एजेन्सी–भारतीय नायिका सोनम कपुर श्रीमान् आनन्द आहुजासहित आइसोलेसनमा बसेकी छिन्। लण्डनबाट स्वदेश फर्किए लगत्तै उनी आइसोलेसनमा गएकी हुन्।उनी फर्कदा विमानस्थलमा भएको स्वास्थ्य परिक्षणमा स्वास्थ्य अवस्था ठिकै देखिए पनि कोरोना भाइरसको जोखिमका कारण तत्काल पारिवारिक सदस्यसँग घुलमिल हुनबाट टाढा बस्न उनी आइसोलेनसमा बसेकी हुन्।
लण्डनबाट भारत आउनेक्रममै उनले भिडियो पोस्ट गरेर भारत आउन लागेको र कोरोनाबाट जोगिन सबै तयारी गरेको बताएकी थिइन्। स्वदेश आइसकेपछि अर्को भिडियो पोस्ट गर्दै उनले आफू सुरक्षित रुपमा आइपुगेको, स्वास्थ्य अवस्था सामान्य रहेको तर एकै पटक परिवारसँग बस्दा हुनसक्ने जोखिम रोक्न केही समय आइसोलेसनमा बस्ने जानकारी गराएकी थिइन्।
विमानस्थलमा आउँदा अपनाइएको सचेतना अभियानप्रति आफू सन्तुष्ट भएको भन्दै सरकारलाई धन्यवाद समेत दिएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।