्ट्याटसहरु थिए। र, सबैभन्दा ठूलो कुरो त मेरो आफ्नो अभिनयले कसैलाई थोरै शंकासम्म गर्ने ठाउँ छोडेको थिएन। 

अबका एकाध वर्षमा मैले जिन्दगीको तेस्रो दशक पार गर्ने छु र मलाई यो नसिब बाहुन भएकैले प्राप्त भएको भन्ने लाग्न थालेको छ। नत्र त यो जलस्रोतको धनी देशमा हजारौं नदीहरु कलिला दलितका लास बगाउन सधैं आतुर देखिन्छन्। दलित नभएकै कारण जिन्दगीका हजारौं चाहनाहरुलाई अल्पायुमै तिलान्जली सायद मैले दिनु नपर्ला। तर भेरीमा बगेका अधुरा सपनाका सरापको सजाय कसले बोक्ने? नवजात कोपिलाहरु नफक्रिँदै चुडालिनुमा दोष कसको? यी प्रश्नले मलाई पटकपटक घोच्न थालेका छन्।

मलाई उत्तर थाहा नभएको होइन, तर आफ्नो ढोङ्गी विद्रोही चरित्रलाई उदाङ्गो बनाइदिने ती उत्तरहरु सहर्ष स्वीकार गर्नु आफ्नो अटल दम्भमाथि प्रहार गर्नु थियो। ती उत्तरहरु पचाउन बहुत कठिन छ, किनकी तिनले मेरो स्वघोषित जातीय विभेद विरुद्धको बिम्वलाई उपहास गर्थे।

पश्चिम रुकुमको नरसंहार म जस्ता ढोङ्गी विद्रोहीको कुशल अभिनयको परिणाम हो, जसले लवजमा जातीय विभेद विरुद्धका नारा झुन्ड्याए पनि मस्तिष्कमा त्यही विभेदलाई बिना संकोच हुर्काएको हुन्छ। हाम्रा लवजका शब्दहरुमा जातीय विभेद विरुद्धका नाराहरु गुन्जिए पनि भावमा त्यही विभेदको समर्थन छचल्किरहेको हुन्छ। हामी सरल वाक्यमा प्रकट गर्न सकिने विरोधमा पनि किन्तु-परन्तु जोडेर यति जटिल बनाउँछौ कि जातीय विभेद कायम रहोस भन्ने आफ्नो चाहना सुटुक्क घुसाइदिन्छौ। हत्या जस्तो जघन्य अपराधमा पनि तर्क प्रस्तुत गर्छौं। र, सँगसँगै आफूलाई विभेद विरुद्धको नायकका रुपमा चित्रित गर्न पछि पर्दैनौं। हाम्रो दम्भले हामीलाई सत्य स्वीकार गर्नबाट रोक्ला तर हाम्रो अस्लिल अभिनय र द्वैध चरित्रकै कारण भर्खरै भेरीले आधा दर्जन सपनाहरूलाई अधुरै बगाइदिएको छ।

पुराना भइसकेका स्मृतिका पानाहरुलाई गिजोलेर हेर्दा आफूलाई नै धिक्कार्नु पर्ने तमाम क्षणहरु मेरा अगाडि नाचिरहेका छन्।

एक पटक हामी पाँच जना साथी मिलेर ढोरपाटन घुम्न गएका थियौं। जाडो महिना भएकाले अधिकांश होटेल बन्द भएका थिए। बुर्तिवाङबाट करिब दस घण्टा पैदल हिँडेर ढोरपाटन पुग्दा कतै खान-बस्नकै समस्या त हुने होइन भन्ने डरले मनमा कब्जा जमाएको थियो। साझको सूर्य किरणमा चम्केको पाटनको हिउँ विस्तारै हामी जस्तै मलिन हुन थालेको थियो। घाम डाँडाका पछाडि लुकिसक्दा पनि हाम्रो बासको व्यवस्था हुन सकेको थिएन।

Ncell 2
Ncell 2
nimb
nimb

पाटनको बीच भागमा भौँतारिदै, मुटु नै जमाइदिने उत्तर गंगाका हाँगाहरु तर्दै र भगवान प्रार्थन गर्दै आफूले बोकेको टर्च लाइट चारैतिर फर्काएर बाल्थ्यौं, ताकि परबाट कसैले देखे हामीलाई सहयोग गर्न आउन्। र, दु:खमा परेकाहरूलाई सहयोग गर्न भगवान कहिले हिच्किचाएका थिए र?

हामीलाई पर डाँडाको कुनाबाट एउटा टर्च लाइटले सम्पर्क गर्‍यो। भक्कानो छोडेर रुन मात्र बाँकी रहेको मनबाट सहयोगका याचनाको वर्षात भयो। उक्त होटलबाट स्याँस्याँ गर्दै एक भाइ हामीलाई लिन आयो।

"बहुत अबेर भयो त, बाटो भुल्नु भयो कि?" हामीलाई राहत दिँदै ऊ मुस्कुरायो। होटेलमा लगेर आगो बाली ताप्ने व्यवस्था मिलाएपछि ऊ खाना बनाउने तरखरमा लाग्यो। 

आगो ताप्तै गर्दा हाम्रो आँखा होटेलको साइनबोर्डमा पर्‍यो, जहाँ होटेल मालिकको थर विक लेखिएको थियो। हामीले एक अर्कालाई हेर्‍यौं, सबैको नजरमा बेचैनी थियो। हामी सबै चाहन्थ्यौं कि अरु कसैले यहाँ नबस्ने निर्णय गरोस् ताकी जातीय विभेद मान्दिनँ भन्ने आफ्नो अडान कायमै रहोस। होटेल नभेट्टिए के होला भन्ने अघिसम्मको डर ताप्दै गरेको आगोमा हामीले पोलिसकेका थियौँ। आफ्नो असली चरित्र उजागर होलाकी भनेर हामीमध्ये कसैले केही बोलेन र एक पटक फेरि जातीय विभेद विरुद्ध ढोङ्गी हिरो बन्ने मौका पायौँ।

Xtrem

Xtrem

गाँस र बासको व्यवस्था गरिदिएर ज्यान जोगाइदिएको गुनलाई फर्किदा उत्तरगंगामै बगाइदियौँ र त्यो एक रातको बासलाई उदाहरण बनाएर आफू जातीय विभेदको विरुद्धमा रहेको प्रमाण प्रस्तुत गरिरह्यौं। यो हामी अधिकांश बाहुनको चरित्र हो। समाजकै उच्च जातको भनी पाएको हैसियतले हामीलाई पूरै अन्धो बनाएको छ र हामी अन्धाहरु आफ्नै गल्ती र कमजोरीहरुलाई नजरअन्दाज गरिरहेका छौं। त्यसको ब्याज कलिला दलित जिन्दगीले हरेक दिन तिरिराख्नु परेको छ।

तराईमा हुर्केको म छालाको रङका हिसाबले कालो छु। तर यही छालाको रङका कारण विगतमा नेपाल यातायातमा यात्रा गर्दा कसैले "ओए मधेसी, सिट छोड" भन्दा  "म मधेसी होइन, बाहुन हुँ" भन्दै सिट छोड्न इन्कार गरेको दृश्य झलझली याद आउँछ। आफू मधेसी नभएकाले उसलाई हेप्ने अधिकार नभएको मेरो तर्कमा जातीय विभेदको समर्थनको दुर्गन्ध कति पाइन्छ त्यो सजिलै अनुमान लगाउन सकिन्छ। हो यसरी नै जान-अन्जानमै हामीले हरेक दिन, हरेक पल विभेदलाई समर्थन गरेका हुन्छौं। जातीय विभेदका आधारहरूलाई झन् मजबुत बनाइराखेका हुन्छौं।

म त यो समाजको एक नगन्य प्रतिनिधि हुँ। विभेदका विरुद्ध लड्दै गर्दा विभेदकै समर्थनमा प्रस्तुत भएका मेरा भावहरुप्रति म स्वयं लज्जित छु। तर दशकौँ जातीय विभेदका विरुद्ध लड्यौँ, युगान्तकारी परिवर्तन ल्यायौँ भन्नेले संसदमा जातीय विभेदलाई मलजल गरेको देख्दा मेरो मन भने कुँडिन्छ।

संसद भवनमै पश्चिम रुकुममा भएको हत्यालाई झडपको संज्ञा दिँदै घटनालाई सामसुम पार्न त्यही ठाउँबाट निर्वाचित केन्द्रीय सांसद लाग्नु राष्ट्रिय लज्जाको विषय हो। जाजरकोटका दलितहरुको बाँच्न पाउने अधिकारमाथि कुठाराघात हुँदा सांसद जनार्दन शर्माले संसद भवनमा आफ्नो बोल्न पाउने अधिकार हनन् भएको कुरा दोहोर्‍याइरहे। त्यहाँका जनताको आवाज बोल्न पाउनुपर्छ भन्दै उनले कथित उच्च जातिकै पक्षपोषण यसरी गरिराखे कि मानौं उनले दलितलाई आफ्ना जनता मान्दै मान्दैनन्। उनको यो अज्ञानतामै छचल्किएको जातीय विभेदलाई समर्थन गर्ने भाव हो।

उनै जनार्दन शर्मा कुनै दिन दलित समुदायका अगाडि गएर लाजै नमानी आफू दलितको सच्चा प्रतिनिधि भएको दाबी गर्नेछन्। उनको यही  ढोङ्गी विद्रोह र अस्लिल अभिनयलाई विश्वास गरिरहँदा फेरि कुनै नदीले अर्काथरी सपनाहरु बगाइसकेको हुनेछ।

म र जनार्दन शर्मा यस समाजका प्रतिनिधि पात्र मात्र हौं। हामी सबै जानेरै वा नजानेरै जातीय विभेदको समर्थन गरिराखेका हुन्छौं र कतिपयलाई त्यसको सुइँकोसम्म थाहा हुँदैन। के तपाईंलाई आफू साँच्चिकै विभेदको विरुद्धमा छु जस्तो लाग्छ? यदि लाग्छ भने के तपाईंले गाउँघरमा आफूभन्दा अग्रज दलितहरुलाई होस वा मधेसीहरुलाई कहिल्यै तिमी भनेर सम्बोधन गर्नु भएको छैन? उनीहरुको घरमा गएर खाएको कुरालाई प्रमाणका रुपमा प्रस्तुत गर्ने तपाईंले कहिल्यै कुनै दलितलाई खाना खुवाउन आफ्नो भान्सासम्म ल्याउनु भएको छ? कुनै औधी मन मिलेको केटा/केटी दलित भएकै कारण बिहे गर्नबाट पछि हट्दैन भन्ने तागत छ तपाईंमा?

यी र यस्तै प्रश्नहरु आफैंलाई हजार पटक सोध्नुस् अनि उजागर हुन्छ तपाईंको असली चरित्र। कति ढोङ्गी छौं है हामी? यदि आफ्नो ढोङ्गको तपाइँलाई जानकारी भएमा आत्मालोचना जरुर गर्नुहोला। किनकी तपाईंकै आत्मालोचनाबाट परिवर्तनको सुरुवात हुनेछ।

संविधानमा लेखिँदालेखिँदै र अनेक कानुन बन्दाबन्दै पनि समाजमा चल्दै आएको जातीय विभेदमा कुनै कमी आउन सकेको छैन। किनकि कानुनका ती बुँदाहरु हाम्रा पारदर्शी चरित्रलाई छोप्न बनाइका फगत रङ्गिन बुट्टाहरु हुन् ताकी हाम्रो असलियत अरुलाई सजिलै थाहा नहोस। जब हाम्रो नियत नै जातीय विभेद कायम होस भन्ने  छ भने कानुनका निर्जीव बुँदाहरु लाचार हुन त्यसै विवश छ्न्।

म पहिलेदेखि नै जातीय विभेदको विरुद्धमा थिएँ भन्ने दाबी गर्ने नैतिकता मैले गुमाइसकेको छु। लास ठानेर दफन गरिसकेका विभेद समर्थित मेरा सोच पिचास बनेर हरेक दिन मलाई नङ्याइरहेछन् भन्ने भेद बल्ल खुलेको छ। बाँकी जीवन म आफ्ना लवजमा छचल्किने विभेद समर्थित भावहरुलाई निस्तेज पार्न प्रयासरत रहने छु।

मलाई थाहा छ यो काम कठिन छ, किनकी बाल्यकाल मै मेरो मस्तिष्कमा रोपिएको विभेदको बीउ अहिले सम्पूर्ण सोचमाथि बनमाराझैं फैलिएको छ। तर हाल कम्तीमा हार मानिहाल्ने अवस्थामा म छैन। म एउटा दृण प्रण पनि गर्छु कि मेरा आउने सन्ततिको सोचमा विभेदको यो बीउ रोप्ने छैन। आउनुस् जातीय विभेदको अन्त्यका लागि सबैले आफ्नो द्वैध चरित्र,अस्लिल अभिनय र ढोङ्गी विद्रोही बिम्बको विरुद्ध आत्मालोचना गरौँ।

प्रकाशित मिति: मंगलबार, असार २, २०७७  ०८:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्