• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

एक साहसी नर्सको कारुणिक कोभिड रात

डा सरोज श्रेष्ठ आइतबार, वैशाख २१, २०७७  २३:४२
1140x725

करिसा पेल्जेल उमेरले ३२/३३ कि,  पेशाले नर्स, पूर्व आइसियू नर्स, अमेरिकी नागरिक, आकर्षक व्यक्तित्व र एकल  जीवन। उनले चाहिन् भने विश्वको अधिकांश मानिसले सोच्ने सपनाको जिन्दगी जिउन सक्छिन्। तर, उनले आम मानिसले भन्दा छुट्टै जीवन जिउने प्रण गरेकी छिन्। बिरामीको सेवामा नै जीवन सार्थक भएको देख्ने उनी कहिले एसिया त कहिले अफ्रिकाको देशहरुमा पुग्छिन्।

यता तपाईं हामी सानो सामान किन्न पल्लो घरको पसल पुग्न नि थरथर हुने अवस्था छ। उता तिनै करिसा अहिले संसारकै सबैभन्दा बढी कोरोना महामारी फैलिएको सहर न्युयोर्क पुगेकी छिन् स्वयंसेवाको लागि। 

अप्रिल १५ मा करिसाको बहिनीको फेसबुकबाट थाहा भयो, करिसा स्वेच्छाले कोभिड-१९ का बिरामीको उपचारको लागि न्यूयोर्क जाँदैछिन्।

आङ नै जिरिङ्ग भयो।

फेरि पढें, उही खबर थियो।

उनीसँग झण्डै ५ वर्ष मैले सँगै काम गरें।  मिनेसोटाको मायो क्लिलिनिक हेल्थ सिस्टम अन्तर्गत कुरा मिल्थ्यो। नजिकको साथी बन्यौं। अलिअलि बदमाश, अलिअलि ज्ञानी, अलिअलि स्वार्थी, अलिअलि मनकारी। आफ्नो वरिपरीको  साथीहरुको  कुरा काट्दा अर्कै मज्जा। धेरै कुरो मिल्थ्यो हाम्रो।

सन् २०१५ अप्रिलमा नेपालमा महाभूकम्प गएको समयमा थियो। भर्खर बिहे गरेकी श्रीमती र परिवारका अन्य सदस्यसँगै सडकमा रात  बिताउँदा मेरो  मोबाइलमा पहिलो घण्टी बजाउने साथी उनै थिइन्। आज भन्दा ९ महिनाअघि मलाई भेट्न मिनेसोटादेखि आरेगन आइन्।

सारा सम्झना एक्कासी दिमागमा तँछाडमछाड गर्दै सल्बलाए। 

Ncell 2
Ncell 2
nimb
nimb

अप्रिल १८ मा उनी न्युयोर्क पुगिन्, ८ हप्ताको लागि। अप्रिल २४मा मैले फेसबुकमा म्यासेज गरें। 

प्रिय साथी, हिजो तिम्रो बारेमा सोचिरहेको थिएँ। तिम्रो कथाहरु सुन्न चाहन्छु। पक्कै पनि ती कथाहरुले जीवनलाई बुझ्ने तरिकाहरु नै फरक पार्न सक्नेछन्। 

अप्रिल १५ मा उनले मलाई पहिलो दुई रातको अनुभव समेट्दै लामो इमेल लेखिन्। उसको अनुमति लिई त्यसलाई नेपालीमा अनुवाद गर्ने जमर्को गरें। आशा छ, यसले हजारौं स्वास्थ्य कार्यकर्ताहरु एवं आम समाजलाई उत्प्रेरित गर्नेछ। 

करिसाको कथा उनकै शब्दमा 
म अहिले ८ हप्ताको लागि न्युयोर्कमा छु। आज मेरो पहिलो रात्री सिफ्ट। मुटुको आवाज कानमा ठोक्किएको छ। 

हातखुट्टा अनायासै काँपिरहेका छन्। म जबरजस्ती सम्हालिएको नाटक गर्दैछु। तरपनि  कौतुहल छ। अनि खुसी छु, दु:खी सहरको दु:खी बिरामीहरुको दु:खमा दबाइ बन्न पाउँदा।

मलाई केही-केही थाहा छ, काममा के कस्ता अवस्था झेल्नुपर्ने हो। त्यहीमाथि तीन वर्ष भइसक्यो आइसियूमा काम गर्न छाडेको। यस्तो सोच्दै आइपुगें सधैंजसो पढिरहेको छु। सुनिरहेको छु।

ट्याक्सी गेट अगाडिनै रोकियो। चारैतिर प्रहरीको गाडीहरु थिए। ट्याक्सीबाट निस्किएदेखि नै यी कानहरुमा एउटै कुरो ठोकिए। तपाईंलाई सेवाको लागी कृतज्ञ छु। धन्यवाद। कृपया, सुरक्षित रहनुहोस्। यो महामारी फैलिएदेखि नै सुनिरहेको यी शब्दहरुले अझै पनि मुटु छुन्छ। अझै बढी  काम गर्ने साहस दिन्छ।

यत्तिकैमा एकजना सुरक्षा गार्डले हस्पिटल भित्र जाने बाटो देखाइदिए। बाटोमा लेखिएको थियो। प्रहरीहरु र अन्य स्वयंसेवकहरु तपाईंहरुको सहयोगको लागि उपस्थित छन्। यस महामारीको अग्रपङ्तिका योद्धाहरुलाई खाना सहयोग गर्न पाउँदा गौरवान्दित छौँ। 

बिरामीको वार्डमा पुगें। थुप्रै  मान्छेहरु थिए। कोही  पीपीई लाउँदै, कोही फुकाल्दै, कोही हतारमा दौडिदै कसैको अनुहार नदेखिएको। भित्रभित्रै कति पसिना बगिरहेको होला, देखिनँ।

मैले पनि यही तयारी गर्नुपर्ने थियो कोभिड १९ युनिट पस्नुअघि। 

तयारीको लागि  मलाई एउटा एन ९५ माक्स (जुन १ हप्ताको लागि थियो) अनुहार छोप्ने ढाल (फेस सिल्ड) पूरै जिउ ढाक्ने गाउन र एकजोर पन्जा। पक्कै पनि यी पीपीई कोरोनाको लागि  पर्याप्त थिएन।

बिस्तारै आइसियु छिरें। आँखा तिरिमिरी भयो। बिरामी र स्वास्थ्यकर्ताहरु यत्रतत्र थिए। यो मैले देखेको भोगेको आइसियु जस्तो कुनै मानेमा पनि थिएन। कोलाहल, दौडधुप, डरत्रास, एउटा नसोचेको अवस्था। जताजतै औषधिहरु र औषधिका खोलहरु छरपस्टिएका, आइसियु हो वा युद्ध मैदान? छुटयाउन गाह्रो। 

नर्सिङ स्टेशन पुगें। त्यहाँ सबैजसो म जस्तै बाहिरबाट आएका  स्वास्थ्यकर्मीहरु थिए। हामीहरुलाई काम गर्न सजिलो  होस् भनेर १/१ जना मेडिकल वार्डमा काम गर्ने नर्स पनि दिइएको थियो। सोचें उनीसँग काम गर्न अर्को नर्स पक्कै पनि यहीँको नर्स हुनुपर्छ। म गलत थिएँ। यो आकस्मिक महामारीग्रस्त न्युयोर्कमा  स्वयंसेवक स्वास्थ्य कार्यकर्ताहरु बाहिरबाट आएका थिए। 

बिरामीको कोठामा थिएँ। त्यहाँ दुई जना बिरामी थिए। दुवैजना कोभिड १९का वृद्धा महिलाहरु। दुवै जनालाई भेन्टिलेटरमा राखिएको थियो। 

तीमध्ये एकजना बिरामीको जिम्मा मलाई दिइएको थियो। झट्टा हेर्दा जिङरिङ्ग कपाल, अनुहार र जीउको छालामा  सुकेको रगत, थुक, सिगान कि अरु तरल पदार्थ औषधि। एन ९५ माक्सभित्र पनि कडा गन्ध आएको थियो। उनी केही घण्टाअघि मात्र सबै भन्दा सिकिस्त बिरामी राख्ने आइसियूमा आएकी थिइन्। 

इसिएमओ चाहिने बिरामीलाई सिकिस्त आइसियूमा राखिन्छ। 

अमेरिकामा सबै लेबलको बिरामीलाई निश्चित प्रोटोकल अनुसार निश्चित वार्डमा राखिन्छ। मैले त्यहाँ कुनै प्रोटोकल नै देखिनँ। प्रोटोकल हेर्ने फुर्सद पो कसलाई  हुँदो हो? 

बिरामीको मोनिटर हेरे,  मुटुको धड्कन ३० प्रति मिनेट, मेसिनद्वारा घाँटीको पाइपबाट सास दिँदै। भेन्टिलेटरबाट सकेको अक्सिजन दिँदा पनि  रगतमा अक्सिजनको मात्रा ८० प्रतिशत मात्र (साधारण तथा यो ९५ प्रतिशत भन्दा बढी हुन्छ।) यति सिकिस्त बिरामी टिअर २ मा देखेपछि त्यहाँको अवस्था औल्याउन गाह्रो भएन। 

मेरो फेस सिल्ड आफैं सासले वाफिलो भयो। एक्कासी मुटु थुरुथुरु काँप्यो। एन ९५ माक्सले काम गरिरहेको थिएन। सास बाहिर आइरहेको थियो। जहाँबाट बाफ बोकेर सास बाहिर आयो, त्यहीँबाट कोरोना बोकेर हावाभित्र गयो भने। अत्तालिएँ। इटालीमा धेरै मरेछन्। सयौं स्वास्थ्यकर्मीहरु। अहो,  म हार्नुहुन्न।

हत्तपत्त एउटा मेटल किलिवले एन ९५ माक्सलाई नाकको डाँडीमा कसिलो बनाए। त्यो १२ घण्टाको सिफ्टमा यो खेल खेलिरहें। हामी दुवै बाहिरबाट आएका थियौं। दुवैको पहिलो दिन थियो। दुवैलाई थाहा थिएन। बिरामीको रेकर्ड कसरी राख्ने कुन औषधि  कहाँ खोज्ने? कुन समान कहाँ भेट्ने? कोठामा पस्ने बित्तिकै उही बिरामी अनि उनको कोठा र मोनिटरमा आँखा नचाएँ। पिसाबको नली मिलाउनुपर्ने र ड्रेसिङ र आभिलाइन फेर्नुपर्ने रहेछ। फेरें  र बिरामीको  अनुहार नजिकबाट हेरें। लाग्थ्यो, यो अनुहारले साबुनपानी नपाएको  धेरै दिन भइसकेको  थियो।  

दुवै आँखाको कुना-कुनामा  कचेरा कट्कटिएको, सुकेको रगतको खोस्टाले नाकको प्वालहरु टालिएका थिए। मुटु पग्लियो,  आँखा रसाए। किन-किन झन् आफ्नोपन महशुस हुँदै गयो। सोचें, अलिकति  साबुन र  दुईमुठी पानी त उनको अधिकार  हो। भन्न पो सक्दिनन्, कति रुँदो हो त्यो मन। 

पूरै प्रक्रिया नै भत्ताभुंग थियो। बिरामीको  लत्ताकपडा, रुमाल अरु कपडा सबै एकै ठाउँमा ठूलो ठूलो भाँडोमा राखिएको थियो। मलाई मुख पुछिदिने वास क्लोथ चाहिएको थियो। त्यो पनि तुरुन्त भेटिनँ। सायद मेरो लुकेको अनुहारको छटपटी बाहिरबाट देखिन्थ्यो। एक स्वास्थ्य सहायक आएर सोधे, ‘म तपाइलाईं  कसरी सहयोग  गर्न सक्छु? उसको वाक्य पूरा नहुँदै भनें- एक थान  वास क्लोथ  प्लिज। अँ एउटा थर्ममिटर पनि। 

ऊ हिँड्न सुरु गरिसकेको थियो। अनि भ्यास्लिन पनि। बिरामीको ओठलाई अलि टाढाबाट हस् भनेको सुनें। अर्को कुन्नि के हो पनि माग्नु आँटेको थिएँ  तर कुन कुनामा पसिसकेको  रहेछ। 

ऊ तुरुन्त सबै सामान लिएर आइपुग्यो। बिरामीको अनुहार सफा गरिदिएँ।

उनी सुतिरहेकी थिइन्। औषधिले लठ्ठ थिइन्। तैपनि  लाग्यो, उनी मसँग मुस्कुराइरहेकी छन्। 

तापक्रम नापें। स्थिर थिएन। घटबढ् गर्थ्यो। तातो हावा फाल्ने मेसिन चलाएँ ताकी उसको तापक्रम तल नझरोस्  भनेर। अक्सिजन दिने नली सफा गर्दा अप्ठेरो भएछ। नली तान्न खोजिन्। के थाहा नली र भेन्टिलेटरमा आफ्नो  सास अड्किएको छ भनेर। उनको फोक्सो  पनि कडा हुनुपर्छ। नत्र त्यति धेरै अक्सिजन दिँदा पनि किन अक्सिजनको मात्रा बढ्दैन त?

अलिकति निदाउने औषधि दिएँ उनलाई अनि उनको फोक्सोलाई आराम दिने आशामा।

उनलाई  कोभिड १९ ले फोक्सोले काम नगरेको अवस्था भएको थियो। निदाउने औषधिले नदिए,  सास फेराउने नली तान्ने डर हुन्छ। निदाउने औषधिले ब्लडप्रेसर घटाउने  डर हुन्छ। बिपी घटे शरीरका आवश्यक अंगहरु (मुटु, किड्नी, दिमाग, कलेजो)मा रगत कम हुन्छ र अन्तमा काम गर्न छोड्छन्। 

यो अवस्था केही मिनेट भन्दा  बढी भए बिरामीको मृत्यु हुन सक्छ। 

मैले उनको मृत्यु उनकै वरिपरी घुमेको देखें। रातभरी निन्द्रा लगाउने र बिपी बढाउने औषधिहरु दिँदै बसें। उनी मस्त निद्रामा भएपनि धन्यवाद भनेको अनुभव गरें।  आफ्नो लागि किन धन्यवाद?  अलि भावुक भएँ। 

यसो हेर्दा यो आइसियूको दैनिक कार्य जस्तो लागे पनि यो सबैभन्दा कहालीलाग्दो अनुभव थियो मेरो ७ वर्षको आसियू अनुभवमा।

पलपल उसको मृत्यु उसको नजिक देखें। मानौं मृत्युले कुनबेला मैले आँखा झिमिक्क पारौंला र उसलाई 'आयो टप्प टिप्यो, लग्यो,' गरुम्ला भन्दो हो। मेरो आत्मबल अत्यन्तै क्षीण हुँदै गएको थियो।

साँच्चिकै मेरो सम्पूर्ण शक्ति पनि अपर्याप्त भो भने? तालुबाट चिसो पस्यो। सम्हालें आफैंलाई।

यत्तिकैमा आधा भन्दा बढी रात बितिसकेको थियो।

बल्ल थाहा भो उनले अंग्रेजी हैन स्पेनिस मात्र बुझ्ने रहेछिन्।

धत् के सोचिन होला? म मेरो बिरामीलाई आफ्नो सोच्छु र उनीहरुले पनि आफ्नो सोचुन् जस्तो लाग्छ। भनिन्नछ आधा रोग विश्वासले निको गर्छ। यस्तै सोचें। यो सोचाइले धेरै पिरोलेन। मुस्किलले केही मिनेट त होला मेरो दिमागलाई आफूखुसी सोच्ने मौका प्राप्त भएको।

एकपटक भन्दा बढी पानी पिएको सम्झिनँ। त्यो १२ घण्टामा बिरामी छोड्नै डर लाग्थ्यो। मानौं म नै छु उनी र मृत्युको बिचमा। 

बिरामीहरु फरक होलान्, कथा उस्तै थियो सबै जसो नर्सहरुको। एकजना साथीको बिरामीले केही घण्टामै प्राण त्यागे। परिवार त के कोही मान्छेको अनुहार देखेनन् रे तिनले  २ हप्तासम्म।

अर्कोलाई तुरुन्त डायलाइसिस गर्नुपर्ने भएछ। कोभिड १९ले केही नछाड्ने किड्नी, कलेजो, मुटु मस्तिस्क।

साँच्चिकै अर्की साथी चिन्तित थिइन्। उनको बिरामीको रगतको मात्रा किन घट्दैछ भनेर। डाक्टर भन्थे, 'कोभिड १९ले शरीरभित्र रगत जमाउँछ रे। त्यसले सप्पै प्लेटलेट खान्छ। अनि  बिरामी रक्तश्रावले मर्छ रे।' उनी सोच्दै थिइन् खै त रक्तश्राव?  

अन्तत: सकियो यो त्रासदीपूर्ण रात। कसरी कट्यो सोच्नै सकिनँ। आफूलाई आफू जस्तै लागेन। एउटा भिषण युद्धबाट भर्खरै फर्केको सिपाही जस्तै लाग्यो। बेतोडले हाँसे। एक्टिङ आउट थियो त्यो। अनि तुरुन्तै आँखा रसाए। थाम्नै सकिनँ। ती बुढी आमा आँखै अगाडी देखें। बल्ल बुझें- म त म नै रैछु। रुँदा रुँदै पनि खुसी भएँ। 

अर्को रात अलि सजिलो भयो। सायद  के आशा गर्ने? के नगर्ने?  पहिल्यै थाहा भएर होला। यी आमाले १ महिना भन्दा बढी आइसियूममै बिताइसकिन्। कोरोनासँग लड्दै।

कोरोनाले जित्दा भेन्टिलेटरमा हुन्थिन्। आफूले जित्दा भेन्टिलेटरबाट बाहिर। लामो समय लडिन्। थाकिन्। आखिर कोरोनाले नराम्ररी थला पारेछ। अहिले घाँटीमा प्वाल पारेर भेन्टिलेटर जोडिएको छ। कपाल जमेर कहिले नछुटेनेगरी लठ्ठा परेको छ। 

भाग्य भए बाँच्नेछिन्। घर जानेछिन्। कपाल सप्पै खुइलाउने छिन्। अनि नयाँ जिन्दगीको सुरुवात कपालका नयाँ टुसाहरुसँगै गर्नेछिन्।

यस्तो सोच्दै हातखुट्टामा लोसन लगाइ दिन्थें। कहिले मसाज गरिदिन्थें। सबै सफा गरिदिएँ। उनी साँच्चिकै मुस्कुराइन्। इशाराकै भरमा अनुहारमा लोसन लगाउन भनिन्। लगाइदिएँ। विना आवाज धन्यवाद भनिन्।  म कृतज्ञ भएँ। 

उनले मान्छेको अनुहार नदेखेको १ महिना बढी भएछ। प्राय सुतिरहेकी हुन्थिन्। देखेकै भएपनि पीपीइले छोपिएको अनुहार सप्पै उस्तै।

नबोलेसम्म थाहा पनि नहुने, महिला हुन् कि पुरुष भनेर।

धेरै समय भयो तिनले आफ्नो श्रीमान्, छोरोछोरीसँग बोल्न, सुत्न नपाएको।

मेरो मन फेरि दु:खी भयो। त्यसरात उनको श्रीमानलाई फोन  गरें। बिरामीको फोनमा श्रीमानको छोराछोरी, नातीनातीनीका फोटोहरु पठाउन भनें। बिरामीको अवस्था सुनाएँ। उनी खुसी सुनिन्थे, आफ्नो जीवनसंगिनीको बारेमा सुन्न पाएकोमा।

यति भनेर कोठामा पसेको थिएँ,  बिरामीको मोबाइलमा म्यासेज आयो- आइ लव यू।

अनि अरु फोटोहरु आए नाती नातीनीहरुका।

उनी अर्धनिन्द्रामा थिइन्। देखाएँ। गालाहरु तन्किए। आँखा रसिला भए। त्यो अर्धचेतना भित्रको चेतना देखेर आफैंलाई सन्तुष्टि मिल्यो। 

अहिले म आफैं ओछ्यानमा छु। मन आइसियुमा भित्र छ। ती बुढिआमालाई हेर्दैछ। डर छ त्यो मृत्युले म यता आएको थाहा पाउला भन्ने। उनको उमेर मेरो आमाकै उमेरको हाराहारीमा  छ। मनले आफ्नो ठान्छ। मन अझ अस्थिर बन्छ। तरपनि भाग्यमानी ठान्छु यहाँ काम गर्न पाएकोमा। जहाँ सबै ठाउँबाट स्वास्थ्यकर्मीहरु आएर  न्युयोर्कको घाउमा मल्हम लगाउन प्रयासरत छन्।

हाम्रो धर्म फरक होला, छालाको रङ फरक होला,  जन्मभूमी फरक होला, तर एउटा कुरामा भन्ने पक्कै समानता छ। हामी बिरामीको सेवामा नै खुसी भेट्छौं जतिसुकै थकान भएपनि। जतिसुकै डर असुरक्षा भएपनि। हामी यो महामारीसँग झुक्नेवाला छैनौं। मैले एसिया, साउथ अमेरिका र अफ्रिकाको देशहरुमा स्वास्थ्य सेवा गरेकी छु। 

यहाँको अनुभव अतुलनीय छ।

८ हप्ताको अन्त्यमा यसले मलाई अझ बलियो र दृढ बनाउनेछ।

यो मौका पाउनुमा गर्व छ। यसका लागि म मेरो परिवार, साथीभाई र न्युयोर्कको नयाँ साथीहरुलाई कृतज्ञता व्यक्त गर्न चाहन्छु। एउटा भारी मुटु बोकेर फर्कनु पक्कै पनि सजिलो हुनेछैन। ती पीपीईले छोपेका उस्तै अनुहारहरु सधैं यो मुटुमा हुनेछन्। 

अनुहारहरु सधैं यो मुटुमा रहनेछन्। 

000

अन्तमा मेरा आफ्ना शब्द 
करिसाको इमेलले साँच्चिकै मन छोयो। आँखा रसायो मेरो।

म आफैं स्वास्थ्य कार्यकर्ता हुँ। अर्को अनुभव दृढ संकल्प देखेर म आफैंमा परिवर्तन अनुभव गरेको छु। केही हृदयमा म, म नै भइनँ। मलाई कोभिड १९को बिरामीहरु हेर्नुपरेमा हिजोअस्ति भन्दा सजिलो हुनेछ। आशा छ, यसले म जस्ता अन्य धेरै स्वास्थ्यकर्मी एवं आम नेपालीलाई प्रेरणा दिनेछ। 

(डा श्रेष्ठ अमेरिकाको ओरेगन राज्यमा फिजिसियनका रुपमा कार्यरत छन्।)
 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  २३:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्