• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार
ऋण उठेको छैन, हामी आफैँ प्रभावित भइसक्याैँ : पर्शुराम कुँवर [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ सोमबार, वैशाख २९, २०७७  १६:२८
1140x725

कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेकाे लकडाउनका कारण सम्पूर्ण व्यापार-व्यवसाय ठप्प छ। ऋण लिएर व्यवसाय गर्नेहरू प्रभावित हुँदै गर्दा यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रमा पनि पर्ने आँकलन गर्न थालिएको छ। कोरोनाले बैंकिङ क्षेत्रमा पारेको प्रभावका विषयमा केन्द्रित रहेर नेपाल लाइभका अरुण सापकोटाले सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवरसँग गरेको कुराकानीः 

कोरोना रोकथामका लागि सरकारले लकडाउन गरेको छ। यसले आम जनजीवनमा ठूलो प्रभाव पारिरहेको छ। यो सिलसिलामा बैंकिङ क्षेत्रलाई कत्तिको प्रभावित पारिरहेको छ?
बैंकहरू पनि अर्थतन्त्रका अंग हुन्। हामी फरक हुनै सक्दैनौ। बैंकलाई अत्यावश्यक सेवाको क्षेत्र भनिएको चलाउनैपर्‍याे। कर्मचारीहरूले आफ्नो जीवन हत्केलामा राखेर कार्यालयमा आएर काम गर्नु परेको छ। 

हामीलाई प्रहरीले समन्वय गरेको छ। परिचयपत्र देखाएर, हामीले दिएको चिठ्ठीका आधारमा सहयोग पाइरहेका छौं। सुरुवाती अवस्थामा सबैमा अन्योल थियो। हाम्रा कर्मचारी थुनिए पनि। मुद्दा नै खेप्नु पर्छ कि, मोटरसाइकल-गाडी नै जफत हुन्छ कि भन्ने पनि भयो। अहिले  सहज भएको छ। 

तर जोखिम लिइनैरहेका छौं। हाम्रा ग्राहक आइरहनु भएको छ। हामीले ग्राहकहरूलाई लकडाउन अवधिभर सकेसम्म बैंकमा नआउनुस् भनेका छौं। यदि संक्रमण बढ्यो र समाजमा फैलियो भने हामीले धान्न सक्दैनौँ। अमेरिकाजस्ता शक्तिशाली देशहरूले समेत धान्न सकेका छैनन्। हामीले के सक्छौँ? त्यसैले ग्राहकहरू आउँदै नआउनुस् डिजिटल कारोबार बढाउनुस्, मोबाइल बैंकिङ, क्रेडिट कार्ड प्रयोग गरिदिनुस् भनेका छाै‌ं। हामीले लकडाउन अगाडि नै डिजिटल कारोबारलाई निःशुल्क बनाएका छौं।

नगद नै चाहिन्छ भन्नुहुन्छ भने एटिएम जानुस्। हामीले सबै एटिएममा नगद राखेका छौं। एउटा बैंकको ग्राहकले अर्को बैंकको एटिएमबाट पैसा झिक्दा शुल्क नलाग्ने बनाएका छौं। काउन्टरमै गएर झिक्ने हो भन्नुहुन्छ भने थुप्रै शाखा खोलेका छौं, तर निश्चित समयका लागि अप्ठ्यारो स्थिति छ। ग्राहकले हामीकहाँ पैसा राख्नुभएको छ। त्याे झिक्न नसकेकाे स्थितिले औषधि किन्न नसक्ने अथवा खाद्यान्नै किन्न नपाउने स्थिति आउन दिँदैनौ। हरेक शाखाका ब्रान्च म्यानेजर र अप्रेसन इन्चार्जको टेलिफोन नम्बर त्यो शाखामा पनि टाँसेर राखेका छौ र हाम्रो वेबसाइटमा पनि छ। 

यो त रह्यो सञ्चालनतर्फको समस्या। बैंकको वास्तविक व्यवसाय निक्षेप संकलन, कर्जा लगानीतर्फ के-कस्तो प्रभाव परेको छ? 
व्यवसायतर्फ त ठप्पै छ नि। ग्राहकहरू लकडाउन भएका कारण बाहिर निस्कनु भएकै छैन। व्यापार व्यवसायहरू सबै बन्द छन्। अर्थतन्त्र सबै ठप्प छ। सरकारको राजस्व नै लक्ष्यजति उठ्न सकेको छैन। हाम्रो कर्जा बढेको छैन। आज २२/२३ गतेसम्ममा नेपाली बैंकहरूको कर्जा जम्मा ६ अर्ब रुपैयाँले बढेको छ। जबकि निक्षेप ३७ अर्ब रुपैयाँले बढेको छ। कर्जाको माग नै छैन। 

हाम्रो निक्षेपको प्रमुख स्रोत रेमिट्यान्स ४५ प्रतिशतले घटेको छ। हाम्रो सेवा शुल्क तथा कमिसन आम्दानी सबै छुट गरेका छौँ। उता ब्याज तिर्ने समय थपिदिएको छ। हाम्रो हालत पनि अरु अर्थतन्त्रमा जुन हार्डसिप छ, त्यस्तै अवस्थामा छ। 

नेपाल राष्ट्र बैंकले पछिल्लो समय दुई प्रतिशत ब्याज छुट दिने नीतिगत व्यवस्था गरेको छ। बैंकहरूमा अर्बौं रुपैयाँको लगानी छ। एकै पटक बैंकहरूले २ दुई प्रतिशत छुट दिँदा बैंकिङ क्षेत्रको सञ्चालनमा समस्या आउने अवस्था रहँदैन? 
यसमा म धेरै प्रतिक्रिया दिन चाहन्नँ। तपाईंहरू आफैँ विश्लेषण गर्नुस्। यतिमात्रै भन्छु कि हामी पनि व्यापारी हाैं, निजी क्षेत्र हौं। हाम्रा पनि शेयरधनी छन्। हामी पनि प्रभावित पक्ष हाैं। कमिसन फी केही आएको छैन। आर्थिक क्रियाकलाप केही भएको छैन। 

हाम्रा पनि शेयरधनी छन्। निक्षेपकर्ताहरूलाई व्याज तिर्नु पर्छ। कर्जाको पैसा उठिरहेको छैन। हामी पनि प्रभावित पक्ष हो।

निक्षेपकर्ताहरूलाई हामीले ब्याज तिर्नुपर्छ। कर्जाको पैसा उठिरहेको छैन। अथवा तिर्न सक्ने माहोल छैन। कतिपय कर्जाहरू भविष्यमा गएर बिग्रिने होलान्। त्यसकारणले हामीलाई धेरै असर पर्ने खालको काम गर्न कत्तिको उपयुक्त हुन्छ हुँदैन, त्यसलाई पक्कै पनि हेर्नुहुनेछ भन्ने लागिरहेको छ। 

६ वर्ष अगाडि हाम्रो ‘रिटर्न अन क्यापिटल’ ३० प्रतिशत थियो। गत पुसमा १५ प्रतिशतमा झरेको छ। अहिले प्रतिस्पर्धा छ। माहोल नै छैन। सामान्य अवस्थामा पनि हाम्रो व्यवसायको प्रतिफल घटिरहेको छ। यो प्रश्नमा मैले यतिमात्रै भनेँ। 

नेपाल राष्ट्र बैंकले दुई प्रतिशत छुट दिनुपर्ने अवस्थालाई मध्यनजर गरेर खराब कर्जा, प्रोभिजनिङका कुराहरूमा नीतिगत रुपमा सहजीकरण गरिदिएको छ। हिजोका दिनमा त्यस्तो व्यवस्थामा कडाइ थियो। राम्रो संरचनामा चलेको बैंकिङ क्षेत्रलाई छुट दिएको जस्तो गर्दा भोलिका दिनमा थप अप्ठ्यारो पर्न सक्दैन? 
राम्रो प्रश्न सोध्नुभयो। नेपाल राष्ट्र बैंकले प्रोभिजनिङको क्लासिफिकेसनका बारेमा जुन रिल्याक्सेसन गर्नु भएको छ। त्यो गर्नैपर्छ भन्या पनि होइन। नगरे पनि हुन्छ भन्ने हो। प्रोभिजनिङको बारेमा खासै बोलिसकेको पनि छैन। खाली चैतमा तिर्नु पर्ने पैसा त्यतिबेला तिरेनन् भने असारसम्मको समय देऊ अनि डाउनवेट गरे पनि हुन्छ भन्ने र अहिले बैशाख र जेठको जुन हाम्रो किस्ता छ। त्यसलाई पनि असारसम्म पुर्‍याइएकाे छ, त्यसलाई डाउनवेट नगरे हुन्छ भन्ने खालको मात्रै व्यवस्था हो। 

बैंकहरूले आन्तरिक रुपमा छलफल गरिरहेका होलान्। हामीहरू पनि आन्तरिक रुपमा छलफल गरिरहेका छौं। यो प्रोभिजनिङको पाटोलाई कसरी ह्याण्डलिङ गर्ने? किनेभने डेटोरेसन भाको छ। कारण जेसुकै होस् 'हाम्रो पोर्टफाेलियो बटमलाइन' डेटोरेट भएको छ। 

यो चुनौतीपूर्ण समय छ। हाम्रा फिगरहरू, पोर्टफेलियोहरू स्वच्छ रुपमा मोनिटर गरिरहेका छौं। प्रोभिजनिङको पाटोलाई कसरी ह्याण्डलिङ गर्ने भनेर आन्तरिक रुपमा छलफल गरिरहेका छौं 

अझै पनि हामीहरू महामारीकाे उचाइमा पुगेका छौं कि छैनौं थाहा छैन। उचाइमा कहिले हुने हो। झर्दै जाने कहिले हो। लकडाउनमा सधैँ कडाइ नहोला। सहज भयो भने पनि सामान्य हुन अलिकति समय लाग्ला। यसले गर्दा जति ढिलो हुन्छ त्यति नै हाम्रो पोर्टफेलियोको क्वालिटीमा असरचाहिँ पर्छ। त्यसैले जोखिम बढिरहेको छ। यसलाई 'कर्जा लस प्रोभिजनिङ' गरेर अगाडि बढ्नुपर्छ।

पोर्टफेलियो डिटोरेसनका लागि एउटा इन्स्योरेन्सको काम गर्छ। अर्को हामीले हाम्रो पुँजीलाई कन्जर्भ गर्ने हो। यो चुनौतीपूर्ण समय छ। हाम्रा फिगरहरू, पोर्टफेलियोहरू स्वच्छ रुपमा मोनिटर गरिरहेका छौं, बोर्ड लेभलसम्म छलफल भैरहेको छ। व्यवस्थापन तहमा त छलफल हुने नै भयो। निकै गाह्रो समय छ।

केही समय अगाडि इक्रा नेपाल र केयर रेटिङ नेपालले टुरिजम, होटल, एभिएसन, रडको कर्जाको रेटिङलाई सस्पेण्ड गरेको छ। यसले कोरोना भाइरसको कारणले यी क्षेत्रमा समस्या छ भन्ने संकेत गरिसक्यो। अब यी कर्जाको रेटिङ यति नै हो भन्न सक्दैनौं भनेर सस्पेण्ड गरेको छ। ठूलो कर्जा यो सेक्टरमा छ। भोलिका दिनमा यसलाई कसरी व्यवस्थापन गर्ने? 
सिमेन्ट, रडको जुन कुरा गर्नुभयो, कोभिड आउनुभन्दा अगाडि नै अलिकति स्लो डाउनमा गैसकेको थियो। उद्योगको क्षमता ज्यादा थियो। पोहोर परारको जस्तो निर्माण भैरहेको थिएन। भूकम्पका कारणले निर्माण अलि बढी नै भएको थियो। त्यस आधारमा क्षमता पनि थपियो होला। त्यस्तो किसिमको माग हुन्छ भनेर होला। सधैं त्यस्तै किसिमको डिमाण्ड हुँदैन। कोभिडपछाडि सिमेन्ट-छडमात्रै होइन अन्य व्यवसायमा पनि असर परिसक्यो। 

एउटा झिनो आशा छ,हाम्रो पर्यटन क्षेत्र युरोप-अमेरिकाको भन्दा अलि चाँडाे ठीक हुन्छ कि!

होटल, पर्यटनमा सबैभन्दा चुनौती छ, नेपालमा मात्रै नभइ संसारभर नै। हामी आफैंलाई कसैले म सबै खर्च बेहोर्छु, तपाईं १५ दिन युरोप घुमेर आउनुस भनेर भन्यो भने हामी जान्छौ र? हामी जाँदैनौ, चाहिँदैन भन्छौ। त्यसै गरेर कतिपय मानिसहरू घुम्न मन पराउँदैनन् होला। एउटा सुखद पक्ष, एउटा झिनो आशा, हाम्रो पर्यटन क्षेत्र युरोप-अमेरिकाको भन्दा अलि चाँडै रिभाइभ हुन्छ कि जस्तो लागिरहेको छ। किनभने संसारका ११ वटा अर्थतन्त्रमध्ये नेपाल एउटा यस्तो हो जहाँ सकारात्मक वृद्धि हुन्छ भनेका छौं। 

भारत, चीन र नेपाल हामी तीन वटै देशको सकारात्मक वृद्धि हुन्छ भनेका छौं। कोभिडको प्वाइन्ट अफ भ्युले पनि युरोप र अमेरिकामा जति क्षति भयो, यी तीन देशमा त्यति भएको छैन। भगवानसँग प्रार्थना गरौं, अरु क्षति नहोस्। विश्वमा हाम्रो पर्यटन अन्य क्षेत्रको भन्दा छिट्टै 'रिभाइव' हुन्छ कि? नेपालको मात्रै नभएर भारत र चीनको पनि। यदि यस्तो भयो भने हाम्रो प्रमुख स्रोत भारत र चीन नै हुन्। अनि हामीले धेरै दु:ख गर्नु पर्दैन होला। 

बैंक निक्षेपको प्रमुख स्रोत रेमिट्यान्स हो। एकातिर खाडी तथा युरोप-अमेरिकाबाट आउने रेमिट्यान्स घट्दै छ। अर्कोतर्फ बैंकको ब्याज र किस्ता उठ्न सक्ने अवस्था छैन। यसले बैंकको स्रोत बिस्तारै घट्दै गइरहेको छ। अवस्था सामान्य हुँदै गर्दा भोलिका दिनमा कर्जाको माग बढ्दै जान्छ। त्यसपछि निक्षेपको स्रोत के हुन सक्छ? 
जति रेमिट्यान्सहरू आइरहेको छ, अधिकांश खर्च भइरहेको छ। बचत ५/७ प्रतिशतमात्रै छ। जति आउछ उपभोगका लागि खर्च हुन्छ। अहिले १४ प्रतिशतदेखि २० प्रतिशतसम्म रेमिट्यान्स घट्छ भन्ने कुरा आइरहेको छ। दक्षिण एसियाको २२ प्रतिशतले घट्छ भनिएको छ। यस वर्ष करिब ७१० अर्ब रुपैयाँ भित्रिनेछ भन्ने प्रक्षेपण आएको छ। गत वर्ष ८७९ अर्ब रुपैयाँ थियो। 

त्यो भयो भने करिब साढे १९ प्रतिशत रेमिट्यान्स घट्छ। हाम्रा दाजुभाइ दिदीबहिनीले मिहिनेत गरेर कमाउनु भएको पैसा पठाइरहनु भएको छ। उहाँको परिवारको खपत गर्न सक्ने क्षमता बढिरहेको छ। जसले गर्दा माग बढिरहेको छ। दुर्भाग्य त्यो मागलाई हामी आफैंले उत्पादन गर्न सकेको भए गज्जब हुने थियो। तर त्यो मागलाई आपूर्ति गरेर पुरा गरेका छौं। त्यसाे हुँदा हाम्रा व्यापारीहरूले व्यापार पाएका छन्। हामी बैंकले पनि ती व्यापारीहरूलाई कर्जा दिँदा व्यापार पायौं। अनि राज्यले पनि राजस्व पाएको छ। 

यसरी रेमिट्यान्सले हाम्रो अर्थतन्त्रलाई चलायमान बनाएको छ। जनताको पर्चेजिङ पावर बढिरहेको छ। डिम्याण्ड क्रियट भैरहेको छ। हुन सक्छ हाम्रा उत्पादनमुलक कम्पनीहरूले केही उत्पादन गरे होलान्। 

त्यो स्रोत घट्नेबित्तिकै ‍हामी ‘भिसेप’ सर्कलमा जान्छौ। पर्चेजिङ पावर बढ्दैन। माग सिर्जना हुँदैन। त्यसाे नभएपछि आपूर्ति पनि हुँदैन। आपूर्ति कम हुनेबित्तिकै हाम्रो व्यापार पनि कम हुने भयो। यसले सरकारको राजस्व पनि कम हुने भयो। जब सरकारको राजस्व कम हुन्छ भने उसले खर्च गर्न पनि सक्दैन। 

त्यसपछि हाम्रो विकासको दर के हुन्छ? त्यसकारणले गर्दा आउदा दिनमा त्यति राम्रो छैन। जो मानिसहरू विदेश जान सक्दैनन् या विदेशबाट फर्किएका छन्। तिनले यसलाई अवसरको रुपमा लिनु पर्छ। काम सानो-ठूलो हुँदैन। आफ्नो जग्गा जमिनमा हलो जोत्ने काम पनि सानो-ठूलो हुन्छ? अर्काको देशमा भेडा चराउन हुने, अर्को देशमा निर्माण मजदुर भएर काम गर्न हुन्छ भने आफ्नो खेतबारीमा खन्न हलो जोत्न किन नहुने? हामी  खाद्यान्न, तरकारी लगायतमा आत्मनिर्भर हुनु पर्छ।

पछिल्लो समय ठूला परियोजनाहरूको लगानी मोडालिटी परिवर्तन गर्नु पर्ने कुरा उठिरहेको छ। यस्ता परियोजना निर्माणका लागि वैकल्पिक लगानीको स्रोत के-के हुन सक्छ? 
हाम्रो निक्षेपको वृद्धि १४/१५ प्रतिशत हुने भनिरहेका छौं। त्यो पनि हुन्छ कि हुँदैन थाहा छैन। अहिलेसम्म निक्षेपको वृद्धि ६/७ प्रतिशतमात्रै छ। यो वर्ष हाम्रो अनुमान १४ प्रतिशतमात्रै हुन्छ कि भन्ने लाग्छ। मौद्रिक लक्ष्य २० प्रतिशत थियो। 

लगानीको प्रमुख स्रोत बैंक निक्षेप हो। तर स्टक मार्केटमा गएर बण्ड जारी गर्ने शेयर जारी गर्ने एउटा भयो। अर्को प्रमुख स्रोत भनेको वैदेशिक ऋण नै हो। राष्ट्र बैंकले वैदेशिक ऋणको बाटो खोलिदिएको छ। हामीले बाहिरबाट ल्याउन सक्नुपर्‍याे। बाहिरका लगानीकर्तालाई कन्भिन्स गर्नुपर्‍याे। 

हाम्रो विदेशी मुद्रा बलियो छ। हामी गरिब देश हौंला। तर अहिलेसम्म विदेशी ऋण तिर्नमा डिफल्ट गरेका छैनौं। अरुले तिमीलाई दिएको कर्जा माफी भयो भनियो होला। तर अहिलेसम्म डिफल्ट गरेकाे छैन। समय थपिदेउ पनि भनियो होला। पुनर्तालिकीकरण पनि माग्यौं होला तर डिफल्टचाहिँ गरेका छैनौं। 

हामीले विदेशी संस्थाहरूलाई भन्नेचाहिँ त्यही हो। हामीसँग धेरै स्रोत साधन छ। हिजोका दिनमा राजनीतिक समस्या थिए। तिनलाई हामीले नै समाधान गरेका हाैं। कसैले आएर समाधान गरेको होइन। चाहिनेभन्दा अलि बढी समय लिए होलान्। तर समाधान हामीले नै गरेका हौं।

हामीले सबै किसिमका राजनीतिक अस्थिरतालाई पन्छायौं। अब हामी सबै खालका आर्थिक विकासमा लागिरहेका छौं। हामीलाई मद्दत गर्नुहोस् तपाईंकाे पैसा डुब्दैन। तपाईंको पैसा भनिए अनुसार तिर्न सक्छौं।

मर्जरपछि सिनर्जी आउँदै छ। गिलासमा सर्वत मिलाउनु पर्ने भएको छ। मिठो सर्वत। त्यसका लागि विभिन्न तत्वहरू हाल्न लागिएको छ। 

समय लाग्छ। भन्नेबित्तिकै हुँदैन। राष्ट्र बैंकले विदेशबाट पैसा ल्याउन सक्छौ भनेर खोलिदियो। अब ह्वारह्वार्ती पैसा आउछ भन्ने होइन। यसमा समय लाग्छ। हामीले कन्भिन्स गर्नुपर्छ। हामी बैंकले पनि र हाम्रा निजी क्षेत्रले पनि बाहिरबाट पनि पैसा ल्याउन त्यहाँका मानिसहरूसँग छलफल  गर्नु पर्‍याे। हामीलाई वैदेशिक लगानी नभइ हुँदैन। 

आफ्नो लगानीले आफ्नो स्रोतले पुग्दैन। आफ्नो स्रोतले मात्रै गर्न खोज्यो भने हाम्रो वृद्धिदर धेरै हुँदैन। जिडिपी र कर्जाको अनुपात ३० प्रतिशतमात्रै छ। अन्य देशहरूले जिडिपीभन्दा १२० प्रतिशतभन्दा धेरै ऋण लिनेहरू छन्। त्यसो भएको हुनाले हामीसँग त्यो क्षमता पनि छ। जिडिपीको तुलनामा हामी धेरै ऋणमा डुबेका छैनौं। कतिपय द्विपक्षीय तथा बहुपक्षीय मित्रराष्ट्रहरूले माया पनि गर्नु भएको छ। बरु हामीले नै योजना लैजान सकेका छैनौं।

किनभने हिजो हाम्रो प्राथमिकता राजनीतिमात्रै थियो। अब हामीलाई कुर्सी जोगाउनुपर्ने स्थिति छैन। कोरोनाले हामीलाई सेटव्याक दिएको छ। मलाई लाग्छ हामी छिटै नै 'वाउन्सव्याक' हुन्छौं। 

बैंकको कर्जा घरजग्गा तथा अटोमा बढी छ। अब भोलिका दिनमा कस्तो-कस्तो क्षेत्रमा कर्जाको प्राथमिकता हुनु पर्छ? 
होइन, प्राथमिकताभन्दा पनि अर्थतन्त्रको कुन क्षेत्रमा माग हुन्छ त्यहाँ बैंकले लगानी गर्ने हो। राम्रो भैरहेको सेक्टरमा दिन्नँ, राम्राे नगरेको सेक्टरमा मात्रै कर्जा दिन्छु भन्यो भने आफ्नै कर्जा बढ्दैन। इकोनोमीमा जुन सेक्टरले राम्रो गरिरहेको छ सबैको पैसा त्यही जाने हो। निजी क्षेत्रको पैसा पनि त्यही जाने हो र बैंकको पैसा पनि त्यही हो। बैंकले विचार गर्नु पर्ने कुरा के हो भने अधिकतम जानु भएन। जसरी बढिरहेको छ त्यसरी नै तल झर्छ। त्यसैले स्थिर हिसाबले बढेको ठाउँमा बैंकले लगानी गर्‍याे भने त्यो व्यापारको जोखिम पनि कम हुन्छ। बैंकलाई पनि दीर्घकालीन हुन्छ। 

तर आगामी दिनमा मलाई के लागिरहेको छ भने खाद्यान्नको व्यापार सधैं नै कम जोखिमको व्यापार हो। विश्वको जुनसुकै कुनामा। यसलाई हामी ‘ननसाइक्लिकल बिजनेस’ भन्छौं। ‘ननसाइक्लिल बिजनेस’ भनेको इकोनोमीमा जेसुकै होस् केही पनि फरक पर्दैन। खानु त पर्‍याे नि। तपाईं हिजो बासमति खानुहुन्थ्यो भने अबचाहिँ मोटो चामल खान थाल्नु होला। किनभने तपाईंकाे आम्दानी घट्यो। अर्को औषधि। हिजोका दिनसम्म म बेरोजगार थिएँ। म रोजगार भएँ, आम्दानी बढ्न थाल्यो भनेर टाउको दुख्दा दुई वटा सिटामोल त खान्न नि! 

त्यसैले अर्थतन्त्रमा जे सुकै होस् यस्ता खालका सामग्रीको व्यापार नियमित रुपमा ठीक भैरहेको हुन्छ। र, खाद्यान्नको कुरा गर्दा हामीलाई कोभिडले दुई वटा कुरामा हामी आत्मनिर्भर हुनुपर्ने रहेछ भन्ने सिकायो। एउटा औषधिका लागि पूर्वाधार बनाउनु पर्ने रहेछ,आत्मनिर्भर हुनु पर्ने रहेछ। 

अबका दिनमा स्कुटर, मोटरसाइकलको माग बढी हुन्छजस्तो लाग्छ। लकडाउन अलिकति सहज भैहाल्यो भने पनि सबैजना सार्वजनिक बसमा चढ्दैनन्। सबैले गाडी पनि खरिद गर्न सक्दैनन्।

अर्को खाद्यान्न उत्पादनमा जतिसुकै महंगो भए पनि आफैंले उत्पादन गर्नुपर्दो रहेछ, खास गरेर स्थायी हुने खालको। सबै किसिमको खाद्यान्न त हामी उत्पादन गर्न सक्दैनौ। स्थायी खालकाे खाद्यान्न रोटी हो भने गहुँमा आत्मनिर्भर हुनुपर्‍याे। अथवा भात खाने हो भने चामलमा आत्मनिर्भर हुनुपर्‍याे।  ढिडो खाने हो भने कोदोमा। 

अबका दिनमा स्कुटर, मोटरसाइकलको माग बढी हुन्छजस्तो लाग्छ। लकडाउन अलिकति सहज भैहाल्यो भने पनि सबैजना सार्वजनिक बसमा चढ्दैनन्। सबैले गाडी पनि खरिद गर्न सक्दैनन्। ५० लाखभन्दा माथिको गाडी किन्न पनि पाइँदैन। सरकारले त्यो भन्दा कमको गाडी रोकिदियो भने पनि आश्चर्य मान्नुपर्दैन। किनभने अत्यावस्यकबाहेक सामानमा कटौती गरौं भन्ने कुरा आउछ। यसले हामीलाई मार पार्ने भनेको राजस्वमा मात्रै हो। सर्वसाधारणले टेम्पु, बस चढ्नुभन्दा स्कुटर नै चढ्छु भन्ने लाग्यो भने साना सवारी साधनको माग बढी हुन्छ। 

बिस्तारै हामी सामान्य अवस्थामा फर्कँदै गयौं भने निर्माण सामग्रीहरू सिमेन्ट, छडको व्यापार पनि पिकअप हुँदै जान्छन्। पर्यटनमा पनि त्यस्तै हाेला। खाद्यान्न औषधिको व्यापार व्यवसाय छिटै पिकअप हुन्छन् होला। 

प्रसंग बदलौ, बिज मर्जको इस्यु धेरै लामो समयसम्म चल्यो। तपाईंले जनता र ग्लोबल आइएमई बैंकबीचमा सफल मर्जर पनि गर्नुभयो। मर्जरपछि ग्लोबलले कत्तिको सिनर्जी पायो? 
त्यो सिनर्जी आउँदैछ। गिलासमा सर्वत मिलाउनु पर्ने भएको छ। मिठो सर्वत। त्यसका लागि विभिन्न तत्वहरू हाल्न लागिएको छ। त्यो हाल्नेबित्तिकै मिठो हुने भन्ने होइन। घोल्दा ती तत्व के-के थिए भनेर थाहा नै नहुने खालकाे हुनुपर्‍याे। त्यो घोल्ने काम हामी गरिरहेका छौं। यो छिट्टै नै घोलिन्छ। किन छिटो घोलिन्छ भने, जुन अहिले ग्लोबल आइएमई बैंक तपाईले देखिरहनु भएको छ यो १८ वटा बैंक तथा वित्तीय संस्थाहरूको कम्बिनेसन हो। त्यसैले १८ वटा संस्थाका कर्मचारी छन्। ती बैंकका बोर्डका मान्छेहरू छन्। शेयरधनीहरू छन्। मर्जर भनेको उहाँहरूका लागि ‘बिजनेस एज युजल’ हो। यो कुनै ठूलो कुरा होइन। 

अरु अरु बैंकहरूका लागि मर्जरको ‘म’ पनि थाहा नभएका मान्छेहरूका लागि मर्जर के-के न ठूलो चिज होला। हामीहरूका लागि नयाँ कुरो होइन। र त्यसका लागि हामीले व्यवस्थापन गर्दा साना इस्युहरू हुन्छन्। तिनलाई व्यवस्थापन गर्दै गएका हुन्छौं। यो तुरुन्तै म्यानेज हुन्छ र सिनर्जीचाहिँ तपाईंले देख्नुहुन्छ। दुर्भाग्यवश यो कोभिड आइदियो। होइन भने हामी थप उडानका लागि तयार भैकसेका थियौ। 

तपाईंले सफल मर्जर गर्नु भयो। जो मर्जर चाहिरहेका छन्। उनीहरूका लागि सुझावसहित मर्जका क्रममा के-के चुनौतीहरू हुँदारहेछन् भन्नुहुन्छ? 
मर्ज गरे पनि, नगरे पनि चुनौती छन्। मर्ज गर्नु भएन भने एक किसिमको चुनौती हुन्छ। मर्ज गर्‍याे भने अलि-अलि चुनौती हुनसक्छ। म त्यति धेरै ठूलो चुनौती देख्दिनँ। सबैभन्दा ‍ठूलो चुनौती व्यवस्थापन र कर्मचारीको नै हो। उनीहरूकाे काम गर्ने तौरतरिका, त्यसलाई हार्मोनाइज गर्नु पर्छ। 

मर्जरका क्रममा खासै ठूलो समस्या देख्दिनँ। यो त नेपालभित्रकै बैंकहरूको मर्जर हो। सबै नेपाली बोल्छन्। ग्राहकहरू तिनै हुन्। राष्ट्र बैंककै नियम सबैले फलो गर्नु पर्छ। नेपाल र भारतका बैंकबीचकाे मर्जर पनि देखेको छु। ग्रिनलिस बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको मर्जर पनि देखेको छु। नेपालमा पो एउटामात्रै बैंक थियो। भारत अथवा दक्षिणा एसियाली अरु देशहरूमा, मध्यपूर्वी देशहरूमा ग्रिनलिस छुट्टै बैंक थियो। स्ट्याण्डर्ड चार्टर्ड बैंक छुट्टै थियो। एउटाको एउटा देशमा धेरै ठूलो अप्रेसन थियो। अर्कोको अर्को देशमा ठूलो अप्रेसन थियो। 

तिनकाे एउटा बैंकको एउटा सेक्टरमा धेरै लगानी थियो। दुवै बैंक ठूला थिए। हामी त कति ठूलो बैंक हो र? ठीक छ नेपालको सन्दर्भमा हामी ठूलो हाैंला। भारतको छाडिदिउँ, कम्तिमा पाकिस्तान, बंगलादेशसँग तुलना गर्‍याे भने पनि हामी त्यति ठूलो बैंक हुँदै होइन। मलाई लाग्दैन यो धेरै  इस्यु होइन। अलि-अलि त मर्ज नगर्दा पनि हुन्छ। हरेक कम्पनीमा इस्युज हुन्छ। त्यही इस्यु भएको हुँदा हामी मान्छे चाहिएको हो। म्यानेजर चाहिएको हो। होइन भने त मान्छे नै चाहिने थिएन नि। रोबाेट ल्याएर राखिदिए भैहाल्यो नि! 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  १६:२८
  • #globalbank
  • #parshuramkunwar

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत मंगलबार, असार १७, २०८२
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
स्रोत नखुलेको २८ लाख रकमसहित तीन जना पक्राउ मंगलबार, असार १७, २०८२
कर्णाली याक्समा ७ खेलाडी रिटेन, देव खनाल रिलिज मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्