• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ १८, २०८२ Sun, Jun 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
पूर्वसभामुख महराले जबरजस्ती करणी उद्योगको मुद्दामा यसरी पाएका थिए सफाइ [फैसलाको पूर्णपाठ]
64x64
नेपाल लाइभ सोमबार, वैशाख २२, २०७७  १४:०६
1140x725

काठमाडौं- पूर्वसभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी उद्योग मुद्दामा सफाइ दिन काठमाडौं जिल्ला अदालतले ६ बाट तर्क अघि सारेको खुलेको छ। हाल अवकाश पाएका जिल्ला न्यायाधीश न्यायाधीश अम्बरराज पौडेलको इजलासले तयार पारेको फैसलाको पूर्णपाठमा पीडित भनिएकी महिलाले अदालतमा इन्कारी बयान दिएको, महरा कोठामा नै नगएको, रक्सी नबोकेको र गिलास तथा चस्माको औँठाछाप प्रष्ट नभएको तर्क गर्दै महराले पीडित भनिएकी महिलामाथि जबरजस्ती करणी उद्योग नगरेको फैसलामा उल्लेख छ।

अन्तिम सुनुवाईसम्म प्राप्त प्रमाण हेर्दा महराले बलत्कारको प्रयास गरेको ठोस प्रमाण प्राप्त नभएको जिकीर फैसलाको पूर्णपाठमा भनिएको छ। २०७६ फागुन ५ गते जिल्ला अदालतले पूर्वसभामुख महरालाई सफाई दिएको थियो। जिल्ला अदालतबाटै पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएपछि डिल्लीबजार कारागारमा रहेका उनी सफाइ पाएपछि थुनामुक्त भएका थिए। 

फैसलाको पूर्णपाठमा पीडित भनिएकी संसद् सचिवालयकी कर्मचारीले अनुसन्धानका क्रममा र पछि अदालतमा बकपत्र गर्दासमेत आफूमाथि बलात्कार प्रयासको आरोप खण्डन गरेको, इन्कारी निवेदन दिएको, बकपत्रमा महरा आफ्नो कोठामा नआएको भनी लेखाएको भन्दै दोषी ठहर गर्न नसकिने फैसलामा समावेश छ।

‘कृष्णबहादुर महरा पीडितको डेरामा गई रक्सी सेवन गरी हातपात गरी पीडित उपर जबजर्जस्ती करणीको उद्योग गरेका हुन् भनी कसूर कायम गर्न मिल्ने देखिएन,’ फैसलामा भनिएको छ।

पीडितले अनुसन्धानका क्रममा र अदालतमा बकपत्र गर्दा महराले आफूमाथि बलात्कारको प्रयास नगरेको बताएकी थिइन्। शुरुमा सञ्चार माध्यमलाई उनले महराले आफूलाई बलत्कारको प्रयास गरेको बयान दिएकी थिइन्। जिल्ला अदालतले उनको भनाइलाई महत्वपूर्ण आधार मान्दै बलात्कारको प्रयास ठम्याउन नसकिने ठहर गरेको फैसलाको पूर्णपाठमा उल्लेख छ। 

‘एउटा वयस्क उमेरको महिलाले अदालतमा आई आफूले दिएको जाहेरीको बेहोरालाई पूर्णतः खण्डन गरी प्रतिवादी निर्दोष रहेको भनी लेखाएको व्यहोरालाई अदालतले अन्यथा भन्न मिल्ने ठाउँ रहँदैन,’ पूर्णपाठमा भनिएको छ, ‘बलात्कारका मुद्दामा प्रत्यक्ष साक्षी भनेको केवल पीडित महिला नै हो। त्यस्तो महिलाले अदालतमा स्वतन्त्ररुपमा बकपत्र गर्दा लेखाएको विषयमा न्याय निरुपण गर्ने महत्वपूर्ण प्रमाण हुन्छ।’

गत असोज १२ गते महरा पीडित भनिएकी महिलाको कोठामा पुगेको र दुवै पक्षबीच छिनाझम्टी हुँदा महराको चस्मा खसेर फुटेको पीडितले सञ्चार माध्यमलाई बयान शुरुमा दिएकी थिइन्। तर अदालतमा भने उनले यसलाई फेरेकी थिइन्। सिसासहितको एउटा फ्रेम महराले आफूले लगेपछि एउटा आँखाको सिसा र चस्माको खुट्टा ‘नयाँ बानेश्वर २६’को कोठामा छुटेको थियो। आरोपपत्रको दाबीअनुसार, ‘घटनास्थलमा भेटिएको चस्माको सिसा र फ्रेमको डण्डी महराको नै हो भन्ने तथ्य स्थापित भएको थियो। तर अदालतको पूर्ण फैसलामा यो पुष्टि हुन नसकेको भनिएको छ। 

पीडितलाई मादक पदार्थ सेवन गर्न दबाब दिएको र सार्वजनिक पदको लाभ लगाएको आरोप पनि अभियोगपत्रमा थियो। सुरुमा प्रहरीमा पूर्वसभामुख महराविरुद्ध किटानी जाहेरी दिएकी पीडितले पछि भने आफूमाथि बलात्कारको प्रयास नभएको बरु प्रहरीले दबाबमा आफूलाई जाहेरी लेख्न लगाएको बयान दिएकी थिएर मुद्दालाई उल्टाएकी थिइन्। उनले अनुसन्धानकै क्रममा प्रहरीमा निवेदन दिँदै आफ्नो कोठामा महरा नआएको र बलात्कार प्रयास पनि नगरेकाले छानबिन अघि नबढाउन भन्दै निवेदन दिएकी थिइन्। जिल्ला अदालतले उनको निवेदनलाई समेत प्रमाण मान्दै महराले बलात्कारको प्रयास गरेको पुष्टि नहुने फैसला गरेको हो।

शुरुमा आफूले नआउने भनेको तर उनी जबरजस्ती आएको जोहेरी र सञ्चारमाध्यमलाई बयान दिएकी थिइन्। त्यस्तै उनले  डेरामा आइसकेपछि महराले ‘केही हुँदैन। तिमी र मसँगै भई रक्सी खाएर दशैं मनाउने हो भनेको,’ मुचुल्काको व्यहोरामा उल्लेख छ। त्यसपछि महराले पीडितको कोठामा भएको मुला, काक्रो, बदाम छुट्टाछुट्टै प्लेनमा राखी दुईवटा ग्लास समेतको व्यवस्था गरी ‘एउटै ग्लासमा खानुपर्छ’ भनी आफूलाई जबर्जस्ती खुवाएको समेत भनेकी थिइन्।

‘त्यसपछि महराले जबर्जस्ती करणी (बलात्कार) गर्ने मनसाय राखी दुर्व्यवहार गरे। मैले प्रतिकार गर्दा निजले मलाई निर्घात कुटपिट गरेपछि म कराएकोमा निज मेरो डेरा कोठाबाट भागी गएको’ मुचुल्कामा भनिएको थियो। तर फैसलाको पूर्णपाठमा त्यसलाई स्वीकार गर्ने र पुष्टि गर्ने प्रमाण नपुगेको भनिएको छ।

जिल्ला अदालतले अनुसन्धानकै क्रममा पीडितले आफूमाथिको कसुर इन्कार गरेकाले त्यसलाई मान्यता दिनुपर्ने फैसला गरेको छ। अदालतमा आएर बयान फेरेको (होस्टाइल) नभई पीडित स्वयंले मुद्दाको अनुसन्धानको चरणदेखि नै प्रतिवादी निर्दोष रहेको, वारदात मितिमा प्रतिवादी आफ्नो डेरा कोठामा नआएको र मउपर प्रतिवादीबाट कुनै कसुर नै नभएकोले अनुसन्धानका क्रममा हिरासतमा राख्दासमेत म्याद थप्न हुँदैन भनेको भन्दै त्यस्तो अवस्थामा महरालाई दोषी ठहर गर्न नहुने  पूर्णपाठमा लेखिएको छ।

महराका सुरक्षाकर्मीहरुले बयानका क्रममा उनी बालुवटारदेखि गाडी लिएर तीनकुने आएको तर आफूमात्रै कतै गएको बताएका थिए। यही आधारमा जिल्ला अदालतको पूर्णपाठमा महरा तीनकुने आएको भए पनि रक्सी सेवन गरेको र रक्सी बोकेर पीडितको कोठामा गएको भनी सुरक्षाकर्मीले बयान नदिएको आधारमा पनि दोषी ठहर गर्न नसक्ने उल्लेख गरेको छ।  

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वारका डीएसपी दुर्गाराज रेग्मीको प्रतिवेदनमा ‘प्रहरी कन्ट्रोलबाट आएको सूचनाअनुसार पीडितको घरमा जाँदा महराले आफूले मदिरा सेवन गरी जबर्जस्ती सेवन गर्न लगाई करणी गर्ने प्रयाससमेत गरेकाले प्रतिकार गरेर चिच्याउने चेतावनी दिएपछि भागी गएको’ भनी लेखाइकी थिइन्। 

बयानका क्रममा संसद् सचिवालयकी ती कर्मचारीले आफूले नियमित रुपमा डिप्रेसनको औषधि खाएको, औषधि खाएपछि आफैं अचेत भई पहिले पनि विभिन्न व्यक्तिलाई फोन गर्ने गरेको बताउँदै त्यो दिन पनि कांग्रेस सांसद उमा रेग्मी र प्रहरी कन्ट्रोलको १०० मा फोन गरेको हुनसक्ने बताएकी थिइन्। उनले बयान फेरेर मदिरा आफैंले किनेको दाबीसमेत पेस गरेकी थिइन्।

यस्तो फैसलाको पूर्णपाठ 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  १४:०६
  • #mahara

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बङ्गलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मुद्दा चलाइने
स्वास्थ्य बीमा बोर्डमा १८० जना मेडिकल अधिकृतलाई रोजगारीको अवसर
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो)
सम्बन्धित सामग्री
परराष्ट्रमन्त्री डा. राणा स्वदेश फिर्ता चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा सो समारोहमा सहभागी हुन मन्त्री डा राणा गत बुधबार हङकङ प्रस्थान गरेकी थिइन् । नेपाल सो सङ्... आइतबार, जेठ १८, २०८२
गणतन्त्र पक्षधरहरु एक ठाउँमा आउनेबित्तिकै राजावादीहरूको केही रहने छैनन् : प्रचण्ड नुवाकोटको सूर्यगढी गाउँपालिका- ३ स्थित वागेश्वरी माध्यमिक विद्यालयको हीरक जयन्तीलाई सम्बोधन गर्दै उनले अघिल्लो पटक आफू प्रधानमन्त्री... शनिबार, जेठ १७, २०८२
जनताले लडेर ल्याएको गणतन्त्र हो, अब पछाडी फर्किन सम्भव छैन : प्रधानमन्त्री ओली शनिबार काठमाडौंमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निरङ्कुश हुकुम... शनिबार, जेठ १७, २०८२
ताजा समाचारसबै
बङ्गलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मुद्दा चलाइने आइतबार, जेठ १८, २०८२
स्वास्थ्य बीमा बोर्डमा १८० जना मेडिकल अधिकृतलाई रोजगारीको अवसर आइतबार, जेठ १८, २०८२
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो) आइतबार, जेठ १८, २०८२
गायक तथा संगीतकार गणेश रसिकको निधन आइतबार, जेठ १८, २०८२
यातायात बन्दको मारमा यात्रु, परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो आइतबार, जेठ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो)
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो) आइतबार, जेठ १८, २०८२
राजावादीको प्रदर्शन सुरु (भिडियो)
राजावादीको प्रदर्शन सुरु (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो)
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुजरातलाई हराउँदै मुम्बई आईपीएलको क्वालिफायर–२ मा, फाइनलको लागि पञ्जाब किङ्ससँग खेल्ने शनिबार, जेठ १७, २०८२
'राइड सेयरिङ' नियमावली खारेजीको माग गर्दै यातायात व्यवसायीद्वारा काठमाडौंमा चक्काजाम शनिबार, जेठ १७, २०८२
प्रचण्डलाई लिङ्देनको जवाफ : विचरा उहाँलाई पीर परेको छ, आफूले पैसा दिएर जुलुसमा मान्छे ल्याएको सम्झिनुभएको होला शनिबार, जेठ १७, २०८२
यातायात बन्दको मारमा यात्रु, परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो आइतबार, जेठ १८, २०८२
गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचित – प्रधानमन्त्री ओली शनिबार, जेठ १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्