• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

कोरोना प्रभाव : उद्योगहरू रोजगारी दिने अवस्थामा छैनन्, स्रोत मुलुकको संकटले रेमिट्यान्स प्रभावित

64x64
नेपाल लाइभ बुधबार, वैशाख २४, २०७७  १२:५५
1140x725

काठमाडौं- कोरोना संक्रमण बढेसँगै देशको अर्थतन्त्र धरासायी बन्दै गएको छ। रोजगारी ठप्प भएपछि एकातिर आम्दानीका स्रोत कम हुँदै गएका छन् भने अर्कातिर दैनिक उपभोग्य लगायत वस्तुको बजार भाउसमेत आकाशिन थालेसँगै निम्न वर्गको पहुँचभन्दा टाढा भइसकेको अवस्था छ। 

अझ केही समय कोरोना संक्रमण बढ्दै जाने हो र लकडाउन लम्ब्याउँदै जानुपर्ने हो भने विस्तारै मध्यमवर्गसम्म पनि यो समस्या जाने विश्लेषकहरू बताउँछन्। कोरोनाका कारण खुम्चिएको अर्थतन्त्रले देशको श्रम बजारमा कस्तो असर पर्छ? ह्युमन रिसोर्सेस सोसाइटी अफ नेपालले आयोजना गरेको कार्यक्रममा अर्थशास्त्री तथा जानकारहरूले गरेको व्यक्त गरेको विचारको सम्पादित अंश:

उद्योगहरूले तत्काल रोजगारी दिन सक्ने अवस्था रहँदैनः शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष उद्योग वाणिज्य महासंघ 
मलाइ लाग्छ यो पछिल्लो दुई महिना हाम्रो जीवनको टर्निङ पोइन्ट हो। तर कोभिड १९ नै नेपालका निजी क्षेत्रहरूका लागि पहिलो चुनौती भने होइन। यसअघि बन्द हडताल, राजनीतिक अस्थिरता पनि हामीले भोग्दै आएका हौँ। राजनीतिक अस्थिरतासँगै श्रम सम्बन्ध बिग्रिएको अवस्था पनि हामीले देख्यौँ। हरेक दिन जसको बन्द हड्तालले हामीले ठूलो परिमाणमा उत्पादन गुमायौँ।

योसँगै उद्योगमा सुरक्षा चुनौती पनि एकदमै धेरै थियो। नेपालको निजी क्षेत्रले यो भन्दा अगाडि पनि धेरै चुनौती फेश गरेको छ। तिनलाई हामीले केही समयपछि रिकभर गरेका थियौँ। जब त्यो चुनौती सकिएको थियो, आर्थिक वृद्धिदर एक्कासी माथि आएको थियो। तर कोभिड १९ ले विश्वव्यापी प्रभाव पारेकाले नेपालको अर्थतन्त्र पहिलेको जसरी तत्काल रिकभर हुन्छजस्तो लाग्दैन। 

यसले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा पुर्‍याएको छ। पर्यटनले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ५ लाख रोजगारी सिर्जना गरेको थियो। र अहिले सबै तथ्यांक र अध्ययनले पर्यटन क्षेत्र पहिलेकै अवस्थामा आउन अझै एक/डेढ वर्ष लाग्न सक्छ। भिजिट नेपाल २०२० का लागि अर्बौँ लगानी गरेको निजी क्षेत्रले नयाँ होटल पनि सञ्चालनमा ल्याए। आफ्नो पुरानो होटलहरूलाई पनि थप लगानी गरेर विस्तार गरियो। पर्यटन क्षेत्रमा निकै ठूलो लगानी भयो। तर यो लगानी डुब्ने अवस्थामा पुगेको छ। जसले एउटा ठूलो चुनौती थपेको छ। त्यस्तै ठूलो रोजगारी पनि गुम्ने भएको छ। 

कृषि क्षेत्रको पनि कुरा गर्ने हो भने पोल्ट्री लगायतका क्षेत्रमा ठूलो चुनौती आउन सक्ने विशेषज्ञ तथा अर्थविदहरूले अनुमान गरिसकेका छन्। निमार्णलगायत क्षेत्रहरूमा केही समयपछि रिकभरी हुने अवस्था रहे पनि अत्यावश्यक बाहेकका अन्य क्षेत्रमा निकै ठूलो समस्या आउने देखिएको छ। यो लामो समयसम्म रहिरहन्छ। 

अर्को रोजगारीका लागि भारतबाहेक खाडी र अन्य मुलुकमा ५० लाख युवाहरू पुगेका छन्। जसमध्ये पनि मध्यपूर्वका मुलुकहरूमा ठूलो संख्यामा नेपाली श्रमिकहरू छन्। अहिले ती मुलुकको अर्थतन्त्र विश्वकै सबैभन्दा धरासायी बन्दै गएको अवस्था छ। जसले गर्दा ठूलो संख्यामा नेपाली श्रमिकहरू विस्थापित हुने अवस्था छ। 

रोजगारी गुमाएर ठूलो संख्यामा फर्किएका कामदारहरूलाई देशभित्रै परिचालन गर्न सकिन्छ। तर उद्योगले मात्रै धरै सिर्जना गर्न सकिन्छ भन्ने विश्वास मलाई लाग्दैन। किनभने उद्योगहरू अहिले धरासायी अवस्थामा छन्। सरकारले अरु देशले जस्तै समस्यामा परेकाहरूलाई प्याकेज ल्याउन आबश्यक छ। प्याकेज नल्याए हामी निकै ठूलो संकटमा जान सक्छौँ।

Ncell 2
Ncell 2
nimb
nimb

स्रोत मुलुक आर्थिक संकटमा हुँदा रेमिट्यान्समा असरः डा गुणाकर भट्ट, कार्यकारी निर्देशक एवं प्रवक्ता नेपाल राष्ट्र बैंक 
पछिल्लो १०० वर्षको इतिहासमा हामी दुईवटा संकट एकैपटक ब्यहोर्दै छौँ। स्वास्थ्य संकट र आर्थिक संकट। १९२० को स्वास्थ्य संकटपछि २०२० कोरोना महामारीबाट निम्तिएको स्वास्थ्य तथा आर्थिक संकटमा छौँ। 

कोरोना संक्रमणबाट देशको समग्र अर्थतन्त्र प्रभावित छ। पछिल्लो श्रम शक्ति सर्वेक्षणको तथ्यांक हेर्दा ठूलो संख्यामा रोजगारी गुमेको छ। पर्यटन, यातायात, होटललगायत खुद्रा व्यापारको क्षेत्रमा आबद्ध श्रमिकहरूलाई जीविकोपार्जन गर्न समेत समस्या परेको अवस्था छ। पर्यटन क्षेत्र लामो समयसम्म सुध्रिँदैन कि भन्ने आशंका उब्जिएको छ। यो क्षेत्रमा कोरोनाको असर पनि लामो समयसम्म रहन सक्ने अनुमान गरिएको छ। 

त्यस्तै खाडी मलेसिया र हाम्रो रेमिट्यान्सका अन्य स्रोत मुलुकहरूको आर्थिक वृद्धिदर संकुचनमा जाने अवस्था छ। यसको प्रत्यक्ष प्रभाव हाम्रो श्रमिक वर्गमा पर्ने देखिएको छ। गन्तव्य मुलुकबाट विस्थापित भएर लाखौँ श्रमिकहरू फर्किने आंकलन गरिएको छ जसको असर रेमिट्यान्समा पर्ने देखिएको छ।

कोरोना संक्रमण बढ्दै जाने हो भने स्थिति अझ भयावह बन्न सक्ने देखिएको छ तर एक महिनापछि स्थिति सामान्य अवस्थामा आयो भने आर्थिक गतिविधिहरूलाई पुनः विस्तार गर्न सकिन्छ। श्रमिकहरूलाई दक्ष बनाएर वैदेशिक रोजगारीमा पठाउने हो भने रेमिट्यान्सलाई पनि पुन वृद्धि गर्न सकिन्छ। 

Xtrem

Xtrem

विदेशबाट फर्किएका श्रमिक कहाँ परिचालन गर्ने भन्ने चुनौती निम्तिन सक्छः मोहनदास मानन्धर अध्यक्ष, अर्गनाइजेशन डेभलपमेन्ट सेन्टर 
अहिले नै कोरोना भाइरसले देशको अर्थतन्त्र र रोजगारीमा कतिसम्म असर गर्छ भनेर आंकलन नै पूर्णरूपमा गर्न सकेको अवस्था छैन। यो आँकलन गर्न नै अर्को एक महिना जति लाग्न सक्छ। कति जनाले रोजगारी गुमाउँछन् र अर्थतन्त्रमा कति असर पुग्छ भन्ने कुरा त्यसपछि भन्न सकिन्छ। अहिलेसम्म आउँदा पनि आर्थिक गतिविधिमा निकै ठूलो समस्या निम्तिसकेको अवस्था छ। 

होटल, पर्यटनलगायत व्यवसाय तत्काल सुचारु गर्न सक्ने अवस्था छैन। देशभित्रै धेरैको रोजगारी गुमिसकेको छ। अहिलेको स्थितिमा विदेशबाट ३ लाखमात्रै श्रमिकहरू फर्किए भने पनि उनीहरूलाई कुन क्षेत्रमा आबद्ध गराउने भन्ने समस्या छ। 

अहिल्यै आँकलन गर्न सक्ने अवस्था छैनः गोकर्णराज अवस्थी, विश्लेषक
कोरोनाले नेपालको अर्थतन्त्र र रोजगारीमा कस्तो असर पार्छ भन्ने कुरा तत्काल आँकलन गर्न सकिने अवस्था छैन। अब कोरोना संक्रमण कहिलेसम्म रहन्छ र हामी कहिलेसम्म लकडाउनमा बस्नुपर्ने हो भन्ने कुराले असर निर्धारण गर्छ।

कूल गार्हस्थ उत्पादनको करिब ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर घट्ने भनेर हामीले प्रारम्भिक प्रक्षेपण गरेका थियौँ। पछि बजेटको मध्य मुल्यांकनमा त्यसलाई ६ दशमलव ५ देखि ७ को बीचमा कमि आउने प्रक्षेपण गरियो। सरकार आफैँले दुई प्रतिशतसम्ममा झर्ने भनिसकेको अवस्थामा अर्थतन्त्रको आकार चाहिँ जुन हिसाबले बढ्नुपर्ने हो त्यो हिसाबले बढ्ने देखिँदैन।

कोरोनाको अर्को असर भनेको उद्यमी व्यवसायीहरूमाथि पर्ने असर हो। सानादेखि ठूला सबै उद्यमी व्यवसायीहरूलाई यसको असर पर्न सक्छ। होटल संघले त ६ महिना बन्दको घोषणा नै गरिसकेको छ। 

साना तथा मझौला उद्योगहरूलाई सबैभन्दा ठूलो असर पर्छ। किनभने उनीहरू सानो पुँजी र सानो आकारमा सञ्चालित हुन्छन्। र बैंकबाट ऋण लिएका हुन्छन्। कोरोनाले ठूला उद्यमीहरूलाई पनि समस्या निम्तिने पक्का छ। त्यो असर कहाँसम्म रहन्छ भने बैंकहरूको ऋण तिर्न सक्ने क्षमता कम हुँदै गएपछि खराब कर्जा बढ्छ। जसबाट बैंकहरू पनि समस्यामा पर्छन्। यो सबै आर्थिक कृयाकलाप कम हुँदै गएपछि सरकारको राजश्व यसै पनि घट्छ।

अहिले ५ खर्ब ५० अर्बको हाराहारिमा मात्रै राजश्व उठेको छ। जबकी हाम्रो आर्थिक वर्षको १० महिना सकिन लागेको छ। जसले साधारण खर्चलाई पनि धान्न सक्ने अवस्था रहँदैन। अर्थतन्त्रमा दैनिक ८ देखि १० अर्ब असर गर्दै गएको छ। यसले समग्र अर्थतन्त्र र रोजगारीलाई असर गर्छ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  १२:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्