काठमाडौं–कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र बडुले लकडाउन अवधिमा सम्पन्न हुने गरी आपतकालीन अभियानका रुपमा गर्नुपर्ने भन्दै सरकारलाई ५ बुँदे सुझाव दिएका छन्।
उनले छिमेकी मुलुक चीन, भारत र खाडी मुलुकलगायतका देशबाट नेपाल प्रवेश गरेकाहरुको हवाई र स्थल मार्गका आधिकारिक नाकामा रहेको सरकारी अभिलेख अध्ययन गर्न, प्रवेश गरेकाहरुको अभिलेखमा उल्लेखित ठेगानाअनुसार ट्याकिङ गर्न तथा अभिलेखभित्र आउन नसकेकाहको सर्वेक्षण गरी पहिचान गर्न सुझाव दिएका छन्।
यसैगरी, विभिन्न समयमा विभिन्न नाकाहरुबाट प्रवेश गरेकाहरु सबै आ–आफ्नो स्थानमा क्वारेन्टाइनमा छन्, छैनन् पहिचान गरी नभए अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न र लक्षण देखिएकालाई तुरुन्त परीक्षण र उपचारमा पठाउन पनि सुझाव दिएका छन्।
परीक्षण र उपचारका लागि स्वास्थ्यकर्मीहरुको सामूहिक सुरक्षाको सुनिश्चितता गर्न पनि उनले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।