काठमाडाैं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उत्कृष्ट विभूषण प्रदान गरेको छ। पौडेललाई विभूषण प्रदान गर्ने घाेषणा बुधबार गरिएकाे नेपालस्थित जापानी दूतावासले जनाएको छ।
जापान सरकारले प्रदान गर्ने 'ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन' अवार्ड पौडेललाई दिइएकाे हो। पौडेललाई नेपाल जापानबीचको सम्बन्ध बिस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सम्मानस्वरुप सो अवार्ड दिइएको बताइएको छ।
त्यसैगरी पौडेलले प्रतिनिधिसभाको सभामुख भएका बेला जापान-नेपाल फ्रेन्डशिप पार्लियामेन्टेरियन कमिटी गठन गरेर सांसदहरुका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाले जापान सरकारले सो अवार्ड प्रदान गरेको दूतावासले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।