• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ
भिजिट नेपाल २०२० : एक महिना नबित्दै ६ धक्का
64x64
नेपाल लाइभ मंगलबार, माघ १४, २०७६  २०:५२
1140x725

काठमाडौं– 'हामी २०२० को नयाँ वर्षमा प्रवेश गरेका छौं। २०२० लागि हामीले नेपाल भ्रमण वर्षको रुपमा अगाडि सारेका छौं। सुरुमै हामीलाई अलिकति यसमा केही धक्काका संकेतहरू देखिएका छन्। प्राकृतिक हिसाबले केही समस्या देखा परेका छन्, जसलाई हामीले सावधानीपूर्वक सामाना गर्नु पर्नेछ। सरकार त्यसको तयारीमा लागेको छ।' 

यो भनाइ प्रधानमन्त्री केपी शर्मा ओलीको हो। मंगलबार नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै प्रधानमन्त्री ओलीले संसद्‍मा यस्तो बताएका हुन्। के प्रधानमन्त्रीले भनेजस्तै भिजिट नेपाल २०२० सुरु भएको एक महिना नपुग्दै भएका घटनाले भिजिट नेपाललाई धक्का लाग्न सक्छ?

भिजिट नेपाल सुरु भएसँगै धक्का
१. भिजिट नेपाल २०२० को औपचारिक उद्घाटन भव्य समारोहबीच जनवरी १ मा दशरथ रंगशालामा भएको थियो। भिजिट नेपालको भव्य उद्घाटन हुँदै गर्दा पर्यटन क्षेत्रको बागडोर सम्हाल्ने एक निकाय नेपाल पर्यटन बोर्ड भने सिइओबिहीन थियो। डिसेम्बर २३ देखि नै नेपाल पर्यटन बोर्ड नेतृत्वविहीन भएको थियो। 

पर्यटन बोर्डको सञ्चालक बोर्डले निर्वतमान सिइओ दीपकराज जोशीलाई ३ महिनाको समय थप गरे पनि जोशीले नेतृत्व स्वीकार गरेका थिएनन्। बोर्डमा सिइओ खाली भएको एक महिनापछि जनवरी २८ अर्थात् मंगलबार मात्रै बोर्डले नयाँ सिइओका रूपमा डा धनञ्जय रेग्मीलाई पाएको छ।

यसैगरी, भिजिट नेपाल २०२० को औपचारिक उद्घाटन समारोहमा निजी क्षेत्रलाई प्राथमिकता नदिइएको भन्दै टिप्पणी भएको थियो। निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सुरज वैद्य भिजिट नेपाल २०२० को राष्ट्रिय संयोजकमा भए पनि उनलाई उद्घाटन कार्यक्रममा भूमिका दिइएन।

पर्यटन व्यवसायीका तर्फबाट सम्बोधन कार्यक्रमको सूचीमा समेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हस्तक्षेप गर्दै महानायक राजेश हमाललाई स्वागत मन्तव्य दिन लगाइएको थियो। त्यसमा निजी क्षेत्रले सार्वजनिक रुपमै आपत्ति प्रकट गरेको थियो। होटल एसोसिएसन अफ नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले पनि औपचारिक उद्घाटन कार्यक्रममा सरकारले निजी क्षेत्रलाई 'वाइपास' गरेको बताएका थिए।

२. पर्यटनमन्त्रीमाथि अस्ट्रेलियाली प्रहरीको हस्तक्षेप
जनवरी ७ मा अस्ट्रेलियामा भिजिट नेपाल २०२० को उद्घाटनको कार्यक्रम थियो। कार्यक्रममा अस्ट्रेलियाली प्रहरीले हस्तक्षेप गरेपछि विरोध भएको थियो। मन्त्रीसहित सहभागी र्‍यालीमा त्यहाँको प्रहरीको हस्तक्षेप भएको भन्दै नकारात्मक प्रचारसमेत भएको थियो। साथै, उक्त कार्यक्रममा सामाजिक सञ्जालमा पनि व्यापक विरोध भइरहेको थियो। कारण थियो, अस्ट्रेलियालियाले लामो समयदेखि लागेको डडेलो। डडेलो रापमा तातिएको अस्ट्रेलियामा नेपालको पर्यटन प्रचारका गतिविधि भएको र यसमा सरकारले सावधानी नअपनाएको भन्दै विरोध भएको समाचार आएका थिए। 

३. हिमपहिरो
जनवरी १८ मा अन्नपूर्ण आधार शिविरको हिमपहिरो यो हिमपहिरोमा परी दर्जनभन्दा बढी विदेशी तथा नेपाली नागरिक पुरिए। जुन अन्नपूर्ण ट्रेकिङको सिजन सुरु भएसँगै हुन पुगेको दुखद् घटना थियो। विदेशी नागरिकका लागि अन्नपूर्ण ट्रेकिङ रुट बढी चासो रहने विषय हो।

४. दामनमा भारतीय पर्यटकको मृत्यु
जनवरी २० मा मकवानपुरको दामनस्थित पानारोमा रिर्साटमा ८ भारतीयको निधन भयो। पोखरा हुँदै पारिवारिक भ्रमणमा आएका १५ भारतीय उक्त दिन बेलुका दामनको पानारोमा रिर्सोटमा बास बस्न पुगेका थिए। ४ वटा रुम बुक गरेका भारतीय नागरिकले अत्यधिक चिसो भएको भन्दै दुई वटा कोठा मात्रै प्रयोग गरेका थिए। तर, ८ जना सुतेको रुममा प्रयोग गरिएको हिटरका कारण उनीहरूको ज्यान गएको थियो। उक्त घटनाले पनि नेपालको रिसोर्टको गुणस्तरीयतामा प्रश्न उठेको छ।

५. कोराना भाइरस 
विश्वमा नै पहिलो पटक चीनमा देखा परेको कारोना भाइरस नेपाल प्रवेश गरिसकेको छ। अहिलेसम्म १ नेपालीलाई कोराना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ। अन्य एक जनामा पनि सो भाइरसको संक्रमण भएको फेला परेको भनिएपनि सरकारी निकायले यसको खण्डन गर्दै आएका छन्। 

चीनबाट फर्केका व्यक्तिमा यो भाइरस देखा परेको हो। चीनले पनि कोराना भाइरस देखा परेका सहरमा जान र त्यहाँबाट बाहिर जान नपाउने गरी शिल गरिसकेको अवस्था छ। 

नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा चीनको दोस्रो हिस्सा छ। सन् २०१९ मा मात्रै चीनमा नेपाल भम्रणमा आउने चिनियाँ पर्यटकको संख्या १ लाख ६८ हजारभन्दा बढी थियो। यसरी आउने पर्यटकमा हवाईमार्ग र स्थलमार्ग हुँदै आएका थिए। सन् २०१९ मा नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकमध्ये स्थलमार्गबाट आउनेको संख्या पनि उल्लेख्य छ। करिब ३३ हजार चिनियाँ पर्यटक स्थलमार्गबाट नेपाल प्रवेश गरेका थिए। जुन संख्या रसुवागढी नाका भएर आउने पर्यटकको बढी छ। 

रसुवागढी नाका मंगलबारबाट १५ दिनका लागि बन्द भइसकेको छ। साथै नेपाल भ्रमणमा आउने पर्यटकमध्ये यो सिजनामा चिनियाँ नै बढी हुने गरेको विगतका तथ्यांकले देखाएको छ। चिनियाँ पर्यटकको सिजनमा नै देखा परेको कारोना भाइरस नेपाल भ्रमण वर्ष २०२० को लागि घातक हुने आँकलन गरिएको छ। त्यति मात्रै होइन, अस्ट्रेलिया, युरोप र अमेरिकाबाट आउने गुणस्तरीय पर्यटक पनि चीन ट्रान्जिट भएर नै आउने गरेका छन्। अस्ट्रेलियाबाट नेपाल भ्रमणमा आउने अधिकांश पर्यटक चीनको बाटो हुँदै नेपाल प्रवेश गर्ने गरेका छन्। 

कोराना भाइरसकै कारण भिजिट नेपालमा धक्का लाग्ने सक्ने भन्दै पूर्व अर्थसचिवले सामाजिक सञ्जालमा प्रतिक्रिया दिइसकेका छन्। यसैगरी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कारोना भाइरसका विषयमा सावधानी अपनाउन समेत आग्रह गरिसकेका छन्।

६. पाइलट राजीनामाको चेतावनीपत्र
नेपाल एयरलाइन्सको वाइडबडी ए-३३० र एयरबस-३२० उडानमा रहेको २२ जना पाइलट तथा को–पाइलटले सेवा/शर्तमा विभेद भएको भन्दै ३ महिनाभित्र समाधान नभए राजीनामा दिने भन्दै चेतावनीपत्र दिएका छन्। पाइलटको राजीनामा स्वीकृत भएको अवस्थामा नेवानिका धेरैजसो अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछन्।यी विषयले नेपालमा आउने पर्यटको संख्यामा प्रभाव पार्ने देखिएको छ। सरकारले निर्धारण गरेको लक्ष्य अर्थात् २० पर्यटक भित्र्याउन चुनौती थपिकएको छ।

दोस्रो शृंखलामा पर्यटनका विविध क्षेत्रमा पर्न सक्ने असरबारे पर्यटनसँग सरोकार राख्ने सरकारी र निजी क्षेत्रका धारणा समावेश गरी समाचार सम्प्रेषण गर्नेछौं।

प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  २०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित शनिबार, असार २१, २०८२
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित शनिबार, असार २१, २०८२
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते शनिबार, असार २१, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्