• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

अटो सोरुम पुग्नै छोडे ग्राहक

प्रभाव कति लामो हुन्छ यकिन छैन
64x64
शिव बोहरा आइतबार, चैत २, २०७६  १३:३०
1140x725
फाइल तस्बिर।

काठमाडौं- चीनको वुहानबाट सन् २०१९ काे अन्त्यमा देखिएको कोभिड १९ (कोरोना भाइरस)को त्रास विश्व अर्थ बजारमा पनि देखिएको छ। यसकाे असर आगामी दिनमा अझ गम्भीर हुँदै जाने अनुमान अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले गर्न थालेका छन्। अर्थतन्त्रको एउटा महत्वपूर्ण क्षेत्रकाे रुपमा रहेको अटोमोबाइल क्षेत्र पनि राम्रैसँग प्रभावित हुने देखिएको छ। विश्वका सवारी उत्पादकहरुले उत्पादन लाइन नै रोक्ने निर्णय त गरिसकेका छैनन्, तर उत्पादित सवारी बिक्रीको दरमा भने कमी आइसकेकाले उत्पादन लाइन रोक्ने तर्फ छलफल चलिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन्।

नेपाली अटोमोबाइल बजारमा पनि कोरोना भाइरसको प्रत्यक्ष प्रभाव पर्ने निश्चित छ। अर्थतन्त्रको सबै पक्ष जस्तै अटोमोबाइल क्षेत्र पनि कोरोना भाइरसको प्रत्यक्ष प्रभाव पर्ने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालको भनाइ छ। ‘जति कोरोनाको प्रभाव देखिएको छ त्यो भन्दा बढी हल्ला भएको छ,’ उनले भने, ‘सरकारले कोरोना आउनसक्ने सम्भावित बाटोहरुमा सावधानी अपनाउँदै आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन तर्फ लाग्नु पर्छ।’

अटोमोबाइल क्षेत्र ५० प्रतिशतभन्दा बढी प्रभावित भइसकेको उनको भनाइ छ। यो कित हदसम्म जान्छ भन्न सकिने अवस्था नरहेको दुलालले बताए। यसले मानवीय जीवनका साथै व्यवासयमा समेत ठूलो प्रभाव परेको छ।

यस्तै भारतीय अटोमोबाइल बजार पनि त्यसबाट प्रभावित देखिएको छ। चीनबाट भारतमा ठूलै मात्रमा अटो कम्पोनेन्टहरू आयात हुने गरेको छ। २०१९ को अन्तिमदेखि नै चीनबाट आयात प्रभावित भएकाले समस्या देखिएको हाे। आगामी अप्रिल १ देखि भारतले अनिवार्य रूपमा बिएस–६ प्रदूषण मापदण्ड भएका सवारीमात्र दर्ता गर्न पाइने नियम कार्यान्वयनमा ल्याउँदै छ।

तर, भारतीय उत्पादनमा त्यति ठूलो असर नपरेको मारूती सुजुकीका प्रमुख आरसी भार्गवले द इकोनोमिक्स टाइम्ससँग भनेका छन्। ‘अहिले यहाँ प्यानिक अवस्था छैन,’ उनले भने, ‘कोरोनाको प्रभाव यो क्षेत्रमा कम हुँदै गएको छ।’

वास्तवमै भारतीय अटो क्षेत्र सुधारोन्मुख रहेको अटो उद्योगीहरूको भनाइ छ। ‘नयाँ आउने हरेक साताहरू बितेकाभन्दा सकारात्मक देखिएका छन्,’ महिन्द्राका चिफ पर्चेज अफिसर हेमन्त सिक्काले भने, ‘सबै जसो चिनियाँ सप्लायर्सहरूले कमै क्षमतामा भएपनि सामान उत्पादन गर्न थालिसकेको बताएका छन्।’

यही रफ्तारमा उत्पादन बढ्दै गयो भने अप्रिल १५ सम्ममा चीनबाट आउने सामान सामान्य अवस्थामै आउन थाल्ने उनको भनाइ छ। भारतमै कतिपय उद्योगहरूले चीनबाट आउने कम्पोनेन्टहरूसमेत उत्पादन थालेकाले पनि समस्या निराकरणतर्फ गएको विज्ञहरूको भनाइ छ। तर, यसको प्रभाव भने विश्व बजारमै देखिने क्रममा रहेको छ।

नेपाली बजारमा पनि सवारी साधनदेखि स्पेयर पार्टसका साथै नेपालमै उत्पादन हुने लुब्रिकेन्टसम्मको बिक्री घट्ने देखिएको छ। गाडी आयातको प्रभाव त केही समयमा देखिन्छ तर लुब्रिकेन्ट, स्पेयर पार्टस तथा टायरको व्यापार घट्न थालिसकेको नाडा अध्यक्ष दुलाल बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

अटो बजार यही अवस्थामा प्रभावित हुन्छ भनिहाल्ने अवस्था नरहेको हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकार श्रेष्ठको भनाइ छ। ‘कारोनाको प्रभाव समग्र अर्थतन्त्रमा पर्छ नै,’ उनले भने, ‘त्यसको स्वभाविक प्रभाव अटोमोबाइल क्षेत्रमा पनि पर्ने नै भयो। अहिले नै के कस्तो अवस्था बेहोर्नुपर्छ भन्ने सकिने अवस्था छैन।’ 

त्यस्तै टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपाली अटो बजारमा कोरोनाको प्रभाव देखिन सुरु भएको बताए। ‘तत्कालै आयातमा समस्या देखिएको त छैन, उपभोक्ता सोरुममा आउने क्रम घटि सकेको छ,’ श्रेष्ठले नेपाल लाइभसँग भने, ‘आयातमा भने अबको एक दुई महिनापछि प्रभाव देखिनेछ। तत्कालका लागि अडर गरिएको सवारी आउने क्रममा भएकाले प्रभाव नदेखिने हो, तर अहिले अडर हुन कम भइसकेकाले यसको प्रभाव आगामी ५/६ महिनासम्म पनि देखिन सक्छ।’ कोरोनाको प्रभाव कति समयसम्म रहन्छ त्यही अनुरुप त्यसको असर देखिइनै रहने उनले बताए।

भारतीय कार बजारमा १० देखि ३० प्रतिशतसम्म कम्पोनेन्ट चिनियाँ सप्लायर्सहरूले सप्लाई गर्दै आएका थिए। यसमध्ये धेरै सामान ब्रेकिङ र स्टेरिङ सिस्टम, इन्जिन पार्टस र इलुमिनेसन सिस्टका थिए। ‘विगतमा चीनसँग त्यस्ता सामग्रीको परनिर्भरता धेरै नै थियो,’ अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चरर्स एसोसिएसन अफ इन्डियाका महानिर्देशक भिनि मेहताले भने, ‘तर अहिले आन्तरिक उत्पादकहरूले नै यसको उत्पादनलाई प्राथमिकता दिन थालिसकेका छन्।’

नेपाली बजारमा आउने ८० प्रतिशतभन्दा धेरै सवारी भारतीय बजारमा उत्पादित नै हुन्। भारतमा समेत कोरोनाको प्रत्यक्ष प्रभाव अघिल्लो साताबाट मात्र देखिएकाले यसको असर अटोमोबाइल तथा अन्य क्षेत्रमा बढ्दै जाने अनुमान गरिएको छ। भारतमा सप्लाइ गर्ने कयौंको फ्याक्ट्रि चीनको हुवेइमा रहेको छ। २०१८–१९ मा चीनबाट भारततर्फ ४ अर्ब ५० करोड अमेरिकी डलर बराबरको अटोमोटिभ कम्पोनेन्ट निर्यात भएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चीनमा देखिएको समस्या र त्यसको प्रभावमा परेको कम्पोनेन्ट क्षेत्रका कारण भारतको बिएस–६ रूपान्तरणमा समस्या नपर्ने दाबी विज्ञहरूले गर्दै आएका छन्। तर, चीन कोरोनाको समस्याबाट केही हदसम्म उत्रने क्रममा रहेको छ भने भारत त्यसको बढ्दो प्रभाव खेप्ने क्रममा रहेको छ।  

यसका साथै युरोपेली तथा अमेरिकी मुलुकमा कोरोनाको फैलावट बढ्दै गएकाले विश्व अटो बजार नै प्रभावित हुने देखिन्छ। २०२० को फेब्रुअरीमा चीनमा सवारी बिक्री अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ७९ प्रतिशतले घटेको तथ्यांक रोइटर्सले लेखेको छ। विश्वका अन्य देशहरुले पनि यो समस्या खेप्ने निश्चित छ।

भारतीय बजारमा कोरोनाको प्रभाव बढ्दै जाँदा नेपालमा त्यसको प्रभाव स्वभाविक रुपमा बढ्ने नै छ। तयारी सवारीका साथै बजाज मोटरसाइकल नेपालमै एसेम्बल हुने भएकाले कम्पोनेन्ट भारतबाटै आयात हुन्छ। त्यसैले नेपाली अटोमोबाइल बजार कोरोनाबाट प्रभावित हुने निश्चित छ, जुन देखिन थालिसकेको पनि छ। तर यसको प्रभाव कति हुन्छ र त्यो कति लामो समयसम्म देखिन्छ भनिहाल्न सकिने अवस्था नरहेको अटोमोबाइल व्यवसायीहरु बताउँछन्।

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १३:३०
  • #काेराेना
  • #अटाेमाेबाइल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानमा ग्राहकले ४.३ लाख रुपैयाँ डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्ने कम्पनीले ज... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद बिहीबार, असोज २९, २०८३
जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते बिहीबार, असोज २९, २०८३
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज २९, २०८३
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्