• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अपांगमैत्री छैनन् सरकारी वेबसाईट

64x64
विनय बाह्रकोटी बुधबार, वैशाख २४, २०७७  ०८:३७
1140x725

इटहरी–सुनसरीकी राधा चौधरी स्नातकोत्तर प्रथम वर्षकी विद्यार्थी हुन्। दृष्टिविहीन उनी सरकारी जागीरको खोजमा छिन्। त्यसैले उनी प्रायः सरकारी वेबसाईट भिजिट गर्छिन्। तर उनले बुझ्ने गरी वेबसाइटमा सामग्रीहरु नभएपछि साथीको सहायताले मात्र उनले सूचना लिनुपर्छ।

‘केही दिन अगाडि इटहरी उपमहानगरपालिकाको कर्मचारी आवश्यकतासम्बन्धी सुचना हेर्न वेबसाईट खोलेकी थिएँ,’ उनी भन्छिन्, ‘तर हामीले बुझिने गरी नभएका कारण त्यत्तिकै छाडिदिएँ। पिडीएफ फाईल र स्क्यान गरेको फोटोमा सूचना हुन्छ त्यो हामीलाइ काम छैन। एनएल फाइलमा राखिदिए हामीले प्रयोग गर्ने सफ्टवेयरबाट बुझ्न सजिलो हुन्छ ।’

चौधरीले खोजेजस्तो फाइल वेबसाइटमा मात्र हैन प्राध्यापकसँग पनि उपलब्ध छैन। जनता बहुमुखी क्याम्पस इटहरीमा अध्ययनरत उनी निर्वाचित स्ववियु सदस्य पनि हुन्। आफूजस्तै अपांग विद्यार्थीको हकहितका लागि काम गर्ने भन्दै निर्वाचित भएकी हुन्। तर अहिले आफ्नै समस्या समाधान गर्न नसक्ने भएपछि कलेज जान छाडेको उनी बताउँछिन्। 

प्राध्यापकले पिडीएफ फाईलमा दिने नोट पनि उनका लागि उपयुक्त हुँदैन। एनएल फाईलको नोट हुँदामात्र आफूले बुझ्न सक्ने कलेजमा जानकारी गराईन्। तर सुनुवाइ भएन। अहिले उनी घरमै स्वअध्ययन गरिरहेकी छिन्। 

चौधरीको जस्तै समस्या छ सीताराम ओझाको पनि। उनी सुन्न सक्दैनन्। भोजपुरका ओझा सरकारी वेबसाईटमा राखिएका भिडीयो बुझ्न सक्दैनन्। उनी अक्षरमैमात्र सीमित छन्।  

चौधरी र ओझाजस्ता लगभग ३ लाख नेपालीका लागी सरकारी तथा राजनैतिक पार्टीका वेबसाईट काम नलाग्ने अवस्थाका छन्,  जुन अन्तर्राष्ट्रिय मापदण्डविपरीत मानिन्छन्। डब्लुथ्री डट ओआरजीले वेबसाईटहरु मुख्यत ४ विषयमा प्रष्ट हुन जरुरी देखाएको छ। जसमा ग्रहण गर्नसक्ने, चलाउन सकिने, बुझ्न सकिने र छरितो वा प्रष्ट हुनुपर्ने उल्लेख गरिएको छ।

ग्रहण गर्न सकिने अर्थात् जुनसुकै अवस्थाका मानिसले पनि वेबसाईट भिजिट गर्नसक्नुपर्ने हुन्छ । कुनै इन्द्रीय प्रयोग गरेर भए पनि सूचना वा जानकारी लिन सक्ने खालको हुनुपर्छ। चलाउन सकिने भन्नाले वेबसाईटमा भएका सामग्री संकलन गर्न सक्ने किसिमको हुनु जरुरी छ। साथै भाषा र डिजाइन सबैले बुझ्ने गरी सरल र सहज हुनुपर्ने हुन्छ । सबैले बुझ्न सकिने भाषाको प्रयोग हुनुपर्ने उल्लेख गरिएको छ, अर्थात् सानोदेखि ठूलो सबै डिभाइसमा चल्न सक्ने छरितो वेबसाईट हुनुपर्ने भनिएको छ। 

तर नेपालका सरकारी कार्यालय वा राजनीतिक पार्टीका वेबसाईट पनि यो स्तरको बनेका छैनन्। कामचलाउ सूचना र विज्ञप्ति राख्ने र समाचार सेयर गर्ने माध्यमको रुपमा प्रयोग भइरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

२०६८ को जनगणना अनुसार नेपालभर ९४ हजार ७ सय ६५ दृष्टिविहीन छन्। ७९ हजार ३ सय ७ कान सन्न नसक्ने र ९ हजार ४ सय ३६ जना कान सुन्न नसक्ने तथा दृष्टिविहीन दुवै छन्। तर राष्ट्रिय अपांग महासंघले भने सरकारी तथ्यांक गलत भएको बताउँदै आएको छ। हाल १ लाख ५० हजारभन्दा बढी दृष्टिविहीन रहेको उनीहरुको बुझाइ छ। यस्तै, कान सुन्न नसक्नेको संख्या त्यसैको हाराहारीमा रहेको उनीहरु दाबी छ।

नेपाल अपांग संघका सचिव गणेश केसी अपांगहरु अझै सरकारी वेवसाईटको पहुँचबाहिर रहेको बताउँछन्। सरकारी कार्यालयदेखि वेबसाइटसम्म अपांगमैत्री नभएको उनको भनाइ छ। यस विषयमा अहिलेसम्म कुनै पार्टी वा कुनै मन्त्रालयले समेत ठोस कदम चाल्न नसकेको उनले सुनाए। जसका कारण लाखौं नेपाली सूचनाको पहुँचबाट बाहिर रहेको उनी बताउँछन्। 

अपांगसम्बन्धी वेबसाईट डिजाइन गर्ने प्राविधिक सागर प्रसाइँ सरकारले थोरै मेहनत गर्दा सबै सरकारी कार्यालयका वेबसाईट अपांगमैत्री बनाउन सकिने बताउँछन् । ‘हालका वेबसाइटमा तस्बिरमा त्यससम्बन्धी विवरण राखिएका हुँदैनन्। तस्बिरले के भन्दैछ भन्नेबारे कन्टेन्ट भयो भने सफ्टवेयरको माध्यमबाट बुझ्न सहज हुन्छ,’ उनी भन्छन्, ‘भिडीयोहरु राख्दा साइटमा सांकेतिक भाषा प्रयोग गर्न सकिन्छ । एकपटक थोरै लगानी बढाउने हो भने सधैंभरका लागि अपांगमैत्री बनाउन सकिन्छ ।’  

सरकारी सूचनाहरु फोटो खिचेर वा स्क्यान गरेर राखेको हुनाले धेरैले पढ्नै नसक्ने उनको भनाइ छ। यस्ता वेबसाइट बनाउँदा वर्ड प्रेसबाट बनाउँदा राम्रो हुने उनले सुझाए ।  

Xtrem

Xtrem


 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  ०८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विनय बाह्रकोटी
विनय नेपाल लाइभका संवाददाता हुन्।
लेखकबाट थप
किसानलाई कोरोनाको भन्दा फौजी किराको तनाव 
नेतृत्वमात्र होइन, पुस्ता नै परिवर्तन
विराटनगरमा उपचाररत ६ जना कोरोना संक्रमित डिस्चार्ज
सम्बन्धित सामग्री
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो वर्षासँगै आएको बाढी र पहिरोले सीमा जोड्ने सडकका विभिन्न ठाउँमा क्षति पुर्‍याएपछि सिमकोटदेखि हिल्सा नाकासम्मको यातायात ठप्प भएको हो। मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मन्त्रालयले जारी गरेको निर्णय अनुसार देशभरका विभिन्न निकायमा कार्यरत १०० जना कर्मचारीहरूलाई नयाँ जिम्मेवारी दिँदै काज सरुवा गरिएको ह... मंगलबार, असोज १३, २०८३
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे जानकारी लिन आयोगले सोमबार पत्राचार गर्दै एसएसपी खड्क... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो मंगलबार, असोज १३, २०८३
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल मंगलबार, असोज १३, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे, पाए मनाङ जिल्ला संयोजकको जिम्मेवारी मंगलबार, असोज १३, २०८३
कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्