• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

डिजिटल पेमेन्टको प्रवर्द्धनमा सरोकारवालाको जोड

64x64
नेपाल लाइभ आइतबार, वैशाख २१, २०७७  १५:५०
1140x725

काठमाडौं- कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष नवराज कुँवरले कोरोना भाइरसका कारण सिर्जित विशेष परिस्थितिमा व्यवसायी तथा सरोकारवालाहरुले सञ्चार तथा सूचनासम्बन्धी नवीन प्रविधिको प्रयोग र प्रवर्द्धन गर्ने बारेमा विशेष पहल गर्नुपर्ने बताएका छन्।

कम्प्युटर एशोशिएशन नेपाल (क्यान महासंघ)ले राष्ट्रिय सूचना प्रविधि दिवस २०७७ (नेशनल आइसिटी डे २०२०)को अवसरमा शनिबार आयोजना गरेको ‘गो डिजिटल- गो क्याशलेस’ वेबिनारमा बोल्दै उनले सरकार र यस क्षेत्रका व्यवसायीका लागि क्याशलेस प्रणाली प्रवर्द्धनका लागि यो एउटा अवसर पनि भएको बताए। 
‘सम्पूर्ण विश्व अहिले व्यवसाय, शिक्षा, व्यापार र स्वास्थ्य समेत अनलाइनबाटै सञ्चालन गरिरहेको छ। त्यसैले यो नयाँ प्रणाली विकासका लागि उपयुक्त अवसर हो,’ कुँवरले भने।

कार्यक्रममा सूचना प्रविधि विभागमा महानिर्देशक प्रेमशरण श्रेष्ठले नेपाल सरकारको तर्फबाट माननीय संचार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले र मन्त्रालयका सचिव दीपक सुवेदीले दिएको शुभकामना सन्देश पढेर सुनाएका थिए।

खासगरी अनलाइनबाट कारोबार तथा व्यवसाय सञ्चालन गर्दा हुने फाइदा तथा चुनौतिका बारेमा सम्बन्धित व्यक्तिहरुमा जनचेतना फैलाउन ज्यादै जरुरी रहेको बताउँदै उनले त्यस दिशामा सरकारले पनि उचित पहल गर्ने विश्वास व्यक्त गरे।

कोरोना भाइरसबाट सिर्जित यस संकटको घडीमा तीनै तहका सरकारलाई सूचना तथा सञ्चार प्रविधि क्षेत्रका लागि व्यवसाय विकास तथा प्रवर्द्धनको वातावरण निर्माण गर्न र यस क्षेत्रमा स्वदेशी व्यवसायी तथा उद्यमीहरुको क्षमता अन्तर्राष्ट्रियस्तरको रहेकाले सरकारले खरीद गर्ने सञ्चार तथा सूचना प्रविधिसम्बन्धी सेवामा नेपाली व्यवासायी तथा कम्पनीहरुलाई विशेष प्राथमिकता दिन पनि कुँवरले अनुरोध गरेका थिए।

वेबिनारमा बोल्दै राष्ट्र बैंकका निर्देशक सुवास घिमिरेले नेपालमा डिजिटल पेमेन्टको विकास र प्रवर्द्धनलाई केन्द्रीय बैंकले प्राथमिकता दिएको बताए। नियामक निकायले प्रविधिको विकास र व्यवसाय सञ्चालनका लागि वातावरण निर्माण गर्ने र मूल्य तोक्ने कार्य बजारलाई छाडिदिनुपर्ने धारणा उनले राखेका थिए। 

‘तर डिजिटल पेमेन्टको कारोबार गर्ने अनुमतिप्राप्त संस्थाले प्रणालीमा खराबी आउन नदिन विशेष ध्यान दिनुपर्छ,’ उनले भने। उनका अनुसार क्याशलेस पेमेन्टको प्रणालीमा खराबी आउँदा वित्तीय स्थायित्वमै असर पर्न सक्छ।

वेबिनारमा शुभकामना सन्देश दिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अहिले विश्व डिजिटलाइजेशनमा गइरहेको अवस्थामा नेपालमा पनि तीनै तहका सरकार र निजी क्षेत्रको सहकार्यमा अगाडि बढ्नुपर्ने बताए। नेपालजस्तो भौगोलिक बनावटले बनेको देशको समृद्धिको एकमात्र विकल्प सूचना प्रविधि नै रहेको उनको भनाइ थियो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्रीका सूचनाप्रविधि सल्लाहकार अस्गर अलीले सरकारले क्यासलेस प्रणालीलाई अझ सरल र सबल बनाउन काम गरिरहेको बताए। उनले यस प्रणालीका सकारात्मक तथा नकारात्मक पक्षका बारेमा चर्चा गरेका थिए।

नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले क्याशलेस प्रणाली स्थापना गर्न एनएचसीएलले योगदान दिएको बताए।

बैंकर एशोसिएशन नेपालका आइसिटी कमिटीका अध्यक्ष नारायण प्रकाश भुजुले क्यासलेस प्रविधिको विस्तारका लागि स्थानीय तहमा प्रवर्द्धन र क्षमता विकासका कार्य गर्नुपर्ने सुझाव दिए।

विगतका वर्षमा आइसिटी डेमा प्रभातफेरी, प्रदर्शनी, रक्तदान, सम्मेलन तथा गोष्ठी र चेतनामूलक कार्यक्रमलगायत गतिविधिहरुको आयोजना हुने गरेकोमा यो वर्ष विभिन्न डिजिटल कार्यक्रमहरु गरिरहेको क्यान महासंघका महासचिव नारायण थापाले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

करीब ८ सय जना सहभागी सो कार्यक्रममा पूर्वमन्त्री गणेश शाह, सूचना विभागका निर्देशक प्रेमशरण श्रेष्ठ, क्यान युएसएका अध्यक्ष विद्या सुवेदी, संस्थापक अध्यक्ष विमलकुमार शर्माले दिवसको अवसरमा शुभकामना दिएका थिए।

क्यान महासंघले ‘गो डिजिटल–गो क्याशलेस’ भन्ने नाराका साथ साताव्यापी रुपमा वेबमा आधारित विभिन्न सम्मेलन तथा गोष्ठीहरुको आयोजना गरेर आइसिटी डे मनाउने योजना बनाएको उनले बताए। जसमा डिजिटल लर्निङ, अनलाइन कार्य, अनलाइन सुरक्षा र ई-हेल्थजस्ता विषयमा छलफल तथा अन्तरक्रियाहरु मे महिनाभरि आयोजना हुनेछन्।

क्यान महासंघले आइसिटी डेको अवसरमा आयोजना गर्ने साताव्यापी अभियानको यो पहिलो कार्यक्रम हो। वेबिनारको सञ्चालन नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले गरेका थिए भने महासंघका उपाध्यक्ष खुसल रेग्मीले धन्यवाद ज्ञापन गरेका थिए।

क्यान महासंघले एक दशकदेखि आइसिटी डे मनाउँदै आएकोमा सन् २०१७ मा सरकारले यसलाई आधिकारिक दिवसको रुपमा मान्यता दिएपछि यसलाई सन् २०१८ मे २ मा पहिलो पटक नेपाल सरकारको अगुवाईमा मनाइएको थियो।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  १५:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन शनिबार, असोज ३१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शनिबार, असोज ३१, २०८३
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात शनिबार, असोज ३१, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्