• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २७, २०८३ Wed, Aug 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

विनोद चौधरी भन्छन्- निजी क्षेत्रलाई नचिमोटियोस्

विनोद चौधरी सोमबार, वैशाख २९, २०७७  १४:०९
1140x725

कोभिड-१९ का कारण विश्वको अर्थतन्त्र सन् २००८ को भन्दा खराब हुने अवस्था आँकलन भएको छ। आइएमएफले सन् २०२० काे आर्थिक वृद्धिदर नकारात्मक रहने प्रक्षेपण गरेको छ। नेपालको हालसम्मको अवस्था आँकलन गर्दा आर्थिक वृद्धिदर एक प्रतिशतमा रहने प्रक्षेपण छ। संयुक्त राष्ट्र सघंले नेपालजस्ता साना अर्थतन्त्र भएका ४४ वटा देशमा कोभिड-१९ बाट सबै भन्दा प्रभाव परेको र यी देशहरुमा वस्तु र सेवाको आपूर्ति बन्द हुँदा भोकमरीको चुनौती बेहोर्नुपर्ने अवस्था आउन सक्ने अवस्थाको बारेमा बोलेकाे छ।

अर्थतन्त्रलाई खराब अवस्थाबाट जोगाउन विभिन्न देशहरुले प्रभावकारी कदम चाल्दै आएका छन्। बंगलादेशले ८ अर्ब डलर, युएई ले २७ अर्ब डलर, दक्षिण कोरियाले १० अर्ब डलर र इन्डोनेसियाले ८ अर्ब डलरको आर्थिक प्याकेज कार्यान्वयनमा ल्याएका छन्। अमेरिका, भारत, चीन, जापानजस्ता ठूला अर्थतन्त्र भएका देशहरुले जिडिपीको १० प्रतिशतसम्मको रकम आर्थिक प्याकेजमार्फत् आर्थिक गतिविधिलाई चलायमान बनाउने कोसिस गरिरहेका छन्।

यो समस्या नेपालको मात्र हैन। र यो समस्या कहिलेसम्म जान्छ भनेर हामीले भन्नसक्ने अवस्था पनि छैन। तर, यसका बाबजुद हामीले हाम्रो जीवनलाई सामान्य रुपमा चलाउने प्रयत्न गर्नुपर्छ। त्यसका लागि हामीले अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउने काम गर्नु पर्छ।

नेपालमा पर्यटन, औद्योगिक उत्पादन र रेमिट्यान्स अत्यन्तै खराब अवस्थामा पुगिसकेको छ।  निर्माण तथा थोक खुद्रा बजार, कृषि क्षेत्र  र बैंकिङ क्षेत्र प्रतिकूल अवस्थामा पुगिसकेका छन्। योसँगै जलविद्युत र सिमेन्टजस्ता बृहत लगानी भएका क्षेत्रमा पनि समस्या सिर्जना भएको छ। निर्माणमा पनि ढिलासुस्ती भइसकेको छ। ब्याजको मारमा व्यवसायी परेका छन्। निर्माण सामग्रीको उपलब्धता शून्यजस्तै भएको छ। यी सबै कारणले मुलुकले ठूलो र दुरगामी समस्या झेल्नुपर्ने अवस्था छ।

अर्थतन्त्रमा आएको समस्या निजी क्षेत्रको मात्रै हैन र सरकारको मात्रै पनि हैन। यो सबैको साझा समस्या हाे। साझेदारीको समस्या हो। यो राष्ट्रिय समस्या हो।

त्यसैले सर्वप्रथम सोचमा स्पष्ट हुनुपर्छ। विश्वका अन्य मुलुकले साना तथा मझौला उद्योग व्यवसाय र रोजगारी संरक्षणका लागि आर्थिक राहतका प्याकेजहरु कार्यान्वयनका ल्याउनुको कारण राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाइराख्ने प्रयास हो। यो निजी क्षेत्रलाई भरथेग गर्नका लागि मात्रै खोजिएको प्रयास हैन।

अहिलेको स्थितिमा निजी क्षेत्र र सरकारले सहकार्यका काम गर्नुपर्छ। निजी क्षेत्रलाई जति  चिमोटे पनि हुन्छ भन्ने मानसिकता सही हैन। साथै सरकार एक्लैले यो समस्याको सामाधान गर्न सक्छ र पार लगाउन सक्छ भनेर निजी क्षेत्रले सोचिरहेको छ भने पनि त्यो सही हैन। दुवै पक्षको सोचबाट यो समस्याको समाधन खोजिनु पर्छ।

यो समय हाम्रो राष्ट्रिय अर्थतन्त्रलाई सकेसम्म कम प्रभावित बनाउन जे-जे गर्नु पर्दछ ती सबै स्रोतहरुको परिचालन गर्नु पर्ने समय हो। विश्वका अन्य थुप्रै मुलुकले अर्थतन्त्र बिग्रिन नदिन चालेको  कदम तथा प्रयास यसका उदाहरण हुन्। हामीलाई थाहा छ सरकारका पनि सीमितता छन्। तर, पनि देशमा स्थापित उद्योग  र सेवा क्षेत्रलाई बचाउन भने सरकारले फेरि लामो समयसम्म वित्तिय समस्या झेल्नु पर्छ।

nimb
nimb
Ncell 2
Ncell 2

हामीले के बुझनुपर्छ भने गोठको लै‌नो गाई बिरामी परेको छ, यसलाई उपचार गरेर बचाइयो भने फेरि केही दिनबाटै बिहान र बेलुका नै दुध दुहुन पाइन्छ। तर, उपचार खर्च जोगाउने नाममा उसलाई बचाउन सकिएन भने सधैंका लागि दुध गुम्ने छ। त्यसैले सरकारले अहिले समस्यामा परेको उद्योग व्यवसायलाई पूर्ववत अवस्थामा फर्काउन उपचार खर्च गर्न डराउन हुन्न। संकटमा यिनीहरुलाई जोगाउन सकियो भने यसबाट राष्ट्रिय ढुकुटीमा निरन्तर आय भइरहन्छ। जब हामी राहतको कुरा गछौं, जिडिपीको ५ देखि १० प्रतिशतसम्म  तरलता बजारमा प्रभाव गर्ने कुरा गछौं तब यसको मर्मलाई आत्मसाथ गर्छौं।

विभिन्न अवरोध भएर बसेका योजनाहरु, रोजगारी सिर्जना गर्ने सेक्टरहरु, पर्यटन तथा ठूला उद्योगहरु र निर्माण क्षेत्रहरु तिनलाई अत्यन्तै  सहज रुपमा वित्तिय पहुँच उपलब्ध गराउनु  आजको आवश्यकता हो। प्राविधिक रुपमा एक-दुई प्रतिशत ब्याजदर छुटले कुनै महत्व राख्दैन। उद्योगको प्रकृति र यसले झेलिरहेको समस्याको अवस्थालाई मूल्यांकन गरी ती उद्योगका लागि तरलता प्रवाहका लागि यस्तो गर्नुपर्छ कि तत्कालकाे व्ययभार थेग्न सकोस्। उद्योगलाई दिगाे बनाउन सम्भव होस्।

बेलायतले २० विलियन पाउन्डको आर्थिक प्याकेज सार्वजनिक गर्दै आगामी ३ महिनासम्मका लागि कर्मचारीको ८० प्रतिशत तलब सरकारले बेहोर्ने घोषणा गरेको छ। त्यस्तै न्यूजिल्यान्डले पनि तलब र करमा सहयोग गर्न ७ दशमलब ३ विलियन डलरको आर्थिक प्याकेज सार्वजनिक गरेको छ।
हामीले रोजगारीका अवसरहरुलाई कसरी जोगाएर राख्ने भने विषय पनि आजको अत्यन्तै गम्भीर समस्या हो।

हाम्रो श्रम बजारमा वार्षिक ५ लाखभन्दा बढी युवा भित्रिन्छन्। मध्यपूर्वबाट मात्र हैन अमेरिका र युरोपमा रहेका नेपाली पनि स्वेदश फर्कन चाहिरहेका छन्। श्रम बजारमा कोरोनाले उत्पन्न गरेको समस्याका कारण लाखौं युवा नेपाल फर्कने दिनको प्रतिक्षामा छन्। देशभित्रै श्रम बजारमा आउने र विदेशबाट फर्केर आउन बाध्य भएका युवालाई अब यहाँ रोजगारी दिनु पर्ने अवस्था छ। हाम्रो अर्थतन्त्रमा आएको मन्दीले देशभित्रकै रोजगारी पनि गुम्ने अवस्थामा पुगेको छ।

त्यसैले हामीले ती युवाहरुको रोजगारी व्यवस्थापनतर्फ गृहकार्य गर्न जरुरी छ।

(सांसद चौधरीले प्रतिनिधिसभामा दिएको वक्तव्यमा आधारित)

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  १४:०९
  • #binodchaudhary

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सदनमा माननीयहरु हराएपछि...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान
ललितपुरमा अनधिकृत संरचना सात दिनभित्र हटाउन सूचना
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
सदनमा माननीयहरु हराएपछि... मंगलबार, साउन २६, २०८३
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान मंगलबार, साउन २६, २०८३
ललितपुरमा अनधिकृत संरचना सात दिनभित्र हटाउन सूचना मंगलबार, साउन २६, २०८३
ब्रोडपिक आरोणका क्रममा ज्यान गुमाएका तीन आरोहीको शव ल्याइयो [तस्बिरहरु] मंगलबार, साउन २६, २०८३
शशांकको माग अस्वीकार गर्दै कांग्रेस संस्थापनले भन्यो– महाधिवेशन नगरे पार्टी अवैधानिक हुन्छ मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
साँझको ड्युटी सकेर जुवाखाल छिरेका प्रहरीका सई च्याप्पै समातिए मंगलबार, साउन २६, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, साउन २६, २०८३
शशांकको माग अस्वीकार गर्दै कांग्रेस संस्थापनले भन्यो– महाधिवेशन नगरे पार्टी अवैधानिक हुन्छ मंगलबार, साउन २६, २०८३
एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्