• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

छोराबाटै बाबुआमाको हत्या भएको खुलासा 

हेडफोनले खोल्यो रहस्य, हत्याराले लुगासमेत जलाए
64x64
नारायण अधिकारी सोमबार, चैत ३, २०७६  १४:३८
1140x725

काठमाडौं– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरका ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारीको हत्या उनीहरूकै छोराबाट भएको खुलेको छ। कञ्चनपुर प्रहरीले आइतबार भण्डारी दम्पतीको हत्यामा संलग्न भएको आरोपमा उनीहरूकै छोरा भरत भण्डारीलाई पक्राउ गरेपछि यो विषय बाहिर आएको हो।

भरतलाई पक्राउ गरिएको पुष्टि गर्दै कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले नेपाल लाइभसँग भने, ‘हामीले भरतलाई हिजो डडेल्धुराबाट पक्राउ गरेका छौं। उनले हत्या स्वीकार गरिसकेको अवस्था छ।’

भण्डारी दम्पत्ति गत फागुन १५ गते घरमै मृत भेटिएका थिए। 

यो पनि पढ्नुहोस्

आइसियुमा छटपटाउँदै ६ महिने शिशु : जसको बाआमाको दर्दनाक हत्या भयोमंगलबार, फागुन २०, २०७६

नजिकै रहेको माइतबाट दूध धनाले ल्याउने गरेकी थिइन्। तर फागुन १५ गते उनी दूध लिन नआएपछि फुपूकी छोरी पार्वती रावल धनाको घर पुगेकी थिइन्। त्यतिबेला भान्साकोठामा धना रक्ताम्य अवस्थामा मृत भेटिएका थिइन्। अर्को कोठाको खाटमा जयलाल पनि रक्ताम्य ढलेका थिए। मृतक जयालालसँगै उनकी ६ महिने छोरी चिच्याउँदै रोइरहेकी थिइन्। दुवै जनालाई घाँटी र टाउकामा प्रहार गरेर हत्या गरिएको थियो।

त्यसपछि करिब १२ बजे दिउँसो यस घटनाबारे जानकारी गराइएको थियो। तर उनीहरूको हत्या भने फागुन १४ गते राति नै भएको भरतलाई पक्राउ गरिसकेपछि पुष्टि भएको छ। 

प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनीहरूको हत्या भएको भन्दै अनुसन्धान गरेको थियो। दुई हप्ता लामो अनुसन्धानपछि उनकै छोराबाट हत्या भएको खुलेपछि पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ। 

हेडफोनले खोल्यो हत्याको रहस्य
घटनास्थलबाट प्रहरीले मोबाइलको हेडफोन बरामद गरेको थियो। उक्त हेडफोनलाई महत्वपूर्ण 'क्लु' मानेर अनुसन्धान गरेको प्रहरीले त्यही हेडफोनमार्फत् हत्यामा संलग्न भरत पक्राउ परेका हुन्।

अनुसन्धानका क्रममा उक्त हेडफोन र भरतले बोक्ने मोबाइल एउटै कम्पनीको रहेको पाइएपछि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो। नभन्दै प्रहरीको अनुसन्धान सही दिशामा गयो र भरत पक्राउ परे। 

Ncell 2
Ncell 2
nimb
nimb

एसपी मरासिनीका अनुसार भरत डडेल्धुरामा बस्दै आएका थिए। उनी फागनु १३ गते डडेल्धुराबाट मोटरसाइकल चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल दिन भन्दै महेन्द्रनगर आएका थिए।

यो पनि पढ्नुहोस्

भण्डारी दम्पति हत्याबारे ‘क्लु’ नै फेला पारेन प्रहरीलेशनिबार, चैत १, २०७६

फागुन १४ गते दिउँसो २ बजेतिर भरत महेन्द्रनगरबाट डडेल्धुरा जाने भन्दै फर्किएका थिए। तर उनी अत्तरिया गएर बसे। राति ८ बजेतिर अत्तरियाबाट बाबुको घर झलारी आएर भरतले बाबुआमाको हत्या गरेको अनुसन्धानमा खटिएका मरासिनीले बताए।

‘पहिला भान्सामा रहेकी आमाको हत्या गरेको देखिन्छ। त्यसपछि बाबुको हत्या गरेर उनी फरार भएको पाइयो,’ एसपी मरासिनीले भने। 

हत्या गरेर उनी आफू बस्दै आएको डडेल्धुरा नै फर्किएका थिए। त्यसपछि प्रहरीले थाहा पाउने डरले उनले आफूले लगाएको कपडासमेत जलाएको अनुसन्धानबाट खुलेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हत्याको कारण पारिवारिक
जयलालकी पहिलो श्रीमतीको क्यान्सर रोगका कारण तीन वर्षअघि मृत्यु भएको थियो। हत्या गरिएकी धना जयलालकी कान्छी श्रीमती हुन्। पहिलो श्रीमतीतर्फका दुई छोरा छन्। जयलालले अर्को श्रीमती ल्याएपछि छोरा भरतसँग उनको राम्रो सम्बन्ध थिएन।

घरायसी कुरामा विवाद हुँदा जयलालले जेठा छोरो भरतलाई खुकुरीले समेत हानेका थिए। त्यसपछि भरतले बाबुविरुद्ध ज्यान मार्ने उद्योगमा समेत प्रहरीमा उजुरी दिएका थिए। सो घटनामा उनी २८ दिन प्रहरी हिरासत बसेर छुटेका थिए। 

त्यसपछि छोरा भरत बाबु जयलालसँग नबसेर भिन्दै बस्दै आएका थिए। राम्रो सम्बन्ध नहुनु र जयलालले खुकुरीले समेत हान्नु र आशंका बारेमा पटकपटक विवाद हुँदा भरतले बाबुआमाको हत्या गरेको पाइएको एसपी मरासिनीले जानकारी दिए। 

६ महिने शिशु समेत घाइते 
बाबुआमाको हत्या गरेका भरले आफ्नै बहिनी तथा जयलालकी ६ महिने छोरी ममतासमेत घाइते बनाएका थिए। गम्भीर घाइते उनलाई मावली पक्षले कैलालीस्थित माया मेट्रो अस्पताल उपचार गराएका थिए। 

शिशुको उपचारमा संलग्न बाल रोग विशेषज्ञ डाक्टर मोहन साउदका अनुसार उनलाई निमोनिया र टाउकोमा चोट लागेको थियो। सिटीस्क्यान रिपोर्टले शिशुको टाउकोमा गम्भीर चोट लागेका देखाएको थियो। 

चोटले मस्तिकमा पनि असर परेको छ। छातीमा निमोनियाको संक्रमण भएको थियो। अहिले शिशुको अवस्था सामान्य बन्दै गएको छ। 

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  १४:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्