काठमाडौं– धनुषामा कार्यरत दुई जना प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ। सोमबार कोरोना संक्रमण पुष्टि भएका धनुषाका तीन जनामध्ये दुई जना प्रहरी हुन्।
प्रदेश २ का प्रमुख डिआइजी धिरज प्रताप सिंहले इलाका प्रहरी कार्यालय फुलगामामा कार्यरत रहेका एक जना असई र एक जना जवानमा कोरोना संक्रमण देखिएको नेपाल लाइभलाई जानकारी दिए।
उनी क्वारेन्टाइनको सुरक्षामा खटिएका प्रहरी हुन्।
त्यसैगरी सोमबार नै बारामा कार्यरत अर्का एक जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।