• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

एकचोटी मात्र 'खाद्य सुरक्षा' बोल्ने नीति तथा कार्यक्रम

रामनारायण श्रेष्ठ / महेश्वर गिरी आइतबार, जेठ ११, २०७७  १२:३१
1140x725

कोरोना भाइरसको महामारीले गर्दा सम्पूर्ण विश्व नै आक्रान्त छ। जसले गर्दा जनस्वास्थ्य तथा अर्थतन्त्रमा निकै गहिरो असर पार्न थालिसकेको छ। यसले पार्ने विभिन्न असरमध्ये खाद्य सुरक्षा पनि एउटा प्रमुख विषय हो।

कोरोनाको महामारीबीच नै नेपाल सरकारको नीति तथा कार्यक्रम  २०७७/०७८ संसदबाट पास भएको छ। यस आलेखमा कोरोना भाइरसको महामारीले गर्दा नेपालको खाद्य सुरक्षामा पर्न सक्ने प्रभाव, केन्द्र सरकारको नीति तथा कार्यक्रमले समेटेका र छुटेका पक्षहरूबारे उल्लेख गरिएको छ।

खाद्य सुरक्षा मुख्यतया खाद्यान्नको उपलब्धता र पहुँचमा भर पर्छ। उत्पादनमा आउन सक्ने कमी, उत्पादित सामग्रीको बजारसम्मको पहुँच, खाद्यान्न आयातमा बाधा लगायतका यावत पक्षहरूले गर्दा खाद्यान्न उपलब्धतामा असर पर्न सक्छ। कृषिका लागि चाहिने मलखाद र बीउ बिजनको सहज उपलब्धतामा आउने कठिनाइ, उत्पादित वस्तुको बजारसम्मको पहुँचमा  आउने सङ्कुचन जस्ता समस्याले गर्दा आन्तरिक उत्पादन र वितरणमा असर पर्न सक्छ, यसले गर्दा खाद्यान्नको उपलब्धतामा असर पर्छ।

नेपाल खाद्य  खुद आयातकर्ता हो। जसले गर्दा विश्व बजारमा खाद्यान्नको मूल्य र आपूर्ति श्रृंखला (सप्लाई चेन) मा आउन सक्ने उत्तरचढावले पनि नेपाल खाद्यान्नको उपलब्धतामा असर पर्न सक्छ। 

खाद्यान्नको उपलब्धताले मात्र खाद्य सुरक्षाको सुनिश्चितता गर्न सक्दैन। खाद्य सुरक्षाको सुनिश्चितताको लागि उत्पादित र आयातित खाद्यान्नमा सबै वर्ग, जाति र समुदायका मानिसले सहज पहुँच स्थापित हुन उत्तिकै आवश्यक हुन्छ। हालको महामारीका कारण उत्पन्न सङ्कटले विशेषतः निम्न आय भएका व्यक्तिहरुको तथा विपन्न वर्गको जीविकोपार्जनका अवसरहरूमा सङ्कुचन ल्याएको कारणले गर्दा खाद्यान्नको पहुँचमा असर पार्छ।

महामारीको प्रभावमा आफ्नो आयस्रोतमा खासै गिरावट अनुभव नगरेका परिवारहरूले पनि मूल्यवृद्धि कारण क्रयशक्तिमा हुने क्षयीकरणका कारण बजारमा उपलब्ध खाद्यान्नको उपभोगबाट आंशिक अथवा पूर्ण रूपमा वञ्चित समेत हुन सक्छन्। त्यस कारण खाद्यान्नको उपलब्धताका साथै खाद्यान्नमाथिको पहुँच र उपयोगिता पनि सुरक्षित गर्नु उत्तिकै महत्त्वपूर्ण हुन्छ। 

यसका अलावा पनि खाद्य सुरक्षाका अन्य पक्षहरू जस्तै उपयोगिता, खाद्य व्यवसायमा हुने एकाधिकार र कालोबजारी, स्थानीय परम्परागत खाद्य वस्तुप्रतिको हेय भावका साथै खाद्यान्नको जोहो र उपभोग गर्न चाहिने ज्ञान र शिल्पीमा हुने क्षयका कारणहरूले पनि खाद्य असुरक्षा बढाउनलाई मलजल गरेका हुन्छन्। 

देशमा झन्डै ४६ लाख जनसंख्या खाद्य असुरक्षामा छन्। यो महामारीले गर्दा खाद्यान्न उपलब्धका साथै पहुँचमा झनै ठूलो असर पार्नेछ। तर १० हजार शब्दभन्दा लामो नीति  तथा कार्यक्रममा 'कोही भोकै पर्दैन,भोकले कोही मर्दैन' भन्ने नारा प्रस्तुत हुँदै गर्दा मुस्किलले 'खाद्य सुरक्षा' भन्ने शब्द एकचोटि मात्र प्रयोग भएको छ। यसले सरकार खाद्य सुरक्षामा खासै संवेदनशील नभएको देखाउँछ।

nimb
nimb
Ncell 2
Ncell 2

हालैको वर्षहरूमा धान, गहुँ, मकै, तरकारी, आलु लगायतका खाद्यान्न उत्पादनमा भएको वृद्धिलाई लिएर सरकारले नीति तथा कार्यक्रममा खाद्य सुरक्षाको अवस्थामा सुधार आएको भनी उल्लेख गरेको छ। सरकारले खाद्यान्नमा नेपाललाई आत्मनिर्भर बनाई प्रशोधित खाद्यवस्तु निर्यात गरिने नीति लिएको छ।

हरेक स्थानीय तहमा खाद्य बचत घरको व्यवस्था गरी खाद्यवस्तु भण्डारण गर्ने पनि नीति तथा कार्यक्रममा जनाइएको छ। साथै सरकारले बाझो उपयोगिता विहीन जमिनलाई भूमि बैङ्कको अवधारणा अनुसार खेत किसानीलाई प्रोत्साहन गर्ने नीति पनि लिएको छ। कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरणका साथै सिंचाई, बीउ-बिजनको व्यवस्था, कृषि तालिम लगायतका कार्यक्रमहरूमार्फत आउने दस वर्षमा कृषि उत्पादकत्व दोब्बर गर्ने प्रतिबद्धता आफ्नो नीति तथा कार्यक्रममामा उल्लेख गरेको छ। 

नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार अघि बढ्न सकेमा पक्कै पनि खाद्य सुरक्षाको अवस्थामा व्यापक सुधार आउनेमा द्विविधा नहोला। तर विडम्बना, नीति तथा कार्यक्रममा समाविष्ट कार्यक्रमहरूले तत्कालका समस्याहरू समाधानका लागिभन्दा पनि मध्यम र लामो दूरीका खाद्य सुरक्षाका लक्ष्यहरूमाथि बढी केन्द्रित भएको देखिन्छ।

करोना सङ्कटसँगै आउने तत्कालको खाद्य अभावलाई कसरी परिपूर्ति गरिन्छ भन्नेबारे नीति तथा कार्यक्रम मौन नै देखिन्छ। विश्वका प्रमुख खाद्यान्न उत्पादक मुलुकहरू जस्तै रसिया, भारत, पाकिस्तान, भियतनाम, कम्बोडिया लगायत  ठूला परिमाणमा खाद्यान्न निर्यात गर्ने देशहरुले हालको परिस्थितिलाई ध्यानमा राखेर आन्तरिक खपतलाई भन्दै खाद्यान्न निर्यातमा कडाइ गरेका छन्।

ठूला र धनी भनिएका भूमण्डलीकरणका हिमायती भनिएका राष्ट्रहरूले नै आत्मनिर्भरताको लहरलाई प्रवर्धन गर्दा हाम्रो जस्तो आयातमा आधारित खाद्यान्न प्रणाली भएको विकासशील राष्ट्रहरूमा खाद्यान्न उपलब्धता आउने ह्रासलाई कसरी परिपूर्ति गर्न सकिन्छ भनी नीति तथा कार्यक्रममा ठोस रूपमा समावेश भएको छैन।

नीति तथा कार्यक्रममा प्रस्तुत केही बुँदाहरुले भने तत्कालको खाद्य उपलब्धताको केही हदसम्म सम्बोधन गर्नसक्ने खालका भए पनि खाद्यान्नको पहुँचको कुरामा भने नीति तथा कार्यक्रम मौननै छ। आन्तरिक वितरण प्रणालीमा सुधार, बजार अनुगमनको व्यवस्था, स्थानीय स्तरमा पनि खाद्यान्न भण्डारण व्यवस्था र आन्तरिक वितरण प्रणालीमा सहजीकरण  गर्ने सरकारको नीतिले तत्कालको खाद्य उपलब्धताको सुनिश्चितताको सम्बोधन गर्न सक्ने भए तापनि खाद्यान्नको पहुँच नहुनाले खाद्य सुरक्षा ओझेल पर्न सक्छ। तसर्थ  बजेट बिनियोजन हुँदा यी विषयमा विशेष ध्यान जानुपर्ने देखिन्छ।  

सामान्यतया खाद्यान्नको उपलब्धतामा तीव्र ह्रास आउँदा अनिकालको अवस्था सिर्जना हुन्छ र अनिकालले भोकमरी ल्याउँछ। तर अनिकालको (उपलब्धताको) अवस्था नहुँदानहुँदै पनि भोकमरीको अवस्था आउन सक्छ भन्ने कुरामा भने हामी सचेत हुनुपर्छ।

नोबेल पुरस्कार विजेता अर्थशास्त्री अमर्त्य सेनले आफ्नो पुस्तक ‘पोवर्टी एन्ड फ्यामिन’ मा बङ्गालको भोकमरी (१९४३-४४), इथियोपियाको भोकमरी (१९७३), अफ्रिकी सहेल क्षेत्रको भोकमरी (१९६८-७३) र बङ्गलादेशको भोकमरी (१९७४) को मिहिन विश्लेषण गरेका छन्।

उनको अध्ययनका अनुसार यी चार भोकमरीमध्येमा केवल इथियोपियाको भोकमरीको समयमा मात्र त्यहाँ अनिकालको अवस्था रहेको थियो। बाँकी तीन भोकमरी भएका क्षेत्रहरूमा खाद्यान्नको उपलब्धतामा कुनै कमी आएको थिएन। अझ ती क्षेत्रहरूमा त विगतका वर्षहरूको तुलनामा खाद्यान्न उत्पादन र आयात दुवैमा उल्लेख्य वृद्धि आएको थियो। अतः अनिकालकै (उपलब्धताकै) कारण मात्र भोकमरीको अवस्था सिर्जना हुन्छ भन्ने बुझाइ गलत छ।

अहिलेको कोरोनाको महामारीले गर्दा खाद्यान्नको उपलब्धता र पहुँच दुवैमा असर पर्ने देखिन्छ। यसले गर्दा सरकारले बजेटमा खाद्य उपलब्धताका साथै खाद्यान्नमाथि सबैको पहुँच बढाउनको लागि उत्तिकै प्राथमिकतासाथ प्रस्तुत हुन जरुरी रहेको छ। मुखैमा आएको धान रोपाईंको सिजनलाई ध्यानमा राखेर त्यसका लागि आवश्यक मल, बीउ-बिजन र कीटनाशक आदिको प्रभावकारी व्यवस्था गर्न सकेमा मात्र पनि खाद्य उत्पादनलाईठुलो भरथेग गर्छ। 

अन्तर्राष्ट्रिय स्तरमा नै आपूर्ति प्रणालीमा आएको अस्तव्यस्तताको परिस्थितिमा निजी आपूर्तिकर्ताहरूमा मात्र भर गर्न नसकिने अवस्थाका कारण सरकारले आफ्नै पहलमा खाद्यान्न आयातलाई सहजीकरण गर्नु जरुरी रहेको छ। यसका साथै आन्तरिक वितरण प्रणालीलाई सहज बनाउनुका साथै वितरणलाई प्रभावकारी बनाउन बजार अनुगमन लगायतका कार्यहरूमार्फत कालोबजारी र संग्रहखोरीलाई निरुत्साहित गर्नु पनि जरुरी रहेको छ, जुन नीति तथा कार्यक्रममा केही हदसम्म उल्लेख पनि छ।

अर्थशास्त्री सेनको अध्ययनको तथ्याङ्क हेर्दा पनि भोकमरीका कारण ज्यान गुमाउनेहरूको ती पेसा, समूह र वर्गका मानिसहरूको बाहुल्य छ, जो गरिबी र दैनिक ज्याला-मजदुरी गरी आफ्नो गुजारा चलाउने गर्दथे। नेपालको हकमा कुन वर्ग, जाति, समुदाय, पेसा समूह साथै भौगोलिक विकटताका आधारमा खाद्यान्नको उपलब्धता र पहुँच छ भन्ने कुराहरुको विश्लेषण र आधारित कार्यक्रमहरुले मात्र हामी भोकमरीजन्य सङ्कट आउनबाट बच्न सक्छौं।

तसर्थ, यी कुराहरुलाई मधयनजर राखी तत्काल गर्न सकिने कार्यहरू जस्तै: परभावित वर्ग र भूगोलको पहिचान र लक्षित खाद्यान्न राहतका कार्यक्रम, नि:शुल्क भोजनको प्रबन्ध र नगद सहयोगसम्मका कार्यक्रमहरू स्थानीय तहको सहयोगमा कार्यान्वयन गर्नतर्फ अग्रसर हुनु जरुरी छ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १२:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्