एजेन्सी- ग्रामी अवार्ड विजेता नायक ब्रायन डेनेहीको मृत्यु भएको छ। ८१ वर्षको उमेरमा उनको निधन भएको ब्रायनकी छोरीले जानकारी दिएकी हुन्। उनको प्राकृतिक रुपमा निधन भएको परिवारले जनाएको छ।
उनको छोरी एलिजावेथले ट्विट गरेर कोरोना भाइरस संक्रमणका कारण नभई आफ्नो बुबाको प्राकृतिक रुपमा निधन भएको उल्लेख गरेकी छन्।
'भारी मनका साथ मेरो ८१ वर्षीय बुबा ब्रायनको निधन भएको जानकारी गराउँछु। उहाँको प्राकृतिक रुपमा निधन भएको हो। कोभिड १९ का कारण हैन,' उनले ट्विटमा लेखेकी छन्।
ब्रायन हलिउडका परिचत कलाकार हुन्। रंगमञ्च हुँदै फिल्ममा प्रवेश गरेका उनले २ पटक टोनी अवार्ड र एक पटक ग्रामी अवार्ड जितेका थिए। सन् २०१० मा उनले अमेरिकी थिएटर हल अफ फेमको सुरुवात गरेका थिए।
उनले फस्ट ब्लड, ककुन, टु क्याच अ किलर, ग्ल्याडिएटरलगायतका फिल्ममा अभिनय गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।