• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

अटो सोरुम पुग्नै छोडे ग्राहक

प्रभाव कति लामो हुन्छ यकिन छैन
64x64
शिव बोहरा आइतबार, चैत २, २०७६  १३:३०
1140x725
फाइल तस्बिर।

काठमाडौं- चीनको वुहानबाट सन् २०१९ काे अन्त्यमा देखिएको कोभिड १९ (कोरोना भाइरस)को त्रास विश्व अर्थ बजारमा पनि देखिएको छ। यसकाे असर आगामी दिनमा अझ गम्भीर हुँदै जाने अनुमान अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले गर्न थालेका छन्। अर्थतन्त्रको एउटा महत्वपूर्ण क्षेत्रकाे रुपमा रहेको अटोमोबाइल क्षेत्र पनि राम्रैसँग प्रभावित हुने देखिएको छ। विश्वका सवारी उत्पादकहरुले उत्पादन लाइन नै रोक्ने निर्णय त गरिसकेका छैनन्, तर उत्पादित सवारी बिक्रीको दरमा भने कमी आइसकेकाले उत्पादन लाइन रोक्ने तर्फ छलफल चलिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन्।

नेपाली अटोमोबाइल बजारमा पनि कोरोना भाइरसको प्रत्यक्ष प्रभाव पर्ने निश्चित छ। अर्थतन्त्रको सबै पक्ष जस्तै अटोमोबाइल क्षेत्र पनि कोरोना भाइरसको प्रत्यक्ष प्रभाव पर्ने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालको भनाइ छ। ‘जति कोरोनाको प्रभाव देखिएको छ त्यो भन्दा बढी हल्ला भएको छ,’ उनले भने, ‘सरकारले कोरोना आउनसक्ने सम्भावित बाटोहरुमा सावधानी अपनाउँदै आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन तर्फ लाग्नु पर्छ।’

अटोमोबाइल क्षेत्र ५० प्रतिशतभन्दा बढी प्रभावित भइसकेको उनको भनाइ छ। यो कित हदसम्म जान्छ भन्न सकिने अवस्था नरहेको दुलालले बताए। यसले मानवीय जीवनका साथै व्यवासयमा समेत ठूलो प्रभाव परेको छ।

यस्तै भारतीय अटोमोबाइल बजार पनि त्यसबाट प्रभावित देखिएको छ। चीनबाट भारतमा ठूलै मात्रमा अटो कम्पोनेन्टहरू आयात हुने गरेको छ। २०१९ को अन्तिमदेखि नै चीनबाट आयात प्रभावित भएकाले समस्या देखिएको हाे। आगामी अप्रिल १ देखि भारतले अनिवार्य रूपमा बिएस–६ प्रदूषण मापदण्ड भएका सवारीमात्र दर्ता गर्न पाइने नियम कार्यान्वयनमा ल्याउँदै छ।

तर, भारतीय उत्पादनमा त्यति ठूलो असर नपरेको मारूती सुजुकीका प्रमुख आरसी भार्गवले द इकोनोमिक्स टाइम्ससँग भनेका छन्। ‘अहिले यहाँ प्यानिक अवस्था छैन,’ उनले भने, ‘कोरोनाको प्रभाव यो क्षेत्रमा कम हुँदै गएको छ।’

वास्तवमै भारतीय अटो क्षेत्र सुधारोन्मुख रहेको अटो उद्योगीहरूको भनाइ छ। ‘नयाँ आउने हरेक साताहरू बितेकाभन्दा सकारात्मक देखिएका छन्,’ महिन्द्राका चिफ पर्चेज अफिसर हेमन्त सिक्काले भने, ‘सबै जसो चिनियाँ सप्लायर्सहरूले कमै क्षमतामा भएपनि सामान उत्पादन गर्न थालिसकेको बताएका छन्।’

यही रफ्तारमा उत्पादन बढ्दै गयो भने अप्रिल १५ सम्ममा चीनबाट आउने सामान सामान्य अवस्थामै आउन थाल्ने उनको भनाइ छ। भारतमै कतिपय उद्योगहरूले चीनबाट आउने कम्पोनेन्टहरूसमेत उत्पादन थालेकाले पनि समस्या निराकरणतर्फ गएको विज्ञहरूको भनाइ छ। तर, यसको प्रभाव भने विश्व बजारमै देखिने क्रममा रहेको छ।

नेपाली बजारमा पनि सवारी साधनदेखि स्पेयर पार्टसका साथै नेपालमै उत्पादन हुने लुब्रिकेन्टसम्मको बिक्री घट्ने देखिएको छ। गाडी आयातको प्रभाव त केही समयमा देखिन्छ तर लुब्रिकेन्ट, स्पेयर पार्टस तथा टायरको व्यापार घट्न थालिसकेको नाडा अध्यक्ष दुलाल बताउँछन्।

Ncell 2
Ncell 2

अटो बजार यही अवस्थामा प्रभावित हुन्छ भनिहाल्ने अवस्था नरहेको हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकार श्रेष्ठको भनाइ छ। ‘कारोनाको प्रभाव समग्र अर्थतन्त्रमा पर्छ नै,’ उनले भने, ‘त्यसको स्वभाविक प्रभाव अटोमोबाइल क्षेत्रमा पनि पर्ने नै भयो। अहिले नै के कस्तो अवस्था बेहोर्नुपर्छ भन्ने सकिने अवस्था छैन।’ 

त्यस्तै टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपाली अटो बजारमा कोरोनाको प्रभाव देखिन सुरु भएको बताए। ‘तत्कालै आयातमा समस्या देखिएको त छैन, उपभोक्ता सोरुममा आउने क्रम घटि सकेको छ,’ श्रेष्ठले नेपाल लाइभसँग भने, ‘आयातमा भने अबको एक दुई महिनापछि प्रभाव देखिनेछ। तत्कालका लागि अडर गरिएको सवारी आउने क्रममा भएकाले प्रभाव नदेखिने हो, तर अहिले अडर हुन कम भइसकेकाले यसको प्रभाव आगामी ५/६ महिनासम्म पनि देखिन सक्छ।’ कोरोनाको प्रभाव कति समयसम्म रहन्छ त्यही अनुरुप त्यसको असर देखिइनै रहने उनले बताए।

भारतीय कार बजारमा १० देखि ३० प्रतिशतसम्म कम्पोनेन्ट चिनियाँ सप्लायर्सहरूले सप्लाई गर्दै आएका थिए। यसमध्ये धेरै सामान ब्रेकिङ र स्टेरिङ सिस्टम, इन्जिन पार्टस र इलुमिनेसन सिस्टका थिए। ‘विगतमा चीनसँग त्यस्ता सामग्रीको परनिर्भरता धेरै नै थियो,’ अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चरर्स एसोसिएसन अफ इन्डियाका महानिर्देशक भिनि मेहताले भने, ‘तर अहिले आन्तरिक उत्पादकहरूले नै यसको उत्पादनलाई प्राथमिकता दिन थालिसकेका छन्।’

नेपाली बजारमा आउने ८० प्रतिशतभन्दा धेरै सवारी भारतीय बजारमा उत्पादित नै हुन्। भारतमा समेत कोरोनाको प्रत्यक्ष प्रभाव अघिल्लो साताबाट मात्र देखिएकाले यसको असर अटोमोबाइल तथा अन्य क्षेत्रमा बढ्दै जाने अनुमान गरिएको छ। भारतमा सप्लाइ गर्ने कयौंको फ्याक्ट्रि चीनको हुवेइमा रहेको छ। २०१८–१९ मा चीनबाट भारततर्फ ४ अर्ब ५० करोड अमेरिकी डलर बराबरको अटोमोटिभ कम्पोनेन्ट निर्यात भएको थियो। 

चीनमा देखिएको समस्या र त्यसको प्रभावमा परेको कम्पोनेन्ट क्षेत्रका कारण भारतको बिएस–६ रूपान्तरणमा समस्या नपर्ने दाबी विज्ञहरूले गर्दै आएका छन्। तर, चीन कोरोनाको समस्याबाट केही हदसम्म उत्रने क्रममा रहेको छ भने भारत त्यसको बढ्दो प्रभाव खेप्ने क्रममा रहेको छ।  

यसका साथै युरोपेली तथा अमेरिकी मुलुकमा कोरोनाको फैलावट बढ्दै गएकाले विश्व अटो बजार नै प्रभावित हुने देखिन्छ। २०२० को फेब्रुअरीमा चीनमा सवारी बिक्री अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ७९ प्रतिशतले घटेको तथ्यांक रोइटर्सले लेखेको छ। विश्वका अन्य देशहरुले पनि यो समस्या खेप्ने निश्चित छ।

भारतीय बजारमा कोरोनाको प्रभाव बढ्दै जाँदा नेपालमा त्यसको प्रभाव स्वभाविक रुपमा बढ्ने नै छ। तयारी सवारीका साथै बजाज मोटरसाइकल नेपालमै एसेम्बल हुने भएकाले कम्पोनेन्ट भारतबाटै आयात हुन्छ। त्यसैले नेपाली अटोमोबाइल बजार कोरोनाबाट प्रभावित हुने निश्चित छ, जुन देखिन थालिसकेको पनि छ। तर यसको प्रभाव कति हुन्छ र त्यो कति लामो समयसम्म देखिन्छ भनिहाल्न सकिने अवस्था नरहेको अटोमोबाइल व्यवसायीहरु बताउँछन्।

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १३:३०
  • #काेराेना
  • #अटाेमाेबाइल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता बिहीबार, पुस २४, २०८२
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्