• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

न्युयोर्कका नेपाली डाक्टर भन्छन्- कोरोना संक्रमितको कोठामा पहिलो पटक छिर्दा प्रार्थना गरें

64x64
नेपाल लाइभ सोमबार, चैत २४, २०७६  १५:५९
1140x725

काठमाडौं - अमेरिका न्युयोर्क अहिले विश्वको सवैभन्दा बढी प्रभावित सहर हो।  नेपाली समयअनुसार दिउसो ३ बजेसम्म ४ हजार १ सय ५९ जनाको मृत्यु भइसकेको छ। यसैगरी संक्रमितको संख्या एक २० हजार भन्दा बढी छ। डा दिनेश सुवेदी न्युयोर्कस्थित  स्टेट्स युनिर्भसिटी अफ न्युयोर्कमा कार्यरत छन्। कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दै गएपछि उनी उक्त अस्पतालको कोभिड १९ युनिटको मेडिकल इन्जार्चको रुपमा कार्यरत छन्। कोभिड १९ का बिरामी उपचारका विषयमा उनले आफ्ना अनुभव र अनुभूति नेपाल लाइभममार्फत् बाँडेका छन्।  उनकै शब्दमा उनको उपचार अनुभव : 

म इन्चार्ज रहेको युनिटमा कोरोनाका शंकास्पद बिरामीलाई मात्र हेरिन्छ। हामी दैनिक २०\२२ जना बिरामीलाई हेर्छौं। जसमध्ये दैनिक पाँच जनामा पोजेटिभ भेटिन्छ र यो संख्या दिनप्रति दिन बढ्दै गएको छ। 

यस युनिटमा शंकास्पद बिरामीलाई हामीले आइसोलेसनमा राख्छौं। रिपोर्ट नेगेटिभ आएपछि मात्र डिस्जार्च गर्छौं भने पोजेटिभ देखिएका बिरामीलाई ठिक नभएसम्म उपचार गर्छौं। उनीहरुलाई निको बनाएर घर नपठाएसम्म मेरो मुख्य भूमिका रहन्छ। हामीले यहाँ विभिन्न प्रक्रियाबाट कोरोना संक्रमितको उपचार गरिरहेका छौं, जसलाई म बुँदागत रुपमा प्रस्तुत गर्न चाहन्छु।

१. कोरोनाको परीक्षण
हामीले अहिलेसम्म कोरोनाको परीक्षण गर्ने भनेको रियल टाइम पिसिआर नै हो। यसमा बिरामीको नतिजा नआउँदासम्म हामी बिरामीलाई आइसोलेसनमै राखेर उपचार गर्छौं। अघिल्लो हप्ता हामीले दिनको एकपटक पिसिआरको लागि पठाउँथ्यौ भने अहिले दिनको दुई पटक पठाउँछौ। हामी यही रिजल्टको प्रतिक्षामा हुन्छौं। किनभने यो हाम्रो लागि निकै महत्वपूर्ण हुन्छ। 

२. पेसेन्ट राउन्डिङ
पेसेन्ट राउन्डिङ्ग सामान्य भन्दा धेरै फरक हुन्छ। यसमा हामीले पिपिई (व्यक्तिगत सुरक्षात्मक उपकरण) लगाउनुपर्छ। मुख्य रुपमा यहाँ पिपिई भनेको नाक मुख छोप्न एन ९५ माक्स, गगल, गाउन र ग्लोब्स नै हो। अहिलेसम्म यहाँ कपाल र जुत्ता छोप्ने गरिएको छैन। यहाँ पनि एन ९५ मास्कहरुको अभाव हुँदै गएपछि प्यापर प्रयोग गरेका छौं। यो एउटा मेसिन जस्तो हुन्छ। यो हेर्दा भ्याकुम जस्तो लाग्छ। पिपिई लगाएर बिरामीलाई हेर्दा एकदम असहज महसुस हुन्छ। 

३. नेगेटिभ प्रेसर युनिट
यो युनिटमा सामान्यतया कोठाहरु हुन्छन्। तर, अहिले कोरोनाको महामारीको बेला यो युनिटलाई हामीले नेगेटिभ प्रेसर युनिट बनाएका छौं। यो युनिटमा भएको हावाहरु बाहिर नजाओस् भन्ने मुख्य उद्देश्य हो। 

४. परीक्षण पोजेटिभ भएमा
टेस्ट पोजेटिभ भएमा त्यही अनुसार प्रक्रिया सुरु हुन्छ। बिरामीको अवस्था हेरी उपचार सुरु गर्छौं।  

Ncell 2
Ncell 2
nimb
nimb

५. कन्भ्यालेसन्ट
यो प्लाज्मा प्रोजेक्ट हो। यसको लागि बिरामीहरु जो निको भइसकेका छन्, विशेषगरी  १४ दिनदेखि निको भइसकेका छन्। उनीहरुको प्लाज्मा ट्रान्सफ्युजन गर्ने हो। 

६. बिरामी
मैले हेरेका बिरामीमध्ये सबैभन्दा कम उमेर २२ र सबैभन्दा वृद्ध ९३ वर्षका बिरामी थिए। धेरैजसो बिरामीहरु ४० देखि ६० वर्षका छन्। मैले १५ जना बिरामीको उपचार गरेको छु। अहिलेसम्म कसैको मृत्यु भएको छैन। कुन बिरामी सिकिस्त हुन्छन्, कुन निको हुन्छ, यत्तिकै भन्न सकिने अवस्था छैन। 

सवैभन्दा कम उमेरको २२ वर्षका बिरामी सिकिस्त छन् भने ९३ वर्षका बिरामीको अवस्था भने सामान्य छ। ट्राभल हिष्ट्री भएका बिरामीमा लक्षण बढी देखिएको तर स्थानीय संक्रमणमा खासै लक्षण नदेखिएको मेरो अनुभव छ। क्यान्सरका बिरामीहरुमा पनि लक्षण बढी देखिएको छ। १५ जना बिरामी मध्ये १२ जनामा ज्वरो, ९ जनामा मासंपेशी दुख्ने, खोकी ८ देखि ९ जनामा र ४ जनामा श्वासप्रश्वासको समस्या देखिएको थियो। श्वासप्रश्वासको समस्या र संख्या पछि बढ्दै पनि गयो। तर, धेरैलाई सुख्खा खोकी नै हुन्छ। प्रयोगशालामा ८ जना जतिमा लिम्फोपेनिया थियो। 

सिटि स्क्यान सवैलाई गरिएको छैन। नियमित निमोनिया पनि चार जनामा देखिएको थियो। छातिको एक्सरेमा पाँच जनामा सामान्य, अन्य पाँचमा केही देखिएन भने, बाँकीमा निमोनिया जस्तो कोभिडसँग मिल्ने परिवर्तन देखिएको थियो। त्यही भएर एक्सरेले धेरैलाई सहयोग गरेन। 

७. पुनः परीक्षण
केही बिरामीमा पहिलो परीक्षणमा नेगेटिभ र दोस्रो परीक्षणमा पोजेटिभ आएको भेटियो।  पिसिआरको सेन्सेटिभिट त्यति राम्रो भनिदैन। त्यसैले शंका लागेका बिरामीमा हामीले पुनः परीक्षण गरिरहेका छौं। तापनि यहाँको स्ट्यान्डर्ड पिसिआर नै हो। 

८. चेन अफ कमान्डमा उपचार
कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु निकै डराएका छन्। कतिले त जागिर नै छोडेको पनि सुनें तर त्यति नै मात्रामा उपचारमा खटिनुपर्छ भनेर आएका पनि छन्। हामी अहिले कमान्डमा चल्छौं। यो बेला उपचारको निर्देशिका काम लाग्दैन। त्यसैले चेन अफ कमान्डमा हामीले काम गरिरहेका छौं। 

९. स्वास्थ्यकर्मी होसियार हुन जरुरी 
जब कुनै बिरामीमा कोरोना पोजेटिभ देखिन्छ। त्यसपछि त्यो कोठामा पहिलोपटक छिर्दा सबै स्वास्थ्यकर्मी डराउँछन् र धेरैले भगवानलाई प्राथना गर्ने पनि गर्छन्। मैले पनि पहिलोपटक कोरोना पोजेटिभ बिरामीको कोठामा जाँदा १२ मिनेटसम्म पशुपतिनाथ र गणेशलाई सम्झेर प्रार्थना गरेको थिएँ। 

बिरामीहरु एउटा जेलमा बसे जस्तो हुन्छ। उनीहरु बाहिर जान पाउँदैन। चिकित्सकहरु पिपई लगाएर जाने हुँदा राम्रोसँग सञ्चार हुन पाउँदैन। जसले गर्दा उनीहरुमा मानसिक समस्या देखिन सक्छ। कति बिरामीहरु त भाग्न पनि खोज्छन्। तर, ती बिरामीका लागि यहाँ प्रहरी र सुरक्षा गार्ड तैनाथ गरिएको छ। 

यहाँ स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण भएको छ। अहिलेसम्म १३ जना कर्मचारीलाई कोरोना संक्रमण भएको छ। जसमध्ये ४ जना चिकित्सक छन्। यहाँको माहोल त्रासपूर्ण छ। तर, प्रत्येक दिन कोरोनाका बिरामीलाई हेर्नुपर्ने भएकाले सामान्य नै लाग्न थालेको छ। पिपिई लगाएर गएपछि कोरोना सर्दैन तर भूलचुक गर्नुहुँदैन। सानो गल्तीले पनि ठूलो दुर्घटना निम्तिन सक्छ।

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १५:५९
  • #Novel Corona Virus
  • ##newyorkcity

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो सोमबार, भदौ २२, २०८३
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ सोमबार, भदौ २२, २०८३
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, भदौ २२, २०८३
एनपीएलको मिडिया र टिकेटिङ अधिकार ३३ करोडभन्दा बढीमा बिक्री सोमबार, भदौ २२, २०८३
रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा, ठूला सवारी दुईतर्फी चल्ने सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्