• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नेपाली पाइलटबाटै उडान सम्भव हुँदाहुँदै महँगा विदेशी पाइलट किन?

64x64
नेपाल लाइभ आइतबार, वैशाख ७, २०७७  २०:४७
1140x725

काठमाडौं- नेपाल वायुसेवा निमगले नेपाली पाइलटबाटै उडान सम्भव हुने अवस्थामा पनि विदेशी पाइलटलाई नै जिम्मेवारी दिइरहेको छ। ‍सरकारले लकडाउन घोषणा गरेसँगै अन्तर्राष्ट्रिय र आन्तरिक व्यावसायिक उडान पनि चैत ११ गतेबाट पूर्ण रुपमा बन्द भएका छन्। तर, उद्धार र कार्गो उडानमा भने प्रतिबन्ध छैनन्।

लकडाउनअघि र लकडाउनपछि नेपाल एयरलान्सको वाइडबडी ए-३३० जहाजले चीनको गोन्जाओमा ४, चीनकै वुहानमा १, अष्ट्रेलियामा १ र जापानको नारिता १ गरी ७ वटा चार्टर उडान गरेको छ। साता वटै चार्टर उडान नेपाली पाइलटबाट सम्भव भएपनि अधिकांश उडानमा विदेशी पाइलटले जिम्मेवारी पाएका छन्। नेपाली पाइलट खाली छन्। यी उडानमा विदेशी पाइलटलाई काम दिइएपछि सेवासुविधा र तलबभत्ता पनि उनीहरूले नै पाउने भए। तर, नेपाली पाइलट बेरोजगार रहनुपर्‍यो।

नेपाली पाइलट र विदेशी पाइलटमा पारिश्रमिकको ठूलो अन्तर छ। नेपाली पाइलटले न्यूनतम कर कटाएर मासिक १ लाख ६० हजार बुझ्छन् भने विदेशी पाइलटले कम्तीमा १५ हजार डलर बुझ्छन्। त्यसमा पनि विदेशी पाइलटका हकको ३६ प्रतिशत कर नेपाल एयरलाइन्सले नै तिर्नुपर्ने हुन्छ।

तर, यस्तो संकटमा करारमा नियुक्ति भएका विदेशी पाइलटलाई जिम्मेवारी दिँदा नेपाली पाइलटलाई भने जगेडामा राख्ने काम भएको छ।

नेपाली पाइलटबाटै कसरी सम्भव थियो उडान?
नेपाल एयरलाइन्सले कोरोनाको उद्गमस्थल मानिएको चीनको वुहानबाट १ सय ७५ जना नेपाली विद्यार्थीको उद्धार गरेको थियो। उक्त उडानमा नेपाली पाइलट विजय लामा जान अस्वीकार गरे पनि अन्य नेपाली पाइलटले जान अस्वीकार गरेका थिएनन्। नेपाल एयरलाइन्सले भने नेपाली पाइलट जान नमानेको भन्दै विदेशी पाइलटबाट नै उडान गरेको थियो। उक्त उडानको कमान्ड विदेशी पाइलट मोहमद आरिफले पाएका थिए भने कोपाइलटमा थिए सुनिल श्रेष्ठ।सो उडानमा जानसमेत तयारी रहेको नेपाली ३ जना पाइलट श्रवण रिजाल, महेश्वरमान डंगोल, समजकुमार श्रेष्ठलाई अपरेसन विभागले सम्पर्क नै गरेन। एक पाइलटका अनुसार उक्त उडानमा जान पाइलट विजय लामाबाहेक सबै तयार थिए।

विदेशी पाइलट मोहमदको ठाउँमा रिजाल, डंगोल र श्रेष्ठलाई जिम्मेवारी दिन सकिन्थो। यसैगरी मार्च २८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चार्टरमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको गोन्जाओ उडान गरेको थियो।

उक्त उडान पनि नेपाली पाइलटको सट्टा विदेशी पाइलटलाई नै जिम्मा दिइएको थियो। नेपाल एयरलाइन्सको अपरेसन विभागले विदेशी पाइलट जावेद चौधरी र जेम्सलाई जिम्मेवारी दिएको थियो भने कोपाइलटमा सुनील श्रेष्ठ र सज्जन कुइँकेल थिए।

nimb
nimb

दुई विदेशी पाइलटको ठाउँमा अपरेसन विभागले  विजय लामा, श्रवण रिजाल, महेश्वरमान डंगोल र समजकुमार श्रेष्ठ मध्ये दुई जनालाई जिम्मेवारी दिन सक्थ्यो। 

यसैगरी नेपाल एयरलाइन्सको वाइडबडी जहाजले अप्रिल १ मा अष्ट्रेलिया चार्टर उडान भरेको थियो। उक्त उडानमा पनि सबै नेपाली पाइलटबाटै सम्भव थियो। विदेशी पाइलट जेम्स, उदय र जावेद चौधरीलाई उडान गर्ने जिम्मेवारी दिइयो। साथमा दुई जना नेपाली पाइलट महेश्वरमान डंगोल र विजय लामा राखिएको थियो। ३ जना विदेशी पाइलटको ठाउँमा दुई जना नेपाली पाइलट श्रवण रिजाल र समजकुमार श्रेष्ठलाई जिम्मेवारी दिन सकिन्थ्यो भने एक जना विदेशी पाइलटको ठाउँमा कोपाइलट भए पनि उडान सम्भव थियो। तर, अपरेसन विभागले नेपाली पाइलटलाई जगेडामा राखेर विदेशी पाइलटलाइ जिम्मा दिएको थियो। 

यसैगरी अप्रिल २ मा नेपाल एयरलाइन्सले चीनको गोन्जाओमा पनि वाइडबडीमार्फत् चार्टर उडान गरेको थियो। उक्त उडानमा पनि नेपाली पाइलटबाट नै सम्भव थियो। अष्ट्रेलियाको उडानमा विदेशी पाइलटलाई जिम्मेवारी दिइए पनि बाँकी उडानमा नेपाली पाइलटबाट उडान सम्भव थियो। तर, अपरेसन विभागले उक्त उडानमा पनि विदेशी पाइलटबाट नै गराएको थियो। गोन्जाओको उक्त उडानमा विदेशी पाइलट रोनाल्ड र नेपाली पाइलटमा समजकुमार श्रेष्ठ  थिए। रोनाल्ड ठाउँमा  श्रवण रिजालबाट उडान सम्भव थियो।

यसैगरी एयरलाइन्सले अप्रिल १० मा जापानको नारितामा वाइडबडी जहाजमार्फत चार्टर उडान भरेको थियो। यो उडानमा पनि अपरेसन विभागले नेपाली पाइलटलाई जिम्मेवारी दिन चासो देखाएन। यो उडानको जिम्मेवारी विदेशी पाइलट तामोरलाई दिइएको थियो। तामोरका स्थानमा एयरलाइन्सले श्रवण रिजाल र विजय लामालाई पठाउन सक्थ्यो।

यसैगरी नेपाल एयरलाइन्सको दुई वटै वाइडबडी जहाज एकैदिन चीनको गोन्जाओका लागि उडेका थिए। अप्रिल १६ का यी दुवै उडान नेपाली पाइलटबाटै सम्भव थियो। तर, अपरेसन विभागले एउटा उडानमा एक जना विदेशी पाइलट जावेद चौधरीलाई जिम्मेवारी दिएको थियो भने एक जना नेपाली पाइलट विजय लामा राखेको थियो। सोही दिन भएको अर्को उडानमा भने नेपाली पाइलट हुँदाहुँदै दुई जना नै विदेशी पाइलटलाई जिम्मा दिइयो। उदय र जेम्सलाई उडान भर्ने जिम्मेवारी दिइएको सो उडानमा नेपाली पाइलट महेश्वरमान डंगोल, समज कुमार र श्रवण रिजालमध्ये एक जनालाई जिम्मा दिन सक्ने अवस्था थियो। यस विषयमा नेपाल एयरलाइन्सको अपरेसन विभाग प्रमुख दीपु जुर्वाचनसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

व्यावसायिक उडान नभएका कारण एयरलाइन्सले २ हजार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था सिर्जना भएको छ। तर महंगा विदेशी पाइलटबाट कार्गो तथा चार्टर उडान गर्न भने एयरलाइन्सले छोडेको छैन। तुलनात्मक रूपमा सस्तो मूल्यका नेपाली पाइलटलाई जिम्मेवारी नदिएर एयरलाइन्सले थप आर्थिक भार भने सिर्जना गरिरहेको छ। करारमा नियुक्त भएका महंगा विदेशी पाइलटलाई बिदा दिएर नेपाली पाइलटबाटै उडान गर्दा केही मात्रै भए पनि आर्थिक भार कम पर्ने थियो कि!

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  २०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फेरि बाढी आउनसक्ने चीनको सूचनापछि धादिङ प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह
अप्पर त्रिशुली हाइड्रोको टनेलमा फसेका ३५० सहित सेनाद्वारा ८८३ जनाको उद्धार
भीषण बाढीका कारण थप पत्रकार परिवारसहित सम्पर्कविहीन : खोजी र उद्धारका लागि माग
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
फेरि बाढी आउनसक्ने चीनको सूचनापछि धादिङ प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह बिहीबार, भदौ ११, २०८३
अप्पर त्रिशुली हाइड्रोको टनेलमा फसेका ३५० सहित सेनाद्वारा ८८३ जनाको उद्धार बिहीबार, भदौ ११, २०८३
भीषण बाढीका कारण थप पत्रकार परिवारसहित सम्पर्कविहीन : खोजी र उद्धारका लागि माग बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी : अहिलेसम्म ३८९ शव फेला, सबैभन्दा बढी चितवनमा १३७ भेटिए बिहीबार, भदौ ११, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्