• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सरकारी चिकित्सक हुनु गल्ती हो?

डा कपिल गौतम आइतबार, चैत २, २०७६  २०:१९
1140x725

हो म सरकारी चिकित्सक हुँ, जो नेपाल सरकारले खटाएबमोजिम दुर्गममा काम गर्दै आएको छु। के म राज्य को छुट्टै दर्जाको कर्मचारी हुँ? के हामी नेपाल सरकारको लोकसेवा आयोगद्वारा खुला प्रतिस्पर्धामा उत्तीर्ण भएर आएर गल्ती गर्‍यौं?

हामी सरहका अन्य चिकित्सक साथी विदेश पलायन भएर विदेशीको सेवा गर्दै छन्। हामीले आफ्नै देशमा बसेर आफ्नै देशका जनताको उपचार गर्ने, यहीं दु:ख गर्ने र सेवा गर्ने सोच बनायौं। डलरको पछि लागेनौं। के यो निर्णय गलत थियो?

राज्यले किन कूल २६ हजार चिकित्सकमध्ये जम्मा १५ सय (५.६ प्रतिशत) सरकारी चिकित्सकको मर्म र पीडा बुझ्न सक्दैन? दिगो रुपमा संरक्षण गर्न सक्दैन? अन्य चिकित्सकलाई सरकारी पेसाप्रति आकर्षण, प्रोत्साहन गर्न सक्दैन?

एउटा सरकारी चिकित्सकलाई स्थानीय तहको सामान्य खरिदार वा प्राविको मास्टर सरहको व्यवहार गरिएको छ। संघको लोकसेवा आयोग पास भई स्थानीय, प्रदेशमा जबर्जस्ती समायोजित गराई, जनप्रतिनिधि, स्थानीयवासी विभिन्न निकायको दबाबमा काम गर्दाको पीडा कसले बुझ्ने? सैध्दान्तिक हिसाबले उच्च दर्जामा राखिएको चिकित्सकलाई व्यावहारिक हिसाबले स्थानीय वा प्रदेशमा सीमित गराएर के राज्यले उसले जिन्दगीभर आर्जेको विशेषज्ञता, सिप र ज्ञानलाई सदुपयोग गरेको छ त? के चिकित्सकले आफ्नो विज्ञता बमोजिम बढीभन्दा बढी सेवा दिन सक्छन् त? के येसरी पिंजडाको सुगा जस्तै एकै ठाउँमा कुण्ठित गराएर चिकित्सकको मनोबल बढ्छ त? 

अहिलेको अवस्थामा नेपाल सरकारले तोकेको ठाउँमा न्यून तलबमा, अहोरात्र खटेर काम गर्दाको पीडा कसले बुझ्ने? सरकारी चिकित्सकको न्यून संख्यालाई उचित सेवा-सुविधा प्रदान गरी प्रोत्साहन गर्ने दायित्व राज्यको होइन?

सरकारी चिकित्सकको संख्या यति न्यून हुनुको कारण के हो? कतै पोलिसी, सिस्टममा कमजोरी भयो कि? यदि यो सिस्टममा सुधार नगरे अबको दिनमा सरकारी चिकित्सकको संख्या औंलामा गन्न सकिने अवस्थामा सीमित नहोला भन्न सकिँदैन।

उदाहरणको लागि विगत ९/१० वर्षदेखि सरकारी चिकित्सकलाई एमडी/एमएस/डिएम/एमसिएच पढाउने भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) खोलियो र दूरदराजमा काम गर्दै आएका सरकारी   चिकित्सकलाई प्राथमिकतामा दिइयो। न्याम्स खोल्नुपूर्व लोकसेवा आयोगले गरेको सरकारी चिकित्सकको विज्ञापनमा कहिल्यै पनि सिफारिस हुनेको संख्या मागबमोजिम भएन। माग गरेबमोजिम दरखास्त नपर्ने,  सिफारिस भएकाले राजीनामा दिने र विदेश पलायन हुने  वा प्राइभेटतिर लाग्ने चलन थियो।

जब यो व्यवस्था लागू भयो तब १०० माग संख्याको लागि  हरेक वर्ष ३ हजार/३२ सयको दरखास्त पर्न थाल्यो (लोकसेवा आयोगको तथ्यांक अनुसार)। यसको मतलब सुविधा दियो भने आकर्षण बढ्ने निश्चित छ भन्ने हो। तर चिकित्सा शिक्षा आयोगद्वारा उक्त सुविधा कटौती  गरिँदै छ। यस विषयमा स्वास्थ्य मन्त्रालय तथा सरोकारवाला निकाय अनविज्ञ, मौन छ।

Ncell 2
Ncell 2

सरकारी सेवाप्रति आकर्षण गराउने मुख्य तथा उत्तम  उपाय सेवा-सुविधा बढाउने हो, घटाउने होइन। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्‍ठान पाटन, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, आइओएमको कूल सिट (२८०-३००) को २० प्रतिशत मात्र (५०-६०) सिट सरकारी चिकित्सकलाई दिने मस्यौदा चिकित्सा शिक्षा आयोगद्वारा स्वास्थ्य मन्त्रालयमा पेस भएको छ।

यस्तो भयो भने वार्षिक १५० देखि १७० सरकारी चिकित्सकले पाउँदै आएको सुविधा कटौती हुने निश्चित छ। यसले सरकारी पेसाप्रति झन् निरुत्साहित गराउने छ। ब्रेन ड्रेनको समस्या ल्याउने छ। हामी जुन नियम-कानुन, ऐनमा टेकेर प्रवेश गर्‍यौं र त्यही सुविधा घटाउँदा २०६० सालभन्दा अगाडिको स्थिति आउने निश्चित छ? न्याम्स स्थापना कालदेखि पाएको सुविधा कटौती गर्दा के हामी, हाम्रा जुनियर, सिनियर सरकारी जागिरप्रति आकर्षित होलान् त? डलरप्रति मोह नहोला र? 

नेपालमा एमबिबिएस उत्तीर्ण भएको एक वा २ वर्षपछि लोकसेवा खुल्छ। परीक्षा दिएको ८/९ महिनापछि नतिजा आउँछ, नियुक्ति पाएको २ वर्षपछि बल्ल पिजी परीक्षा दिन योग्य हुन्छौं। जम्माजम्मी योग्य हुने अवधि करिब ४ देखि ५ वर्ष लाग्छ तर त्यो अवधिमा आफूसँगै एमबिबिएस पढेको चिकित्सक साथीभाइ एमडी सकेर निजी क्लिनिक वा विदेशतिर जान्छन्। 

यति न्यून संख्यालाई संरक्षण नगरी उल्टै खाए खा नखाए घिच भनेझैँ पेलुवा लगाउँदा कतै सिस्टम नै फेलियर त हुँदैन? एक पटक सबैले मनन गरौं।

लोकसेवा आयोगको परीक्षामा मेरिटमा अग्रता लिने चिकित्सकहरु दुर्गम जाने दौडधुप चल्थ्यो। दुर्गम जानको निम्ति भनसुन हुन्थ्यो। किनभने सरकारले दुर्गमको लागि विशेष अंक दिन्थ्यो, जुन प्रोत्साहनस्वरुप थियो तर  अहिले तेही अंक कटौती गरिएको छ। यसले दुर्गममा खुसी भएर, उत्साहित भएर जाने चिकित्सकलाई सोच्न बाध्य बनाएको छ।
दुर्गम जिल्लाहरुमा कार्यरत चिकित्सकको अवस्था दयनीय छ। स्वास्थ्य बिमा लागू भएका कारण बिरामीको चाप अत्यधिक छ। छात्रवृत्ति करारको २/३ जना चिकित्सकको सहयोगमा अहोरात्र खटिनु परेको छ। अझ स्थानीय तहमा छैठौं, पाँचौ तहको अहेब, एचएको  मुनि आठौं तहको चिकित्सक कजिनु परेको छ।

स्वास्थ्य सेवा ऐनले कुनै स्वास्थ्यकर्मीले हप्ताको ४२ घण्टा भन्दा बढी ड्युटी गर्‍यो भने अतिरिक्त सुविधा पाउने व्यवस्था छ। तर यो कानुनमा लेखिएको सुविधा पनि हामीले पाएका छैनौं। २/३ वर्षदेखि  चिकित्सकको लागि लोकसेवा पनि खुलेको छैन। यो पद्दतिले सरकारी संस्थामार्फत गुणस्तरीय सेवा प्रदान गर्न सहज होला त? 

 समस्याको समाधान 
१.    चिकित्सा शिक्षा आयोगद्वारा लिने एकीकृत एमडी/एमएस/डिएम/एमसिएच परीक्षामा प्राइभेट मेडिकल कलेजमा केही प्रतिशत निशुल्क सिट निर्धारण गरी टोटल सिट संख्या वृद्धि गराउने। 

२.    सरकारी चिकित्सकहरु जुन सेवा सर्तमा, जुन ऐन कानुनमा टेकेर लोकसेवामा प्रवेश गरेका हुन्, त्यो सेवासुविधा वृद्धि गरी सरकारी सेवाको लागि प्रोत्साहन गर्ने, पाएको सुविधा कटौती नगर्ने र जम्मा ५.६ प्रतिशत सरकारी चिकित्सकको संख्या बढाई ब्रेन ड्रेनको समस्या रोक्ने।

३.    स्वास्थ्यको अर्गानोग्रामलाई संशोधन गरी वरिष्ठताको आधारमा संरचना बनाई परिचालन गरौं (छैठौ तहकोले आठौं, नौ तहलाई कजाउने नियम बदलौं)।

४.    संघको लोकसेवा पास गरी प्रदेश र स्थानीय तहमा जबर्जस्ती समायोजन गर्दा सम्पूर्ण चिकित्सकको मनोबल घटेको तथा कम स्रोत र साधन भएको स्थानमा विशेषज्ञ, दक्ष चिकित्सक खटाउँदा न उक्त  चिकित्सकको विज्ञताको सदुपयोग हुने, न राज्य, जनताले सो चिकित्सकको सिपबाट लाभान्वित हुनेछन्। त्यसैले स्रोत-साधन जुटाई सम्पूर्ण चिकित्सकलाई संघमा समायोजन गरी देशका गाउँगाउँ, कुनाकाप्चा पठाई,  प्रोत्साहन स्वरुप खाइपाइ आएको सेवा-सुविधामा वृद्धि गर्ने र एक डाक्टर एक संस्थाको अवधारणा अबलम्वन गर्ने।

५.    हालको दरबन्दी तेरिजले अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र चलाउन र गुणस्तरीय सेवा प्रदान गर्न कठिनाइ भएकोले ओएनएम सर्भे गरेर सम्पूर्ण रास्ट्रसेवक कर्मचारीको दरबन्दी बढाई प्रभावकारी तथा  गुणस्तरीय सेवा प्रदान गर्ने।

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  २०:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भारतको हिमाचलमा ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु
यस्तो छ विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुन्न निर्वाचन कार्यतालिका : राति ९ बजेदेखि मतदान (कार्यतालिकासहित)
काँग्रेस विशेष महाधिवेशनमा पुरानै विधान अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्यो
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
भारतको हिमाचलमा ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु मंगलबार, पुस २९, २०८२
यस्तो छ विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुन्न निर्वाचन कार्यतालिका : राति ९ बजेदेखि मतदान (कार्यतालिकासहित) मंगलबार, पुस २९, २०८२
काँग्रेस विशेष महाधिवेशनमा पुरानै विधान अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्यो मंगलबार, पुस २९, २०८२
नयाँ नेतृत्व चयनको माग गर्दै भृकुटीमण्डपमा नाराबाजी मंगलबार, पुस २९, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्