• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सूर्य थापाले  मार्टिन निमोलरको कविता सम्झाउँदै लेखे- त्यतिबेला बोलिदिने कोही रहनेछैन

सूर्य थापा आइतबार, चैत १६, २०७६  १६:०७
1140x725

पहिले उनीहरू
कम्युनिष्टलाई खोज्दै आए
म चुप रहें
किनभने म कम्युनिस्ट थिइनँ
त्यसपछि उनीहरू यहुदीलाई खोज्दै आए
म चुप रहें
किनभने म यहुदी थिइनँ
त्यसपछि उनीहरू क्याथोलिकलाई खोज्दै आए
म चुप रहें
किनभने म प्रोटेस्टेन्ट थिएँ
त्यसपछि उनीहरू मलाई नै खोज्दै आए
मेरो लागि बोलिदिने कोही थिएन"
-मार्टिन निमोलर

नेकपाका हरेक नेता, कार्यकर्ता र शुभेच्छुकहरूले आज पटकपटक पढ्नुपर्ने यो कवितांश निकै मार्मिक छ । सरकारका हरेक मन्त्रीहरूले त झनै मनन गर्नु अपरिहार्य छ । किनभने, हिजो देशलाई विकृति र बेथितिको दलदलमा पु-याउनेहरूको दुष्ट र अपराधिक हमला छानीछानी चलिरहेको छ।

तिनले भ्रष्टाचारको कथा आफैं लेख्छन्, आरोप आफैंले लगाउँछन्, भ्रष्टाचारी आफैंले करार गर्छन् र रिस उठ्नासाथ त्यसतो पगरी लगाइदिन्छन् । आफ्नो रजगज गुमेकोमा असैह्य छटपटी छ, किनभने लामो समयदेखिको हालीमुहाली अहिले चलेको छैन । मुठ्ठीभरको स्वर्गमा तनाव छ । र, यो दुश्चक्र जारी छ । अनि शिकार खेल्ने उपक्रम चलिरहेको छ - योग्य, कामकाजी र निष्ठाकासाथ जिम्मेवारी बहन गरिरहेका आशालाग्दा व्यक्तिहरूविरूद्ध!

रवीन्द्र अधिकारीलाई  केही निर्णय नै नगरेको तथाकथित वाइडबडीको प्रपञ्चमा बदनाम गर्न लखेटियो, उहाँलाई जीवनपर्यन्त एकथरि दुष्टहरू लखेट्न लागिपरे।  गोकुल बाँस्कोटा अर्काथरि दुष्टहरूले सत्यजस्तै लाग्ने झूट(डिप फेक)को प्रपञ्च रचे र निशाना बनाइनुभयो। गुठी विधेयकमा पद्मा अर्याल र शेयर बजारको कृत्रिम संकटको लखेटाइमा परेर पनि डा. युवराज खतिवडा बल्लबल्ल जोगिनुभएको छ । तर, निशाना निरन्तर सोझिरहेकै छ !

योगेश भट्टराईलाई लखेट्न नपुगेर आफ्नै योग्यता र पौरखमा नर्सिङ काउन्सिलको रजिस्टार हुनुभएकी श्रीमती विन्दा घिमिरेविरूद्ध जालसाजी गर्ने अपराधिक प्रयास भयो, तर त्यस नियोजित कृत्यको कुनै पार चलेन।

Ncell 2
Ncell 2
nimb
nimb

अहिले कोरोना महामारीविरूद्ध अहोरात्र खटिरहनुभएका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल नियतवश लखेटाइमा पारिनुभएको छ। हिजो अत्यावश्यक स्वास्थ्य सामग्रीसमेत मौज्दात राख्न बिर्सनेहरू वा स्वास्थ्य मन्त्रालयको खरिदमा नाजायज हालीमुहाली र सेटिङ चलाएर बसेकाहरूको शहरमा कोलाहल छ।

तिनीहरू एक दिन चिकित्सक र नर्सहरूले पीपीई नपाएर कसरी महामारीको उपचार गर्छन् भनेर उचाल्छन् । जो हो कि जस्तो सुनिन्छ ! अर्को दिन मन्त्रीले सेल्फ क्वारेन्टाइनमा बस्ने भन्न मिल्छ ? सरकारले सारा व्यवस्था गर्नुपर्दैन ? भन्दै उफ्रन्छन् ! तेस्रो दिन अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य बुझेर फर्किदा तेर्साइएको क्यामेरासँग नबोलेर पाहुना आएका हुनाले हतारमा छु भनेको एउटा अंश टिपेर हुर्मत लिन्छन् ! जबकि जहाँ पायो त्यहाँ बोल्नैपर्ने कुनै करकाप र बाध्यता हुँदैन । नो बाइट भन्न मज्जाले पाइन्छ।

चौथो दिन स्वास्थ्य सामग्री नल्याउने ? भनी तिनैले आगो बाल्छन् । पाँचौ दिन जहाज समग्री लिन प्रस्थान गरेपछि सत्यजस्तै गरी झूठ पस्कन्छन् - २० करोड भ्रष्ट्राचार भनेर ! कठै तिम्रो मनोदशा ? कति दयनीय हर्कत ? सबै तिमीहरूजस्तै त होइनन् र पक्कै त्यस्ता छैनन् नै । काँक्रो चोरेर आफूले खाने, अनि बियाँ अरूको गालामा टाँसिदिएर दोष लगाइदिने र बदनाम गर्ने ? 
'फाटेको जलोले छेकेको, छेके पनि छर्लङ्ग देखेको' जस्तै छ यो दुष्टता र पाखण्डीपन। यति ठूलो राष्ट्रिय संकटमा पनि रचनात्मकसम्म नभएर यत्रो जालझेल ? यस्तो नीचता, दुष्टता र डीप फेकका विरूद्ध एकजुट भइ नलडे यो षडयन्त्र र घेरा हालेर अप्ठेरोमा पारी मार हान्ने रवैया निरन्तर जारी रहनेछ । अहिले आफूबाहेक अरू, सरकार संचालनमा रहेका व्यक्तिहरू र मन्त्रीहरूलाई त हो भनेर खुच्चिङ कसैले नगरे हुन्छ। यता कसले कस्ता टिप्पणी र स्टाटसहरू पोष्ट गरिरहेकै छन् ? जनताले निगरानी सबैको गरेका छन् ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

खासमा यो व्यक्तिविशेषभन्दा नेकपामाथिको  "गजेटेड" दलाल र भ्रष्टहरूको हमला हो । त्यसैले कसैले पनि पानीमाथिको ओभानो बन्न, आफ्नो कुण्ठा र असन्तोषमा रमाउन, अनाहक आक्रमण गरिरहँदा हाइसञ्चो मानेर रमिते बस्न र शत्रुवत् व्यवहार गर्नसमेत पछि नपर्ने वा मौन बस्ने तरिका अपनउने तरिका बदल्नै पर्छ ।

सत्यसँग त कसैको कुनै लडाइँ आवश्यक छैन, झूठ र बकवासहरूको सामना नगरी सत्य स्थापित हुँदैन । यस्तो सद्बुद्धि हरेकमा बेलैमा आउन जरूरी छ। अन्यथा पछुताउनुबाहेक केही बाँकी नरहेपछि होस पाउने दिन आउने निश्चित हुनेछ । त्यतिबेला बोलिदिने कोही रहनेछैन।

(थापा प्रधानमन्त्रीका प्रेस सल्लाहकार हुन्)
 

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  १६:०७
  • #pmkpoli
  • #suryathapa

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मोसन सिकनेस हवाईजहाज, पानीजहाज, बस, कार वा अन्य चलायमान साधनमा यात्रा गर्दा हुन सक्छ। केही मानिसलाई सामान्य गतिमा पनि समस्या हुन्छ भ... मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्