• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १५, २०८२ Sun, Jun 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ
नेपाल ट्रष्ट जग्गा विवाद : गोर्कण रिसोर्ट र दरबारमार्ग लिज प्रकरणमा सांसद्‍का शंकैशंका
64x64
नेपाल लाइभ बिहीबार, माघ १६, २०७६  १५:१५
1140x725

काठमाडौं- सार्वजनिक लेखा समितिले गोर्कण फरेस्ट रिसोर्टको पुरानो सम्झौताअनुसार साढे ५ वर्ष अवधि बाँकी रहँदै लिज अवधि थप र दरबारमार्गको जग्गा लिज भाडाका विषयमा बिहीबार छलफल राखेको थियो। समितिले छलफलको एजेन्डामा नेपाल ट्रष्टको सम्पत्तिको सदुपयोग र संरक्षणको विषय समावेश गरेको थियो।

बिहान ११ बजेका लागि तोकिएको छलफल झन्डै आधा घन्टापछि मात्रै सुरु भएको भयो। समितिले छलफलका लागि नेपाल ट्रष्टको कार्यालय र प्रधानमन्त्री कार्यालयले छलफलको लागि बोलाएको थियो। छलफलमा नेपाल ट्रष्ट कार्यालयका निमित्त सचिव राजेश्वर ज्ञवाली र प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारी पनि सहभागी भएका थिए।

समिति बैठक सुरु गर्दै सभापति भरत शाहले दरबारमार्गको जग्गा भाडा दिने निर्णय, गोर्कण फरेस्टको समय थपसँगै पोखराको हिमागृह र चितवनको  दियालो बंगालाका विषयमा ट्रष्टका निमित्ति सचिव ज्ञवाली र विडारीलाई प्रश्न गरेका थिए।

शाहले कानुनले समय सकिनु अगावै भने पनि गोकर्ण फरेस्टको ६ वर्ष अगाडि नै समय थप्ने भनेको छ? दरबारमार्गको लिज प्रकरणमा महालेखाले समेत अवैधानिक रहेको भन्नेको अवस्थामा कसरी थाकसेर्कुसँग सम्झौता भयो? भनी प्रश्न गरेका थिए।

प्रश्नसँगै शाहले प्रधानमन्त्री कार्यालयका सचिवलाई गोर्कणको समय थप, दबारमार्गको जग्गाको लिज प्रकरणमा जवाफ मागेका थिए। तर, सचिव विडारीले आफू बिहीबारबाट मात्रै सरुवा भएर प्रधानमन्त्रीको कार्यालयका आएको कारण प्राविधिक विषयमा जवाफ दिन नेपाल ट्रष्ट कार्यालयका निमित्ति सचिव राजेश्वर ज्ञवालीलाई समय दिन सभापति समक्ष अनुरोध गरे।

विडारीको अनुरोधपछि सभापति शाहले ज्ञवालीलाई समय दिएका थिए।

त्यसपछि ज्ञवालीले जवाफ दिने सुरु गरे।

Ncell 2
Ncell 2

उनको जवाफ जस्ताको तस्तै-
माननीय सभापतिज्यू, माननीय सदस्यज्यू र पत्रकार मित्रहरू,
नेपाल ट्रष्टका दुई/तीन वटा विषय अहिले चर्चामा छन्। सामाजिक सञ्जालदेखि मिडियामा यी विषय आइरहेका छन। साथै विभिन्न संस्थाले पनि यसमा चासो देखाइरहेका छन्। आज हामी सार्वजनिक लेखा समितिमा केही जानकारी गराउन चाहन्छौं।

दरबारमार्गका विषयमा नेपाल ट्रष्टको २२औं सञ्चालक बोर्डले निर्णयअनुसार २०७३ असार १३ गते लिज प्रस्तावको सूचना गरेको थियो।

लिज प्रस्ताव सूचनामा ६ वटा प्रस्ताव आएका थिए। ६ मध्ये ३ वटा कम्पनी प्राविधिक रुपमै अयोग्य ठहर भए। ३ वटा कम्पनी अदृष्य लियोन जेभी, साखः स्टिल र थामसेर्कु ट्रेकिङको आर्थिक प्रस्ताव खोलिएको थियो। प्रस्ताव गर्नेहरुमध्ये अदृष्यले २६ करोड २८ लाख, साखः स्टिलले ६२ करोड करोड २४ लाख र थामसेर्कुले १४० करोड १० लाखको आर्थिक प्रस्ताव गरेका थिए।

यसरी आएको प्रस्तावका आधारमा सबैभन्दा बढी रकम कबुल गर्ने कम्पनी थामसेर्कुसँग २०७४ जेठ १४ मा दुईपक्षीय सम्झौता भएको र २०७४ माघ १२ मा थामसेर्कु डेभलपर प्रालिसँग त्रिपक्षीय सम्झौता भएको हो।

२०७४ फागुन ६ गते ३० वर्षको लिज दिएको सम्झौता भएको थियो। यसैगरी, गोकर्णको समय नेपाल ट्रष्टको ऐन २०६४ को पहिलो संशोधन २०७५ फागुनमा भए अनुसार समय थप भएको हो। उसले ३० करोड लगानी गर्दै ४८ वटा कोठा र सभाहल बनाउने प्रस्ताव गरेअनुसार समय थप भएको हो। गोकर्णका रिसोर्टको समय थपको विषयमा यती होल्डिङस्सँग माघ २ मा दुईपक्षीय सम्झौता भइसकेको छ। पोखरा र चितवनको विषयमा भने अहिले बाँकी बक्यौता खोजी गर्ने काम भइरहेको छ।

उनको यस्तो जवाफपछि सबैभन्दा पहिले सांसद प्रेम आलेले बोल्ने समय पाए। उनले गोर्कण फरेस्टको समय थप र दरबारमार्गको जग्गा भाडा विषय कानुनसंगत नै भएको बताए। तर, उनले एनसेलको कर विषयमा छलफल गर्नुपर्ने भन्दै विषायान्तर गर्न खोजेका थिए। 

प्रेम आलेपछि राजन केसीले समय मागेका थिए। 

सांसदहरूको भनाइ जस्ताको तस्तै-
राजन केसी

दरबारमार्गको जग्गा भाडामा प्रकरणमा ६ अर्ब र १ अर्ब ४० करोड विषय छ। यो ६ अर्ब कताबाट आयो। ६ अर्ब यो निश्चित रुपले त्यहाँ लेखिएको कुरा बाहिर आएको छ। त्यहाँको जग्गा बेच्दा कति मूल्य आउँ वा जान्छ भने विषय हैन। प्रस्ताव मागियो, प्रस्ताव मागिँदा प्राविधिक समितिले ६ अर्ब भनेर स्पष्ट लेखेको छ। सच्चाउने अधिकार समितिलाई त हुँदैन त्यहाँ त एक सहसचिवले सच्चाउने काम भएको छ। यदि ६ अर्ब नभएको भए फेरि समितिमा ल्याएर सच्चाउनु पर्दथ्यो। फेरि कानुनका उपसचिवले उसको धरौटी फिर्ता रद्द गर्नुपर्छ भन्दाभन्दै एक सचिवले ६ अर्ब लेखिएको अवस्थामा एउटा सहसचिवलाई सच्याउने अधिकार कसले दियो?

प्रस्तावमा स्पष्टमा रुपमा देखिएको अंक ६ अर्ब हो। ६ अर्ब हामीले लेखिदिएको होइन। कार्यालयले पनि लेखेको होइन होला। त्यसलाई १ अर्ब ४० करोड नै हो भनेर ठोकुवा गर्ने अधिकार कहाँबाट कसले दियो लगभग ६ वर्ष समय बाँकी रहँदै? सरकारको आयु नै अब ३ वर्ष हो। ६ वर्ष बाँकी रहँदारहँदै किन गोर्कण फरेस्टको समय थप गर्नु पर्ने कारण के हो?

कानुनमा समय सकिनु अगावै गर्न सक्ने भनेर संशोधन भएको छ। अगावै भनेको कति? ६ वर्ष, १० वर्ष वा २० वर्ष अगाडि नै गर्ने भनेको हो? वा एक दूई महिना अगाडि भनको हो? त्यसको निर्णय गर्ने अधिकार पनि ट्रष्टलाई भएजस्तो लाग्दैन। यो सबै गलत मनाशयका कारण नै भएको छ। जनता सडकमा आउने अवस्था छ। राजाको सम्पत्ति जनहितमा प्रयोग गर्नुपर्नेमा निहित स्वार्थपूर्तिका लागि दिने काम भएको छ। यसको विषयमा छानबिन आवश्यक छ।

तेजुलाल चौधरी
जसरी राजाको सम्पत्तिलाई ट्रष्टमातहत ल्याइयो, यो राम्रो पक्ष हो। तर हाल सार्वजनिक सम्पत्ति भइसकेको सम्पत्ति लुटेर रजाईँ भइरहेको छ। सोही अनुसार नेपाल ट्रष्टको जग्गा जुन तवरबाट लिज भइरहेको छ, त्यो गलत छ।

अझ भन्नुपर्दा गलत तवरबाट दबाब र टेबुलमुनिबाट काम भएको छ। यसमा समितिले ध्यान दिनु पर्ने अवस्था आएको छ।

गोकर्ण रिसोर्टको कुरा आएको छ। २०२० आइरहेको छ। २०२० ले ६ वर्षलाई धान्ने हो की यही वर्ष मात्रै धान्ने हो। केको आधारमा ६ वर्ष अगाडि नै लिज समय थप्नुको आधार के हो। अहिले तारागाउँ समितिको जग्गा पनि समाप्त हुँदै छ। यसैगरी, ट्रष्टको सम्पत्ति पनि कब्जा  तथा समाप्त हुने त हैनन्। यसका एउटा समिति बनाएर छानबिन हुनुपर्छ।

मिनेन्द्र रिजाल
सर्वप्रथम नेपाल ट्रष्टको दरबारमार्गको जग्गा भाडामा दिने सम्बन्धमा विषयमा ६ अर्ब २६ करोड नभई १ अर्ब ५९ करोड हो भन्ने कुरा भएपछि त्यसलाई स्वतः अस्वीकृत गरेर जमानत जफत गर्नुपर्ने हो।

फेरि कार्यालयलाई १ सय ५९ करोडमा थाकसेर्कुले जिकिर गरेपछि हुन्छ भन्ने अधिकार कसरी प्राप्त भयो। त्यो गर्दा अख्तियार दुरुपयोग कसरी भएन भनेर हामी निष्कर्षमा पुग्ने ठाउँ भएन। 

एक कार्यालयको जवाफ अर्को तिरबाट आइरहेको छ। यो विषयमा सचिव पनि पन्छिएको देखिन्छ। सहसचिवले सबै गरेको देखिन्छ। यसमा हामीले चित्त बुझाउने गरी कनै जवाफ पाएको छैन। दोस्रो विषय गोर्कण रिसोर्ट। २०२५ मा १९९५ को लिज सम्झौत समाप्त हुँदैछ। किन २०१९ को लिज सम्झौता थप्नु परो? यसको के आधार छ? मैले अहिलेसम्म बुझ्न सकेको छैन। आधार त चाहिएला नि? के काम गर्न ६ वर्ष अगाडि नै समय थप भयो।

६ वर्ष अगाडि नै त्यो लिज समय नथप्ने हो भने कोही पनि आउँदैनन् भने आधार  के  छ? २०२५ त अरु पनि आउँथे होला त? के भोलि गर्न पाइएला/नपाइएला भनेर आजै गरेको हो। यो बाहेक अरु कुनै मनाशय भएको जस्तो मलाई लाग्दैन। २०२५ सम्मको लागि अहिलै निर्णय गर्नु भयो? २०५० सम्मको लागि कुन कुन निर्णय गर्ने तयारी र योजना छन्। त्यो पनि सुन्न पाइन्छ कि?

विरोध खतिवडा
यसरी समयअगावै लिज अवधि बढाउँदै जाने हो भने अर्को पक्षले त्यहाँ कहिले प्रवेश पाउँछ? एक पटक लिज पाएको कम्पनीले लिज समय सकिनु ५/६ वर्ष अघि नै नयाँ लिज सम्झौता गर्दा अर्को पक्षले त्यहाँ प्रवेश गर्न कहिले पाउँछ? समय अगावै लिज अवधि बढाउनु पर्नुको कारण के हो? एउटा कम्पनीले पाएको लिज सम्झौता कहिले टुट्छ? के एक व्यक्ति वा कम्पनीले गरेको लिज सम्झौता पुस्तौंका लागि हुने हो?

एक साताभित्र अध्ययन गरेर जवाफ दिने सक्ने भएर बस्नुहोस् : समिति
संसदको सार्वजनिक लेखा समितिले नेपाल ट्रष्टको जग्गा लिज दिने र सयम थपको विषयमा प्रधानमन्त्री कार्यालय र नेपाल ट्रष्टलाई एक साताभित्र अध्ययन गरेर जवाफ दिन सक्ने गरी तयारी अवस्थामा बस्न निर्देशन दिएको छ।

सिंहदरबारमा बसेको समितिको बेठकले नेपाल ट्रष्टका कार्यालयका निमित्ति सचिव राजेशवर ज्ञवालीबाट चितबुझ्दो जवाफ नआएको भन्दै एक साताभित्र सबै विषयमा अध्ययन गरेर बस्ने निर्देशन दिएको हो।

‘नेपाल ट्रष्टको सम्पत्ति भाडामा लगाउनेदेखि समय थपका विषयका स्पष्ट जवाफ चाहिन्छ,’ सभापति भरत शाहले भने, ‘पढेर बस्नुहोस्, एक सातापछि जनुसुकै दिन हामी छलफलका लागि बोलाउँछौं।’

समितिको छलफलमा विरोध खतिवडा, प्रेम आले , मिलेन्द्र रिजाल र तेजुला चौधरीले दरबारमार्ग र गोर्कण फेरेष्टका सयम थपको विषयमा प्रश्न गरेको थिए।

तर, नेपाल ट्रष्ट निमित्ति सचिव ज्ञवालीले समितिमा झार टार्ने गरी मात्रै उत्तर दिएका थिए। ज्ञवालीले दिएको जवाफमा सांसदहरूले बारम्बार प्रश्न गरिरहेको थिए।

सांसदहरुको जिज्ञासा बढ्दै गएपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले अध्ययन गरेर आएर सबै प्रश्नको जवाफ आफैले दिने प्रतिबद्धता गरेका थिए। 

सचिव विडारीले सबै प्रश्न मुख्य सचिवसम्म पुर्‍याउने र केही समय अध्ययन गर्न समय मागेका थिए। सचिवकै आग्रहमा समितिले एक साताभित्र सासंदको जवाफ दिन सक्ने गरी अध्ययन गरेर बस्ने समितिले निर्देशन दिएको हो।

सचिव विडारी आफैले सांसद्‍ले उठाएका प्रश्नको जवाफ चित्तबुझ्दो गरी दिन नसकेको स्वीकार गरेका थिए। छलफलमा प्रधानमन्त्री कार्यालयका सचिवले समितिले उठाएको प्रश्नको जवाफका लागि अध्ययन आवश्यक भएको भन्दै समय मागेका थिए।

प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  १५:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्
कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने
मन्त्री गुप्ताद्वारा सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा प्रस्तुत
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने आइतबार, असार १५, २०८२
मन्त्री गुप्ताद्वारा सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा प्रस्तुत आइतबार, असार १५, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि वीर अस्पताल भर्ना आइतबार, असार १५, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
काठमाडौं गुर्खाजले रिटेन गर्‍यो ६ खेलाडी शनिबार, असार १४, २०८२
पूर्व राष्ट्रपति भण्डारीद्वारा एमालेको राजनीतिमा पुनः सक्रिय भएको घोषणा (पूर्णपाठ) शनिबार, असार १४, २०८२
इन्डोनेसियाविरुद्ध यू–१६ प्रसिद्ध जैसीले बनाए सानदार शतक आइतबार, असार १५, २०८२
आजको मौसमः देशभर बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना शनिबार, असार १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्