• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सरकारी चिकित्सक हुनु गल्ती हो?

डा कपिल गौतम आइतबार, चैत २, २०७६  २०:१९
1140x725

हो म सरकारी चिकित्सक हुँ, जो नेपाल सरकारले खटाएबमोजिम दुर्गममा काम गर्दै आएको छु। के म राज्य को छुट्टै दर्जाको कर्मचारी हुँ? के हामी नेपाल सरकारको लोकसेवा आयोगद्वारा खुला प्रतिस्पर्धामा उत्तीर्ण भएर आएर गल्ती गर्‍यौं?

हामी सरहका अन्य चिकित्सक साथी विदेश पलायन भएर विदेशीको सेवा गर्दै छन्। हामीले आफ्नै देशमा बसेर आफ्नै देशका जनताको उपचार गर्ने, यहीं दु:ख गर्ने र सेवा गर्ने सोच बनायौं। डलरको पछि लागेनौं। के यो निर्णय गलत थियो?

राज्यले किन कूल २६ हजार चिकित्सकमध्ये जम्मा १५ सय (५.६ प्रतिशत) सरकारी चिकित्सकको मर्म र पीडा बुझ्न सक्दैन? दिगो रुपमा संरक्षण गर्न सक्दैन? अन्य चिकित्सकलाई सरकारी पेसाप्रति आकर्षण, प्रोत्साहन गर्न सक्दैन?

एउटा सरकारी चिकित्सकलाई स्थानीय तहको सामान्य खरिदार वा प्राविको मास्टर सरहको व्यवहार गरिएको छ। संघको लोकसेवा आयोग पास भई स्थानीय, प्रदेशमा जबर्जस्ती समायोजित गराई, जनप्रतिनिधि, स्थानीयवासी विभिन्न निकायको दबाबमा काम गर्दाको पीडा कसले बुझ्ने? सैध्दान्तिक हिसाबले उच्च दर्जामा राखिएको चिकित्सकलाई व्यावहारिक हिसाबले स्थानीय वा प्रदेशमा सीमित गराएर के राज्यले उसले जिन्दगीभर आर्जेको विशेषज्ञता, सिप र ज्ञानलाई सदुपयोग गरेको छ त? के चिकित्सकले आफ्नो विज्ञता बमोजिम बढीभन्दा बढी सेवा दिन सक्छन् त? के येसरी पिंजडाको सुगा जस्तै एकै ठाउँमा कुण्ठित गराएर चिकित्सकको मनोबल बढ्छ त? 

अहिलेको अवस्थामा नेपाल सरकारले तोकेको ठाउँमा न्यून तलबमा, अहोरात्र खटेर काम गर्दाको पीडा कसले बुझ्ने? सरकारी चिकित्सकको न्यून संख्यालाई उचित सेवा-सुविधा प्रदान गरी प्रोत्साहन गर्ने दायित्व राज्यको होइन?

सरकारी चिकित्सकको संख्या यति न्यून हुनुको कारण के हो? कतै पोलिसी, सिस्टममा कमजोरी भयो कि? यदि यो सिस्टममा सुधार नगरे अबको दिनमा सरकारी चिकित्सकको संख्या औंलामा गन्न सकिने अवस्थामा सीमित नहोला भन्न सकिँदैन।

उदाहरणको लागि विगत ९/१० वर्षदेखि सरकारी चिकित्सकलाई एमडी/एमएस/डिएम/एमसिएच पढाउने भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) खोलियो र दूरदराजमा काम गर्दै आएका सरकारी   चिकित्सकलाई प्राथमिकतामा दिइयो। न्याम्स खोल्नुपूर्व लोकसेवा आयोगले गरेको सरकारी चिकित्सकको विज्ञापनमा कहिल्यै पनि सिफारिस हुनेको संख्या मागबमोजिम भएन। माग गरेबमोजिम दरखास्त नपर्ने,  सिफारिस भएकाले राजीनामा दिने र विदेश पलायन हुने  वा प्राइभेटतिर लाग्ने चलन थियो।

जब यो व्यवस्था लागू भयो तब १०० माग संख्याको लागि  हरेक वर्ष ३ हजार/३२ सयको दरखास्त पर्न थाल्यो (लोकसेवा आयोगको तथ्यांक अनुसार)। यसको मतलब सुविधा दियो भने आकर्षण बढ्ने निश्चित छ भन्ने हो। तर चिकित्सा शिक्षा आयोगद्वारा उक्त सुविधा कटौती  गरिँदै छ। यस विषयमा स्वास्थ्य मन्त्रालय तथा सरोकारवाला निकाय अनविज्ञ, मौन छ।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारी सेवाप्रति आकर्षण गराउने मुख्य तथा उत्तम  उपाय सेवा-सुविधा बढाउने हो, घटाउने होइन। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्‍ठान पाटन, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, आइओएमको कूल सिट (२८०-३००) को २० प्रतिशत मात्र (५०-६०) सिट सरकारी चिकित्सकलाई दिने मस्यौदा चिकित्सा शिक्षा आयोगद्वारा स्वास्थ्य मन्त्रालयमा पेस भएको छ।

यस्तो भयो भने वार्षिक १५० देखि १७० सरकारी चिकित्सकले पाउँदै आएको सुविधा कटौती हुने निश्चित छ। यसले सरकारी पेसाप्रति झन् निरुत्साहित गराउने छ। ब्रेन ड्रेनको समस्या ल्याउने छ। हामी जुन नियम-कानुन, ऐनमा टेकेर प्रवेश गर्‍यौं र त्यही सुविधा घटाउँदा २०६० सालभन्दा अगाडिको स्थिति आउने निश्चित छ? न्याम्स स्थापना कालदेखि पाएको सुविधा कटौती गर्दा के हामी, हाम्रा जुनियर, सिनियर सरकारी जागिरप्रति आकर्षित होलान् त? डलरप्रति मोह नहोला र? 

नेपालमा एमबिबिएस उत्तीर्ण भएको एक वा २ वर्षपछि लोकसेवा खुल्छ। परीक्षा दिएको ८/९ महिनापछि नतिजा आउँछ, नियुक्ति पाएको २ वर्षपछि बल्ल पिजी परीक्षा दिन योग्य हुन्छौं। जम्माजम्मी योग्य हुने अवधि करिब ४ देखि ५ वर्ष लाग्छ तर त्यो अवधिमा आफूसँगै एमबिबिएस पढेको चिकित्सक साथीभाइ एमडी सकेर निजी क्लिनिक वा विदेशतिर जान्छन्। 

यति न्यून संख्यालाई संरक्षण नगरी उल्टै खाए खा नखाए घिच भनेझैँ पेलुवा लगाउँदा कतै सिस्टम नै फेलियर त हुँदैन? एक पटक सबैले मनन गरौं।

लोकसेवा आयोगको परीक्षामा मेरिटमा अग्रता लिने चिकित्सकहरु दुर्गम जाने दौडधुप चल्थ्यो। दुर्गम जानको निम्ति भनसुन हुन्थ्यो। किनभने सरकारले दुर्गमको लागि विशेष अंक दिन्थ्यो, जुन प्रोत्साहनस्वरुप थियो तर  अहिले तेही अंक कटौती गरिएको छ। यसले दुर्गममा खुसी भएर, उत्साहित भएर जाने चिकित्सकलाई सोच्न बाध्य बनाएको छ।
दुर्गम जिल्लाहरुमा कार्यरत चिकित्सकको अवस्था दयनीय छ। स्वास्थ्य बिमा लागू भएका कारण बिरामीको चाप अत्यधिक छ। छात्रवृत्ति करारको २/३ जना चिकित्सकको सहयोगमा अहोरात्र खटिनु परेको छ। अझ स्थानीय तहमा छैठौं, पाँचौ तहको अहेब, एचएको  मुनि आठौं तहको चिकित्सक कजिनु परेको छ।

स्वास्थ्य सेवा ऐनले कुनै स्वास्थ्यकर्मीले हप्ताको ४२ घण्टा भन्दा बढी ड्युटी गर्‍यो भने अतिरिक्त सुविधा पाउने व्यवस्था छ। तर यो कानुनमा लेखिएको सुविधा पनि हामीले पाएका छैनौं। २/३ वर्षदेखि  चिकित्सकको लागि लोकसेवा पनि खुलेको छैन। यो पद्दतिले सरकारी संस्थामार्फत गुणस्तरीय सेवा प्रदान गर्न सहज होला त? 

 समस्याको समाधान 
१.    चिकित्सा शिक्षा आयोगद्वारा लिने एकीकृत एमडी/एमएस/डिएम/एमसिएच परीक्षामा प्राइभेट मेडिकल कलेजमा केही प्रतिशत निशुल्क सिट निर्धारण गरी टोटल सिट संख्या वृद्धि गराउने। 

२.    सरकारी चिकित्सकहरु जुन सेवा सर्तमा, जुन ऐन कानुनमा टेकेर लोकसेवामा प्रवेश गरेका हुन्, त्यो सेवासुविधा वृद्धि गरी सरकारी सेवाको लागि प्रोत्साहन गर्ने, पाएको सुविधा कटौती नगर्ने र जम्मा ५.६ प्रतिशत सरकारी चिकित्सकको संख्या बढाई ब्रेन ड्रेनको समस्या रोक्ने।

३.    स्वास्थ्यको अर्गानोग्रामलाई संशोधन गरी वरिष्ठताको आधारमा संरचना बनाई परिचालन गरौं (छैठौ तहकोले आठौं, नौ तहलाई कजाउने नियम बदलौं)।

४.    संघको लोकसेवा पास गरी प्रदेश र स्थानीय तहमा जबर्जस्ती समायोजन गर्दा सम्पूर्ण चिकित्सकको मनोबल घटेको तथा कम स्रोत र साधन भएको स्थानमा विशेषज्ञ, दक्ष चिकित्सक खटाउँदा न उक्त  चिकित्सकको विज्ञताको सदुपयोग हुने, न राज्य, जनताले सो चिकित्सकको सिपबाट लाभान्वित हुनेछन्। त्यसैले स्रोत-साधन जुटाई सम्पूर्ण चिकित्सकलाई संघमा समायोजन गरी देशका गाउँगाउँ, कुनाकाप्चा पठाई,  प्रोत्साहन स्वरुप खाइपाइ आएको सेवा-सुविधामा वृद्धि गर्ने र एक डाक्टर एक संस्थाको अवधारणा अबलम्वन गर्ने।

५.    हालको दरबन्दी तेरिजले अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र चलाउन र गुणस्तरीय सेवा प्रदान गर्न कठिनाइ भएकोले ओएनएम सर्भे गरेर सम्पूर्ण रास्ट्रसेवक कर्मचारीको दरबन्दी बढाई प्रभावकारी तथा  गुणस्तरीय सेवा प्रदान गर्ने।

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  २०:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्