• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सांसद ‘अपहरण’ प्रकरण : कानुनी उपचारमा न दल इच्छुक, न अपहरित

64x64
रामकुमार डिसी शनिबार, वैशाख १३, २०७७  ०५:५४
1140x725

काठमाडौं- दुई अध्यादेशको खारेजीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका कदमबाट तरंगित राजनीति विस्तारै थिग्रँदै छ। लामो समयदेखि एकता प्रयासमा रहेका मधेश केन्द्रित समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच अचानक एकीकरण भई नयाँ पार्टी गठन गर्नुमा ओलीको कदम कारक रह्यो। 

सत्तारुढ दलभित्रै र बाहिरको दबाब र समाजवादी फुटाउने योजनामा 'ब्याकफायर' भएपछि प्रधामन्त्री ओली ५ दिनपछि आफ्नो कदमबाट पछाडि हटे। तर, यहीसँग जोडिएको सांसद ‘अपहरण’ प्रकरण भने सेलाएको छैन।

सम्बन्धित पार्टीका नेता डा बाबुराम भट्टराई, प्रमुख प्रतिपक्षी दलका प्रमुखसँगै सत्ताधारी दल नेकपाका नेताहरुले समेत अर्को पार्टीको साँसदको अपहरणमा संलग्नमाथि कारबाहीको माग गरिरहेका छन्।

समाजवादी पार्टीले नै प्रारम्भमा आफ्ना सांसद एवम् पूर्व स्वाथ्य राज्यमन्त्री डा सुरेन्द्र यादवलाई प्रधानमन्त्री ओलीको निर्देशनमा उनी निकट दुई सांसद र एक पूर्व प्रहरी महानीरिक्षकले अपहरण गरेको दाबी गरिएको थियो। यसमा नाम जोडिएका ओलीका प्रिय पात्र एवम् नेकपा सांसद महेश बस्नेत, नेकपाकै अर्का सांसद किसन श्रेष्ठ र नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संसाद यादवलाई तराईस्थित उनको घर जनकपुर गएर बालुवाटर ल्याएको स्वीकारिसकेका पनि छन्। तर, उनीहरुले सांसद यादवलाई अपहरण गरेको नभई उनकै सहमतिमा ल्याएको दाबी गरिरहेका छन्। 

सञ्चार माध्यमहरुमा सार्वजनिक सांसद् यादवका भनाईमा भने उनको इच्छाअनुसार भन्दा पनि नेकपाका दुई सांँसद र पूर्व प्रहरी महानिरीक्षकको करबलमा काठमाडौं ल्याएको देखिन्छ।

अपहरणको दाबी तर कानुनी उपचारमा अनिच्छुक
सांसद अपरहण परेको भन्दै सबैभन्दा पहिले तत्कालीन समाजवादी पार्टीका सहप्रवक्ता विश्वदीप पाण्डेले सामाजिक सञ्जालमा लेखेका थिए। पार्टी फुटाउन अपहरण गरिएको उनको भनाइ थियो। 

उनले ट्विटरमा लेखका छन्, ‘आज वैशाख १० गते साँझ ५ बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौं ल्याउँदैछ। यो के हुन लागेको हो ओलीतन्त्रमा?’

आज वैशाख १० गते साँझ ५:०० बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनकालागि काठमाडाैं ल्याउँदैछ ।यो के हुन लागेको हो ओलीतन्त्रमा ?

Ncell 2
Ncell 2
nimb
nimb
— Bishwadeep Pandey (@BishwadeepP) April 22, 2020

पाण्डेले सार्वजनिक रुपमै आफ्नो पार्टीका सांसद अपहरणमा परेको सार्वजनिक गरेपछि यो खबर चारैतिर फैलियो। समाजवादी पार्टीकै संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईंले पनि अपहरण गरिएको दाबी गरेका छन्। ‘पार्टी फुटाउन प्रधानमन्त्रीकै निर्देशनमा सांसद अपहरण गरिएको’ भन्ने कुराले हंगामा नै सिर्जना गर्‍यो। दाबीअनुसार सांसद यादव काठमाडौं आइपुगेर आफ्नो पार्टीका नेताको सम्पर्कमा पुगे।

अपहरणमा संलग्न भएको आरोप लागेका नेकपाका साँसद बस्नेत र श्रेष्ठसँगै पूर्व प्रहरी महानिरीक्षक खनालले समेत उनलाई लिन उनकै घर गएको स्वीकार गरे। डा यादवले सार्वजनिक गरेको विवरणले अपहरण सम्बन्धि नेपालमा सक्रिय कानुन आकर्षित हुने प्रष्टै देखिन्छ। तत्कालीन समाजवादीका नेता बाबुराम भट्टराई सामाजिक सञ्जालमा अपहरणमा संलग्नमाथि कारवाहीको माग गरिरहेका छन्। तर अनुसन्धानको प्रारम्भ गर्न आवश्यक निवेदन या जाहेरी दिनेतर्फ भने मौन देखिन्छन्।

यस विषयमा सांसद यादवको तत्कालीन पार्टी समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईसँग बुझ्दा उनले अपहरणको कानुनी उपचार खोज्ने कुरामा पार्टीले केही नसोचेको बताए।

‘अपहरणमा परेको भन्ने कुरामा अब कुनै द्विविधा छैन,’ राईंले नेपाल लाइभसँग भने, ‘तर, मुद्दा हाल्ने या नहाल्ने भन्ने विषय सम्बन्धित सांसदमै भर पर्छ। यद्यपी पार्टीले यसबारेमा छलफल गर्छ।’

अपहरण गरेको दावी मात्रै हैन आफूसँग पुष्टि गर्ने प्रमाण नै भएको दाबी गरिरहेका पाण्डेसँग यसबारेमा जिज्ञासा राख्न पटकपटक सम्पर्कको प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन्। 

नेकपा सांसद महेश बस्नेतले अपहरणको प्रचार गर्नेविरुद्ध साइबर अपराधमा मुद्धा हाल्ने भन्दै दिएको अभिव्यक्तिप्रति ट्वीटरमा पाण्डेले प्रतिक्रिया जनाउँदै आफूसँग अपहरणको प्रमाण नै रहेको दावी गरेका थिए। तर, केही क्षणमा उनले त्यसलाई हटाए। 

उता समाजवादीसँग एकिकरण गरेका राजपाका नेता राजेन्द्र महतोले सांसद अपहरणबारे आफूलाई कुनै जानकारी नै नभएको प्रतिक्रिया दिएका थिए। 

कारबाहीको माग
अपहरणमा परेका भनिएका सांसद यादवको दलले कानुनी उपचारका लागि अनिच्छा देखाए पनि अरुले भने यस प्रकरणको छानबिन गरेर दोषीलाई कारबाही गर्नु पर्ने माग गरेका छन्। 

अध्यादेश फिर्ता लिएपछि प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले अपहरणमा संलग्नलाई कारबाही गर्न माग गरे।

‘दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनु भयो, त्यसका लागि धन्यवाद छ,’ ओलीसँगको बैठकमा देउवाले भनेका छन्, ‘तर एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन् तिनलाई कारबाही गर्नुपर्ने माग देशभर उठेको छ। मेरो माग यही छ। देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारवाही हुनुपर्छ।’

सरकारको निर्णय लगत्तै ट्विट गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कारबाहीको प्रतिक्षामा रहेको बताएका थिए। ‘अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो, अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कारबाहीको प्रतिक्षामा छ देश,’ उनले लेखेका छन्। 

अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो,अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कार्वाहीको प्रतीक्षामा छ देश !@Pm_Nepal जनताको तर्फबाट आग्रह छ अब सम्पुर्ण ध्यान र शक्ति कोरोना विरुद्धको संघर्षमा केन्द्रित गरौं l पहिले नागरिकको जीवन जोगाऔं फुर्सदमा राजनैतिक विवाद गरौंला

— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 24, 2020

सत्तारुढ नेकपाकै नेता भीम रावलले पनि छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। ‘सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेर,अपहरण शैलीमा तराईबाट काठमाडौं ल्याएर सिध्दान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडाउँदै राजनीतिलाई फोहरी आहाल बनाई बदनाम गर्ने विगतको दुःखद स्थिति अध्यादेश प्रकरणमा दोहोरिएको छ,’ रावलले ट्वीटरमा लेखेका छन्, ‘यसको छानविन गरी गैरकानुनी कार्य गर्नेलाई कारबाही हुनुपर्छ।’

कानुनी व्यवस्था
मुलुकी अपराध संहिताले कस्तोलाई अपहरण भन्ने परिभाषित गर्छ। संहितामा ‘कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डरत्रासमा पारी, जोर जुलुम गरी, हातहतियार देखाई वा नदेखाई वा झुक्यानमा पारी वा नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरी रहेको सवारी साधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई वा त्यस उपर कुनै किसिमले नियन्त्रण गरी निजलाई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा’ अपरहण गरेको मानिने उल्लेख छ। 

संहितामै अपहरणमा संलग्नलाई सात वर्षदेखि दश वर्षसम्म कैद र सत्तरी हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ। 

फौजदारी अपराध सम्बन्धमा प्रहरीले संचार माध्यम बाट जानकारी पाएको कुराको सत्य तथ्य छानविन गरी पिडितले उजुरी नदिए पनि प्रहरी प्रतिबेदनको आधारमा मुद्दा चलाउन सक्छ। यो घटनामा संलग्न भएका भनिएका अपहरणकारी शक्तिशाली व्यक्ति भएको कारण डर,त्रासको कारण पिडितले उजुरी नदिने अवस्था आएको पनि हुन सक्छ। यस्तो अवस्थामा प्रहरीले प्रमाणको ‘भेरिफिकेसन’ गर्नु पर्ने हुन्छ। 

होला त छानबिन?
सार्वजनिक भएका विवरणहरुमा प्रधानमन्त्रीकै इच्छा अनुसार नेकपाका दुई साँसद र पूर्व प्रहरी महानिरीक्षक डा यादवलाई बल्जफ्ती काठमाडौं ल्याउन संलग्न भएको देखिन्छ।

बस्नेत र श्रेष्ठ दुवै प्रधानमन्त्रीका विश्वासिला पात्र हुन्। महानिरीक्षक पदमा बहाल रहँदा प्रधानमन्त्री ओलीले त्यति नरुचाए पनि पूर्व प्रहरी महानिरीक्षक खनाल उनकै सदिच्छा अनुसारको योजनामा संलग्न रहेकाले सरकार तिब्र दवाव नभई यो अपहरण घटनाको अनुसन्धानमा जुट्ने सम्भावना देखिन्न।

सरकारकले अनुसन्धानको 'ग्रिन सिंग्नल' नदिई प्रहरीले सञ्चारमाध्यममा सार्वजनिक भएको विवरणकै आधारमा अपहरण अनुसन्धान गर्ने सम्भावना छैन। कानुन कार्यान्वयन गर्ने निकायका नेतृत्वको मुटु प्रधानमन्त्रीको इच्छाविपरीत जाने गरी दरिलो देखिँदैन।

तत्कालीन अवस्थामा समाजवादी पार्टीसँग आफ्नो पार्टी विभाजन हुनबाट जोगाउनु थियो। राजपासँगको एकता र अशन्तुष्ट समूहसँग पार्टी विभाजनका लागि चाहिने संख्या नपुगेपछि दुर्घटना टर्यो। अब पार्टी विभाजनलाई सजिलो बनाउने अध्यादेश समेत खारेज भइसकेको छ।

यो अवस्थामा न डा यादव संलग्न दल या डा यादव नै यो प्रकरणमा कानुनी उपचार खोज्ने मुडमा देखिएका छन्। यी सबै घटनाक्रमले डा यादव प्रकरण कानुनी रुपमा समाधानको साटो एक राजनीतिक 'स्टन्ट'बाजीका रुपमा मात्र अघि बढ्ने देखिएको छ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  ०५:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामकुमार डिसी
नेपाल लाइभका वरिष्ठ संवाददाता डिसी परराष्ट्र, रक्षा तथा राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फर्किएनन् द्वन्द्वकालमै हराएका आफन्त
नेपाली भूमिमा भारतको सडक : दलपिच्छे विज्ञप्ति, नेतापिच्छे बोली
कालापानी : विज्ञप्तिपछिको विकल्प के?
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्