• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

एमसिसीबारे भ्रमपूर्ण अड्कलबाजी

राजुप्रसाद चापागाईं  बिहीबार, जेठ २९, २०७७  १४:५५
1140x725

वैदेशिक सहायता, अनुदान र ऋण-अनुदान बारेको धारणा, दृष्टिकोण र नीति बदल्ने हो भने नेपालका लागि अहिले राम्रो अवसर छ। राष्ट्रिय रुपमा नै घोषणा गरौं, अब आइन्दा हामी सहयोगापेक्षी देश बन्दैनौं। हामीले कसैसँग कुनै सशर्त सहायता, अनुदान तथा ऋण अनुदान लिँदैनौं। हाम्रो प्राथमिकता अनुसारको विनाशर्त सहायता कसैले दिन्छ भने मात्रै मञ्जुर हुने छ।

साँच्चिकै यसो गर्न सकियो भने सबै नेपालीका लागि गर्वको विषय हुनेछ। हाम्रो देशले नयाँ मोड लिने छ। हाम्रा विकास साझेदारहरुले पनि आफ्नो धारणामा परिमार्जन र समायोजन गर्नेछन्। 

साँच्चिकै शासनको बागडोर सम्हालेकाहरुमा यस्तो निर्णय गर्ने आत्मविश्वास जागेको हो भने त्यो आत्मविश्वास निम्न कुराको जगमा अडिएको हुनुपर्छः (क) भ्रष्टाचारलाई प्रभावकारी रुपमा नियन्त्रण गर्छौं (ख) झाँगिएको विचौलिया संस्कृति र प्रवृत्ति तोड्छौं (ग) कर प्रशासन र विकास प्रशासनलाई चुस्त र पारदर्शी बनाउँछौं (घ) चौतर्फी दण्डहिनताको संस्कृतिलाई हामी कानुनी शासनको संस्कृतिमा बदल्छौं (ङ) राजस्व चुवावट र दुरुपयोग हुन दिँदैनौं (च) हामीले चाहेका ठूला विकास आयोजनाहरु पनि आफ्नै बलबुता र स्रोत-साधनबाट सम्पन्न गर्ने क्षमता विकास गर्छौं (छ) जस्तोसुकै कठिन परिस्थिति आए पनि हामी अब आत्मनिर्भरताको बाटो हिँड्यौं, हिंड्यौं। अब पछाडि नफर्कने गरी योजनावद्ध ढंगले रणनीतिक रुपमा राष्ट्रिय सहमतिका साथ जुट्छौं। 

यदि त्यसो होइन भने, दोहोरो मापदण्ड र द्वैध चरित्र त्यागौं। सस्तो लोकप्रियताको राजनीति छाडौं। जुनसुकै विषयलाई राष्ट्रियताको लेप लगाएर राजनीति नगरौं। अब रचनात्मक, समावेशी यथार्थपरक, वस्तुनिष्ठ, समयसापेक्ष राष्ट्रियता र राष्ट्रिय हित प्रवद्र्धनको कुरा गरौं। 

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत अमेरिकी सरकारबाट प्राप्त हुने अनुदान पनि विगतदेखि हामीले लिंदै आएका विभिन्न प्रकृतिका सहायता, अनुदान वा ऋण अनुदानहरु जस्तै एउटा अनुदान सहायता हो। यसका बारेमा सार्थक र रचनात्मक बहस गर्न सकिन्छ। तर हामी नेपाली आ-आफैं विभाजित भएर हिलो छ्यापाछ्याप नगरौं। गहिराइमा नगई यसको पक्ष र विपक्षमा भोट हाल्ने काम बन्द गरौं। 

एमसिसीको विषयलाई लिएर अहिले एकखालको गाईजात्रे प्रवृत्ति सत्तारुढ दल, सरकार र विस्तारै आम जनमानसका बीचमा विकसित हुँदै गएको देखिएको छ। यसले नेपालका बारेमा पटक्कै सही सन्देश प्रवाह गरेको छैन। 

कतै एमसिसीका सम्बन्धमा हामीले देखाइरहेको नौटंकी, चर्तिकला र अपरिपक्वतालाई अन्तर्राष्ट्रिय जगतले भविष्यमा नेपाली शासक र नेपाली जनताको वौद्धिक उचाई मापन गर्ने मानक बनाउने त होइनन्? कतै सिंगो राष्ट्रको क्षमता र विश्वसनीयतामाथि नै ठूलो प्रश्नचिह्न लाग्ने त होइन? सचेत नागरिक सबैले सोच्ने बेला आएको छ।

विश्वका स्रोत-साधनको दोहन गरेर आर्थिक विकासको माथिल्लो तहमा पुगेका, विश्वव्यापी रुपमा वातावरण विनास गर्न र तीव्र जलवायु परिवर्तन निम्त्याएर मानव जातिको अस्तित्वलाई नै चुनौती दिन जिम्मेवार देशबाट तेस्रो विश्वका मुलुकमा रहेको गरिबी लगायतका समस्या समाधानमा सहयोग पु¥याउन अनुदान दिनु तिनको दायित्व हो, त्यस्तो अनुदान पाउनु अल्पविकसित मुलुकहरुको अधिकार हो भनेर नेपाल जस्ता मुलुुकले विगतदेखि लड्दै आएको होइन र? विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका त्यही आन्दोलनका कारण मिलेनियम च्यालेन्ज कर्पोरेसन खोलेर विपन्न मुलुकलाई अनुदान दिने प्रबन्ध गर्न दबाबमा परेको होइन र?

nimb
nimb
Ncell 2
Ncell 2

एमसिसीको विषयलाई लिएर धेरै प्रश्नहरु उठाइका छन्। कति फगत राजनीतिक छन् भने कति कानुनी तथा संवैधनिक पक्षसँग जोडेर पनि आएका छन्। केही प्रश्नहरुको बारेमा यहाँ कुरा गरौं। एमसिसी सम्झौतालाई नेपालको संसदबाट पारित गर्नेबारेमा एउटा जबर्जस्त प्रश्न उठाइएको छ। यस सम्बन्धमा विचारणीय पक्ष के छ भने एमसिसी सम्झौताको समष्टिगत रुपमा अध्ययन गर्दा यसले अनुदानप्राप्त विकास आयोजनाहरु असफल हुने छुट नदिनेतर्फ केन्द्रित देखिन्छ। कमजोर विकास प्रशासन, निकृष्ट राजनीतिकरण, अनियमितता र कुशासनको चक्रबाट गुज्रिरहेक अर्थतन्त्रहरुको यथार्थतासँग मेल खानेगरी सम्झौताका सर्तहरु तय भएको देखिन्छ । 

भन्नुको तात्पर्य के हो भने संसदबाट अनुमोदन भएपछि यसले सबैको अपनत्व आर्जन गर्ने, राष्ट्रिय प्राथमिकता प्राप्त गर्ने, कार्यकारी सरकारको तजबिजमा सम्झौताका सर्तहरुको पालनामा तलमाथि नहुने, किटानी गरेको समयमा आयोजना पनि सम्पन्न हुने र चाहेअनुसारको प्रतिफल प्राप्त हुुने कुरा सुनिश्चित हुने मर्म र भावनावाट प्रेरित भएको देखिन्छ।

एमसिसी सम्झौता र हाम्रो संविधानबीचको अन्तरसम्बन्धका बारेमा भएका अड्कालबाजी भ्रमपूर्ण छन्। यसको संवैधानिक प्रभावको बारेमा स्पष्ट हुन सकिने कुनै ठोस कारण देखिँदैन। कुनै पनि देशले गर्ने कुनै द्विपक्षीय र वहुपक्षीय सम्झौता र सन्धि, जो संसदबाट पारित हुन्छन्, ती संविधानको अधिनस्थ र मातहतमा रहेरै अनुमोदन गरिएका हुन्छन्। खाली पारित सम्झौताले सम्झौताका पक्षमा करारीय दायित्व सिर्जना गर्ने हो। एमसिसी सम्झौताका कारण नेपालको दायित्व पनि त्यति कुरामा सीमित हुन्छ, जति कुरामा सम्झौताका सर्तले बोल्छन्। त्योभन्दा बाहिर गएर सोच्न जरुरी छैन। 

नेपाल सन्धि ऐन २०४७ को दफा ९ अन्तर्गत अनुमोदित सन्धि वा सम्झौता प्रचलित कानुनसरह हुन्छ भन्ने प्रावधानको तात्पर्य के हो भने त्यस्तो अनुमोदित सन्धि–सम्झौतामा स्वीकारिएका कुराहरुको हकमा सम्झौताले कानुन सरहको प्रभाव दिने हो। सम्झौतामा उल्लेख गरिएका प्रवधानहरुसँग नेपालको प्रचलित कानुनको कुनै प्रावधान बाझियो भने बाझिएको हदसम्म मात्रै त्यस्तो अनुमोदित सन्धि वा सम्झौताको प्रावधान हावी हुने हो। 

जब नेपालको दायित्व सम्झौतामा लेखिएका सर्तमा मात्रै सीमित हुन्छ, ती सर्तहरु हाम्रा प्राथमिकताको विकास आयोजना कार्यान्वयनमा ल्याउनका लागि हो, त्यसले हामीलाई दीर्घकालीन रुपमा फाइदा पु¥याउँछ भन्ने कुरामा हामी आश्वस्त छौं भने हाम्रो सार्वभौमिकतामा कहाँनेर ठेस लाग्छ?

लेखा परीक्षण लगायतका कुरामा गरिएको खिचलो खासै तार्किक देखिँदैन। हाम्रो महालेखा परीक्षकले परीक्षण गर्न सम्झौताले छेकेको छैन। तर दुवै पक्षको स्वीकार्यताका लागि स्वतन्त्र र प्रतिस्पर्धी, अन्तर्राष्ट्रिय स्तरको लेखा परीक्षण आवश्यक ठानिँदा त्यसलाई अस्वाभाविक मान्नुपर्ने कारण छैन। 

नेपालतर्फ संसदको तहबाट सहमति खोजिने उता भने एउटा कर्पोरेसनले सम्झौता गरे पुग्ने सार्वभौमिक समानता कसरी भयो भनेर पनि तर्क गरेको देखिन्छ। सरसर्ती हेर्दा त्यस्तो देखिनु स्वभाविक हो। तर एमसिसीको कानुनी वैधताको अन्तिम स्रोत पनि त्यहाँको जनप्रतिनिधि थलो नै हो भन्ने बिर्सन हुँदैन। अमेरिकाले सन् २००३ मा नै आफ्नो जनप्रतिनिधि थलोमा व्यापक बहस, छलफल गरेर मिलेनियम च्यालेन्ज एक्ट बनाएको हो। त्यही ऐनले नै अनुदान दिने अख्तियारी सरकारलाई सुम्पेको हो। 

मिलेनियम च्यालेन्ज कर्पोरेसन भनेको त्यही ऐनकै उत्पादन हो। त्यही विधायिकी कानुनले निर्देश गरेबमोजिम नै अमेरिकी सरकारको तर्फबाट मिलेनियम च्यालेन्ज कर्पोरेसनले विभिन्न देशहरुसँग अनुदान सम्झौता गर्दै आएको हो। तसर्थ, त्यहाँको संसदले एकै पटक ऐन बनाएर अख्तियार दिएको विषयमा पुनः देशैपिच्छे गरिने सम्झौतालाई पनि अनुमोदन गरोस् भन्ने अपेक्षा राख्नु कति तार्किक र व्यावहारिक होला? उसले नेपालसँग मात्रै यो सम्झौता गर्ने भएको भए एमसिसीको स्थापना नै किन गथ्र्यो र?

हामी नेपाली पटकपटक (कोशी, गण्डकी, महाकाली र पञ्चेश्वर आदिमा) अगुल्टोले हानिएका कारण बिजुली चम्कँदा तर्सिएका त होइनौं? यदि त्यसो हो भने हाम्रो अल्पज्ञान, सही विश्लेषणको अभावले हामीलाई उद्वेलित बनाइराखेको छ भन्ने बुझ्नु पर्छ।

एमसिसीका बारेमा सतही होइन, तथ्य, प्रमाण र विश्लेषणका आधारमा राष्ट्रिय धारणा बनाउन आवश्यक छ। कागले कान लग्यो भनेर कागको पछाडि दौडिनु बेकार छ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्