• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २७, २०८३ Wed, Aug 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

अब हरेक क्षेत्रको ब्याज घट्नैपर्छ : पवन गोल्यान [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, वैशाख १७, २०७७  १६:३०
1140x725

एनएमबी बैंक सञ्चालक समितिका अध्यक्षसमेत रहेका पवन गोल्यान अहिले बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष छन्। उनकै संस्थाले केही दिनअघि साना ऋणलीलाई लक्षित गरि एक प्रतिशत बिन्दूले ब्याजदर घटाउने निर्णय गर्‍यो। गोल्यानले व्यावसायिक कृषि फर्म पनि सञ्चालन गरिरहेका छन्। पूर्वी नेपालमा २ सय बिघा जमिनमा खेती अघि बढाएका छन्। 'माटो' ब्रान्डमा आफ्ना उत्पादन बजारमा ल्याइरहेका छन्। गोल्यान समूहका अध्यक्षसमेत रहेका पवन गोल्यानसँग नेपाल लाइभका सविन मिश्रले गरेको कुराकानी: 

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालबाट साना ऋणलीलाई ब्याज छुटको निर्णय गराउनुभयो। यो किन आवश्यक थियो?
कोरोनाको महामारीबाट प्रभावित नभएको कुनै क्षेत्र छैन। तर साना ऋणीहरू दैनिक काम गरेर आफ्नो जिविका चलाउनुपर्ने खालका छन्। त्यस्ता ऋणीलाई वाणिज्य बैंकहरूले १ करोड रुपैयाँसम्मको ऋणमा १ प्रतिशत ब्याज छुट दिने हो भने उनीहरूलाई केही राहत पुग्छ।

सरकारको राहत प्याकेज आउन केही समय लाग्ने देखियो। उहाँहरूलाई हाम्रो कुरा कसैले सुन्यो र हाम्रो बारेमा कसैले केही दियो भन्ने महसुस गराउन यो निर्णय गरेका हौँ। वास्तवमा भन्ने हो भने अहिले नकारात्मकताबाट सकारात्मक ऊर्जा दिने कुरा हामीलाई चाहिएको छ। त्यसकारण यो निर्णय गरेका हौँ। 

सरकारले पहिलो चरणको प्याकेज ल्याइसकेको थियो। अब एक महिनामा बजेट पनि आउँदैछ। बजेटबाट व्यवसायीका लागि राम्रो प्याकेज आउँछ भन्ने चर्चा पनि छ। तपाईंहरू अझै प्रोएक्टिभ देखिनु भयो नि!
मैले अघि पनि यसका कारण भनेँ। सरकारभन्दा निजी क्षेत्र सधैं प्रोएक्टिभ हुनै पर्छ। मेरो जोड के हो भने हामीले सकारात्मक सोच विकास गर्न यो निर्णय गरेका हौँ। राष्ट्र बैंकले ल्याएको प्याकेजमा केही समय ऋण तिर्ने मिति सारिएको छ। तर अहिलेको अवस्थामा पैसा तिर्न सक्ने क्षमता त कम हुँदै गएको छ नि। त्यसैले ब्याज कम गरौँ भन्ने हाम्रो भनाइ हो। संस्थागत निक्षेपकर्ताको ब्याज कसरी घटाउन सकिन्छ त्यो हेरिरहेका छौँ। व्यक्तिगत निक्षेपमा कठिन हुन्छ। अब हरेक किसिमको ब्याज घट्नै पर्छ। यो संक्रमणकाल कति दिन रहन्छ भन्न सकिँदैन। त्यसैलाई मध्यनजर गरेर हामीले एउटा सुरुवात मात्रै गरेका हौँ।

परिसंघको यो निर्णयपछि बैंकका कार्यकारीको अधिकार सञ्चालक समितिको हस्तक्षेपमा पर्‍यो भन्न थालिएको छ नि!
अहिलेको बेलामा कसले के गर्‍यो भनेर जाने बेला होइन। विश्वभर महामारी छ। हामी झन् जोखिमपूर्ण अवस्थामा छौँ। साना ऋणी झन् जोखिमपूर्ण अवस्थामा छन्। एउटा बैंकले प्याकेज ल्याइसकेका थिए। त्यस्तो अवस्थामा हामीले एकरूपता कायम होस् भनेर यो निर्णय लिएका हौँ। सञ्चालक समितिले निर्णय लिए पनि त्यो कार्यान्वयन हुने प्रमुख कार्यकारीहरूबाट नै हो। कुनै हालतमा पनि उहाँहरूको अधिकारमाथि हस्तक्षेप गरेको होइन।

अहिले मन्त्रीहरूले लिने निर्णय प्रधानमन्त्रीले लिन सक्नुहुन्छ। सचिवबाट हुने निर्णय मन्त्रिले गर्नुपर्ने हुन सक्छ। मलाई लाग्दैन कि यहाँ अन्यथा भएको छ। त्यसकारण कसैले पनि यसलाई अर्को रूपमा लिन हुँदैन। 

नेपालमा बैंकर व्यवसायी छुट्टिनुपर्छ भन्दै आइएको बेलामा तपाईंहरूको निर्णयलाई फरक अर्थमा बुझिएको हुन सक्छ नि!
यदि हामीले आफ्ना लागि गरेको भए भन्न सकिन्थ्यो। म आफैँ धेरै व्यवसायमा छु, यो निर्णयले मलाई छुने त होइन। मैले त्यो सुविधा पाउने होइन। साना र मझौला ऋणीका लागि यो व्यवस्था गरिएको हो। 

nimb
nimb
Ncell 2
Ncell 2

तपाईं उद्योगसँगै कृषिमा पनि हुनुहुन्छ। तपाईंलाई नै उदाहरण मानेर काम गर्ने पनि छन्। कृषिको व्यावसायीकरणमा अब गर्नुपर्ने काम के हो?
मैले २०० बिघा जग्गा लिएर आफ्नै लगानीमा खेती गरिरहेको छु। हामीले तरकारी र नगदे बालीभन्दा फलफूल लगाउने कोशिश गरिरहेका छौँ। अहिलेको बेलामा कृषिको माग बढ्छ। मेरो आँकलन यही छ। मैले अध्ययन भएको कुरा भनेको होइन। अहिले मासुजन्यभन्दा फलफूल र तरकारीको माग बढ्ने देखिएको छ। रोगब्याधीको डरले पनि होला। यसले कृषिजन्य वस्तुको माग बढ्छ। त्यसकारण यो हाम्रा लागि अवसर हो। 

हामीले अब परम्परागत कृषिमा मात्रै अल्झिएर हुँदैन। अब प्रोसेसिङ इन्डष्ट्री चाहिएको छ। हाम्रो लागत अहिले छिमेकी मुलुकभन्दा धेरै छ। त्यसैले अब स-साना भए पनि प्रोसेसिङ उद्योग लगाउनुपर्छ। हरेक किसानलाई व्यावसायिक बनाउने गरी काम गर्नुपर्छ। महिला उद्यमी महासंघले १२ हजार महिलाका लागि काम गरिरहनु भएको छ। तैपनि अझै प्रविधिको अभाव छ। 

मेरो जोड के हो भने हामीले सकारात्मक सोच विकास गर्न यो निर्णय गरेका हौँ। राष्ट्र बैंकले ल्याएको प्याकेजमा केही समय ऋण तिर्ने मिति सारिएको छ। तर अहिलेको अवस्थामा पैसा तिर्न सक्ने क्षमता त कम हुँदै गएको छ नि। त्यसैले ब्याज कम गरौँ भन्ने हाम्रो भनाइ हो।

मैले के भन्ने गरेको छु भने अब सीप सिकाउने र पुँजी उपलब्ध गराउनुपर्छ। बैंकबाट पुँजी दिने र उहाँहरूले उत्पादन गरेको सामान किनिदिनु पर्ने आवश्यकता छ। हामीले त हाम्रै 'माटो' ब्रान्डमा किनिरहेका पनि छौँ। यसका लागि अब स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर जानुपर्छ। साना उद्योग ग्राम लगाएर काम गर्न सकिन्छ। १०/१५ लाख पुँजीको सानो व्यवसाय अघि बढाउन सकिन्छ। तत्काल उद्योग स्थापना गर्ने हो भने ४ देखि ६ महिनामा त्यो तयार हुन्छ। उदाहरणका लागि गोलभेँडा उत्पादन हुने ठाउँमा सस उत्पादन गर्ने उद्योग लगाउन सकिन्छ। आलु उत्पादन हुने ठाउँमा पोटेटो चिप्स बनाउने उद्योग लगाउन सकिन्छ। 

मैले भनेका वस्तु १ अर्ब रुपैयाँभन्दा धेरैको आयात भइरहेको छ। अब हामी यी वस्तुको आयात प्रतिस्थापन गर्न लाग्नुपर्छ। कृषिजन्य वस्तुको आयात घटाउन अब हामी लाग्नुपर्छ। सरकारले आयातलाई अलिकति कडाइ गरिदिए हुन्छ। यस्ता वस्तुको आयात कम गर्न 'कोभिड १९ सरचार्ज' लगाइदिए हुन्छ। तयारी वस्तुहरूको आयातमा कडाइ गर्ने हो भने आयात पनि बढ्छ र यहाँकै उद्योग पनि अघि बढ्न सक्छ। 

तपाईं उद्योगीहरूको आवाज अलि चर्को हुन्छ, सरकारले पनि सुन्छ। तर तपाईंले भनेका मान्छेलाई त बैंकसम्म पुग्नै सकस छ। ऋण पाउनै मुस्किल छ। के गर्ने?
गाउँगाउँमा म आफैँ गइरहेको छु। किसानहरू बैंकको दैलो नाघ्न डराउँछन्। म्यानेजरसँग गएर कुरा गर्ने त टाढाको कुरा भयो। यो अवस्थालाई चिर्नै पर्छ। यसमा परिवर्तन हुनुपर्छ। होइन भने प्रणालीमा पैसा आउँदैन। गाउँघरमा पैसा छ। तर बैंकिङ प्रणालीप्रति उनीहरूको विश्वास नहुँदा पैसा आएको छैन। त्यसैका लागि पनि हामीले राष्ट्र बैंक र नेपाल सरकारलाई सुझाव पनि दिएका छौँ। गाउँघरमा महिलाका नाममा १५ लाख रुपैसाँसम्म पैसा बैंकमा आउँछ भने त्यसको स्रोत नखोजौँ। मैले आफ्नो लागि भनेको होइन। यहाँ कालो धन भन्ने कुरा पनि आयो। त्यस्तो होइन।

म एउटा उदाहरण दिन्छु, कुनै किसानले १० लाखमा जग्गा बेच्यो तर त्यो ठाउँको सरकारी मूल्यांकन ३ लाख छ भने उसले ३ लाख बैंकबाट लिन्छ र बाँकी पैसा नगद बुझ्छ। बैंकमा त्यो पैसा लैजाँदा बाँकी पैसाको स्रोत देखाउन सक्दैन। त्यस्तो पैसा अहिले सम्पत्ती शुद्धीकरणले समात्छ। त्यसकारण अहिले पैसाको रङ हेर्ने बेला होइन। प्रणालीलाई अलिकति खुकुलो बनाएर जान सकिन्छ। महिलाको कुरा किन गरेको भने अहिले महिला शशक्तिकरण गर्नुपर्ने आवश्यकता छ। 

बैंकबाट पुँजी दिने र उहाँहरूले उत्पादन गरेको सामान किनिदिनु पर्ने आवश्यकता छ। हामीले त हाम्रै 'माटो' ब्रान्डमा किनिरहेका पनि छौँ। यसका लागि अब स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर जानुपर्छ। साना उद्योग ग्राम लगाएर काम गर्न सकिन्छ। १०/१५ लाख पुँजीको सानो व्यवसाय अघि बढाउन सकिन्छ।

राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको नीति यसअघि नै ल्याइसकेको छ। महिलाका लागि ६ प्रतिशत ब्याज छुट र पुरुषलाई ५ प्रतिशत ब्याज छुट छ। आज एनएमबी बैंकको उदाहरण दिउँ, अहिले ९ प्रतिशत जति आधार दर होला। २ प्रतिशत प्रिमियम जोड्यो भने ११ प्रतिशत पुग्छ। त्यसमा पुरुषले ऋण लियो भने ६ प्रतिशत र महिलाले ५ प्रतिशत ब्याजमा ऋण पाउँछ। त्यो हामी दिलाउँछौँ।  सबै बैंक तथा वित्तीय संस्थालाई समेटेर हामी अघि बढ्छौँ। देशको आवश्यकता पनि यही हो। साना उद्योग स्थापना हुनुपर्छ। उहाँहरूको आवाज म आफैँ बोल्छु। 

तपाईंले सरकारी बैंक र राष्ट्रिय युवा परिषदसँग मिलेर एउटा समझदारी पनि गर्नुभएको थियो। केही उपलब्धि भएको छ?
त्यसबाट पनि उपलब्धि भएको छ। हामीले धेरै ठाउँमा कर्जा प्रवाह गरेका छौँ। प्रदेश नं १ मा २०० भन्दा धेरै युवाहरूलाई कर्जा दिएका छौँ। युवार परिसंघसँग मिलेर सातवटै प्रदेशमा सीपमूलक तालिम चलाएका छौँ। वित्तीय साक्षरता र सीपमूलक तालिम एकैपटक दिएका छौँ। युवा परिषदको कार्यकारी उपाध्यक्ष र म आफैँ पनि गएको छु। जोश देखेका छौँ। 

हाम्रो श्रमशक्ति रहेको ठाउँमा कोरोनाको जोखिम धेरै छ। त्यहाँबाट युवाहरू फर्किन सक्छ। यस्तो अवस्थामा के गर्न सक्छौँ?
हामीले यो कुरामा छलफल गरेका छौँ। परिसंघमा छलफल भएको छ। सातवटै प्रदेशमा अब हामी प्रदर्शनी चलाउछौँ। साना साना मेसिनहरू त्यहाँ ल्याउछौँ। त्यसका सँगसँगै जुन बैंकले दिन सक्छ त्यसले तत्काल ऋण प्रदान गर्ने कार्यक्रम बनाउछौँ। सहुलियतपूर्ण कर्जा प्रदर्शनीबाट नै दिने योजना ल्याउछौँ। सीपमूलक कार्यक्रमदेखि अन्य तालिमसम्म दिइन्छ। विदेशबाट सामान आयात गरेर व्यापार गरिरहेका नेपाली व्यवसायीहरूलाई अब स्वदेशी उत्पादन नै बिक्री गर्न लगाउछौँ। 

व्यापार गरेर सहजै नाफा आर्जन गरिरहेका व्यवसायीलाई उद्योगी बनाउन सकिन्छ?
यो एउटा बहसको विषय हो। तर मलाई लाग्छ कि अब नेपालमा आउँदा दिनमा आयात कम गर्दै जानुपर्छ। अत्याश्यक वस्तुबाहेक अन्यको आयात बन्द हुनुपर्छ। खाद्यान्नको आयात निरुत्साहित गर्नुपर्छ। त्यसका लागि व्यापार गर्नेहरू उद्योगमा लाग्छन्। आयात गरेर व्यापार गरिरहेकाहरूले नेपालमै उत्पादन भएका वस्तु बेच्नुपर्‍यो। साना उद्योगका सामान पनि आफ्नो ब्राण्ड वा व्यापारको च्यानलमार्फत बेच्नुपर्छ। नेपालमा खपत हुने सामान चाहिन्छ। मान्छेले खान र लगाउन छोड्दैन। अब नेपाली खानुपर्‍यो, नेपाली लगाउनुपर्छ। 

नेपाली निजी क्षेत्र अहिले अलि धेरै आत्तिएका देखियो। निजी क्षेत्रको क्षमता अझै नपुगेको हो?
अन्यौलको अवस्थाका कारण आत्तिनुपर्ने अवस्था आएको हो। अहिले ७/७ दिन गर्दै लकडाउन बढ्दै गयो। अहिले नोक्सान नहुने कोही छैन। अहिले विश्व नै गरिब भइसक्यो। हामी मात्रै गरिब भएको होइन। हिजोको जस्तो जीवनशैलीबाट अब थोरै परिवर्तन आवश्यक छ। त्यसका सँगसँगै अब आउने दिनमा आफ्नो नाफा अलि कम गरेर भए पनि अर्थतन्त्रलाई चलायमान बनाउनका लागि जोड दिनुपर्छ। 

बजेटबाट सरकारले नेपाली उत्पादनलाई संरक्षण दिनुपर्छ। कुनै न कुनै उपायबाट भन्सार दर बढाउनुपर्छ। अहिलेको बेलामा डब्लुटिओ वा अन्य द्विपक्षीय सम्झौताका नाममा कर नलगाउने गर्नु हुँदैन। सरकारले भार नपर्ने गरी काम गर्नुपर्छ।

अहिले मेरो धागो उद्योगमा ४ हजार ३ सयलाई काम दिएको छु भने ६ हजारलाई कसरी रोजगारी दिन सकिन्छ भनेर सोच बनाउनुपर्छ। एउटा उद्योग छ भने त्यसका सहयोगी उद्योग कसरी लगाउन सकिन्छ सोच्नुपर्छ।

कपडाको कुरा गरौँ, अहिले ९५ प्रतिशत आयात भइरहेको छ। ३ खर्ब रुपैयाँको कपडा खपत भएको छ। सरकारले तथ्यांक हेर्ने हो भने ५० अर्ब हाराहारीको मात्रै आयात भएको देखिन्छ। तर अन्य उत्पादन अनौपचारिक बाटोबाट आएको छ। यसलाई प्रतिस्थापन गर्न साना उद्योग लगाउनुपर्छ। २५ वर्ष पहिले नेपालमा टुथपेस्ट र टुथब्रस उत्पादन हुन्थे। अहिले बन्द भए। अब ती उद्योग फेरि फर्काउनुपर्छ। तत्काल नभए पनि हामीलाई भविष्यमा दोहोरो अंकको आर्थिक वृद्धि गर्नका लागि बाटो दिएको छ। 

सरकारले बजेट ल्याउँदैछ। उद्यमशीलता विकासका लागि के के गर्न सक्छ?
बजेटबाट सरकारले नेपाली उत्पादनलाई संरक्षण दिनुपर्छ। कुनै न कुनै उपायबाट भन्सार दर बढाउनुपर्छ। अहिलेको बेलामा डब्लुटिओ वा अन्य द्विपक्षीय सम्झौताका नाममा कर नलगाउने गर्नु हुँदैन। सरकारले भार नपर्ने गरी काम गर्नुपर्छ। सरकारले माहौल बनाउने हो। सहजीकरण गरिदिने हो। अहिले काम गर्न झन्झटिलो प्रक्रिया छ त्यसलाई सरलीकरण गर्नुपर्छ। साना उद्योगलाई प्रवर्द्धन गर्ने गरी बजेट छुट्याउनुपर्छ। उत्पादित वस्तु बजारसम्म पुर्‍याउने आधार तयार गरिदिनुपर्छ। निर्यात बढाउने वा आयात प्रतिस्थापन गर्ने वस्तुको उत्पादन बढाउनुपर्छ। 

अहिले हामी जहाँ बसेर कुरा गर्दैछौँ यो भवन पहिले अपार्टमेन्टका लागि भनेर बनाइयो। अहिले होटल बन्दैछ। तर कोरोनाले होटल व्यवसाय ध्वस्त बनाइदियो। के योजना बनाउनु भएको छ?
पहिले भूकम्प आयो, त्यो बेलामा हामीले एउटा आफ्नै लागि राख्यौँ र अर्को होटलको हिसाबमा बनाएका थियौँ। एक वर्ष अगाडि अपार्टमेन्ट भएको भए राम्रो नाफा हुन्थ्यो। तर म अहिले पनि संभावना देखिरहेको छु। नेपालमा अहिले पनि कोरोनाको ठूलो संक्रमण छैन। अबको अक्टोबरपछिको सिजनमा पर्यटक आउँछन् भन्ने मलाई लाग्छ। त्यसमा हुन सकेन भने अर्को वर्षको सुरुवाती सिजनबाट पर्यटक आउँछन्। हामी एकातिर चीन र अर्कोतिर भारतसँग जोडिएका छौँ। त्यस देशका पर्यटकलाई नेपाल सुरक्षित हो। त्यो हिसाबमा नेपालमा पर्यटनमा अहिले गाह्रो पारेको भए पनि भविष्यमा राम्रो हुन्छ जस्तो लाग्छ। 

विस्तृतमा भिडियो

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सदनमा माननीयहरु हराएपछि...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान
ललितपुरमा अनधिकृत संरचना सात दिनभित्र हटाउन सूचना
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
सदनमा माननीयहरु हराएपछि... मंगलबार, साउन २६, २०८३
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान मंगलबार, साउन २६, २०८३
ललितपुरमा अनधिकृत संरचना सात दिनभित्र हटाउन सूचना मंगलबार, साउन २६, २०८३
ब्रोडपिक आरोणका क्रममा ज्यान गुमाएका तीन आरोहीको शव ल्याइयो [तस्बिरहरु] मंगलबार, साउन २६, २०८३
शशांकको माग अस्वीकार गर्दै कांग्रेस संस्थापनले भन्यो– महाधिवेशन नगरे पार्टी अवैधानिक हुन्छ मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
साँझको ड्युटी सकेर जुवाखाल छिरेका प्रहरीका सई च्याप्पै समातिए मंगलबार, साउन २६, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, साउन २६, २०८३
शशांकको माग अस्वीकार गर्दै कांग्रेस संस्थापनले भन्यो– महाधिवेशन नगरे पार्टी अवैधानिक हुन्छ मंगलबार, साउन २६, २०८३
एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्