काठमाडौं- नेपालको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मंगलबार देशको पश्चिमी र मध्य भू-भागमा सामान्य बदली तथा पूर्वी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका केही स्थानहरु र मध्य तथ पूर्वी भू-भागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ। यस्तै हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।
देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा पूर्वी र मध्य भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको देखिएको महाशाखाले जनाएको छ।
यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १४ गते (मंगलबार)
दिउँसो : देशको पश्चिमी र मध्य भू-भागमा सामान्य बदली तथा पूर्वी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका केही स्थानहरु र मध्य तथ पूर्वी भू-भागका १-२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा र पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ।
रातीः देशको पश्चिमी र मध्य भू-भागमा सामान्य बदली तथा पूर्वी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका केही स्थानहरु र मध्य तथ पूर्वी भू-भागका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा र पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ।
माघ १५ गते (बुधबार)
दिउँसो : देशभर सामान्य बदली रहनेछ। पश्चिमी र मध्य भू-भागका अधिकांश स्थानहरु र पूर्वी भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ।
रातीः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पश्चिमी र मध्य भू-भागका अधिकांश स्थानहरु र पूर्वी भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ।
माघ १६ गते (बिहीबार)
दिउँसो : देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका थोरै स्थानहरु र पश्चिमी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको संभावना रहेको छ।
रातीः देशको पूर्वी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको साथै पश्चिमी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। तसर्थ सर्वसाधारणमा चिसोबाट बच्ने उपाय अपनाउनु हुन र यात्रा गर्दा सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।