• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अस्थिरताको बिजारोपण र संसदको अंकगणित

64x64
डिबी खड्का मंगलबार, वैशाख ९, २०७७  १३:०४
1140x725

राजनीतिक स्थिरताको म्यान्डेड जनअनुमोदित भएर बनेको नेकपा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दल विभाजन सम्बन्धी खुकुलो प्रावधान सहितको अध्यादेशले दलबीच अविश्वास र आशंका बढाएको छ। राजनीतिमा पुनः अस्थिरताको युग सुरु हुने हो कि भन्ने विश्लेषण हुन थालेको  छ।
 
केपी शर्मा ओली नेतृत्वमा चुनावी मैदानमा ओर्लिएको वाम गठबन्धनले दुईतिहाइ नजिक मत पाउनुको एक कारण राजनीतिक स्थिरताको आश थियो। सत्ताधारी दल नेकपा र अन्य दलमा यो बीचमा खटपट नभएका होइनन्। तर, दल र संसद दुबैतिर ४० प्रतिशतको बलमा मात्र दल विभाजन हुनसक्ने कठोर कानुनी प्रावधानले स्वार्थगत टुटफुट रोकिएको थियो, यस बीचमा।

कोरोना भाइरस संक्रमणको बेलामा प्रसंग र सार्वजनिक विमर्श बिना नै यस्ता प्रावधान समेटेर अध्यादेश ल्याइयो, जसका कारण सरकारलाई स्थिर बनाइरहेको थियो। स्थिर नै हुने विश्वास पनि दिलाइएको थियो। मन्त्रिपरिषद्ले त्यही कानुनी बाटो खुकुलो बनाउँदै अध्यादेश ल्याएपछि यस बीचमा रोकिएको दलको टुटफुट श्रृंखला पुनः सुरु हुने जोखिम बढेको छ।

सत्ताघटक दल नेकपामा दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको मनमुटाव बढिरहेको बेला आएको खुकुलो कानुनले नेकपा नै विभाजित हुने आशंका बढेको छ। यस अगाडिका राजनीतिक घटनाक्रमले देखाएको तथ्यमा दल विभाजनको प्रमुख कारण सत्ता स्वार्थ देखिएका हुन्। झण्डै दुई तिहाइको जनमत पाएको नेकपाका हकमा सरकार गठन र निरन्तरताका लागि कुनै दोस्रो दलको आवश्यकता छैन अहिले।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र दुवै दल र तिनका शीर्ष नेताको परीक्षण भइसकेको थियो पहिला नै। उनीहरुबाट अतिरिक्त अपेक्षा गर्ने वातावरण थिएन। तर दुवै दल एकसाथ चुनावी मैदानमा होमिएका र पार्टी एकीकरण गर्ने वाचा गरेका थिए। जसमार्फत, स्थिर सरकार र सांसद किनबेचको खेल रोकिने आशमा नेकपाले प्रभावशाली जनमत पाएको थियो।

बहुदल आएको केही समयपछि नै दलहरुबीच टुटफुट सुरु भएको थियो। कतिपय अवस्थामा कुनै दलले स्पष्ट बहुमत पाउन नसक्दा सरकारहरु निरन्तर अस्थिर भइरहे। सत्ताको साँचो साना दलमा हुने भएकाले कैयौं सरकारका आयू ९ महिनामात्रै भए। यो क्रम पछिल्लो आम निर्वाचन अघिसम्म चलिरह्यो। 

छोटो समय र धेरेको स्वार्थ मिसिएको सरकार बन्दा दीर्घकालीन नीति बन्न सकेन। जसको नकारात्मक प्रभाव देशको सबै क्षेत्रमा परेको छ। यसको महसुस आम नागरिकले मात्रै हैन दलका नेतृत्वले पनि गरे। त्यसैले उनीहरु दल फुटाउने प्रावधानमा कडा सर्त राख्न तयार भए।

अहिले नेकपा नेतृत्वको सरकारले त्यही प्रावधानलाई खुकुलो बनाएर नेतागत स्वार्थका आधारमा दल विभाजन गर्न सक्ने बाटो खुल्ला गरिदिएको छ।

अब संसदीय दल वा केन्द्रीय समितिमध्ये कुनै एकमा ४० प्रतिशत मत पुर्‍याएकै आधारमा दल विभाजन गर्न सकिने छ। यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत पुर्‍याउनुपर्ने प्रावधान थियो।

Ncell 2
Ncell 2
nimb
nimb

दुई तिहाइ नजिकको सरकारले बितेका दुई वर्षमा अतिरिक्त केही गर्न सकेको थिएन। सरकार ढाल्ने र बनाउने मैदान पनि उपलब्ध थिएन। धीमा गतिमा भए पनि नेपाली राजनीति एउटा फ्रेममा आइरहेको संकेत देखिन्थ्यो। पार्टी फुटका शृंखलाहरु रोकिएका थिए।
 
तर अब दल विभाजन सम्बन्धी खुकुलो अध्यादेशको आडमा यदी नेकपा विभाजित भएमा बहुमत प्राप्त दल कुनै हुने छैनन्। जसले संयुक्त सरकार गठनका लागि दलहरुबीच ध्रुविकरण बढ्ने निश्चित छ। यसले अहिलेको कोरोना भाइरस नियन्त्रण र त्यसपछिका आर्थिक लगायतका संकटसँग सामना गर्नुपर्ने बेलामा सरकार बनाउने र गिराउने षडयन्त्रमा देश रुमल्लिने जोखिम देखिन्छ। त्यो पनि अरु कोहीबाट होइन, स्वयं प्रधानमन्त्रीले त्यस्तो व्यवस्था गरिदिएका छन्।

अध्यादेश आफ्नो पार्टीका लागि नभएको भनेर हिजोको पार्टी सचिवालय बैठकमा उनले ब्रिफिङ गरेका छन्। आफूसँग आउन चाहनेका लागि ढोका खोलिदिएको उनको तर्कसँग नेकपाका केही शीर्ष नेताहरु सहमत भए भने केहीले पारी गाउँको पहिरो सम्झेर तत्कालका आफूलाई शान्त पारेका छन्। कार्यकर्ता तहमा पुगेको तरंग अर्को घटनाक्रमको विकास नभएसम्मका लागि शान्त छ।

तर सत्ताको लागि चाहिने पार्टी होइन, गणित नै हो। अहिलेको एकल बहुमत रहेको पार्टीमा विभाजित भएमा यसले अन्य दललाई पनि प्रत्यक्ष प्रभाव पार्नेछ नै। सरकारमा जाने कि नजाने विवादमा हिजोका दिनमा धेरै दल फुटेकै हुन्। नेकपाभित्रको असन्तुष्टि विभाजनको बिन्दुमा पुगेका हिजोका दृश्य पुनः दोहोरिने छ नै।

नेकपा विभाजनमा गएमा बदलिने सत्ता समिकरणका गणित केही चित्र खिच्न सकिन्छ।

Xtrem

Xtrem

हाल प्रतिनिधिसभामा २ सय ७५ जना छन्। सरकार बन्नका लागि सरकार ५० प्रतिशत भन्दा बढी आवश्यक हुन्छ। त्यो संख्या भनेको १ सय ३८ हो। संसदीय दलमा ४० प्रतिशत पुर्‍याएर नेकपा फुट्दा पूर्व एमाले र माओवादी केन्द्र हुने अनुमान गरौं। त्यसोहुँदा एमालेमा १०४ सांसद हुनेछन्। माओवादीमा ६९ सांसद हुनेछन्।

त्यसपछिको एमालेले सरकार बनाउन राजपा र समाजवादी पार्टीसँग मिलेर सरकार बनाउन सक्छ। एमालेका १०४ हुनसक्दा राजपा १७, र समाजवादीका १७ गरी १३८ पुग्छ।

विभाजनपछि बन्नसक्ने माओवादी केन्द्रको नेतृत्वको सरकारको लेखाजोखा गरौं। अहिलेको अंकगणितमा फेरबदल नभए माओवादीसँग ६९ सांसद हुनसक्छन्। माओवादीलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, राजपा र समाजवादीले साथ दिएमा कांग्रेसका ६३, राजपा १७ र समाजवादीका १७ गरी १ सय ६६ पुग्न सक्नेछ।

एमाले र कांग्रेस मिलेर सरकार बनाए माओवादी, राजपा र समाजवादी नभए पनि एमालेका १ सय ४ र कांग्रेसका ६३ गरी १ सय ६७ हुने भएकाले सहजै सरकार बन्न सक्ने छ।

नेपाली कांग्रेसको बहुमत प्राप्त सरकार मध्यावधिमा पुगेको, एमालेको अल्पमतको सरकार ढाल्दै कहिले कांग्रेस राप्रपा त कहिले राप्रपा एमालेको सरकार बनेकै हो। कुनै दलसँग बहुमत नहुँदा एक जना सांसद भएको दलले समेत मन्त्री पद पाएको, जुन तेस्रो दल हुन्छ उही निर्णायक बनेर प्रधानमन्त्री पदका लागि कहिले पहिलो दलसँग त कहिले दोस्रो दलसँग गठबन्धन गर्दै सरकार बनेकै हुन्।

त्यसैले सुविधाजनक बहुमत प्राप्त दल विभाजित हुँदै सबै अल्पमतमा पुगेका सरकार गठनका लागि सबै दलले सकेको खेल खेल्ने निश्चित छ। त्यसको ल्याउने नतिजा समृद्धि होइन, हिजोको घृणित अंक गणितको खेल नै हो।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १३:०४
  • #नेकपा
  • #प्रधानमन्त्री
  • #दल_फुटाउने_अध्यादेश

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्